Date
सोम, माघ २६, २०८२
Mon, February 9, 2026
Monday, February 9, 2026
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
  • लग - इन
  • दर्ता गर्नुहोस्
Nepal Readers
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
Nepal Readers
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्

सी जिन्पिङः चीनको विगत जसबाट राष्ट्रपतिले बाँकी विश्व हेर्ने दृष्टिकोण बनाए

सहयोगीबाट सहयोगीबाट
माघ १, २०७८
- यो हप्ता
A A
0
  •  shares
  • Facebook
  • Twitter
  • WhatsApp
  • Gmail
  • Viber
  • Messenger

    ताइवानसँगको बढ्दो तनावले चीनमाथि विश्वको ध्यान केन्द्रित भएको छ। अनि धेरैलाई राष्ट्रपति सी जिन्पिङले विश्वमञ्चमा चीनलाई कहाँ हेर्न खोजेका हुन् भन्ने लागिरहेको छ। विगतले सम्भवतः केही सङ्केत दिन सक्ने अक्सफर्ड विश्वविद्यालयका इतिहासका प्राध्यापक राणा मित्तर बताउँछन्।

    चीन अहिले एउटा ठूलो शक्तिराष्ट्र हो। तर केही दशकअघिसम्म उसको अहिलेको स्थिति कल्पना गर्न सकिँदैन थियो। चीन कहिले जलवायु परिवर्तनसम्बन्धी प्यारिस सम्झौतामा हस्ताक्षर गरेर बृहत् विश्वसँग सहकार्य गर्छ त कहिले बेल्ट एन्ड रोड इनिशीअटिभमार्फत् बाँकी विश्वसँग प्रतिस्पर्धा गर्छ।

    बेल्ट एन्ड रोड इनिशीअटिभ निर्माणसम्बन्धी एउटा त्यस्तो सञ्जाल हो जसमा पश्चिमा देशको ऋणबाट वञ्चित भएका ६० भन्दा बढी देशमा लगानी रहनेछ। अस्ट्रेलिया, यूके र अमेरिकाबीच हालै भएको त्रिदेशीय ओकस सम्झौतामार्फत् आफूलाई “नियन्त्रण” गर्न खोजिएको भन्दै चीनले त्यसको आलोचना गरेको छ।

    राष्ट्रिय सुरक्षासम्बन्धी कडा कानुनका कारण हङ्‌कङ छोडेर ब्रिटेनमा बस्न खोजेका मानिसलाई आवास दिँदा त्यसले “दुष्परिणाम” निम्त्याउन सक्ने भन्दै चीनले यूकेलाई पनि चेतावनी दिएको छ।

    त्यस्तै मूख्यभूमि चीनसँग एकीकरण गर्न तयार रहन चीनले ताइवानलाई भनेको छ। चिनियाँ राष्ट्रपति सी जिन्पिङले शीतयुद्धताकाका नेता माओपछि विश्वमञ्चमा चीनको स्थान आफ्ना पूर्ववर्तीभन्दा धेरै माथि पुर्‍याएका छन्।

    सीको विश्व हेर्ने दृष्टिकोण बनाउने पाँच कुरा यी हुन् –

    कन्फ्युशसको दर्शन
    कन्फ्युशसको विचारधाराले चिनियाँ समाज २,००० वर्ष चल्यो। यी चिनियाँ दार्शनिकले (इसापूर्व ५५१ देखि ४७९) वरीयता भएको एउटा नीतिसङ्गत प्रणाली निर्माण गरे जसमा मानिसहरूलाई समाजमा आफ्नो स्थान थाहा हुन्थ्यो। अनि “दया” को मान्यताअनुरूप माथिल्लो स्थानमा हुने मानिसले तल हुनेहरूको हेरविचार गर्थे।

    समयसँगै धेरै हदसम्म अनुकूल पारिएको त्यो व्यवस्था सन् १९११ को क्रान्तिसम्म रह्यो। नयाँ कम्युनिस्ट पार्टीका नेता माओत्सेतुङ आफू शक्तिमा रहँदा (सन् १९४९-१९७६) सम्म परम्परागत चिनियाँ दर्शनविरुद्ध नै रहे।

