Date
शुक्र, बैशाख ४, २०८३
Fri, April 17, 2026
Friday, April 17, 2026
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
  • लग - इन
  • दर्ता गर्नुहोस्
Nepal Readers
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
Nepal Readers
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्

आइमाई’ वा ‘महिला’ वा के?

भक्त घिमिरे भक्त घिमिरे
चैत्र २९, २०७७
- यो हप्ता
A A
0
  •  shares
  • Facebook
  • Twitter
  • WhatsApp
  • Gmail
  • Viber
  • Messenger

    केही हप्ता अघि फेसबुकमा ‘महिला’ शब्दको अर्थ र यसको विपरितलिंगी शब्द सोधेको थिएँ। त्यसपछि आएका उत्तर र जिज्ञासाले नै मलाई यो लेख तयार पार्न हुट्हुटी चलाएका हुन्। वास्तवमा जुनसुकै भाषाका शब्दहरूको पनि उत्पादन/निर्माण विशेष परिवेश, प्रयोजन, धातु/ध्वनि र क्षेत्रीय प्रभावमा आधारित रहन्छ।

    हामी यहाँनेर ‘महिला’ शब्दलाई लिएर चर्चा गर्न लागेका छौँ। तर, सोझै महिला शब्दमा प्रवेश गर्नुभन्दा पहिले त्यसका पूर्वाधारहरूको शृङ्खलाबारे आंशिक चर्चा गर्नु जरुरी छ। यस सरोकारमा हाम्रो भाषिक परम्पराले हामीलाई लेख्य रूपका मुख्यतः दुईवटा शब्दहरू दिएको छ -स्त्री र नारी।

    यद्यपि, हाम्रो बोलीचालीको भाषामा न ‘स्त्री’ शब्द आउँछ न त ‘नारी’ शब्द नै ! अलि गाउँले (कसैले असभ्य शैली पनि मान्छन्) लवजमा ‘आइमाई’ भनिन्छ अनि कता हो कता सभ्य भनिएको समाजमा ‘महिला’ भनिन्छ। खास गरी नेपाली भाषा र नेपाली समाजमा मात्रै प्रयोग हुने आइमाई शब्दका पनि धेरै व्याख्याहरू होलान्। संस्कृतको ‘आर्यमाता’ भन्ने शब्दावलीबाट यो आइमाई शब्द बनेको धेरैको दाबी छ। अचम्मको कुरो त के छ भने ‘आइमाई’ शब्दको पनि महिला शब्दको जस्तै नेपाली भाषामा पुल्लिंगी बुझाउने कुनै शब्द फेला परेको छैन।

    महिला शब्दको उत्पति स्रोतका रूपमा संस्कृतको ‘मह’ वा ‘महि’ धातुलाई लिइएको बताइन्छ। ‘मह’बाट महत, महान्, पूज्य आदि शब्दभावहरु उत्पन्न हुन्छन्। महि शब्दले अझ प्रष्ट गरी पृथ्वी, बादल, ब्रह्माण्ड, धर्ती र स्वर्गको संयोजन आदि आदि अर्थ बताएको छ। केही व्यक्तिहरू मार्कण्डेय पुराणको “महिस्वरूपेण यदास्थितासि…” भन्ने श्लोकलाई लिएर महिला शब्दको वकालती गरिरहेका छन्। तर, यो दाबीमात्र हो। मह बाट महान् बन्यो, महता बन्यो आदि आदि भन्दै महिला शब्द महान् हो भनिएको छ। तर, त्यो ‘महिला’ शब्दको प्रयोग हुनथालेको धेरै समय बितेपछि, यसको तात्पर्यको खोजी हुन थालीकन मात्रै यसलाई संस्कृतको मह धातुमा जोड्न खोजिएको छ। जसरी बुर्का लगाउने सबै मुसलमानहरु लक्ष्मणले नाक काटेकी सुपर्नखाँ का सन्तान हुन् भनियो। अरबको मक्कालाई मक्केश्वर महादेवको मठ भनियो। गोरो रङ्ग भएका बेलायतीहरूलाई हनुमानका सन्तान भनियो। यशुलाई क्रुसमा टाँगिएपछि कृष्णभक्त बनाएर भारतमा निर्वासित गराइएको छ। तर, यी कुनै पनि कुराको ठोस आधार-प्रमाणहरू सम्प्रेषित भएका छैनन्। महिला शब्दलाई ‘मह’ वा ‘महि’ बाट उत्पति गराउने दाबी पनि तिनै निराधार बयान जस्तै हो। यसरी शब्दसंयोजन जुटाउँदै जाने हो भने महबाट महेश्वर शब्द बनेको छ अनि महि शब्द ध्वनिबाट महिषासूर पनि बनेको छ! अनि आजसम्म अरबी र फारसी भाषालाई हाम्रै संस्कृतबाट भंगालिएर गएको भाषा हो भन्न कसैले सकेको छैन!

