नख्खु जेल ब्रेक काण्डका याेद्धा तथा पूर्वसांसद तथा तत्कालीन नेकपा एमालेका केन्द्रीय सदस्य वीरबहादुर लामाको आइतबार बिहान निधन भएको छ । ७० बर्षको उमेरमा पाटन अस्पतालमा उनकाे निधन भएको हो ।
निमोनिया भएपछि उनलाई सोमबार अस्पताल भर्ना गरिएको थियो । स्वास्थ्यमा थप जटिलता देखिएपछि बिहीबार उनलाई भेन्टिलेटरमा राखेर उपचार गरिएको थियो ।
उनकाे अाज बिहान निधन भएको हो । उनी २०५६ सालमा मकवानपुर क्षेत्र नं ३ बाट नेकपा एमालेबाट प्रतिनिधिसभामा निर्वाचित भएका थिए ।