Date
शनि, माघ १०, २०८२
Sat, January 24, 2026
Saturday, January 24, 2026
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
  • लग - इन
  • दर्ता गर्नुहोस्
Nepal Readers
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
Nepal Readers
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्

महिला हिंसाको नदेखिने त्यो रूप (भिडियो)

महिलामाथिको मानसिक हिंसा यस्तो हिंसा हो, जसको दोषीलाई कानूनी कठघारामा ल्याउनका लागि ठोस प्रमाण जुटाउन नै धेरै अड्चनहरू हुने गरेका छन्।

रेनु गुप्ता रेनु गुप्ता
मंसिर १४, २०७८
- यो हप्ता
A A
0
  •  shares
  • Facebook
  • Twitter
  • WhatsApp
  • Gmail
  • Viber
  • Messenger

    महिला हिंसाको कुरा गर्नेबित्तिकै हाम्रो मानसपटलमा महिलामाथिको कुटपिट, बलात्कार, यौन हिंसा, शारीरिक यातना तथा अन्य कुनैपनि प्रकारका हिंसा र महिलाको रोनाधोनासहितको अनुहार चित्रित हुन्छ। वास्तवमा शारीरिक हिंसा र महिलाको दयालाग्दो कथाकहानीमात्रै हिंसाको रुप होइन। महिलामाथि हात नउठाइ र उनीमाथि कुनैपनि प्रकारको गालीगलौज नगरी पनि हिंसा हुने गर्छ, जसलाई हामी मानसिक हिंसा भन्ने गर्छौँ। यो पनि महिलामाथिको हिंसाको एउटा डरलाग्दो रुप हो।

    ब्रेक थ्रु नामको संस्थाले घरेलु हिंसाको मुद्दामाथि बनाएको एउटा भिडियोले महिलामाथि हुने हिंसालाई प्रष्टसँग बुझिनेगरी देखाएको छ। हात नउठाई वा कुनैपनि गालीगलौज नगरी पनि महिलामाथि हिंसा हुने गर्छ भन्ने कुरा यो भिडियोले सिर्जनात्मक ढंगले प्रस्तुत गरेको छ। २ मिनेट १८ सेकेण्डको यो भिडियोले मानसिक हिंसाको त्यस्तो रुपलाई उजागर गरेको छ, जसलाई हामी झेल्छौं तर पहिचान गर्न सक्दैनौं।

    पहिचान नै हुन सक्दैन

    पितृसत्तात्मक व्यवस्थामा महिलालाई सधैँ पुरुषभन्दा निच वा तल्लो दर्जाको व्यक्तिका रुपमा लिने गरिन्छ। र, बाल्यकालदेखि नै सोही अनुसारको प्रशिक्षण गराइन्छ। एउटी महिलालाई जन्मिएदेखि मृत्युपर्यन्त ‘लिंगकै आधारमा पुरुष महान् हुन्छन्’ भनेर सिकाइन्छ। त्यसैले महिलालाई सधैँ पुरुषको दास वा सेवकको रुपमा नै उभ्याइन्छ। खासगरी श्रीमान र श्रीमतीको सम्बन्धलाई हेर्ने हो भने श्रीमानलाई ‘पति’ वा ‘परमेश्वर’ को दर्जा दिइनुले पनि यो कुरालाई पुष्टि गर्छ। महिलालाई सानै उमेरदेखि पुरुषको दास बन्न, पुरुषको पूजा गर्न र पुरुषकै इशारामा चल्नका लागि प्रशिक्षण गराइन्छ र यसका लागि पूरै व्यवस्था लागिपरेको छ।

    बदलिँदो समयसँगै हाम्रो सामाजिक व्यवस्था र मानिसको चेतनामा धेरै परिवर्तन आयो। महिलाको हक अधिकार सुरक्षित गर्नका लागि विभिन्न कानूनहरू पनि बने। यस प्रकारको परिवर्तन आउनुमा कानूनको पनि ठूलो भूमिका छ भन्ने कुरामा दुइमत छैन। कानूनले महिलामाथि हिंसा गर्नेलाई सजाय दिलाउने काम मात्रै गरेको छैन, यसले महिलामाथि हुने गरेका हिंसाको परिभाषा पनि दिएको छ। तर महिलामाथिको मानसिक हिंसा यस्तो हिंसा हो, जसको दोषीलाई कानूनी कठघारामा ल्याउनका लागि ठोस प्रमाण जुटाउन नै धेरै अड्चनहरू हुने गरेका छन्।