    तर सन् १९८० सम्ममा कन्फ्युशसको दर्शन चिनियाँ समाजमा फर्किसकेको थियो। कम्युनिस्ट पार्टीले कन्फ्युशसलाई एक प्रतिभाशाली व्यक्तित्व भनी व्याख्या गर्न थालेको थियो र आधुनिक चीनमा उनका पाठहरू पढाइन थालेको छ। अहिलेको समयमा चीनले “सामञ्जस्य” लाई “समाजवादी मूल्य”का रूपमा अङ्गीकार गरेको छ। यद्यपि त्यसमा कन्फ्युशस दर्शनको गन्ध छ।

    अनि चीनको अन्तर्राष्ट्रिय सम्बन्धमा एउटा जल्दोबल्दो प्रश्न कन्फ्युशस दर्शनको एउटा मुख्य शब्द “दया” ले कसरी बाह्य विश्वसँग बेइजिङको सम्बन्ध स्थापित गर्छ भन्ने हो। चिङ्ख्वा विश्वविद्यालयका प्राध्यापक यान शियटुङले चीनले “प्रभुत्व” को सट्टा कसरी “दयाशील अधिकार” खोज्नुपर्छ भनेर लेखेका छन्।

    सी जिन्पिङको “विश्वसमुदायको साझा गन्तव्य” बारेको धारणामा पनि परम्परागत दार्शनिक गन्ध छ। सीले कन्फ्युशसको जन्मस्थलको भ्रमण गरेका छन् र उनका भनाइहरू सार्वजनिक रूपमा उद्धृत पनि गरेका छन्।

    अपमानको एक शताब्दी
    उन्नाइसौँ र बीसौँ शताब्दीका ऐतिहासिक सङ्घर्षहरूले चीनको विश्वप्रतिको धारणामा अहिले गहिरो प्रभाव पारेका छन्। उन्नाइसौँ शताब्दीको मध्यतिर भएका “ओपीअम वार्स” भनिने युद्धहरूपछि पश्चिमा व्यापारीहरू बलपूर्वक चीन प्रवेश गरे।

    सन् १८४० को दशकदेखि १९४० को दशकसम्मको अवधिलाई “अपमानको शताब्दी” मानिन्छ। त्यस समयमा युरोप र जापानका अगाडि चीन कमजोर देखिएको थियो। त्यो कालमा चीनले ब्रिटेनलाई हङ्‌कङ दिएको थियो, उत्तरपूर्वी क्षेत्रको मन्चुरिया भूभाग जापानलाई दिएको थियो र थुप्रै पश्चिमा देशलाई कानुनी र व्यापारिक सुविधाहरू दिएको थियो।

    युद्धोत्तर कालमा चीनका मन्चुरिया र शिन्जियाङसहितका सीमामा सोभियत सङ्घले आफ्नो प्रभाव कायम गर्न खोजेको थियो। यस्ता घटनाले बाह्य विश्वको आशयप्रति गहिरो शङ्का उत्पन्न गरेका थिए।

    यो वर्ष मार्चमा चिनियाँ र अमेरिकी अधिकारीहरूबीच अलास्कामा भएको एउटा खुला वार्तामा चिनियाँ पक्षले अमेरिकालाई “बडप्पन र पाखण्ड” को आरोप लगाएको थियो। सी जिन्पिङको चीनले अरूले आफूलाई अपकारपूर्वक हेरेको सहन सक्दैन।

    बिर्सिएका साझेदार
    यद्यपि भयानक घटनाहरूले पनि थप सकारात्मक सन्देशहरू दिन सक्छन्। एउटा त्यस्तै सन्देश द्वितीय विश्वयुद्धबाट आएको छ। सन् १९३७ मा आक्रमण गरिएपछि पश्चिमा साझेदारहरू संलग्न हुनुअघि जापानसँग चीन एक्लै लड्यो। पश्चिमा साझेदारहरू सन् १९४१ मा पर्ल हार्बरमा भएको एशियाली युद्धमा मात्रै मिसिन आएका थिए।

    ती वर्षहरूमा चीनले एक करोडभन्दा बढी मानिस गुमायो र चिनियाँ मुख्यभूमिमा पाँच लाखभन्दा बढी जापानी सैनिकलाई रोक्यो। उक्त साहसिक घटनालाई इतिहासका पुस्तक र चलचित्रहरूमा उल्लेख गरिएको छ।

    अहिलेको चीनले आफूलाई “गैरफासीवादी गठबन्धन” का रूपमा चित्रण गर्छ। चीनले माओको समयमा आफूलाई तेस्रो विश्वको नेताका रूपमा आफ्नो ऐतिहासिक भूमिका रहेको पनि देखाउँछ।

