Date
बिहि, मंसिर २५, २०८२
Thu, December 11, 2025
Thursday, December 11, 2025
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
  • लग - इन
  • दर्ता गर्नुहोस्
Nepal Readers
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
Nepal Readers
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्

नागरिकका हितमा सीपीसीका निर्णयहरु

चेतनाथ आचार्य चेतनाथ आचार्य
कार्तिक १७, २०७७
- यो हप्ता, समाचार
A A
0
  •  shares
  • Facebook
  • Twitter
  • WhatsApp
  • Gmail
  • Viber
  • Messenger

    चीनमा विगत ७१ वर्षदेखि शासन गरिरहेको चिनियाँ कम्युनिष्ट पार्टी सीपीसी १९ औँ केन्द्रीय समितिको पाँचौँ पूर्ण बैठकले चीनको सामाजिक तथा आर्थिक विकासमा चीन केन्द्रित हुनेगरी महत्वपूर्ण निर्णयहरु गरेको छ। विशेषगरी १३ औँ पञ्चवर्षीय योजनाको मूल्याङ्कन गर्दै आगामी वर्षदेखि चीनमा लागू हुने १४ औँ पञ्चवर्षीय योजनाको तयारी गर्नका लागि आयोजित उक्त बैठकले चीनलाई विकासोन्मुक मुलुकबाट विकसित मुलुकमा हिँडाउने महत्वपूर्ण निर्णय गरेकाले यस बैठकलाई कोशेढुङ्गा मानिने विश्लेषकहरुले बताएका छन्।

    चीनमा चिनियाँ कम्युनिष्ट पार्टीका निर्णयहरु सरकारका निर्णयभन्दा बढी महत्व राख्ने खालका हुन्छन्। देशमा लागू हुने जुनसुकै कार्यक्रम र नीतिहरु पहिले पार्टीबाट निर्णय हुने र त्यसलाई सरकारले हुबहु लागू गर्ने भएकाले पार्टीका बैठक र निर्णयहरु नै सर्वोपरी हुने गरेका हुन्। सीपीसीका अन्य बैठकभन्दा पूर्ण बैठक अझै शक्तिशाली हुने गर्छ। सामान्यतः वर्षको एकपटक आयोजना हुने पूर्ण बैठकले चीनका आर्थिक नीति, सामाजिक कार्यक्रम, कुटनीति, रक्षा, आन्तरिक प्रशासन, कृषि, स्वास्थ्य, अन्तरिक्ष लगायतका क्षेत्रमा महत्वपूर्ण निर्णय गर्दछ। पूर्ण बैठक यति शक्तिशाली हुन्छ कि यसलाई सीपीसीको महाधिवेशनपछिको सबैभन्दा शक्तिसम्पन्न अङ्ग मानिन्छ।

    गत सोमबार सुरु भएको १९ औँ सीपीसीको पाँचौँ पूर्ण बैठक बिहीबार साँझ सम्पन्न भएको हो। बिहीबार सम्पन्न १९ औँ सीपीसीको पाँचौँ पूर्ण बैठकमा १९८ जना केन्द्रीय सदस्य र १६६ जना बैकल्पिक सदस्यहरु सहभागी थिए। यसका अतिरिक्त केन्द्रीय अनुशासन आयोगका स्थायी सदस्यहरु,सम्बन्धित क्षेत्रका वरिष्ठ व्यक्तिहरु,विषय विज्ञहरु तथा वैज्ञानिक अनुसन्धानकर्तासँगै चिनियाँ राष्ट्रिय जनकंग्रेसका केही बरिष्ठ व्यक्तिहरु पनि पूर्ण बैठकमा आमन्त्रित थिए।

