Date
बिहि, बैशाख १७, २०८३
Thu, April 30, 2026
Thursday, April 30, 2026
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
  • लग - इन
  • दर्ता गर्नुहोस्
Nepal Readers
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
Nepal Readers
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्

किन एकै चोटी धेरै जना बेहोस हुन्छन्?

मनोविश्लेषक बासु आचार्य समुदायमा रहेको अज्ञानताका कारण हिस्टेरियालाई यौन केन्द्रित रोग भन्ने गरेको बताउँछन्

सहयोगीबाट सहयोगीबाट
चैत्र ३, २०७७
- स्वास्थ्य /शिक्षा
A A
0
  •  shares
  • Facebook
  • Twitter
  • WhatsApp
  • Gmail
  • Viber
  • Messenger

    गत फागुन २० गते डोटीको केआई सिंह गाउँपालिकास्थित झिमेमालिका माध्यमिक विद्यालयमा अध्ययनरत १२ जना छात्रा एकाएक बेहोस भए। कक्षा ६, ७ र ८ मा अध्ययनरत ती छात्रा एकसाथ बेहोस हुँदा पढाइ नै प्रभावित भयो । विद्यालय प्रवेश गरेपछि काँप्ने, बेहोस हुने गरेका ती छात्रा विद्यालयबाट घर फर्केपछि आफै सामान्य अवस्थामा आए ।

    यसअघि पनि दार्चुला जिल्लाको नौगाड गाउँपालिकाको गणेश विनायक माध्यामिक विद्यालयमा अध्ययरत छात्रा बेहोस हुन थालेपछि दुई दिनका लागि विद्यालय बन्द गरिएको थियो । बेलाबेलामा देशका विभिन्न भागमा सामूहिक रुपमा यसरी छात्राहरू बेहोस हुँदा केही दिनका लागि विद्यालयसमेत बन्द गर्नुपरेका उदाहरण पनि नभएका होइनन् । छात्राहरु यसरी बेहोस हुने तथा काँप्ने गर्न थालेपछि कतै झारफुक तथा कतै पूजापाठ गराएका समाचार पनि प्रकाशमा आउने गरेका छन् ।

    तर, यसरी सामुहिक रुपमा किन अचानक छात्रा बेहोस हुन्छन् भनेर सम्बन्धित निकायले अध्ययन गर्न सकेको छैन । जसले गर्दा यस्ता समस्या निम्तिएमा के गर्ने, उद्धार तथा उपचारका कस्ता विधि अपनाउने भन्नेबारे पनि एक प्रकारको अन्योल नै छ । एकसाथ धेरैजनालाई यस्तो समस्या देखा पर्नुलाई ‘मास हिस्टेरिया’ भनिन्छ । समाजमा महिलालाई मात्रै हिस्टेरिया हुन्छ भन्ने मान्यता छ । यस्तो समस्या यौनकुण्ठाका कारणले हुन्छ भन्ने धारणा पनि व्याप्त छ ।

    तर मनोविश्लेषक बासु आचार्य समुदायमा अज्ञानताका कारण हिस्टेरियालाई यौन केन्द्रित रोग भन्ने गरेको बताउँछन् । उनका अनुसार मनमा उत्पन्न हुने बहस, विचार, चिन्ता, तनाब शरीरमा सर्नुलाई ‘हिस्टेरिया’ भनिन्छ । हिस्टेरिया ग्रीक शब्द ‘हिस्टरोन’बाट बनेको उनी बताउँछन् । हिस्टरोन पाठेघरसँग सम्बन्धित छ । दुई हजार वर्षअगाडि हिप्पोक्रेट्स भन्ने ग्रीक चिकित्सकले महिलाको प्रजनन् अङ्ग पाठेघरसँग सम्बन्धित रोग भनेर यसलाई ‘हिस्टेरिया’ नाम दिएका थिए । यद्यपि, अनुसन्धानहरूले हिस्टेरियाको सोझो सम्बन्ध यौनसँग नभएको देखाएको आचार्य बताउँछन् । अध्ययन अनुसन्धानहरूले ‘हिस्टेरिया’ तनावसँग सम्बन्धित भएको पुष्टि गरेका छन् ।

    मास हिस्टेरिया भनेको के हो ?

