Date
शुक्र, बैशाख ४, २०८३
Fri, April 17, 2026
Friday, April 17, 2026
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
  • लग - इन
  • दर्ता गर्नुहोस्
Nepal Readers
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
Nepal Readers
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्

संयुक्त राष्ट्रसंघीय निकायहरूको संयुक्त अनुमान: संसारभर हरेक १६ सेकेन्डमा एक मृतशिशुको जन्म

पत्रपत्रिकाबाट पत्रपत्रिकाबाट
कार्तिक १८, २०७७
- कोभिड–१९, यो हप्ता, समाचार, सामयिक
A A
0
  •  shares
  • Facebook
  • Twitter
  • WhatsApp
  • Gmail
  • Viber
  • Messenger

    युनिसेफ, विश्व स्वास्थ्य संगठन (डब्लुएचओ), विश्व बैंक समुह र संयुक्त राष्ट्रसंघीय आर्थिक तथा सामाजिक मामिला विभाग अन्तर्गतको जनसंख्या महाशाखाद्वारा पहिलो पटक सार्वजनिक गरिएको संयुक्त अनुमानका अनुसार हरेक वर्ष २० लाख अर्थात् प्रत्येक १६ सेकेन्डमा एउटा मृत शिशुको जन्म (स्टिलबर्थ) भैरहेको छ।

    अ नेग्लेक्टेड ट्रेजेडीः द ग्लोबल बर्डेन अफ स्टिलबर्थ्स नामक एउटा नयाँ प्रतिवेदनका अनुसार कुल मृत शिशुको जन्म मध्ये ८४ प्रतिशत मृत्यु न्युन तथा मध्यम आय भएका देशहरूमा हुने गरेका छन्। सन् २०१९ मा मृत जन्मिएका प्रत्येक ४ शिशु मध्ये ३ जनाको जन्म अफ्रिकाको सहारा क्षेत्र वा दक्षिण एसियामा भएको थियो । गर्भ रहेको २८ हप्ता वा त्यस भन्दा पछि जीवनको कुनै लक्षण नभएको शिशु जन्मिनुलाई मृत शिशुको जन्म भनिन्छ।

    अधिकांश मृत शिशुको जन्मको कारण गर्भ अवस्थामा र सुत्केरी हुने समयमा उचित स्याहारको अभाव हो। गर्भ परीक्षण गर्ने तथा सुत्केरी सेवा, र नर्स तथा मिडवाइफ सेवामा कार्यरत स्वास्थ्यकर्मीको जनशक्ति बढाउनको लागि आवश्यक लगानीको अभाव नै प्रमुख कारण भएको प्रतिवेदनले उल्लेख गरेको छ।

    “सुत्केरी हुने बेला वा गर्भावस्थामा शिशु गुमाउनु भनेको कुनै पनि परिवारको लागि एउटा भयानक शोक हो जुन शान्त रूपमा नै वित्छ, तर त्यस्तो शोकको घटना विश्वभरि नै बारम्बार घटिरहेका छन्,” युनिसेफका कार्यकारी निर्देशक हेनेरिएटा फोरले भन्नुभयो। “हरेक १६ सेकेन्डमा संसारको कुनै एक कुनामा एउटी आमाले मृत शिशु जन्मिएर हुने र व्यक्त गर्न नसकिने शोक भोग्न बाध्य हुनेछिन्। शिशुको जीवन गुमाउनुका अलावा निज महिला,परिवार तथा समाजको लागि नै मनोवैज्ञानिक र आर्थिक क्षति गम्भीर र दुरगामी हुन्छ। यी आमाहरूमध्ये धेरै जनाले यसरी शिशु गुमाउनु नपर्ने हो। अधिकांश मृत शिशुको जन्मलाई उच्च गुणस्तरीय अनुगमन, गर्भावस्थामा उचित स्याहार तथा सुत्केरी गराउने दक्ष स्वास्थकर्मी आदिको व्यवस्था गरेर रोकथाम गर्न सकिन्छ।