    संस्कृत शब्दकोशमा महल्लिका भन्ने शब्द छ तर, महिला शब्दसित सादृश्यता राख्ने महल शब्द भने छैन। यसरी महिला शब्दको स्पष्ट उल्लेख पुराना शास्त्रीय ग्रन्थहरूमा नभएको, समयक्रमले पनि यसको प्रयोग धेरै छोटो समयभित्र मात्र व्यापक भएको यथार्थलाई हेर्दा यो शब्द संस्कृतबाट आएको नभई पारसी, अरबी, उर्दू हुँदै हिन्दीमा आएको कुरा पत्याउन कहर लाग्छ। अनि नेपालीमा त हिन्दीबाट साभार गरिएको हो भने पनि फरक पर्दैन।

    महिला शब्दको व्युत्पति र यसको अभिव्यञ्जनाले नै यसलाई अरबी भाषाको महलसित तादात्म्यता जुटाइदिएको छ। पारसी (फारसी), अरबी, उर्दू हुँदै हिन्दीमा पसेको यो महल शब्दले ठूला घरदेखि राजाको दरबारसम्म बुझाउँछ। यसरी नै महल्ला शब्दले गाउँदेखि एउटा निश्चित समुदायको राज्यसम्म बुझाउँछ। अब महल र महिला शब्दमा कसरी तादात्म्य बन्यो भन्ने केलाउँदा निम्न तथ्यहरू भेटिन्छन्।

    जीलोचर हिन्दी अङ्ग्रेजी शब्दकोशले महल शब्दको अर्थमा भवन, राजभवन बताएको छ भने यसको लिंगीय अवस्थालाई पुल्लिंग (masculine gender) मानेको छ। अनि धेरैवटा उर्दू शब्दकोशहरूले ‘महल’लाई महिलाको वासस्थान बताएका छन्। कुरो योमात्र होइन, मोनियर ह्विलियम्स र वामन शिवराम आप्टेको संयुक्त संस्कृत शब्दकोशले केटी वा नारीहरूको सामूहिक बासस्थल (अपार्टमेण्ट) मा काम गर्ने स्त्री परिचारिकालाई ‘महल्लिका’ भनेको छ। अनि त्यसपछि महल शब्दको व्याख्या गर्दै यो शब्द संस्कृतमा पनि अरबीबाटै ल्याइएको कुरा स्वीकार गरेको छ। ‘SERVANTS of the DYNASTY-palace women in world history’ र ‘A WOMAN’s PLACE is in THE HOUSE-Royal women of Judah and their involvement in the house of David’ जस्ता अङ्ग्रेजी पुस्तकहरूले पनि महिला शब्दको परिभाषाका लागि ह्विलियम्स र आप्टेकै मतलाई पछ्याएका छन्।

