Date
शुक्र, बैशाख ४, २०८३
Fri, April 17, 2026
Friday, April 17, 2026
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
  • लग - इन
  • दर्ता गर्नुहोस्
Nepal Readers
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
Nepal Readers
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्

कोभिड–१९ विश्वमहामारीलाई बुझाउने ९ वटा चार्टहरु

पत्रपत्रिकाबाट पत्रपत्रिकाबाट
चैत्र १, २०७६
- समाचार, स्वास्थ्य /शिक्षा
A A
0
  •  shares
  • Facebook
  • Twitter
  • WhatsApp
  • Gmail
  • Viber
  • Messenger

    मृत्यु दर आफ् से आफ तल झरेको होइन; चीनले प्रभावित क्षेत्रहरूमा नाकाबन्दी लगाउनका लागि कडा, अझ तानाशाही उपायहरु अपनायो र यसो नगरेको भए भाइरसको प्रसार रोक्न स्वास्थ्य सेवा प्रणालीले मात्र सक्दैनथ्यो।

    कोभिड -१, को प्रकोप, कोरोनाभाइरसले निम्त्याउने विमार चीनको वुहानमा शुरू भई विश्वभर फैलिएकोछ। जुन विगतका केही, दशकहरू यता सबैभन्दा गम्भीर जन–स्वास्थ्य संकटहरू मध्ये एक भएको छ। यो सन् २०१४ मा इबोला महामारी भन्दा धेरै व्यापकरुपमा फैलिएको छ र विश्व स्वास्थ्य संगठनले यसलाई विश्व–महामारी घोषणा गरेकोछ। ।

    मार्च ११ सम्म, संसारभर १,२५,००० भन्दा बढी रिपोर्ट गरिएका छन्, विश्वभरि ४,६०० भन्दा बढीको मृत्यु भएको छ र अमेरिकामा १,२०० भन्दा बढी मामलाहरू र २ व्यक्तिको मृत्यु भएको जोन्स हपकिन्स विश्वविद्यालयको ट्र्याकरले जनाएको छ। यसको गणना सामान्यतया अद्यावधिक गरिने गरिन्छ र संकटको प्रवृत्ति परिवर्तन हुँदै जाँदा खास कैफियतका साथ टिपोट गरिन्छ।

    हालको प्रकोपको स्थिति अविश्वसनीय रूपमा द्रुतरूपमा विकसित हुँदैछ, र यस विकासक्रमका सबै कुरालाई सफा, बुझ्ने चार्टमा संश्लेषण गर्न असम्भव छ भन्ने हामी सबैलाई थाहा छ। तर हामीलाई थाहा छ कि प्रकोप कत्तिको खराब छ, रोगले के गर्छ, र के यसको प्रकोप नियन्त्रण गर्न र अन्ततः समाप्त गर्न सकिने जस्तो लाग्छ।

    यिनै कुराहरुलाई मनमा राखेर, यहाँ नौ वटा चार्टहरू दिइएका छन् जसले कोभिड -१९ कोरोनाभाइरस संकटको व्याख्या गर्न अति नै सहयोग गर्दछन्।

    Max Roser and Hannah Ritchie/Our World in Data

    १. भाइरस द्रुतरूपमा फैलिरहेकोछ

    यस चार्टको लेखनमा, कोभिड–१९ को विमारीसंख्या दिनप्रतिदिन तेजीका साथ बृद्धि भइरहेको देखिन्छ, तर मार्च ८ मा रफ्तार टक्क रोकिएको देखिन्छ। प्रकोप शुरु भएको स्थान चीनमा नै रिपोर्ट गरिएका अत्यधिक मामला (बिमारी)हरु अझै पनि छन्। तर ख्यालमा राख्नु पर्ने कुरा के छ कि चीनमा नयाँ विमारीहरुको संख्यामा कमी भइरहेको छ भने, विश्वमा विमारको संख्या बढ्दो छ। यसले के संकेत गर्दछ भने समस्याको केन्द्र चीनबाट इटाली जस्ता नयाँ स्थानहरूमा सर्दैछ।

    पुष्टि भएका नयाँ मामलाहरु देखाइएको चार्टमा हेर्नुहोस् त्यहाँ चुचो हुनुको कारण चीनले सूचनामा सुधार ल्याई रिपोर्ट गरेका कारणले हो; मध्य फेब्रुअरीमा कुनै खास दिनमात्र खराव दिन थिएन।

    २. लक्षणहरूबारे थाहा पाउनु होस्

    कोविड १९ को लक्षणहरू मामला पिच्छे नै फरक पर्दछन्, तर फेब्रुअरीका तथ्यांकबाट चीनमा सबैभन्दा सामान्य देखिएका लक्षणहरुमा ज्वरो र सुक्खा खोकी आउनु (जुन प्रायजसो धेरैजसो मामलामा देखिएका छन्), थकाइ लाग्नु र खकार (प्राविधिक शब्दमा श्वासप्रश्वास नलीबाट बाक्लो म्युकस भएको खकार) आउनु हुन्।