    प्रतिवेदनले कोभिड-१९ को कारणले गर्दा विश्वव्यापी रुपमै मृत शिशुको जन्मको अवस्था खराब हुन सक्ने चेतावनी दिएको छ। महामारीको कारण स्वास्थ सेवाहरू आधा क्षमतामा संचालन भैरहेकाले आगामी १२ महिनामा न्यून तथा मध्यम आम्दानी भएका ११७ वटा देशमा थप २ लाख मृत शिशु जन्मिन सक्छन् , जुन यस अघिको कुल मृत शिशुको जन्मको तुलनामा ११.१ प्रतिशतले बढी हो। जोन हप्किन्स ब्लुमबर्ग स्कुल अफ पब्लिक हेल्थका अनुसन्धानकर्ताहरूले प्रतिवेदनका लागि गरेको नमुना अध्ययनका अनुसार १३ वटा देशमा त आगामी १२ महिनामा मृत शिशुको जन्मको संख्यामा २० प्रतिशत वा सो भन्दा बढीले वृद्वि हुन सक्छ।

    ४० प्रतिशत भन्दा धेरै मृत शिशुको जन्म सुत्केरी हुने क्रममा हुन्छन – तालिम प्राप्त स्वास्थ्यकर्मी तथा समयमै आपतकालीन सुत्केरी सेवाको व्यवस्था गरेमा यो क्षतिलाई रोकथाम गर्न सकिन्छ। सहारा क्षेत्र तथा दक्षिण एसियामा हुने कुले मृत शिशुको जन्महरू मध्ये आधा जसो सुत्केरी हुने समयमै हुन्छन् भने युरोप, उत्तरी अमेरिका अस्ट्रेलिया र न्युजिल्यान्डमा सो संख्या ६ प्रतिशत मात्रै रहेको छ।

    महामारी र यसको कारणले स्वास्थ्य सेवामा गम्भीर अवरोधहरू आउनु अघि न्यून तथा मध्यम आय भएका देशका केहि महिलाहरूले मृत शिशुको जन्म रोक्नको लागि समयमै उच्च गुणस्तरीय स्याहार पाएका थिए। प्रतिवेदनमा विश्लेषण गरिएका ११७ वटा देशहरू मध्ये आधा जसोमा मातृ स्वास्थ्यका हिसाबले महत्वपूर्ण हुने शल्यक्रिया, मलेरिया रोकथाम, गर्भवती अवस्थामा उच्च रक्तचापको व्यवस्थापन, यौनरोगको पहिचान तथा उपचार लगाएतका सेवाहरूको उपलब्धता २ देखि ५० प्रतिशतको हाराहारीमा रहेको पाइयो । प्रसुति व्यथाको समयमा हुने मृत शिशुको जन्म न्यूनीकरण गर्नको लागि अत्यन्तै महत्वपूर्ण हुने प्राकृतिक तरीकाले शिशु जन्माउने कार्यमा सघाउने सेवाको उपलब्धता कुल गर्भवती महिलाहरूमध्ये आधा भन्दा कमसम्म मात्रै पुग्ने अनुमान गरिएको छ।

    फलस्वरूप, बाल मृत्युलाई रोकथाम गर्न तथा यसका कारणको उपचार गर्नको लागि स्वास्थ्य सेवामा सुधार गर्दै लगिएको भएता पनि मृत शिशुको जन्म दर घटाउने तर्फको प्रगति भने सुस्त रहेको छ। सन् २००० देखि २०१९ सम्म आइपुग्दा मृत शिशुको जन्मको दरमा वार्षिक २.३ प्रतिशतले मात्रै कमी आइरहेकोमा शिशु मृत्युदर र १ देखि ५ वर्ष भित्र हुने बाल मृत्युदरमा भने क्रमश: २.९ र ४.३ प्रतिशतले कमि आएको थियो। यद्यपि, उपयुक्त नीति, कार्यक्रम निर्माण तथा आवश्यक लगानी गरियो भने प्रगति सम्भव छ।

    “आफ्नो सन्तानलाई यो संसारमा स्वागत गर्नु त् एउटा ठुलो हर्षको समय हुनुपर्ने हो, तर हरेक दिन हजारौं अभिभावकहरू भने मृत शिशु जन्मेको कारण असह्य पीडा भोग्न बाध्य छन् ” विश्व स्वास्थ्य संगठनका महानिर्देशक डा. टेड्रोस अधानोम गेब्रेयेससले भन्नुभयो। “मृत शिशु जन्मेको शोकले अत्यावश्यक स्वास्थ्य सेवाहरू पुन: चुस्त बनाउनु कति महत्वपूर्ण छ, र नर्स तथा मिडवाइफ जनशक्ति उत्पादन गर्नु कति संवेदनशील छ भन्ने कुरा दर्शाएको छ।”