    सीपीसीका पूर्ण बैठकहरु वार्षिक रुपमा अक्टोबर अथवा नोभेम्बरमा बस्ने गर्दछन्। महाधिवेशनका एजेन्डा पनि पूर्ण बैठकले नै तय गर्ने भएकाले महाधिवेशनभन्दा ठीक अगाडी पनि पूर्ण बैठक आयोजित हुन्छ। सीपीसीको महाधिवेशनले केन्द्रीय समितिका सदस्य र बैकल्पिक सदस्य मात्र चयन गर्छ। महाधिवेशनबाट चयन भएका केन्द्रीय सदस्य र वैकल्पिक सदस्यको पहिलो पूर्ण बैठकले महासचिव र पोलेटब्युरो समितिको चयन गर्दछ। त्यसैगरी चिनियाँ राष्ट्रिय जनकंग्रेसको अधिवेशनबाट चीनका राष्ट्रपति तथा प्रधानमन्त्री चयन हुने भएकाले त्यस्ता अधिवेशनको पूर्व सन्ध्यामा पूर्ण बैठक आयोजना भएर सबै निर्णय गरिसकेको हुन्छ। सीपीसीका निर्णयलाई बैधानिकता दिने काम मात्र राष्ट्रिय जनकंग्रेसले गर्दछ।

    चलनचल्तीका भाषामा पूर्ण बैठकलाई प्लेनरी सेसन भनिन्छ। चिनियाँ कम्युनिष्ट पार्टी संचालन पद्दत्तिमा ‘प्लेनरी सेसन’ अर्थात पूर्ण बैठकमा केन्द्रीय समितिका सदस्यहरु,वैकल्पिक सदस्यहरु,चिनियाँ कम्युनिष्ट पार्टीका विभिन्न विभागका पदाधिकारीहरु सहभागी हुने गर्दछन्। पूर्ण बैठकले नेतृत्व परिवर्तन बाहेक सीपीसीको विधान संशोधन र चीनको संविधान संशोधनको काम समेत गर्न सक्छ। प्लेनरी सेसनले संशोधन गरेको विधानलाई सीपीसीको महाधिवेशनले अनुमोदन गराएपछि औपचारिक रुपमा लागु गराउने प्रचलन छ।

    सन् २०१७ को अक्टोबरमा सम्पन्न १८ औँ सीपीसीको ७ औँ पूर्ण बैठकले सीपीसीको विधान संशोधन गरेको थियो जसलाई त्यसपछि लगत्तै सम्पन्न १९ औँ महाधिवेशनले अनुमोदन गर्‍यो। त्यसैगरी सन् २०१८ को जनवरीमा सम्पन्न १९ औँ सीपीसीको दोस्रो पूर्ण बैठकले चीनको संविधान संशोधन गरेपछि सोही वर्षको मार्चमा सम्पन्न चिनियाँ राष्ट्रिय जनकंग्रेसको अधिवेशनले अनुमोदन गरेर लागु गरेको छ। उल्लिखित दुवै संशोधन कार्यले सी चिनफिङलाई चीनमा माओपछिको सर्वसक्तिसम्पन्न नेताका रुपमा स्थापित गराएको छ।

    बिहीबार अपरान्ह सम्पन्न भएको १९ औँ सीपीसीको पाँचौ पूर्ण बैठकले १४ औँ पञ्च वर्षीय योजना अन्तर्गत राष्ट्रिय अर्थतन्त्र र सामाजिक विकास तथा सन् २०३५ सम्मको दीर्घकालीन विकासका केही लक्ष्यहरु निर्धारण गरेको छ। चिनियाँ सामाजिक तथा आर्थिक विकासमा कोशेढुङ्गाका रुपमा रहेको बैठकका निर्णयहरुको जानकारी गराउनका लागि शुक्रबार बिहान बेइजिङमा पत्रकार सम्मेलन गरिएको छ।