    यदि ज्वरो र सुख्खा खोकी छ भने, सम्भव भएमा जचाउनु आवश्यक छ।

    ३. चीनमा मृत्यु दरमा कमी आउँदैछ

    यसमा आशाको एउटा झलक देखिन्छ चिनियाँ चिकित्सा अधिकारीहरू प्रकोप बढिरहेका बेला भन्दा संक्रमणको उपचार गर्न र मृत्यु रोक्न बढी सफल भएका झैं लाग्छ। भक्सकी जुलिया बेल्लुज बताउँछन् “पहिलो र सबैभन्दा धेरै प्रभावित राज्य हुबेले जनस्वास्थ्य उपायहरू सुदृढ गरिसकेपछि र चिकित्सकहरूले यस रोगको पहिचान र उपचार गर्न अझ अभ्यस्त भइसकेपछि पनि यसको मृत्यु दर उकालो लागिरहेको देख्यो” भोक्सको जुलिया बेलुज बताउँछिन्।

    मृत्यु दर आफ् से आफ तल झरेको होइन; चीनले प्रभावित क्षेत्रहरूमा नाकाबन्दी लगाउनका लागि कडा, अझ तानाशाही उपायहरु अपनायो र यसो नगरेको भए भाइरसको प्रसार रोक्न स्वास्थ्य सेवा प्रणालीले मात्र सक्दैनथ्यो।

    ४. चीनमा बृद्धहरू कोभिड १९ बाट मृत्यु हुनसक्ने सबैभन्दा ठूलो जोखिममा थिए

    सन् १९१८-१९ को स्पेनिश फ्लू (जुन आधुनिक समयमा सबैभन्दा डरलाग्दो विश्व–महामारी हो), ले विशेषरूपमा युवाहरूमा केन्द्रित गरेको थियो। यो फ्लूसँग सन् १८३० को दशकमा चलेको फ्लू विश्वमहामारीका केही जैविक समानताहरू थिए जसले १९१० दशकका केही वृद्ध व्यक्तिहरूलाई सीमित प्रतिरोधात्मक क्षमता प्रदान गरे।

    कोभिड-१९ त्यस्तो जस्तो होइन। अहिलेसम्म चीनमा मृत्यु भएका वृद्धहरू बीचमा केन्द्रित रहेको छ,  जो युवाहरूको भन्दा औसतमा प्रतिरक्षा प्रणाली कमजोर र दीर्घकालीन विमारको दर उच्च भएका बृद्धहरु हुन् । दीर्घकालीन विमार भएका सबै उमेरका मानिस पनि उच्च जोखिममा छन्। ज्यान जाने जोखिम युवाहरुका हकमा पनि उतिकै साँचो हो तर धरै कारणहरुले गर्दा पाका मानिसहरुले बढि होसियार रहनुपर्छ ।

    ५. यो साधारण फ्लू भन्दा धेरै गम्भिर हुन्छ

    कोभिड १९ लाई धेरै जानिएका रोगसँग तुलना गर्न हतार गरिन्छ: खासगरी मौसमी रुघाखोकी (फ्लु) सँग। जे भए पनि,धेरैजसोलाई फ्लुका लक्षणहरू हलुका नै लाग्छन्, तर यही फ्लु नै कमजोर स्वास्थ्य भएका जस्तै बृद्धबृद्धाहरुका लागि खतरनाक र घातक हुन सक्छ। राष्ट्रपति ट्रम्पले समेत हालसालै यसरी नै तुलना गरे।

    तर विमारबाट मृत्यु हुने तथ्याकले अर्कै सूचना दिन्छ, वास्तवमा यसरी तुलना गर्नै नै होइन। कोभिड– १९ बाट संक्रमित ६० बर्ष भन्दा बढी उमेरका यसका संक्रमित व्यक्तिहरुको मृत्यु दर ६% देखियो। हामीसँग अहिलेसम्म भएको तथ्याङ्क अनुसार; त्यो फ्लू बाट भन्दा संक्रमित बृद्ध व्यक्तिहरूको मृत्यु दर कोभिड–१९ को ६ गुणा बढी छ। समग्र विमार मृत्यु दर कम्तिमा २३ गुणा बढी हुन्छ (यो चार्ट बनाइसके पछि मृत्यु दर बढेको छ)।