    महिलामाथि हुने गरेका मानसिक हिंसाका बारेमा पत्रपत्रिका तथा कुनै सभा सम्मेलनमा चर्चा हुने गरेपनि यस विषयमा कतिपय महिलाहरू नै अनभिज्ञ छन्। कति महिलाहरूले आफूमाथि भइरहेको मानसिक हिंसालाई पनि पहिचान गर्न सकिरहेका छैनन्।

    आत्मविश्वासमा कमी

    हाम्रो सामाजिक व्यवस्थाले महिलालाई पुरुषभन्दा कमजोर बनाएको छ भने पुरुषलाई ‘बलवान’को पगरी भिराइदिएको छ। त्यसैले समाजका धेरै क्षेत्रको नेतृत्व पुरुषले गरेको छ र सारा अधिकार पनि पुरुषलाई नै दिइएको छ। यसै व्यवस्थाले महिलालाई भने पुरुषको दास बन्न र हिंसा सहनका लागि अभ्यस्त बनाएको छ। समाजमा आज पनि महिलामाथि हुने हिंसा र भेदभावको सामान्यीकरण गरिन्छ। पितृसत्ताले सिकाएको पाठको असर महिलामा यतिसम्म परेको हुन्छ कि महिलाले यही विभेदपूर्ण व्यवस्थामा आफूलाई ‘फिट’ राखेकी हुन्छिन् भने आफूमाथि हुने गरेका हिंसा महशुस गर्न समेत उनलाई मुश्किल परिरहेको हुन्छ।

    मानसिक हिंसाको प्रभाव शारीरिक हिंसाभन्दा कम हुँदैन। बाल्यकालबाटै परिवारभित्रै तथा समाजबाट महिलाले मानसिक हिंसा भोगिरहेका हुन्छन्। फलस्वरुपः महिलामा आत्मविश्वासको कमी हुँदै जान्छ र महिलाले आफूमा भएको हिंसाको पहिचान गर्न नै सक्दिनन्। मानसिक हिंसाले कुनै पनि मानिसको व्यक्तित्वलाई नै प्रभाव पारिरहेको हुन्छ। यसले मानिसको आत्मविश्वासलाई कमजोर पार्ने काम गर्छ र यसको प्रभाव बढ्दै गएमा खतरनाक मानसिक समस्याहरूको सामना पनि गर्नुपर्ने हुन्छ।

    प्रतिकार गरौँ

    यसकारण महिलालाई यसप्रकारको हिंसाका बारेमा भरपूर जानकारी हुन जरुरी छ। यसप्रकारका हिंसाका कारण महिलाको आत्मविश्वास त कमजोर हुन्छ नै उनले आफूविरुद्ध भइरहेको हिंसाको प्रतिकार पनि गर्न सकिरहेकी हुन्नन्। त्यसैले पनि यी विषयमा महिलालाई जागरुक बनाइनु पर्छ। कुनैपनि सम्बन्धमा महिलालाई मानसिक हिंसा हुन्छ भने त्यस्तो सम्बन्धबाट टाढा रहनेसम्मको हिम्मत महिलालाई समाज र परिवारले जुटाइदिन सक्नुपर्छ अथवा त्यस्तो हिम्मत राख्नसक्ने वातावरण बनाइनुपर्छ।

    मानसिक हिंसाले महिलालाई बाल्यकालदेखि नै कमजोर बनाउनमा अहम भूमिका निर्वाह गर्ने गर्छ। यदि कुनै घरमा कोही महिला मानसिक हिंसाको सामना गरिरहेकी हुन्छिन् भने त्यस घरका बालबालिका पनि हिंसाबाट प्रभावित हुन्छन्। साथै अन्य महिलाहरूमा पनि यसको प्रभाव हुन्छ।

    मानसिक हिंसा महशुस गर्न सकिन्छ। तर शारीरिक हिंसाको जस्तै यसको निशाना हुँदैन। तर यसो भन्दैमा यो नजरअन्दाज गर्ने विषय भने होइन। यसको प्रभाव गहिरो हुन्छ, जसले मानिसको ज्यानसमेत लिनसक्छ। कतिपय महिलाहरू शारीरिक हिंसा नभएको आधारमा आफूमाथि भएको मानसिक हिंसाका बारेमा बेखबर हुन्छन् वा यसलाई वास्ता गर्दैनन्। तर भित्रभित्रै यसले नकरात्मक प्रभाव पारिरहेको हुन्छ।

    जब महिला आफैंले यसको पहिचान गर्न सकिरहेका छैनन् भने यसलाई न्यूनिकरण गर्ने दिशामा जान पनि व्यवधानहरू हुनसक्छन्। त्यसैले परिवार र समाजभित्र महिलामाथि हुनेगरेका मानसिक हिंसालाई पहिचान गरौं र यसको प्रतिकार गरौं।

    फेमिनिजम इन इन्डियाबाट अनुवाद।

     

    •  shares
    • Facebook
    • Twitter
    • WhatsApp
    • Gmail
    • Viber
    • Messenger
      रेनु गुप्ता

      रेनु गुप्ता

      Related Posts

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      तीर्थ कोइराला
      साउन ४, २०८२

      विश्वमा देहव्यापारको शुरुवात इसा पूर्व २४ सय वर्ष अगाडि भएको इतिहासमा उल्लेख गरिए पनि जब समाजमा परिवार र विवाहको प्रारम्भ...

