Date
बिहि, बैशाख १७, २०८३
Thu, April 30, 2026
Thursday, April 30, 2026
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
  • लग - इन
  • दर्ता गर्नुहोस्
Nepal Readers
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
Nepal Readers
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्

प्रदेश-२ ले किन दियो झलनाथ खनाल स्वास्थ्य बिज्ञान प्रतिष्ठानलाई ७२ करोड?

पुरुषोत्तम पौडेल पुरुषोत्तम पौडेल
भदौ २०, २०७७
- यो हप्ता, समाचार, सामयिक
A A
0
  •  shares
  • Facebook
  • Twitter
  • WhatsApp
  • Gmail
  • Viber
  • Messenger

    पुरुषोत्तम पौडेल। नेपालको तराईमा मात्र वर्सेनी २५०० भन्दा वढि मानिसहरू सर्पले टोकेर मर्छन । हजारौ हजार मानिसहरू सर्पले टोकेर जीवन मरणको दोसाँधमा लडिरहेका हुन्छन । उनीहरूको उपचार गर्नको निम्ति एण्टी स्नेक भेनम नभै हुँदैन । हाम्रो तराईमा मानीस र सर्पको जीवन संग सगै चली रहेको हुन्छ ।

    मानिसले निरन्तर प्रकृति संग लडि रहनु पर्छ । प्रकृति संगको मानिसको लडाई चलुञ्जेल सर्पले टोक्ने र मानीसको जीवन जोखिममा पर्ने कुरा पनि आफै वन्द हुने होईन । मानीसले आफ्नो जीवन लाई जोखिमवाट वचाऊन आफैले औषधि र उपयुक्त उपचार विधी खोज्नु पर्दछ । यसका निम्ति एण्टी स्नेक भेनम नै उपयुक्त विकल्प हो ।

    अहिले सम्म नेपालको लागी आवस्यक भेनम भारतबाट ल्याऊने गरिएको छ । भारतबाट ल्याऊने गरिएको भेनम पनि त्यती प्रभावकारी छैन । संसारका अरू कुनै पनि देशले उत्पादन गर्ने भेनम नेपाल भारतलाई कामै लाग्दैन । हाम्रो एउटै काम चलाउ श्रोत भारत हो ।

    कथं भारतले भेनम दिन वन्द गरिदियो भने आजको युगमा पनि हामी उसै मर्नु पर्ने हुन्छ । नेपालको तराईमा वस्ने जनताले भोगी रहेको पीडा लाई महसुस गरेर नेकपाका नेता कमरेड झलनाथ खनालले एण्टी भेनम उत्पादनमा चासो लिनु भयो । यो सकारात्मक चासो लाई पनि अहिले धेरैले डाह गरेको देखिदैछ ।

    नेकपा नेता कमरेड झलनाथ खनालले चासो लिएर झलनाथ खनाल स्वास्थ्य विज्ञान प्रतिष्ठान गठन गराऊनु भएछ । नेकपा सर्लाही जील्ला अध्यक्ष कमरेड रेवती पन्तको अध्यक्षतामा प्रतिष्ठान गठन गरेर कार्यक्रम अघि वढि सकेको देखीन्छ । उक्त प्रतिष्ठानको एउटा कार्यक्रमको रूपमा सर्प पालन र नेपालमै एण्टी स्नेक भेनम उत्पादन गर्नको लागी सम्भाव्यता अध्ययन सम्पन्न गरिकन डिपीआर समेत तयार भैसकेको अवस्था रहेछ ।

    यसलाई स्थानीय तह ९ लालबन्दी नगर पालिका ०, २ नम्बर प्रदेश सरकार र सङ्घीय सरकारले समेत उचित र आवस्यक महसुस गरेर साझेदारी गर्ने समझदारी पत्रमा हस्ताक्षर गरिसकेको अवस्था छ । यहा उल्लेखनीय कुरा के छ भने सर्पको टोकाइको मर्म वुझेको प्रदेश सरकारले यसलाई ‘प्रदेशको गौरवको आयोजना’ कै रूपमा स्वीकार गरि प्राथमिकताका साथ अघि वढाऊने अठोट गरि सकेको अवस्था देखीन्छ । संघिय सरकार पनि त्यस आयोजनामा सहमत भएर काम समेत सुरू भेसकेको अवस्था छ । यो अत्यन्त आवस्यक र सकारात्मक काम हो ।