    मार्क्सवाद
    मार्क्सवाद-लेनिनवादको ऐतिहासिक बाटो पनि चीनको राजनीतिक विचारमा गहिरो रूपमा स्थापित छ। सी जिन्पिङको पालामा सक्रिय रूपमा पुनर्जीवित भएको छ। बीसौँ शताब्दीभरि माओत्सेतुङ र अन्य मुख्य कम्युनिस्ट नेताहरूले मार्क्सवाद र त्यसका परिणामबारे सैद्धान्तिक बहसमा भाग लिए।

    उदाहरणका लागि “वर्गयुद्ध” को अवधारणाका कारण माओको शासनको प्रारम्भिक वर्षहरूमा लाखौँ जमिनदारले ज्यान गुमाए। समाज व्याख्या गर्ने रूपमा “वर्ग” को सिद्धान्त हटे पनि चीनको राजनीतिक भाषा अझै पनि “सङ्घर्ष”, “प्रतिरोध” र “पुँजीवाद” विरुद्ध समाजवाद भन्ने धारणाबाटै बनेको छ।

    अहिलेको चीनले अमेरिका-चीनको प्रतिस्पर्धालाई एउटा त्यस्तो सङ्घर्षका रूपमा व्याख्या गर्छ जसलाई मार्क्सवादी प्रतिरोधका रूपमा बुझिने सकिन्छ।

    ताइवान
    ताइवान मुख्यभूमि चीनसँगै एकीकरण हुने र उसको गन्तव्य अरू हुन नसक्ने बेइजिङको जोड छ।

    गत शताब्दीमा चिनियाँ राजनीतिमा ताइवानको हैसियत घटबढ भएको इतिहास छ। सन् १८९५ मा जापानसँगको युद्धपछि ताइवान हस्तान्तरण गर्न चीन बाध्य भएको थियो। त्यसको आधा शताब्दी ताइवान जापानको उपनिवेश बनेको थियो। त्यसपछि सन् १९४५ देखि १९४९ मा ताइवान छोटो समयका लागि राष्ट्रपतिद्वारा एकीकृत भएको थियो।

    माओको नेतृत्वमा चीनले ताइवानसँग एकता कायम गर्ने मौका गुमायो। अमेरिकी ट्रूमन प्रशासनले माओलाई जनवादी गणतन्त्र चीनलाई त्यो गर्न दिन सक्थ्यो। तर सन् १९५० मा दक्षिण कोरियामाथि आक्रमण गर्न चीनले उत्तर कोरियालाई साथ दिएपछि कोरियाली युद्ध भयो र त्यसले ताइवानलाई शीतयुद्धको सहयोगी बनायो।

    माओले सन् १९५८ मा ताइवानको तटमा आक्रमण गर्‍यो। तर त्यसपछिको २० वर्ष उक्त भूभागलाई बेवास्ता गर्‍यो। सन् १९७९ मा अमेरिका र चीनबीच सम्बन्ध फेरि स्थापित भएपछि “एक चीन” बारे एउटा असहज सम्झौता भयो। तर बेइजिङ वा ताइवानको शासनव्यवस्था कुन वैधानिक भएको भन्नेमा कुनै सहमति भएन।

    चालीस वर्ष भयो। सी एकीकरण चाँडो हुनुपर्छ भन्नेमा जोड दिइरहेका छन्। हङ्‌कङको नियति र चीनको आक्रामक अभिव्यक्तिले भने अहिले उदारवादी लोकतन्त्रका जनता बनेका ताइवानीलाई मूख्यभूमिसँग निकट सम्बन्ध राख्नेबारे विपरीत धारणा बढ्दो छ।

    प्राध्यापक राणा मित्तर अक्सफर्ड विश्वविद्यालयमा पढाउँछन्। उनले इतिहास र आधुनिक चीनको राजनीति विषयमा विशेषज्ञता हासिल गरेका छन्। उनको नयाँ पुस्तकको नाम ‘चाइनाज् गुड वारः हाउ वर्ल्ड वार टू एज शेपिङ ए न्यू न्याश्नलिजम’ हो। -बीबीसी

    •  shares
    • Facebook
    • Twitter
    • WhatsApp
    • Gmail
    • Viber
    • Messenger
      सहयोगीबाट

      सहयोगीबाट

      Related Posts

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      तीर्थ कोइराला
      साउन ४, २०८२

      विश्वमा देहव्यापारको शुरुवात इसा पूर्व २४ सय वर्ष अगाडि भएको इतिहासमा उल्लेख गरिए पनि जब समाजमा परिवार र विवाहको प्रारम्भ...

