Tuesday, March 2, 2021
  • Login
  • Register
No Result
View All Result
12 °c
13 ° Sun
13 ° Mon
13 ° Tue
13 ° Wed
Nepal Readers
  • गृहपृष्ठ
  • मत-अभिमत
  • सामयिक
  • सुशासन
  • स्वास्थ्य /शिक्षा
  • समाज
  • दस्तावेज
  • हाम्रोबारे
  • गृहपृष्ठ
  • मत-अभिमत
  • सामयिक
  • सुशासन
  • स्वास्थ्य /शिक्षा
  • समाज
  • दस्तावेज
  • हाम्रोबारे
No Result
View All Result
Nepal Readers
No Result
View All Result
Home विचार समाज इतिहास

योगमायाः बिर्सिनै नहुने एक वीराङ्गना

by प्रा.डा. मथुराप्रसाद श्रेष्ठ
November 12, 2020
- इतिहास, यो हप्ता, समाज
योगमायाः बिर्सिनै नहुने एक वीराङ्गना
Share on FacebookShare on TwitterEmail

योगमाया एक महिला विद्रोही तथा सामाज सुधार आन्दोलनका एक अगुवा हुन्। उनी लगायत ६७ जनाले राज्यमा धर्म राज नभएकोमा विद्रोहस्वरुप वि.स‌ं. १९९७ मा जलसमाधि लिएका थिए। जलसमाधि लिनु अघि १९९५ सालमा उनी र उनका अनुयायीसहित २४० जनाले अग्निसमाधि लिन प्रयाश गरेका थिए। यसबापत तत्कालिन राणाशाहीले १९९५ साल कात्तिक २७ गतेका दिन पक्राउ गरेका थिए। उनीहरुलाई करीव १५ महिनापछि “हामी मर्ने छैनौं, यदि मर्‍यौं भने अैन सवालबमोजिम बुझाउँला” भन्ने कागज गराउँदै अड्डाले छोडिदिएको थियो। आज कार्तिक २७ जुन दिनमा अग्नि समाधि लिन प्रयास गरेका ती विद्रोही लगायत उनका अनुयायीलाई पक्राउ गरेका दिनलाई स्मरण गर्दै प्रो श्रेष्ठको एक लेख प्रस्तुत गरेका छौं (स‌ं.)।

महा राज छन् दर्वारमा हेर्न आउँदैनन्
दुःखि जनले निञा निसाफ सिधा पाउँदैनन् ।।
– सर्वार्थ योगवाणीबाट

योगमाया, अन्याय र सामाजिक विसङ्तिविरूद्ध समर्पित एक विद्रोही! एक स्वाभाविक कवि, गायक र भक्ति! शक्तिको आडमा होस् वा परम्परा र धर्मको आडमा हुने सबैखाले अन्याय र विकृतिको विरोधमा तन् र मन् दुबैले सङ्घर्ष गर्न प्रतिबद्ध भएर होमिन पुगेकी योगमायाले नेपाल, नेपाली समाज र नेपाली जनता सबैलाई गुन लगाएर जानुभएको छ। सदाकालका नेपालीहरुलाई गर्व गर्न पाउनेगरी जानुभएको छ।

सय वर्ष अगाडिको नेपाल। निरङ्कुश र भ्रष्ट शोषणको चपेटामा परेर अनेकौं सामाजिक विकृति र विसङ्गति बोकेका कठोर, रूढिवाद र परम्परावादबाट पिल्सिएको थियो नेपाल र नेपाली जनता। त्यतिबेला मुक्तिको ज्योतिको अनुभूति त के आशासम्म पनि गर्न नसकिने बेला थियो। योगमाया एक महिला, त्यसमा पनि सती जान अस्वीकार गरेकी, विधवा भएर पनि “जर्जर र विकृत समाज परिवेशमा प्रलयको ताण्डवपछि मात्र सृष्टि नयाँ हुन्छ” भन्ने प्रण लिएर होमिइन कठोर जीवनसङ्घर्षमा।

