Tuesday, March 2, 2021
  • Login
  • Register
No Result
View All Result
12 °c
13 ° Sun
13 ° Mon
13 ° Tue
13 ° Wed
Nepal Readers
  • गृहपृष्ठ
  • मत-अभिमत
  • सामयिक
  • सुशासन
  • स्वास्थ्य /शिक्षा
  • समाज
  • दस्तावेज
  • हाम्रोबारे
  • गृहपृष्ठ
  • मत-अभिमत
  • सामयिक
  • सुशासन
  • स्वास्थ्य /शिक्षा
  • समाज
  • दस्तावेज
  • हाम्रोबारे
No Result
View All Result
Nepal Readers
No Result
View All Result
Home यो हप्ता

रुघाले अमेरिकामा २० हजार मर्दा चीनमा कोरोनाले १ सय ६ को मृत्यु

by नेपाल रिडर्स
January 28, 2020
- यो हप्ता, समाचार
रुघाले अमेरिकामा २० हजार मर्दा चीनमा कोरोनाले १ सय ६ को मृत्यु
Share on FacebookShare on TwitterEmail

अहिले कोरोना भाइरसको महामारी फैलिएको समाचारहरु आइरहेका छन् । यसले मानवीय जीवनमा पार्ने असर र लक्षणबारे विभिन्न कथनहरु निर्माण भइरहेको छ। कोरोनाको भाइरसको कारण रुघा लाग्ने, ज्वरो आउने र बिस्तारै रोगप्रतिरोधात्मक क्षमतामा ह्रास आएर मृत्यु हुने गरेको बताइएको छ । बीबीसीका अनुसार हालसम्म यो भाइरसको कारण रुघा लागेर ५ हजार जतिमा संक्रमण भएको १०६ जतिको मृत्यु भएको समाचारहरु आइरहेकाछन् । यस्तो समाचार कोरोना भाइरस प्रभावित चीनबाट नभएर अमेरिकी वा पश्चिमा सञ्चार माध्यमबाट बढी उद्देश्यमूलक समाचार सम्प्रेषण गरिरहेका छन्।

कोरोना भनेको मानिसमा रुघा–ज्वरो निम्त्याउने एकप्रकारको भाइरस मात्रै हो । नेपालमा पनि दुई जनामा उक्त भाइरस देखिएको समाचार आए पनि इपिडमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले भने माघ १३ सम्म कसैमा संक्रमण नदेखिएको विज्ञप्ति जारी गरेको छ।

कोरोनाले निम्त्याउने रुघा–ज्वरोका कारणले जति मानिसमा संक्रमण भएको र मृत्यु भएको तथ्य छ, त्यो भन्दा धेरै संख्यामा अमेरिकामा वर्षेनी रुघा–ज्वरोले मानिसहरुको मृत्यु भैरहेको तथ्य स्वयम् अमेरिकी तथ्यले बताउँछ ।  यहाँ अमेरिकामा पछिल्लो सन् २०१९–२० मा रुघाले संक्रमण हुने र मृत्यु हुनेको संख्या अमेरिकाको सिडिसि(सेन्टर फर डिजिज कन्ट्रोल एण्ड प्रिभेन्सन)को वेभसाइटले प्रष्ट पार्दछ।

सो अनुसार, रोग नियन्त्रण तथा बचावट केन्द्र (सिडिसि) को १ अक्टोबर २०१९ देखि १८ जनुवरी २०२०सम्मको प्रारंभिक प्रक्ष्येपण अनुसार अमेरिकामा कडा रुघाको अवस्था र आँकडा निम्नानुसार देखिन्छ।

रुघाका विरामीहरू १ करोड ५० लाख देखि २ करोड १० लाख भएको अनुमानित तथ्य रहेको छ ।त्यस्तै, रुघालागेर चिकित्सक परामर्सलिन पुगेका ७० लाख देखि १ करोड भएको अनुमानित तथ्य रहेको छ ।रुघालागेर अस्पताल भर्ना हुनै परेका बिरामीहरुमा १ लाख ४० हजार देखि २ लाख ५० हजार रहेको छ । रुघाको कारणले मरेका विरामीहरू ८ हजार २ सय देखि २० हजार रहेको अनुमानित तथ्य देखाइएको छ।