      जेष्ठ वामहरुको पोखरा भेलाबारे रामबहादुर भण्डारीको अनुभूति

      जेष्ठ वामहरुको पोखरा भेलाबारे रामबहादुर भण्डारीको अनुभूति

      रामबहादुर भण्डारी 'आर. बी'
      पुस १, २०८१

      संसारमा जेष्ठ तथा वामहरुको बारेमा अलगै धारणाहरु भएतापनि हाम्रो देशमा बोलिचाली र कतिपय कानूनी रुपमा समेत उमेरले ७० पुगेका र...

      घुस नखाने पार्टी समाजवादको सर्त

      घुस नखाने पार्टी समाजवादको सर्त

      घनश्याम भूसाल
      साउन ८, २०८१

      डा. बाबुराम भट्टराईबारे लेखिएको पुस्तक 'बाबुराम : अ भिजीनरी रेबेल' सबै पढिसक्दा पुस्तकको शिर्षकले न्याय पाउन सकेन जस्तो लाग्छ ।...

      चीनले सिलिकन भ्यालीलाई कसरी प्रयोग गरिरहेको छ

      चीनले सिलिकन भ्यालीलाई कसरी प्रयोग गरिरहेको छ

      जेकोब ड्रेयर
      असार २७, २०८१

      १६ औं शताब्दीसम्म, चीन दुनियाको प्रविधिजगतमा सबैभन्दा बढी विकसित थियो। जुनबेला यूरोपमा कुलीन वर्गको शासन थियो, त्यसबेला चीनका प्रबुद्ध वर्गले...

      प्यालेष्टाइन–इजरायल द्वन्द्वको वास्तविकता

      प्यालेष्टाइन–इजरायल द्वन्द्वको वास्तविकता

      रामराज रेग्मी
      असार १२, २०८१

      यही वर्ष २०२४ को गत ७ अक्टोवरमा प्यालेष्टाइनी लडाकू समुह हमासले इजरायलमा गरेको सशस्त्र हमलामा परी १० जना नेपाली विद्यार्थीको...

      मार्क्सवादसँगै डराइरहेको मार्क्सवादी !

      मार्क्सवादसँगै डराइरहेको मार्क्सवादी !

      बलराम तिमल्सिना
      बैशाख १५, २०८१

      एकजना मार्क्सवादी छ त्यसो त धेर‌ै अरु पनि छन । हुनलाई ऊ माक्सवादी हो तर नढाँटी भन्नु पर्दा अचेल ऊ...

      Leave a Reply Cancel reply

      Your email address will not be published. Required fields are marked *

      सिफारिस

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?
      विचार

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?

      प्रा. चैतन्य मिश्र
      मंसिर ६, २०८०

      थप पढ्नुहोस्Details
      महङ्गीबारे रहस्यमय मौनता
      समाज

      महङ्गीबारे रहस्यमय मौनता

      नरेश ज्ञवाली
      कार्तिक १४, २०८०

      थप पढ्नुहोस्Details
      भारतीय समाजको नाजीकरण भइसक्यो!
      विचार

      भारतीय समाजको नाजीकरण भइसक्यो!

      अरुन्धती रोय
      कार्तिक ११, २०८०

      थप पढ्नुहोस्Details
      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!
      विचार

      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!

      नालेदी पान्दोर
      कार्तिक १०, २०८०

      थप पढ्नुहोस्Details

      सामाजिक सञ्जालमा पुग्नुहोस्

      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • हाम्रो बारे

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.

      Welcome Back!

      गुगल मार्फत साइन इन गर्नुहोस्
      Sign In with Linked In
      वा

      Login to your account below

      Forgotten Password? Sign Up

      Create New Account!

      गुगल मार्फत साइन अप गर्नुहोस्
      Sign Up with Linked In
      वा

      Fill the forms bellow to register

      All fields are required. Log In

      Retrieve your password

      Please enter your username or email address to reset your password.

      Log In

      Add New Playlist

      नतिजा छैन
      सबै नतिजा हेर्नुहोस्
      • राजनीति
      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • मल्टिमिडिया
      • ब्लग

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.