    पत्रकार सम्मेलनमा जानकारी दिइए अनुसार पाँचौ पूर्ण बैठकका मुख्य एजेण्डा १४ औँ पञ्चवर्षीय योजनाका लक्ष्य निर्धारण गर्नु रहेको थियो। चीनमा आगामी वर्ष सन् २०२१ देखि २०२५ सम्मका लागि १४ औँ पञ्चवर्षीय योजना लागू हुँदैछ। यही अवधिमा चीनले मध्यमस्तरको समृद्धि हासिल गर्ने लक्ष्य राखेको छ। अहिलेसम्म चीन विकासन्मोख मुलुक मानिन्छ। आगामी पाँच वर्षमै चीन विकासोन्मुख मुलुकबाट स्तरवृद्धि भई विकसित मुलुकमा पदार्पण गर्नेछ भने सन् २०३५ सम्ममा चीन विश्वका विकासित देशको हाराहारीमा पुग्ने लक्ष्य निर्धाण गरिएको छ। चालु वर्ष समुल रुपमा गरिबी निवारण गर्ने चीनले आगामी पाँच वर्षको अवधिमा सामाजिक तथा आर्थिक विकासमा सम्पूर्ण शक्ति खर्च गर्नेछ। बैठकले १३ औँ पञ्चवर्षीय योजनाका उपलब्धिको समीक्षा गर्दै निर्धारित लक्ष्य प्राप्त भएको पनि औँल्याएको छ।

    बैठकले चीनको सुधार र खुलापनमा प्राप्त उपलब्धि र चुनौतिको पनि समीक्षा गरेको छ। यस क्षेत्रमा अहिलेसम्म चीनले ठूलो उपलब्धि प्राप्त गरेको भन्दै यस क्षेत्रमा अझै गहन ढङ्गले अगाडि बढ्ने योजनालाई बैठकले पारित गरेको छ। चीनले अहिलेसम्म सुधारालाई गहन बनाएको र सूक्ष्म अर्थतन्त्रलाई चीनको आन्तरिक माग अनुसार आपूर्ति गर्नका लागि रणनीतिक आधार तय गरेको बैठकले उल्लेख गरेको छ। चीनको आर्थिक वृद्धि आशा गरेभन्दा राम्रो भएको र जनताको जीवनमा महत्वपूर्ण प्रगति हुँदै सामाजिक स्थिरतालाई कायम गरिएको पनि बैठकले औँल्याएको छ।

    १३ औँ पञ्चवर्षीय योजनाले चीनलाई स्थिर आर्थिक वृद्धि गराउन र अझ राम्रो आर्थिक संचरना निर्माण गर्न सफल भएको भन्दै सन् २०२० मा चीनको कूल गार्हस्त उत्पादन एक हजार खर्ब चिनियाँ युआन नाघेर नयाँ इतिहास सिर्जना हुने किटान गरेको छ। बिगत पाँच वर्षमा चीनले साढे ५ करोडभन्दा बढी गरिब नागरिकलाई गरिबीबाट मुक्त गरेको छ। यही अवधिमा चीनले विश्वकै सबैभन्दा ठूलो सामाजिक सुरक्षा प्रणाली पनि खडा गरेको छ जसमा एक अर्ब ३० करोडभन्दा बढी चिनियाँहरु चिकित्सा बिमामा आवद्ध भएका छन् भने लगभग एक अर्ब चिनियाँले जीवन बिमा गराएका छन्।

    १३ औँ पञ्चवर्षीय योजनाको अवधिमा ६ करोड चिनियाँले सहरी क्षेत्रमा नयाँ रोजगारी प्राप्त गरेका छन्। चालु वर्षको सुरुदेखि चीनमा देखिएको कोरोनाका विरुद्धमा सम्पूर्ण चिनियाँले एक भएर युद्ध गरेको र चीनले नागरिकको सुरक्षा र स्वास्थ्यलाई प्राथमिकता दिँदै आर्थिक तथा सामाजिक विकास गरेको निर्णय बैठकले गरेको पत्रकार सम्मेलनमा जानकारी गराइयो।

    विश्वले एक शताब्दीमा नभोगेका मुख्य परिवर्तनहरु चीनका सामु देखा परेको भन्दै चीनको वृहत पुनर्जागरणमा रणनीतिक योजना बनाएर लागू गर्ने जिम्मा चिनियाँ कम्युनिष्ट पार्टीका सामु नयाँ चुनौति र अवसरका रुपमा देखा परेको पनि बैठकले निर्णय गरेको छ।