    संस्कृत साहित्यका महापण्डित वामन शिवराम आप्टे (सन् १८५८- १८९२)-ले यस कुरालाई अझ विस्तारित रूपमा आफ्नो कृति ‘द स्टुडेण्ट्स गाइड टू संस्कृत कम्पोजिशन’ (1881) मा महिला शब्दप्रति खरो हीनभाव दर्साएका छन्। उनको व्याख्या अनुसार “महिला भनेको ‘मदमत्त’ र ‘विलासिनी’ स्त्री हो अथवा कैद गरिएकी, थुनिएकी, बन्दी बनाइएकी स्त्री हो।” हुन पनि हो, मध्ययुगीन सामाजिक आर्थिक व्यवस्थापनमा नारीहरूको हैकम देखिँदैन। त्यस समयमा महल बनाउने र त्यसको स्वामित्व राख्ने शक्ति पुरुषमै थियो। अनि पुरुषले आफ्नो स्वामित्वमा बनाएका महलहरूमा नारीले सहज र शान्तिपूर्ण जीवन बिताउने कुरै भएन। नारीहरू त्यहाँ कैदी बन्दी जस्तै जीवन भोग्न बाध्य थिए। भारतीय परम्परागत साहित्यको विश्लेषण गर्दै एक जना जर्मन डाक्टरले लेखेका छन्-“मध्ययुगीन समयमा ठूल्ठूला पूँजीपतिहरूले बनाएका महलहरूमा शृंगारको रूपमा सजाउन ल्याइएका नारीहरू नै पछि ‘महिला’ भए। त्यसको अर्थ, आज महिला भनिने नारीहरू महलका गहना हुन्।” अथवा नारीले अपवादमा पछि महलको मालिक नै हुन पाए भने कुनै दिन उनीहरूले पनि पुरुषको देखासिकी गर्दै मोजमस्ती गरे होलान्।

    त्यही देखेर संस्कृत पण्डित आप्टेले महिला ‘मदमत्त’, ‘विलासिनी’ नारी भन्दिए। यसरी महल पुल्लिंगी र महिला स्त्रीलिंगी भएको शास्त्रीय यथार्थसित वामन शिवराम आप्टेको मत जोड्न ल्याएमा महल र महिला पुरुषवाची-स्त्रीवाची शब्दार्थमै टुंगिन्छन्। अमीर पुरुष शासकहरुले महल बनाउने र त्यसको सजावट्का लागि बन्दीझैँ राखिएका स्त्रीलाई महिला भनिएको कुरा माथिका अङ्ग्रेजी पुस्तकहरूले पनि औँल्याएका छन्। अतः महिला शब्दको पुलिंगी भेद महल हुन्छ भन्ने माथिका तथ्यहरूबाट हामीले विश्वास गर्नैपर्ने भएको छ। अन्यथा हामीले संस्कृत र अरबी-उर्दू, हिन्दी हुँदै नेपाली भाषामा प्रवेश गराइएका केही तत्सम-तत्भव शब्दहरूका साथमा ‘महिला’ र ‘आइमाई’ जस्ता विशेषणका पनि नयाँ पुरुषवाची नेपाली शब्दार्थ आविष्कार गर्नुपर्छ। हामी नेपाली भाषाका खेतीवालाहरुले अब धेरै सोचेर यस्ता विषयहरूमा साझा समझदारी बनाउनु पर्छ।

    साभारःhttp://bhutaneseliterature.com/ मा २०१८ जनवरी २१ मा प्रसारितबाट मुख्य अंश।

    •  shares
    • Facebook
    • Twitter
    • WhatsApp
    • Gmail
    • Viber
    • Messenger
      भक्त घिमिरे

      भक्त घिमिरे

      Related Posts

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      तीर्थ कोइराला
      साउन ४, २०८२

      विश्वमा देहव्यापारको शुरुवात इसा पूर्व २४ सय वर्ष अगाडि भएको इतिहासमा उल्लेख गरिए पनि जब समाजमा परिवार र विवाहको प्रारम्भ...