    ६. विज्ञहरू पनि कोभिड १९ सामान्य फ्लू भन्दा बढी संक्रामक भएको सोच्छन्

    यहाँ अर्को कुरा छ– कोभिड–१९ संक्रमण मौसमी फ्लू भन्दा बढी खतरनाक छ। अनुसन्धानकर्ताले एक बिरामी व्यक्तिले अरु कति जनासम्म संक्रमित गर्न सक्छ भन्ने अनुमान गर्नलाई R0 (“R naught”) भन्ने अक्षरबाट जनाउँछन्। माथिको चार्टमा R0 (“R naught”) २ भन्दा माथि छ।  यसले यो सामान्य फ्लू भन्दा बढी संक्रामक हो भन्ने संकेत गर्दछ। R0 ले औसत संक्रमित व्यक्तिले रोग सार्ने व्यक्तिको संख्याको अनुमान गर्छ। “R0 महत्त्वपूर्ण छ किनकि यदि यो १ भन्दा ठूलो छ भने संक्रमण सम्भवतः फैलिन्छ, र यदि यो १ भन्दा थोरै छ भने, यसको प्रकोप सम्भवतः रोकिन्छ,” – एटलान्टिकको एड योंगले वर्णन गरेका छन्। कोभिड-१९ को R0 १ भन्दा उच्चतर भएकाले ठूलो चिन्ताको विषय भएकोछ।

    ७) एयरलाइन्स, होटेल र क्रूजमा गरिएको लगानी डुव्नसक्ने अवस्था छ।

    भीडबाट जोगिन चेतावनी र सम्मेलन र परेडजस्ता ठूलठूला जमघटहरू रद्द गर्नाले अमेरिकाको यात्रामा नराम्रो असर पारेको छ। एयरलाइन्सलाई यसले दुष्परिणामहरु दिनेछ। अर्नेस्ट रिसर्चका अनुसार, विगत वर्षको फेब्रुअरीको अन्तिम हप्ताको तुलनामा यस पटक एयरलाइन्समा खर्च १६.५ प्रतिशतले घट्यो। होटलहरुमा हुने विक्रीमा केही गिरावट आउन शुरु भएको देखिएको छ र क्रूजहरूमा गिरावट भइरहेको स्पष्ट देख्न सकिन्छ।

    यसको आर्थिक प्रभाव होटल वा आतिथ्य उद्योगमा मात्र सीमित रहने सम्भावना छैन यसले सामाजिक दूरीले मानिसहरूलाई कफि पसल, रेस्टुरेन्ट, जिम, बारहरू, आदिमा नजाने बनाउँछ।

    ८) अमेरिकाले आवश्यक परेका व्यक्तिहरूको परिक्षण गरिरहेको छैन

    ट्रम्प प्रशासनले कोरोनाभाइरस पहिचानको परीक्षण गर्न ढिलो भएकोमा अमेरिकामा एक राष्ट्रिय काण्ड भएको छ। यो कुरा अमेरिका र अन्य प्रभावित देशहरूको को परीक्षण दरको तुलना गर्ना साथ सजिलै बुझ्न सकिन्छ।

    ९) किन महोत्सव, सभासम्मेलनहरु रद्द गर्नु र स्व–क्वारेन्टाइन गर्नु त्यतिकै महत्त्वपूर्ण छ

    सामाजिकरूपले अस्वीकार नगरे तापनि, कोभिड -१९ ले तुरुन्तै ठूलो स्तरका भेला र सम्मेलनहरू अलोकप्रिय बनाइदिएको छ। यस्तो परिवर्तन तुरुन्तै भइसकेको छ, र बेकार पनि लाग्न सक्छ, तर यसलाई यस प्रकारको “सामाजिक दूरी” नीति को पछाडि सिद्धान्तलाई बुझ्नु भयो भने यस्तो तरिकालाई जायज लाग्न सक्छ। मुख्य कुरा के भने संक्रमणको वृद्धि दरमा कम गर्दै संक्रमण हुनेको कुल संख्यामा परिवर्तन नभएपनि “कर्भको चुच्चो रेखा तल झार्नु” हो। नयाँ विमारीहरू अस्पतालहरू आउँदा, स्वास्थ्य सेवा संस्थामा बोझ कम पर्दा र बिरामी बचाउन बाधा दिने कुरालाई सुधार गर्दा संक्रमण दरमा कमी आई कर्भको चुच्चो समतल हुन्छ।

    साभारः डाइलान मेथ्यूजद्वारा लिखित १२ मार्च २०२० मा अमेरिकाको भक्स अनलाइनमा प्रसारित

    •  shares
    • Facebook
    • Twitter
    • WhatsApp
    • Gmail
    • Viber
    • Messenger
      पत्रपत्रिकाबाट

      पत्रपत्रिकाबाट

      Related Posts

      मिटरब्याजको आडमा बलात्कार गर्ने सुर्जमानलाई १० वर्ष कैद, पीडितलाई ५ लाख क्षतिपुर्ति तिर्नुपर्ने

      नेपाल रिडर्स
      असार ३, २०८१

      मिटरब्याजको आडमा शरिर बन्धक बनाएर यौन शोषण गर्ने सुर्जमान मालिलाई ललितपुर जिल्ला अदालतले १० वर्ष कैद सजाय सुनाएको छ। मिटरब्याजी...