उपरोक्त आँकडा प्रकोप फैलिँदा रेकर्डभएका पूरानो आँकडाबाट थाहा पाईएको हो, खासमा सन २०१९ र २०२० को तथ्यगत आँकडा अझै सार्वजनिक गरिएको छैन । रोगको पहिचान भई नसकेको अथवा प्रयोगशालाबाट रिपोर्ट आउन ढिलाभएका लाखौँ विरामी रुघा सम्बन्धि भएका छन् ती समावेश गर्न बाँकि छ । सन २०१० देखिको अनुमानमा अमेरीकाको ८.५ प्रतिशत (२ करोड ७० लाख) जनता रुघा जस्तो रोगबाट पिडित भई कष्टपूर्ण जीवन जीउन बाध्य छन्।

रुघा सम्बन्धि रोग भनि अस्पताल भर्ना भईसकेका विरामीका आँकडा चित्र
Y एक्सीसमा ० देखि १० लाख सङ्ख्या हो।
X एक्सीसमा ५ अक्टुबर २०१९ बाट ३० मे २०२० को समय अवधि हो।
निलो बाङ्गो कर्भले २०१९/२०२० जनाउँछ।
खासमा सन २०१० देखिको अस्पताल भर्ना भएका रुघाका विरामीहरूका तुलनात्मक आँकडा हेर्न र अहिलेको प्रक्ष्येपण गर्न सजिलोको लागि अरु मसिना रेखा सम्बन्धित वर्ष उल्लेख भएका ठाउँमा कोर्न सकिन्छ।

यो समाचार २४ जनुवरी २०२० मा अद्यावधिक गरिएको हो । यो तथ्यले के बताउँछ भने, चीन र वरपरको क्षेत्रमा कोरोना भाइरसको कारण देखिने रुघा–ज्वरोले जति मानव जीवनमा असर गरिरहेको छ त्यो भन्दा कैयौं गुणा बढी अमेरिकामा मात्रै रुघा–ज्वरोको कारणले मानव जीवनमा असर गरिरहेको छ । जसको बारेमा समाचार बन्दैन, जसको आतंकपूर्ण अफवाह फैलिदैँन।

यसको अर्थ, कोरोना भाइरसबाट सजग हुनपर्दैन भन्ने होइन। कोरोना भाइरसबाट लाग्ने रुघा–ज्वरोबाट सजग हुनैपर्दछ तर जति आतंक सिर्जना पार्ने गरि समाचारहरु सम्प्रेषण भइरहेका छन् यसबाट त्यो मात्रामा आतंकित भैरहनु जरुरी भने छैन। किनकि, कोरोनाको आतंक सिर्जना गर्नु भनेको कुनै न कुनै हिसाबले पश्चिमी अर्थराजनीतिक अफवाह बढी जिम्मेवार देखिन्छ, उक्त अफवाहबाट सजग हुनुपर्ने देखिन्छ।

Get real time update about this post categories directly on your device, subscribe now.

Unsubscribe
नेपाल रिडर्स

नेपाल रिडर्स

नेपाल रिडर्स सार्वजनिक नीतिहरु र मुद्दाहरुबारे निरन्तर छलफल–विचार विमर्श गर्ने विद्युतीय मञ्च हो।

Connect with us

Recommended

संयुक्त राज्य अमेरिकामा चीनियाँ आप्रवासको समस्या र निराकरणका प्रयाशहरु

संयुक्त राज्य अमेरिकामा चीनियाँ आप्रवासको समस्या र निराकरणका प्रयाशहरु

1 year ago
कोलम्बस भन्दा करीव २५०० वर्ष अघि नै चीनियाँहरू अमेरिका पुगेका थिए

कोलम्बस भन्दा करीव २५०० वर्ष अघि नै चीनियाँहरू अमेरिका पुगेका थिए

3 years ago

Popular News

    Facebook Twitter Youtube

    © 2021 Nepal Readers

    No Result
    View All Result
    • गृहपृष्ठ
    • मत-अभिमत
    • सामयिक
    • सुशासन
    • स्वास्थ्य /शिक्षा
    • समाज
    • दस्तावेज
    • हाम्रोबारे

    © 2021 Nepal Readers

    Welcome Back!

    Login to your account below

    Forgotten Password? Sign Up

    Create New Account!

    Fill the forms bellow to register

    *By registering into our website, you agree to the Terms & Conditions and Privacy Policy.
    All fields are required. Log In

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In

    Add New Playlist

    This website uses cookies. By continuing to use this website you are giving consent to cookies being used. Visit our Privacy and Cookie Policy.