योगमाया नेपालका सायद पहिलो विद्रोही थिइन्। राणा शासनकालका अन्याय, अत्याचारको विरोध गर्ने पहिलो हुन् उनी। सतिप्रथा र दासप्रथाको धज्जी उडाउँदै विसर्जन गराउनमा अगुवा बनेकी थिइन्। त्यस्तै उनी पहिलो नभएर आदिकालका कवि थिइन् र सायद पहिलो महिला आदिकवि थिइन्। उनका धेरै भक्त र अनुयायीहरुले नेपाललाई छापिरहेका आडम्बरी समाज र राजनीतिक परिवेशले योगमायालाई पनि छोप्न र विलय गर्न गराउन सफल भए। योगमायाको चर्चा विरलै गरिन्छ। योगमायालाई चिन्ने, बुझ्ने वा चिन्न, बुझ्न चाहने नगन्य छन् । यो आवधिक विडम्बना हो। इतिहासमा धेरै आडम्बरीहरुले ज्ञान, विज्ञान, काल परिस्थिति र संस्कृतिलाई सीमित घेरामा बन्दी बनाउन नखोजेका त होइनन्, तर सफल भएनन्। यसैले ढिला भए पनि, योगमयाको जलसमाधि भएको ७० वर्ष पुग्नलाग्दा पनि योगमायाको यज्ञ र साधना अवश्यै प्रकट हुनेछ। नेपालभित्र र बाहिर विश्वका सबैले योगमाया पुनः चासो लिएर योगमायाले शुरू गरेको “प्रलय र सृष्टि” लाई पुनः उजागर गर्नेछ। योगमया ढिलै भए पनि अब आएर नेपाली जनताको दिल र दिमागमा दुबैमा अमरदीप बनी रहेनेछिन्।

धेरै वर्ष बितिसकेकोले होला योगमायाबारे धेरै कथा र किंवदन्ती झिनो भए पनि नभएको होला। योगमायाबारे निम्न कोराइ आफू विभिन्न अध्ययन अनुसन्धानको काममा दोलखा, रामेछाप, भोजपुर, संखुवासभा, धनकुटा, ताप्लेजुङ, पाँचथर आदि जिल्लामा पुग्दा सङ्कलन गरेको जनश्रुतिको आधारमा तयार पारिएको हो । सत्यता र यथार्थतामा यी कोराइको कसि लगाउने मेरो उद्देश्य होइन। सन्दर्भ स्रोत र सूचीको अभाव हुने नै भयो । तर योगमाया स्वयम् चिरकाल र अनन्तसम्म सबैका लागि शोध र अन्वेषणको विषय बनिसकेको छ। यस्तो शोध र अन्वेषणको लागि म वा कसै एकमा मात्र क्षमता हुने कुरा पनि भएन।

योगमाया आफ्नो जीवनकालमा चर्चित सुशील, सौम्य र सभ्य व्यक्ति भए पनि “जन्मैले विद्रोही” को छवि सबैले देख्ने र महसुस गर्ने गर्थे। बालविवाह स्वयम्ले अस्वीकार गर्न नसके पनि पछि आएर बालविवाहको विरोतीब्र रुपले गरिन् । पछि आएर उनी एक सन्तान, छोरीकी आमा बनिन्। लोग्ने मर्दा सती जान अस्वीकार गरी उदाहरण बनेकी थिइन् उनी।

त्यतिबेला जर्जर समाजभित्र रहेको अन्याय, अत्याचार, विकृति र विसङ्गतिको विरोधको अभियानमा लाग्नु थियो उनलाई। उसको प्रकृति नै यस्तै थियो। तर साथसाथमा शोषण र उत्पीडनरहित समतामूलक समाजको सिर्जना गरी “सम्मानित र सन्तुष्टिको जीवन सबै पोल्टोमा” पुर्‍याउन उनलाई नयाँ सृष्टिको पनि शङ्खनाद गर्नु थियो। त्यतिबेला संसारमा चलिरहेको राजनीतिक हावा योगमायासमक्ष पुगनसकेको थिएन। अति सङ्कुचित, कठोर र निरङ्कुश थियो त्यतिबेलाको नेपाली राजनीतिक परिवेश। तैपनि योगमायाले यस्तो कठोर शासन र सोका पृष्ठपोषण गर्ने सामाजिक र धार्मिक परम्पराको नामबाट गरिने रिवाजबाट आहत जनताभित्र उठ्न खोजेका सुसुप्त आवाज र विद्रोहको अनुभूति पाउन सकिन्। जनताको हृदयभित्र उठेको आर्तनादबाट पाएको यो उत्प्रेरणा र शिवको साधनाबाट पाएको अनुभूतिको संगत पाइन उनले । यही संगतबाट उठेको अदृश्य प्रेरणाले आफूभित्रको विद्रोह ज्वाला, भक्ति रस, आफ्नै आत्मामा प्रस्फुरण भएको तरंगको सम्मिश्रण गर्ने अठोट गरेर योगीको जीवन बिताउन पुगिन् योगमाया। शिवभक्ति रसले पूर्ण उनको शिवभजन र गीतमा उपरोक्त सम्मिश्रण उनलाई जान्ने सुन्ने सबैले स्पष्ट रुपमा अनुभव गर्न सके।