      जेष्ठ वामहरुको पोखरा भेलाबारे रामबहादुर भण्डारीको अनुभूति

      जेष्ठ वामहरुको पोखरा भेलाबारे रामबहादुर भण्डारीको अनुभूति

      रामबहादुर भण्डारी 'आर. बी'
      पुस १, २०८१

      संसारमा जेष्ठ तथा वामहरुको बारेमा अलगै धारणाहरु भएतापनि हाम्रो देशमा बोलिचाली र कतिपय कानूनी रुपमा समेत उमेरले ७० पुगेका र...

      घुस नखाने पार्टी समाजवादको सर्त

      घुस नखाने पार्टी समाजवादको सर्त

      घनश्याम भूसाल
      साउन ८, २०८१

      डा. बाबुराम भट्टराईबारे लेखिएको पुस्तक 'बाबुराम : अ भिजीनरी रेबेल' सबै पढिसक्दा पुस्तकको शिर्षकले न्याय पाउन सकेन जस्तो लाग्छ ।...

      चीनले सिलिकन भ्यालीलाई कसरी प्रयोग गरिरहेको छ

      चीनले सिलिकन भ्यालीलाई कसरी प्रयोग गरिरहेको छ

      जेकोब ड्रेयर
      असार २७, २०८१

      १६ औं शताब्दीसम्म, चीन दुनियाको प्रविधिजगतमा सबैभन्दा बढी विकसित थियो। जुनबेला यूरोपमा कुलीन वर्गको शासन थियो, त्यसबेला चीनका प्रबुद्ध वर्गले...

      प्यालेष्टाइन–इजरायल द्वन्द्वको वास्तविकता

      प्यालेष्टाइन–इजरायल द्वन्द्वको वास्तविकता

      रामराज रेग्मी
      असार १२, २०८१

      यही वर्ष २०२४ को गत ७ अक्टोवरमा प्यालेष्टाइनी लडाकू समुह हमासले इजरायलमा गरेको सशस्त्र हमलामा परी १० जना नेपाली विद्यार्थीको...

      मार्क्सवादसँगै डराइरहेको मार्क्सवादी !

      मार्क्सवादसँगै डराइरहेको मार्क्सवादी !

      बलराम तिमल्सिना
      बैशाख १५, २०८१

      एकजना मार्क्सवादी छ त्यसो त धेर‌ै अरु पनि छन । हुनलाई ऊ माक्सवादी हो तर नढाँटी भन्नु पर्दा अचेल ऊ...

      Leave a Reply Cancel reply

      Your email address will not be published. Required fields are marked *

      सिफारिस

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?
      विचार

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?

      प्रा. चैतन्य मिश्र
      मंसिर ६, २०८०

      थप पढ्नुहोस्Details
      महङ्गीबारे रहस्यमय मौनता
      समाज

      महङ्गीबारे रहस्यमय मौनता

      नरेश ज्ञवाली
      कार्तिक १४, २०८०

      थप पढ्नुहोस्Details
      भारतीय समाजको नाजीकरण भइसक्यो!
      विचार

      भारतीय समाजको नाजीकरण भइसक्यो!

      अरुन्धती रोय
      कार्तिक ११, २०८०

      थप पढ्नुहोस्Details
      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!
      विचार

      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!

      नालेदी पान्दोर
      कार्तिक १०, २०८०

      थप पढ्नुहोस्Details

      सामाजिक सञ्जालमा पुग्नुहोस्

      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • हाम्रो बारे

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.

      Welcome Back!

      गुगल मार्फत साइन इन गर्नुहोस्
      Sign In with Linked In
      वा

      Login to your account below

      Forgotten Password? Sign Up

      Create New Account!

      गुगल मार्फत साइन अप गर्नुहोस्
      Sign Up with Linked In
      वा

      Fill the forms bellow to register

      All fields are required. Log In

      Retrieve your password

      Please enter your username or email address to reset your password.

      Log In

      Add New Playlist

      नतिजा छैन
      सबै नतिजा हेर्नुहोस्
      • राजनीति
      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • मल्टिमिडिया
      • ब्लग

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.