      सेप्टेम्बर ११ को ५० वर्षः सल्भाडोर अलेन्देको बाटो पच्छ्याइरहेको ल्याटिन अमेरिका

      ‘शान्तिपूर्ण बाटो’को चिली-शिक्षा

      सङ्गीत
      जेष्ठ २४, २०८१

      के त्यो सुन्दर संसार नष्ट भइसक्यो ? जसको तिमीले गरेका थियौ शिलान्यास ! होइन, मेरो चेतनले भन्छ– होइन, हुनै सक्दैन...

      हल्ला गरेझैं नराम्रो छैन सार्वजनिक स्वास्थ्य सेवा – डा. सन्तोष पौडेल

      हल्ला गरेझैं नराम्रो छैन सार्वजनिक स्वास्थ्य सेवा – डा. सन्तोष पौडेल

      नेपाल रिडर्स
      फाल्गुन २५, २०८०

      वीर अस्पताल नेपालको सबैभन्दा पुरानो ऐतिहासिक अस्पताल हो। यो अस्पताल वि.सं. १९४७ साउन १२ गते वीर शम्शेरको पहलमा स्थापित भएको...

      ०३६ सालको विद्यार्थी आन्दोलनका नेता दामोदर उपाध्यायको निधन

      ०३६ सालको विद्यार्थी आन्दोलनका नेता दामोदर उपाध्यायको निधन

      नेपाल रिडर्स
      माघ १०, २०८०

      नेपालको वामपन्थी विद्यार्थी आन्दोलनको अनेरास्ववियू (एकताको पाँचौ) धाराका एकजना संस्थापक तथा ०३६ को विद्यार्थी आन्दोलनलाई सञ्चालन गर्न बनाएको केन्द्रीय संघर्ष...

      रवि मिश्रको एकल कार्टुन प्रदर्शनी सुरु

      रवि मिश्रको एकल कार्टुन प्रदर्शनी सुरु

      नेपाल रिडर्स
      माघ ४, २०८०

      कार्टुनिष्ट रवि मिश्रको एकल कार्टुन प्रदर्शनी सुरु भएको छ। नयाँ बानेश्वरको एनबी सेन्टर स्थित उमोजा कफिमा मिश्रका कार्टुन प्रदर्शनीमा राखिएकाछन्।...

      काफ्लेगाउँको स्वास्थ्य प्रणाली बर्बादीको कथा

      काफ्लेगाउँको स्वास्थ्य प्रणाली बर्बादीको कथा

      कोमल भट्टराई
      माघ ३, २०८०

      कथाराम्भ केही दशकअघि त्यहाँ हजुरआमा थिए, आमा–काकी–फुपू थिए, दिदिबहिनी–दाइभाइ थिए। सिकर्मी र डकर्मीका सिप भएका तामाङ् थिए। गडीको डाँडामुनि दाहाल...

      सिफारिस

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?
      विचार

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?

      प्रा. चैतन्य मिश्र
      मंसिर ६, २०८०

      थप पढ्नुहोस्Details
      महङ्गीबारे रहस्यमय मौनता
      समाज

      महङ्गीबारे रहस्यमय मौनता

      नरेश ज्ञवाली
      कार्तिक १४, २०८०

      थप पढ्नुहोस्Details
      भारतीय समाजको नाजीकरण भइसक्यो!
      विचार

      भारतीय समाजको नाजीकरण भइसक्यो!

      अरुन्धती रोय
      कार्तिक ११, २०८०

      थप पढ्नुहोस्Details
      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!
      विचार

      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!

      नालेदी पान्दोर
      कार्तिक १०, २०८०

      थप पढ्नुहोस्Details

      सामाजिक सञ्जालमा पुग्नुहोस्

      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • हाम्रो बारे

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.

      Welcome Back!

      गुगल मार्फत साइन इन गर्नुहोस्
      Sign In with Linked In
      वा

      Login to your account below

      Forgotten Password? Sign Up

      Create New Account!

      गुगल मार्फत साइन अप गर्नुहोस्
      Sign Up with Linked In
      वा

      Fill the forms bellow to register

      All fields are required. Log In

      Retrieve your password

      Please enter your username or email address to reset your password.

      Log In

      Add New Playlist

      नतिजा छैन
      सबै नतिजा हेर्नुहोस्
      • राजनीति
      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • मल्टिमिडिया
      • ब्लग

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.