    विकासका सिद्धान्तमा आएको परिवर्तनले चिनियाँ समाजमा देखिएको विरोधाभासपूर्ण नयाँ चरित्र र आवश्यकतालाई मिहिन ढङ्गले बुझ्न आवश्यक रहेको पनि बैठकले औँल्याएको छ। यद्यपि चीन सामाजवादको प्रारम्भिक चरणमै रहेको भन्दै जटिल अन्तर्राष्ट्रिय परिस्थितिले निम्तिले द्वन्द्व र चुनौतिका लागि गम्भीर ध्यानाकर्षण हुनुपर्ने पनि बैठकले निचोड निकालेको छ। बैठकले सन् २०३५ सम्ममा चीनको आधुनिक सामाजवादी यात्राका लागि केही लक्ष्य निर्धारण गरेको छ।

    काम र जीवनका लागि समाजको समग्र विकासमा सामाजिक न्याय,सभ्यता,समानता,अत्याधुनिक वातावरणमैत्री विकास हुनुपर्ने कुरामा जोड दिइएको छ। बैठकले चीनको खुलापन, कूल गार्हस्थ उत्पादनमा प्रतिव्यक्ति आयको वृद्धि,शान्तिपूर्ण चीनको अभियान र सर्वोपरी मान विकासलाई यस बैठकले उच्च महत्व दिएको छ।

    १४ औँ पञ्चवर्षीय योजनाका केही लक्ष्य भेट्न सीपीसीको सम्पूर्ण नेतृत्वलाई परिचालित गर्ने निर्णय पनि बैठकले गरेको छ। समग्रमा १९ औँ सीपीसीको पाँचौँ पूर्ण बैठक चिनियाँ सामाजिक तथा आर्थिक विकासमा केन्द्रित बनेको छ। चीनले आधुनिक औद्योगिक प्रणाली निर्माण गर्दै आर्थिक संरचनालाई अध्यावधिक गर्ने र यसले निरन्तर रुपमा यथार्थ अर्थतन्त्रलाई सहयोग गर्ने उत्पादकत्व क्षमतालाई सुधार गर्ने निर्णय बैठकले गरेको छ। त्यसैगरी औद्योगिक व्यवस्थालाई आधुनिकीकरण गर्दै आपूर्ति शृङ्खलालाई उच्चगुणस्तर र प्रतिस्पर्धी बनाउने निर्णय पनि बैठकले गरेको छ। चीनको आन्तरिक बजारलाई सशक्त बनाउँदै नयाँ विकास प्यार्टन स्थापना गर्ने निर्णयले गुणस्तरीय चिनियाँ उत्पादनलाई जोड दिएको छ। त्यसैगरी आन्तरिक वितरणलाई स्थिर बनाउँदै अन्तर्राष्ट्रिय वितरण र उपभोगलाई विस्तार गर्ने निर्णय पनि बैठकले गरेको छ। आधुनिक चीनका सुधारवादी महान नेता तङ स्याओ फिङले सुरु गरेको सुधारलाई गहन बनाउँदै उच्चस्तरीय समाजवादी बजार अर्थतन्त्रमा फड्को मार्ने निर्णय पनि बैठकले गरेको छ।

    चीनमा सहरी क्षेत्र र ग्रामीण क्षेत्रबीचको विकासको असन्तुलन कम गर्नका लागि ग्रामीण क्षेत्रको विकास र कृषि विकासलाई उच्च प्राथमिकता दिँदै सशक्त बनाउने निर्णय गरेको जसलाई जनतासँग सिधै सरोकार राख्ने नीति मानिएको छ। सँगसँगै अध्याधुनिक नयाँ सहरीकरणको विकास गरेर नागरिकको स्तरोन्नति गर्ने निर्णय पनि बैठकले गरेको छ।