    यो देशको प्राथमिकताको क्षेत्रमा पर्ने मानव जीवन र स्वास्थ्य संग जोडिएको ज्यादै महत्वपूर्ण आयोजना हो । यस्तो खालको देशको कानुनी र प्रकृया अनुसार व्यवस्थीत ढंगले सुरू गरिएको विकाश आयोजनालाई झलनाथ खनालको निजी काम जस्तो वनाउदै उनले निजी आम्दानी गरे जस्तो गरी प्रचार गरिनु सुहाऊने कुरा होइन ।

    अझ सरकारवाट वहा ले यती धेरै अनुदान प्राप्त गरेको भनेर प्रचार गरिनु झन कति उचित होला रु जवकी कमरेड झलनाथ खनालले आफु निर्वाचन क्षेत्रका जनताको विचमा जादा जनताले उठाइएका पिडालाई सम्वोधन गर्न खोजेको देखीन्छ । प्राय नेताहरू जनताको आवाज सुन्दैनन भनिन्छ ।

    अथवा एक कानले सुनेर अर्को कानले उडाई दिन्छन भनिन्छ । जनताका खास समस्या छोडेर दलाल र विचौलीयाहरूको निम्ती काम गर्न थालेको आरोप लगाइन्छ । शिक्षा र स्वास्थ्यका समस्यालाई वेख्याल गरियो भनेर विरोध गरिन्छ । आज कमरेड झलनाथ खनालको नाममा स्थापीत एउटा प्रतिष्ठानले जनताको चाहना र माग वमोजीमको काम गर्न लागेको देखिन्छ । मान्छेहरू किन यति धेरै हतास हुन्छन र गलत प्रचार गर्नतिर लागी हाल्छन । यस्ता खालका दुराग्रह पूर्ण प्रचारको कुनै अर्थ हुदैन ।

    यहा सर्लाही डायरीमा प्रकाशित मधेशी धर्तिपुत्रको ध्यानाकर्षण लाई गम्भीरता पूर्वक हेर्नु उपयुक्त हुन्छ । मधेशी धर्ती पुत्र ध्यानाकर्षण गर्नु हुन्छ ू केही दिन देखी मिडियामा झलनाथ खनाल स्वास्थ्य बिज्ञान प्रतिशठानले सर्प पालनको लागी रू। ७२ करोड ल्यायो भन्दै प्रचार गरिएको सुनिन्छ ।

    यस्तो खालको मधेश बिरोधि कुराले हामी मधेशीहरुलाई दुखी तुल्याएको छ । सानो कुरा के हो भने यस कार्यक्रमको लागी ७२ करोड बराबरको रकम ५ बर्षका लागि सम्झौता भयको हो । योजना अनुसार हरेक बर्ष लालबन्दी नगरपालिका मार्फत रकम आउने कुरा लालवन्दी गर प्रमुख मान वहादुर खड्काले नगर भेलामा हामीलाई जानकारी गराउनु भयको थियो ।

    जुन सुकै व्यक्तिको नाममा काम होस त्यसले हामी जनतालाई कुनै किसीमको फरक पर्दैन । मूल कुरा के काम गर्न लागेको हो र रकम सहि तरिकाले खर्च हुन्छ कि हुदैन त्यो चाहि प्रमुख कुरा हो । हामीलाई थाहा छ, झलनाथ खनाल स्वास्थ्य विज्ञान प्रतिशठानले सर्प पालेर रमाइलो गर्न रकम मागेर राखेको होइन ।

    गर्मी याममा हजारौ हजार मानवोचित घर नभयका तराई वासीहरू राति आँगनमा सुत्न वाध्य हुन्छन । यसरी ऑगनमा सुत्ने गरिव मधेशीहरूलाई सधै सर्पको टोकाइको जोखिम रहि रहन्छ । उनीहरूलाई यो जोखिमबाट बाचाउनको लागि एन्टी भेनमको अनुसन्धान तथा उत्पादन गर्ने प्रयोजनकै लागि सर्प पाल्न लागेको हो भनेर जानकारीमा आयको छ ।

    सर्पको खेल देखाउन सर्प पाल्न लागेको पनि होइन । यसबाट आन्तरिक पर्यटन प्रवर्धन समेत गर्ने र त्यसबाट प्राप्त आम्दानीले विकाशमा दिगोपन ल्याऊने समेत कुरा छ । आयोजनाको ल्याब वनेर तयार हुदा यो संसारकै ल्याव सहित को ३३ औ ठुलो आयोजना हुने कुरा समेत डिपीआरले देखाएको छ ।