    प्रतिवेदनले मृत शिशुको जन्म गरीबको लागि मात्रै चुनौती होइन भन्ने कुरा पनि उल्लेख गरेको छ। २०१९ मा उच्च आय भएका ३९ वटा देशमा नवजात शिशुको मृत्युदर भन्दा मृत शिशुको जन्म दर बढी थियो भने १५ वटा त्यस्तै देशहरूमा शिशु मृत्युदर भन्दा मृत शिशुको जन्म दर बढी रहेको थियो। उच्च आय भएका देशहरूमा असमानताको एउटा प्रमुख कारण आमाको शैक्षिक अवस्था हो।

    न्यून तथा मध्यम दुबै किसिमका आय भएका देशहरूमा हेर्दा मृत शिशुको जन्मको संख्या शहरी भन्दा ग्रामीण क्षेत्रमा बढी रहेको छ। सामाजिक आर्थिक अवस्था पनि मृत शिशुको जन्मसँग जोडिएको छ। उदाहरणको लागि, नेपालमा माथिल्लो जातिका महिलाहरूमा मध्ये अल्पसंख्यक जातिका महिलाहरूबाट हुने मृत शिशुको जन्मको संख्या ४० देखि ६० प्रतिशतले बढी थियो।

    खास गरि उच्च आय भएका देशहरूमा बसोबास गर्ने जातीय अल्पसंख्यकहरूले गुणस्तरीय स्वास्थ्य सेवामा पहुँच प्राप्त नगर्न सक्छन्। उदाहरणको लागि क्यानाडाको इनुइट जातिमा मृत शिशुको जन्म दर बाँकी क्यानाडाको तुलनामा झन्डै ३ गुणाले बढी रहेको तथा संयुक्त राज्य अमेरिकामा बसोबास गर्ने अफ्रिकी अमेरिकी महिलाहरूमा त्यहाँका श्वेत महिलाहरूको तुलनामा झन्डै दुई गुणा बढी मृत शिशुको जन्मदरको जोखिम रहेको कुरा प्रतिवेदनमा उल्लेख गरिएको छ।

    “कोभिड-१९ को कारणले जीवन रक्षक स्वास्थ्य सेवाहरूमा अवरोध पुग्दा महिला, बालबालिका तथा किशोर/किशोरीमा खतरनाक स्वास्थ्य समस्या निम्त्याएको छ” विश्व बैंकका स्वास्थ्य, पोषण र जनसंख्या सम्बन्धी विश्व निर्देशक तथा ग्लोबल फाइनान्सिंग फर वुमन, चिल्ड्रेन एण्ड एडोलसेन्ट्सका निर्देशक मुहम्मद अलि पेटले भन्नुभयो। “गर्भवती महिलाहरूको लागि गर्भावस्था देखि बच्चालाई जन्म दिने समयसम्म राम्रो स्याहारको निरन्तर आवश्यकता हुन्छ। हामीले देशहरूलाई मृत शिशुको जन्मको रोकथाम गर्न तथा हरेक गर्भवती महिलाले गुणस्तरीय स्वास्थ्य सेवा प्राप्त गर्ने सुनिश्चित गर्नको लागि स्वास्थ्य प्रणालीमा सुधार गर्न सहयोग गरिरहेका छौं। २३ असोज २०७७ मा युनिसेफमा प्रकाशित।

    प्रतिवेदन यहाँ उपलब्ध छ: http://uni.cf/stillbirthreport

    •  shares
    • Facebook
    • Twitter
    • WhatsApp
    • Gmail
    • Viber
    • Messenger
      पत्रपत्रिकाबाट

      पत्रपत्रिकाबाट

      Related Posts

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      तीर्थ कोइराला
      साउन ४, २०८२

      विश्वमा देहव्यापारको शुरुवात इसा पूर्व २४ सय वर्ष अगाडि भएको इतिहासमा उल्लेख गरिए पनि जब समाजमा परिवार र विवाहको प्रारम्भ...