    पछिल्लो समय चीनले सांस्कृतिक चेतलाई बढोत्तरी दिँदै आएको छ। यही कार्यलाई नियमितता दिँदै बैठकले सांस्कृतिक क्षेत्रको प्रवर्द्धन गर्ने र सांस्कृतिक ‘सफ्टपावर’सुधार गर्ने निर्णय गरेको छ। विकास गर्दा वातावरण मैत्री हुनुपर्ने र वातावरण सुधार तथा गुणस्तरीय एवं दीर्घकालीन इकोसिस्टमका लागि हरित र कम कार्बनको विकास गर्ने गरी बैठकले चीन सरकारलाई निर्देशन पनि दिएको छ।

    चीनले उच्चस्तरीय खुलापनसँगै साझा हित र साझा जितका सहकार्य अगाडि बढाउँदै विशेष गरी वृद्ध अवस्थामा पुगेका नागरिकको जीवन सुधार गर्नका लागि थप नीति अंगिकार गर्दै सक्रियताका साथ लागू गर्ने बताएको छ। राष्ट्रिय सुरक्षा क्षमतालाई बढाउने चीनको नीतिले पछिल्लो समय भारत तथा अमेरिकासँगको विवादले चिनियाँ सार्वभौमिकताको रक्षार्थ चीन सचेत र गम्भीर बनेको संकेत मिलेको छ। परम्परागत तथा गैरपरम्परागत सुरक्षाका चुनौतिबाट नागरिकलाई जोगाउँदै सद्भावपूर्ण स्थिर समाज कायम गर्ने निर्णयले नागरिकको सर्वोपरी हितलाई उच्च प्राथमिकता दिइएको छ।

    हङकङ तथा मकाउको दीर्घकालीन समृद्धि र स्थिरता कायम राख्दै ताइवानको शान्तिपूर्ण पुनर्एकीकरणको प्रवर्द्धन गर्ने निर्णय बैठकले गरेको छ। भनिन्छ सी सत्तामा भएकै समयमा ताइवान चीनमा पुनर्एकीकरण हुनेछ। १४ औँ पञ्चवर्षीय योजनाभित्रै स्थिर बाह्य वातावरण बनाएर अन्तर्राष्ट्रिय सम्बन्धलाई मानव भाग्य समुदायका साझा भविष्यमा समाहित गराउने भनिएको छ। यो भनेको बीआरआईको नीति हो।

    समग्रमा हेर्दा १९ औँ सीपीसीको पाँचौँ पूर्ण बैठकले चीनमा जनजीवनमा प्रत्यक्ष सरोकार राख्ने विषयहरु कृषि, रोजगारी, दिगो विकास, ग्रामीण विकास, सामाजिक सुरक्षा, उत्पादन र आपूर्ति व्यवस्था, शिक्षा, स्वास्थ्य र सांस्कृतिक विकासलाई जोड दिएको छ। आफ्ना नागरिकको हितमा केन्द्रित भएर गरिने निर्णय र इमानदारीपूर्वक हुने कार्यान्वयनले चिनियाँ कम्युनिष्ट पार्टीलाई जनताका बीचमा थप लोकप्रिय बनाउँदै ल्याएको छ।

    •  shares
    • Facebook
    • Twitter
    • WhatsApp
    • Gmail
    • Viber
    • Messenger
      चेतनाथ आचार्य

      चेतनाथ आचार्य

      Related Posts

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      तीर्थ कोइराला
      साउन ४, २०८२

      विश्वमा देहव्यापारको शुरुवात इसा पूर्व २४ सय वर्ष अगाडि भएको इतिहासमा उल्लेख गरिए पनि जब समाजमा परिवार र विवाहको प्रारम्भ...