    यस्तो गर्बिलो आयोजना संचालनको लागि अग्रसर लीएकोमा झलनाथ खनाल स्वास्थ्य विज्ञान प्रतिष्ठान, लालबन्दी नगरपालिका, २ नम्बर प्रदेश सरकारका मन्त्री बिजय यादब र केन्द्र सरकार समेत प्रशंसाका पात्र छन । यसर्थ सवैले सकरात्मक सोच राखौ । राम्रो कामको लागि हौशला दिने गरौ । गलत काम भए मात्र खबरदारी र विरोध गरौ ू।

    यसरी विषालु सर्प तराईका आम गरिव दुखी जनताको पिडा हो । तराईका भुई झुप्रा र छाप्रामा जीवन गुजारा गर्न वाद्य दलित तथा विपन्न वर्गका आम नागरिकहरूको सर्पको टोकाइबाट हुने पीडालाई कसैले वुझ्न सकेनन । तराईमा सर्पले टोकेर ठुलो संख्यामा मान्छेहरू मर्ने गरेको आज होईन । तराईमा चुनाव सुरू भएको पनि आज होईन ।

    देशमा धेरै खालका चुनाव भए । तराई बाट चुनाव जितेका धेरै व्यक्तिहरू मन्त्री र प्रधानमन्त्री भएको पनि आज मात्र होईन । जनता माथीको यस्तो डरलाग्दो र हिंस्रक सर्प आतङ्कको समाधान खोज्ने विषयमा आज सम्म कसैले चासो सम्म राखेन । नेकपाका नेता कमरेड झलनाथ खनालको गम्भीर ध्यानाकर्षण भयो ।

    के यो नै उनको अपराध हो त रु के नेपालमा ु एण्टी स्नेक भेनम ु उत्पादन गर्न सर्प पालन गर्नु कुनै अपराध होर रु प्रत्येक वर्ष सर्प दंश वाट मारीने गरेका हजारौ जनताको जीवन रक्षाको लागी नेपालमा औषधी उत्पादन गर्न सुरू गर्नु कुनै अपराध हो त रु होईन भने विषयको गम्भीरता नबुझिकन जथाभाबी लेख्नु , समस्याको महत्व नवुझीकन कसैलाई आरोपित गर्नु , अनी विषय वस्तुलाई पूर्वाग्रह राखेर वाङ्गो टिङ्गो वनाई प्रस्तुत गर्नु सर्वथा उचित हुन सक्दैन ।

    अहिले नेपालको कम्युनिष्ट आन्दोलनमा वैचारिक नेताको रूपमा परिचय वनाएका झलनाथ खनाललाई वदनाम गर्न अनेक प्रपञ्च सुरू भएको छ । खराव नियत सहित विषय वस्तुलाई वङ्ग्याएर गरिएको प्रचारलाई कदापि उचित मान्न सकिन्न । कमरेड झलनाथ खनाल तत्कालीन नेकपा मालेका महासचिव चलाएर आएका वैचारीक नेता हुन ।

    उनी नेकपा मालेको तर्फवाट २०४५्०४६ सालको जनआन्दोलनको नेतृत्व गरेर २०४८ सालको अन्तरिम सरकारमा वन तथा भूसंरक्षण र भुमीसुधार मन्त्री र २०५४ सालको संयुक्त सरकारमा संचार मन्त्री भएका वरिष्ट नेता हुन ।

    उनी नेकपा एमालेको आठौ महाधिवेशनवाट पहिलो पटक निर्वाचित पार्टी अध्यक्ष र २०६७ सालमा देशको प्रधानमन्त्री भएर कार्य सम्पादन गरिसकेका निष्कलङ्क नेता हुन । यती धेरै सार्वजनिक जिम्मेवारीबाट कलङ्क रहित ढंगले निस्केर आएका कमरेड झलनाथ खनाललाई अहिले खुद्रा मसिना कुरामा वद्नाम गर्न खोज्नेहरू कहिल्यै सफल हुने छैनन । सवैलाई चेतना भया ।

    अनलाइन सगरमाथामा भदौ १९, २०७७ मा प्रकाशित ।

    •  shares
    • Facebook
    • Twitter
    • WhatsApp
    • Gmail
    • Viber
    • Messenger
      पुरुषोत्तम पौडेल

      पुरुषोत्तम पौडेल

      Related Posts

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      तीर्थ कोइराला
      साउन ४, २०८२

      विश्वमा देहव्यापारको शुरुवात इसा पूर्व २४ सय वर्ष अगाडि भएको इतिहासमा उल्लेख गरिए पनि जब समाजमा परिवार र विवाहको प्रारम्भ...