      जेष्ठ वामहरुको पोखरा भेलाबारे रामबहादुर भण्डारीको अनुभूति

      जेष्ठ वामहरुको पोखरा भेलाबारे रामबहादुर भण्डारीको अनुभूति

      रामबहादुर भण्डारी 'आर. बी'
      पुस १, २०८१

      संसारमा जेष्ठ तथा वामहरुको बारेमा अलगै धारणाहरु भएतापनि हाम्रो देशमा बोलिचाली र कतिपय कानूनी रुपमा समेत उमेरले ७० पुगेका र...

      घुस नखाने पार्टी समाजवादको सर्त

      घुस नखाने पार्टी समाजवादको सर्त

      घनश्याम भूसाल
      साउन ८, २०८१

      डा. बाबुराम भट्टराईबारे लेखिएको पुस्तक 'बाबुराम : अ भिजीनरी रेबेल' सबै पढिसक्दा पुस्तकको शिर्षकले न्याय पाउन सकेन जस्तो लाग्छ ।...

      चीनले सिलिकन भ्यालीलाई कसरी प्रयोग गरिरहेको छ

      चीनले सिलिकन भ्यालीलाई कसरी प्रयोग गरिरहेको छ

      जेकोब ड्रेयर
      असार २७, २०८१

      १६ औं शताब्दीसम्म, चीन दुनियाको प्रविधिजगतमा सबैभन्दा बढी विकसित थियो। जुनबेला यूरोपमा कुलीन वर्गको शासन थियो, त्यसबेला चीनका प्रबुद्ध वर्गले...

      प्यालेष्टाइन–इजरायल द्वन्द्वको वास्तविकता

      प्यालेष्टाइन–इजरायल द्वन्द्वको वास्तविकता

      रामराज रेग्मी
      असार १२, २०८१

      यही वर्ष २०२४ को गत ७ अक्टोवरमा प्यालेष्टाइनी लडाकू समुह हमासले इजरायलमा गरेको सशस्त्र हमलामा परी १० जना नेपाली विद्यार्थीको...

      मिटरब्याजको आडमा बलात्कार गर्ने सुर्जमानलाई १० वर्ष कैद, पीडितलाई ५ लाख क्षतिपुर्ति तिर्नुपर्ने

      नेपाल रिडर्स
      असार ३, २०८१

      मिटरब्याजको आडमा शरिर बन्धक बनाएर यौन शोषण गर्ने सुर्जमान मालिलाई ललितपुर जिल्ला अदालतले १० वर्ष कैद सजाय सुनाएको छ। मिटरब्याजी...

      Leave a Reply Cancel reply

      Your email address will not be published. Required fields are marked *

      सिफारिस

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?
      विचार

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?

      प्रा. चैतन्य मिश्र
      मंसिर ६, २०८०

      थप पढ्नुहोस्Details
      महङ्गीबारे रहस्यमय मौनता
      समाज

      महङ्गीबारे रहस्यमय मौनता

      नरेश ज्ञवाली
      कार्तिक १४, २०८०

      थप पढ्नुहोस्Details
      भारतीय समाजको नाजीकरण भइसक्यो!
      विचार

      भारतीय समाजको नाजीकरण भइसक्यो!

      अरुन्धती रोय
      कार्तिक ११, २०८०

      थप पढ्नुहोस्Details
      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!
      विचार

      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!

      नालेदी पान्दोर
      कार्तिक १०, २०८०

      थप पढ्नुहोस्Details

      सामाजिक सञ्जालमा पुग्नुहोस्

      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • हाम्रो बारे

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.

      Welcome Back!

      गुगल मार्फत साइन इन गर्नुहोस्
      Sign In with Linked In
      वा

      Login to your account below

      Forgotten Password? Sign Up

      Create New Account!

      गुगल मार्फत साइन अप गर्नुहोस्
      Sign Up with Linked In
      वा

      Fill the forms bellow to register

      All fields are required. Log In

      Retrieve your password

      Please enter your username or email address to reset your password.

      Log In

      Add New Playlist

      नतिजा छैन
      सबै नतिजा हेर्नुहोस्
      • राजनीति
      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • मल्टिमिडिया
      • ब्लग

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.