      जेष्ठ वामहरुको पोखरा भेलाबारे रामबहादुर भण्डारीको अनुभूति

      जेष्ठ वामहरुको पोखरा भेलाबारे रामबहादुर भण्डारीको अनुभूति

      रामबहादुर भण्डारी 'आर. बी'
      पुस १, २०८१

      संसारमा जेष्ठ तथा वामहरुको बारेमा अलगै धारणाहरु भएतापनि हाम्रो देशमा बोलिचाली र कतिपय कानूनी रुपमा समेत उमेरले ७० पुगेका र...

      घुस नखाने पार्टी समाजवादको सर्त

      घुस नखाने पार्टी समाजवादको सर्त

      घनश्याम भूसाल
      साउन ८, २०८१

      डा. बाबुराम भट्टराईबारे लेखिएको पुस्तक 'बाबुराम : अ भिजीनरी रेबेल' सबै पढिसक्दा पुस्तकको शिर्षकले न्याय पाउन सकेन जस्तो लाग्छ ।...

      चीनले सिलिकन भ्यालीलाई कसरी प्रयोग गरिरहेको छ

      चीनले सिलिकन भ्यालीलाई कसरी प्रयोग गरिरहेको छ

      जेकोब ड्रेयर
      असार २७, २०८१

      १६ औं शताब्दीसम्म, चीन दुनियाको प्रविधिजगतमा सबैभन्दा बढी विकसित थियो। जुनबेला यूरोपमा कुलीन वर्गको शासन थियो, त्यसबेला चीनका प्रबुद्ध वर्गले...

      प्यालेष्टाइन–इजरायल द्वन्द्वको वास्तविकता

      प्यालेष्टाइन–इजरायल द्वन्द्वको वास्तविकता

      रामराज रेग्मी
      असार १२, २०८१

      यही वर्ष २०२४ को गत ७ अक्टोवरमा प्यालेष्टाइनी लडाकू समुह हमासले इजरायलमा गरेको सशस्त्र हमलामा परी १० जना नेपाली विद्यार्थीको...

      मार्क्सवादसँगै डराइरहेको मार्क्सवादी !

      मार्क्सवादसँगै डराइरहेको मार्क्सवादी !

      बलराम तिमल्सिना
      बैशाख १५, २०८१

      एकजना मार्क्सवादी छ त्यसो त धेर‌ै अरु पनि छन । हुनलाई ऊ माक्सवादी हो तर नढाँटी भन्नु पर्दा अचेल ऊ...

      Leave a Reply Cancel reply

      Your email address will not be published. Required fields are marked *

      सिफारिस

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?
      विचार

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?

      प्रा. चैतन्य मिश्र
      मंसिर ६, २०८०

      थप पढ्नुहोस्Details
      महङ्गीबारे रहस्यमय मौनता
      समाज

      महङ्गीबारे रहस्यमय मौनता

      नरेश ज्ञवाली
      कार्तिक १४, २०८०

      थप पढ्नुहोस्Details
      भारतीय समाजको नाजीकरण भइसक्यो!
      विचार

      भारतीय समाजको नाजीकरण भइसक्यो!

      अरुन्धती रोय
      कार्तिक ११, २०८०

      थप पढ्नुहोस्Details
      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!
      विचार

      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!

      नालेदी पान्दोर
      कार्तिक १०, २०८०

      थप पढ्नुहोस्Details

      सामाजिक सञ्जालमा पुग्नुहोस्

      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • हाम्रो बारे

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.

      Welcome Back!

      गुगल मार्फत साइन इन गर्नुहोस्
      Sign In with Linked In
      वा

      Login to your account below

      Forgotten Password? Sign Up

      Create New Account!

      गुगल मार्फत साइन अप गर्नुहोस्
      Sign Up with Linked In
      वा

      Fill the forms bellow to register

      All fields are required. Log In

      Retrieve your password

      Please enter your username or email address to reset your password.

      Log In

      Add New Playlist

      नतिजा छैन
      सबै नतिजा हेर्नुहोस्
      • राजनीति
      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • मल्टिमिडिया
      • ब्लग

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.