उनले रचेको कति भजन कति गीत अहिले बाँचेको होला, अनुमान गर्न सकिने कुरो होइन। तल दिएको घटना जनस्मृतिमा आधारित छ। सो पढेपछि पाठकले यसको जटिलता महसुस गर्न सक्नु हुने नै छ।

भोजपुर जिल्लाको दिङ्लानिरको कुनै एक गाउँमा काशीबाट छपाएर ल्याएको योगमायाको भजन किताबका भारीहरु बोकका भरियाहरु र एक भक्त बास बसे। त्यसै स्थानमा काठमाडौंबाट राणाका अफिसर र सिपाहीहरु पनि बास बसेछन् । घरपति दम्पतीले राणाका मानिसहरुले गरेको आपसी कुराअनुसार सो किताबहरु जफत गर्ने र भरियाहरु समाई लाग्ने कुरा सुने । सो किताब महत्वपूर्ण होला भनी ठहर गरी श्रीमतीको मद्दतले घरपतिले तीन वटा किताब खुसुक्क झिकेर लुकाउन सफल भए । केही छिन पछि नै भक्त र भरियाहरुलाई समाई किताबहरुको अग्निदाह गरी खरानी पारे। त्यसको सनाखतमा घरपतिद्वय दुबैले औंठाछाप लगाउन बाध्य भए। कसै–कसैको भनाइअनुसार बोकेर ल्याउने भक्त र भरियाहरुलाई अरूणनदीको किनारमा लगी काटे र बगाइदिए। भनिन्छ, सो जफत गरिएका किताबको तीन प्रतिमात्र बाँकी छन्। जो घरपतिले चोरेर लुकाएका थिए। कहाँ छन् सो किताब भने खोजिकै विषय भएको छ।

-प्रा.डा. मथुराप्रसाद श्रेष्ठ

योगमायाले या समाचार धैर्यसाथ लिइन्। सायद उनलाई थाहा थियो यस्तो हुन सक्ने। तर यो कार्बाहीको उनले कडा शब्दमा विरोध गरिन जुन राणाकालमा कठीन थियो। पछि काठमाडौं गएर राणा राजा (प्रधानमन्त्री) लाई भेटिन्। कठोर शब्दमा त्यतिबेला भइरहेको सबै किसिमको अत्याचारहरु बन्द गर्न नसिहत दिए । त्यसमा खासगरी बेठ बेगारी प्रथाको अन्त, असीमित व्याज र शोषणको अन्त, बालविवाह रोक्ने कानुन, विधुवा विवाहको कानुन, विभिन्न किसिमका भुदास र अर्थ वा ऋणदासको अन्त इत्यादि । तर राणा शासकहरुको कानभित्र योगमायाको कुराको असर केही परेन। भनिन्छ, योगमायाका गाली सहन नसकी “राणा सरकार” ले उनलाई काठमाडौं खाल्डोबाहिर चार भञ्ज्याङ कटाएर निकालिदिएको थियो । तर योगमायाले आफ्नो विद्रोह गीत झन् बढी घन्काउन थालियो।

केही नभएपछि योगमाया र उनका भक्तहरुले अन्याय अत्याचारको विरोधमा अग्निदाह गर्ने भनी धम्की दिए। उनी पक्राउमा पनि परिन्।

