बेइजिङ् १७ फेब्रुअरी – क्लिनिकल परीक्षणको नतीजाका आधारमा कोभिड-१९ का लागि क्लोरोक्वीन फसफेट केही हदसम्म प्रभावकारी भएको कुरा चिनियाँ विज्ञहरूले पुष्टि गरेका छन्। हिजोका दिनमा क्लोरोक्वीन औलो ज्वरोको औषधिका रुपमा प्रयोग गरिन्थ्यो भने हाल यसका विरुद्ध मलेरिया लगाउने प्रोटोजुवाले प्रतिरोध क्षमता विकास गरिसकेको छ। तर यस औषधिले विगतका दिनमा करोडौंका जनसंख्याको ज्यान जोगाएको थियो। अब यसले कोभिड-१९ को संक्रमण रोक्ने अपेक्षा गरिएकोछ।
विज्ञहरूले “सर्वसम्मतिका साथ” औषधिलाई उपचार निर्देशिकाको अर्को संस्करणमा समावेश गर्न र व्यापक क्लिनिकल परीक्षणका रुपमा यसलाई जतिसक्दो चाँडो प्रयोग गर्न सुझाव दिएकको कुरा विज्ञान र प्रविधि मन्त्रालय अन्तर्गत चीन राष्ट्रिय जैव प्रौद्योगिकी विकास केन्द्रका उप प्रमुख सन यान्रोंगले एक प्रेस सम्मेलनमा बताएका छन्।
स्रोतः सिन्ह्वा नेट।