      जेष्ठ वामहरुको पोखरा भेलाबारे रामबहादुर भण्डारीको अनुभूति

      जेष्ठ वामहरुको पोखरा भेलाबारे रामबहादुर भण्डारीको अनुभूति

      रामबहादुर भण्डारी 'आर. बी'
      पुस १, २०८१

      संसारमा जेष्ठ तथा वामहरुको बारेमा अलगै धारणाहरु भएतापनि हाम्रो देशमा बोलिचाली र कतिपय कानूनी रुपमा समेत उमेरले ७० पुगेका र...

      घुस नखाने पार्टी समाजवादको सर्त

      घुस नखाने पार्टी समाजवादको सर्त

      घनश्याम भूसाल
      साउन ८, २०८१

      डा. बाबुराम भट्टराईबारे लेखिएको पुस्तक 'बाबुराम : अ भिजीनरी रेबेल' सबै पढिसक्दा पुस्तकको शिर्षकले न्याय पाउन सकेन जस्तो लाग्छ ।...

      चीनले सिलिकन भ्यालीलाई कसरी प्रयोग गरिरहेको छ

      चीनले सिलिकन भ्यालीलाई कसरी प्रयोग गरिरहेको छ

      जेकोब ड्रेयर
      असार २७, २०८१

      १६ औं शताब्दीसम्म, चीन दुनियाको प्रविधिजगतमा सबैभन्दा बढी विकसित थियो। जुनबेला यूरोपमा कुलीन वर्गको शासन थियो, त्यसबेला चीनका प्रबुद्ध वर्गले...

      प्यालेष्टाइन–इजरायल द्वन्द्वको वास्तविकता

      प्यालेष्टाइन–इजरायल द्वन्द्वको वास्तविकता

      रामराज रेग्मी
      असार १२, २०८१

      यही वर्ष २०२४ को गत ७ अक्टोवरमा प्यालेष्टाइनी लडाकू समुह हमासले इजरायलमा गरेको सशस्त्र हमलामा परी १० जना नेपाली विद्यार्थीको...

      मिटरब्याजको आडमा बलात्कार गर्ने सुर्जमानलाई १० वर्ष कैद, पीडितलाई ५ लाख क्षतिपुर्ति तिर्नुपर्ने

      नेपाल रिडर्स
      असार ३, २०८१

      मिटरब्याजको आडमा शरिर बन्धक बनाएर यौन शोषण गर्ने सुर्जमान मालिलाई ललितपुर जिल्ला अदालतले १० वर्ष कैद सजाय सुनाएको छ। मिटरब्याजी...

      Leave a Reply Cancel reply

      Your email address will not be published. Required fields are marked *

      सिफारिस

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?
      विचार

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?

      प्रा. चैतन्य मिश्र
      मंसिर ६, २०८०

      थप पढ्नुहोस्Details
      महङ्गीबारे रहस्यमय मौनता
      समाज

      महङ्गीबारे रहस्यमय मौनता

      नरेश ज्ञवाली
      कार्तिक १४, २०८०

      थप पढ्नुहोस्Details
      भारतीय समाजको नाजीकरण भइसक्यो!
      विचार

      भारतीय समाजको नाजीकरण भइसक्यो!

      अरुन्धती रोय
      कार्तिक ११, २०८०

      थप पढ्नुहोस्Details
      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!
      विचार

      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!

      नालेदी पान्दोर
      कार्तिक १०, २०८०

      थप पढ्नुहोस्Details

      सामाजिक सञ्जालमा पुग्नुहोस्

      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • हाम्रो बारे

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.

      Welcome Back!

      गुगल मार्फत साइन इन गर्नुहोस्
      Sign In with Linked In
      वा

      Login to your account below

      Forgotten Password? Sign Up

      Create New Account!

      गुगल मार्फत साइन अप गर्नुहोस्
      Sign Up with Linked In
      वा

      Fill the forms bellow to register

      All fields are required. Log In

      Retrieve your password

      Please enter your username or email address to reset your password.

      Log In

      Add New Playlist

      नतिजा छैन
      सबै नतिजा हेर्नुहोस्
      • राजनीति
      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • मल्टिमिडिया
      • ब्लग

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.