आखिर एक दिन योगमायाले आफ्ना भक्तहरुलाई पनि अन्याय, अत्याचारको नाश गर्न अरूणकिनारमा अन्तिम प्रवचन दिइन्। पापीले राज गरेको देशमा बस्नु हुन्न र परदेशका बासी पनि बन्नुहुन्न। बरू मृत्यु बेस भन्दै पापी राज र सबैखाले अन्याय, अत्याचारको विरोधमा भजन गर्दै “जय शिव शङ्कर” भन्दै असार महिनाको उर्लंदो अरूणमा जल समाधिस्त भइन्। त्यसपछि उनको (एकमात्र) छोरी हामफालिन्। पछि जम्मा भएका भक्तहरु ६८ जनाले जलसमाधिबाट देहत्याग गरे।

यो जलसमाधि आत्महत्या थिएन। अत्याचारको विरोधमा आत्मदाह थियो।

भियतनाममा अमेरिकी सम्राज्यवादी आक्रमण र हत्याको विरोधमा बौद्ध भिक्षुहरुले गरेको आत्मदाहभन्दा कम थिएन उनले र उनका भक्तहरुको यो जलसमाधि! भिक्षुहरुको आत्मदाहले गर्दा अमेरिकामै अमेरिकी साम्राज्यवादी युद्ध र हस्तक्षेपको विरोध भयो। अन्तम अमेरिकी आक्रमकहरु हारे। आत्मदाह नै त्यो हारको एक मात्र कारण नभए पनि आत्मदाहले विश्व मानवको चेतनालाई घचघच्याया। योगमायाको जलसमाधिले पनि नेपालीहरुको चेतलाई घचघच्याएको थियो र छ, तर त्यसको अनुभूति हामी सबैले लिनु बाँकी नै छ।

निश्चय नै योगमाया नेपालको विभूतिमा सबैभन्दा माथिल्लो पिंढीमा आउनुपर्ने विभूति हुन्। महिला हुनु, विधवा हुनु र विद्रोही घोषणा गर्नेहरुका लागि अनाकर्षक भए होला। तर तिनै गुणहरुलाई लिएर नेपाली जनताले योगमायालाई सबैभन्दा ठूलो विभूति, विद्रोही, जननी, समाजसुधारक, भक्त, कवि, सूगायक र महामानवको रुपमा मान्यता दिनेछन् । जनता नै इतिहासका स्रोत र विाता हुन् भन्ने तथ्यले त योगमायालाई अमर दिव्य मानव बनाई छाड्नेछ।

साभारः नेपाल अध्ययन केन्द्रद्वारा  २०५७ जेठमा प्रकासित सामाजिक आन्दोलनकी अग्रणी तथा कवि योगमाया नामक पुस्तकबाट। 

Get real time update about this post categories directly on your device, subscribe now.

Unsubscribe
प्रा.डा. मथुराप्रसाद श्रेष्ठ

प्रा.डा. मथुराप्रसाद श्रेष्ठ

Discussion about this post

Connect with us

Recommended

सन् १८५० देखि १९०० सम्मको रुस र चीनको सम्बन्ध

सन् १८५० देखि १९०० सम्मको रुस र चीनको सम्बन्ध

1 year ago
योगमायाः बिर्सिनै नहुने एक वीराङ्गना

योगमायाः बिर्सिनै नहुने एक वीराङ्गना

4 months ago

Popular News

    Facebook Twitter Youtube

    © 2021 Nepal Readers

    No Result
    View All Result
    • गृहपृष्ठ
    • मत-अभिमत
    • सामयिक
    • सुशासन
    • स्वास्थ्य /शिक्षा
    • समाज
    • दस्तावेज
    • हाम्रोबारे

    © 2021 Nepal Readers

    Welcome Back!

    Login to your account below

    Forgotten Password? Sign Up

    Create New Account!

    Fill the forms bellow to register

    *By registering into our website, you agree to the Terms & Conditions and Privacy Policy.
    All fields are required. Log In

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In

    Add New Playlist

    This website uses cookies. By continuing to use this website you are giving consent to cookies being used. Visit our Privacy and Cookie Policy.