      जेष्ठ वामहरुको पोखरा भेलाबारे रामबहादुर भण्डारीको अनुभूति

      जेष्ठ वामहरुको पोखरा भेलाबारे रामबहादुर भण्डारीको अनुभूति

      रामबहादुर भण्डारी 'आर. बी'
      पुस १, २०८१

      संसारमा जेष्ठ तथा वामहरुको बारेमा अलगै धारणाहरु भएतापनि हाम्रो देशमा बोलिचाली र कतिपय कानूनी रुपमा समेत उमेरले ७० पुगेका र...

      घुस नखाने पार्टी समाजवादको सर्त

      घुस नखाने पार्टी समाजवादको सर्त

      घनश्याम भूसाल
      साउन ८, २०८१

      डा. बाबुराम भट्टराईबारे लेखिएको पुस्तक 'बाबुराम : अ भिजीनरी रेबेल' सबै पढिसक्दा पुस्तकको शिर्षकले न्याय पाउन सकेन जस्तो लाग्छ ।...

      चीनले सिलिकन भ्यालीलाई कसरी प्रयोग गरिरहेको छ

      चीनले सिलिकन भ्यालीलाई कसरी प्रयोग गरिरहेको छ

      जेकोब ड्रेयर
      असार २७, २०८१

      १६ औं शताब्दीसम्म, चीन दुनियाको प्रविधिजगतमा सबैभन्दा बढी विकसित थियो। जुनबेला यूरोपमा कुलीन वर्गको शासन थियो, त्यसबेला चीनका प्रबुद्ध वर्गले...

      प्यालेष्टाइन–इजरायल द्वन्द्वको वास्तविकता

      प्यालेष्टाइन–इजरायल द्वन्द्वको वास्तविकता

      रामराज रेग्मी
      असार १२, २०८१

      यही वर्ष २०२४ को गत ७ अक्टोवरमा प्यालेष्टाइनी लडाकू समुह हमासले इजरायलमा गरेको सशस्त्र हमलामा परी १० जना नेपाली विद्यार्थीको...

      मिटरब्याजको आडमा बलात्कार गर्ने सुर्जमानलाई १० वर्ष कैद, पीडितलाई ५ लाख क्षतिपुर्ति तिर्नुपर्ने

      नेपाल रिडर्स
      असार ३, २०८१

      मिटरब्याजको आडमा शरिर बन्धक बनाएर यौन शोषण गर्ने सुर्जमान मालिलाई ललितपुर जिल्ला अदालतले १० वर्ष कैद सजाय सुनाएको छ। मिटरब्याजी...

      Leave a Reply Cancel reply

      Your email address will not be published. Required fields are marked *

      सिफारिस

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?
      विचार

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?

      प्रा. चैतन्य मिश्र
      मंसिर ६, २०८०

      थप पढ्नुहोस्Details
      महङ्गीबारे रहस्यमय मौनता
      समाज

      महङ्गीबारे रहस्यमय मौनता

      नरेश ज्ञवाली
      कार्तिक १४, २०८०

      थप पढ्नुहोस्Details
      भारतीय समाजको नाजीकरण भइसक्यो!
      विचार

      भारतीय समाजको नाजीकरण भइसक्यो!

      अरुन्धती रोय
      कार्तिक ११, २०८०

      थप पढ्नुहोस्Details
      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!
      विचार

      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!

      नालेदी पान्दोर
      कार्तिक १०, २०८०

      थप पढ्नुहोस्Details

      सामाजिक सञ्जालमा पुग्नुहोस्

      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • हाम्रो बारे

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.

      Welcome Back!

      गुगल मार्फत साइन इन गर्नुहोस्
      Sign In with Linked In
      वा

      Login to your account below

      Forgotten Password? Sign Up

      Create New Account!

      गुगल मार्फत साइन अप गर्नुहोस्
      Sign Up with Linked In
      वा

      Fill the forms bellow to register

      All fields are required. Log In

      Retrieve your password

      Please enter your username or email address to reset your password.

      Log In

      Add New Playlist

      नतिजा छैन
      सबै नतिजा हेर्नुहोस्
      • राजनीति
      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • मल्टिमिडिया
      • ब्लग

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.