    सामुहिक रुपमा बेहोस हुने रोगलाई ‘मास हिस्टेरिया’ भनिन्छ । हिस्टेरियाले एक जनालाई आक्रमण गरेको खण्डमा ऊसँग निकट सम्बन्ध रहेका अन्यलाई पनि प्रभाव पार्ने भएकाले सामूहिक रुपमा धेरैजना बेहोस हुँदै ढल्छन् ।

    आचार्यका अनुसार हिस्टेरिया हुनेमध्ये पहिलो व्यक्तिलाई कुनै कारणवस् तनाव, पीडा हुन्छ । त्यसपछि सँगै भएका अन्य व्यक्तिलाई त्यसले प्रभाव पार्दैजाने गरेपछि ‘मास हिस्टेरिया’ हुन्छ ।

    हिस्टेरिया हुने पहिलो व्यक्तिसँग भावनात्मक सम्बन्ध गाँसिएका अन्य व्यक्ति डराउने वा त्रसित हुँदा समूहगतरूपमा किशोर किशोरीहरूलाई एकैपटक ‘मास हिस्टेरिया’ हुने मनोविश्लेषक आचार्य बताउँछन् । ‘मास हिस्टेरिया’ पैदा हुने मुख्य कारण अत्यधिक डर हो । डरलाई नियन्त्रण गर्न नसकेपछि सामुहिक रुपमा प्रभावित हुन्छन् ।

    ‘मास हिस्टेरिया’ किन हुन्छ ?

    हिस्टेरिया अवचेतन मनको खेलसमेत भएको मनोविश्लेषक आचार्यको भनाइ छ । कामनापूर्ति नहुँदा, इज्जत तथा प्रतिष्ठाको तनाव, यौनसम्बन्धी समस्याको तनाव, प्रतिस्पर्धाको तनाव, पढाई, घरायसी झमेला आदिले किशोरकिशोरी र वयस्कमा समेत हिस्टेरिया हुने उनको भनाइ छ ।

    ‘मास हिस्टेरिया’को उपचार

    हिस्टेरिया अवचेतन मनको खेल भएकाले मनका कुरा व्यक्त गर्न नसकेर पीडित भइ प्रतिरक्षाका क्रममा बेहोस हुने गर्दछन् । त्यसैले उनीहरूको मनको भावना बुझेर नजिकैका आफन्तहरूको सहयोग अति आवश्यक हुने उनको भनाइ छ ।

    मनका भावनाहरू सहज रुपमा व्यक्त गर्ने, रमाइलो गर्ने, सहजरुपमा अगाडि बढ्ने वातावरण भएमा हिस्टेरिया नहुने मनोविश्लेषक आचार्यको भनाइ छ । ‘पहिलापहिला मास हिस्टेरिया भएर हिमाल, पहाड र तराई क्षेत्रमा बेलाबेला धेरैजना बेहोस हुन्थे,’ उनले भने, ‘क्रमशः जनचेतना फैलिदैँ गएसँगै किशोरकिशोरीले मनमा कुन्ठित भावना बाँड्न थालेपछि मास हिस्टेरिया कम हुन थालेको छ ।’

    जहाँजहाँ जनचेतनाको अभाव छ, त्यहाँत्यहाँ मास हिस्टेरिया धेरै देखिएको उनी बताउँछन् । किशोरकिशोरी तथा वयस्कहरूमा विभिन्न कारणले हुने तनावलाई व्यवस्थापन गर्न सकेको खण्डमा हिस्टेरिया हुँदैन । हिस्टेरिया रोगको अहिलेसम्म कुनै औषधि नबनेको उनले सुनाए ।

    ‘हिस्टेरिया निको पार्ने मुख्य आधार भनेकै तनाव व्यवस्थापन हो,’ उनले भने, ‘सकेसम्म सबै स्कुल तथा कलेजमा बेलाबेलामा साइकोथेरापी दिने व्यवस्था मिलाउनुपर्छ, यति सम्भव नभए हिस्टेरियाको समस्या देखिएका विद्यालय तथा कलेजमा मात्र भए पनि यस्तो व्यवस्था गर्नुपर्छ ।’

    स्थानीय तहहरूले पनि ‘मास साइकोथेरापी’, शारीरिक अभ्यास, योग, ध्यान, प्राणायाम आदिलाई प्राथमिकता राखेर कार्यक्रम गर्नुपर्ने उनी सुनाउँछन् । ग्रामीण भेगमा अन्धविश्वासका कारण पनि मास हिस्टेरियाको कारण पत्ता लगाउन र उपचार गर्न ढिला हुने गरेको उनको भनाइ छ । हिस्टेरिया भएका व्यक्तिको तनाव व्यवस्थापन गर्नुको साटो धामीझाँक्री आदि गर्दा मानसिक रुपमा झन् अन्य समस्या बल्झन सक्ने उनले बताए ।

    मास हिस्टेरिया हुँदा यसो गर्नुपर्छ

    मास हिस्टेरिया भएर बेहोस भएर ढलेकाहरूलाई सिधा सुताइदिनु पर्छ । बेहोस भएर ढलेको ठाउँमा धेरै होहल्ला गर्न हुँदैन । यसरी बेहोस भएको व्यक्ति व्युँझिएपछि उसलाई सान्त्वना दिनुपर्छ ।

    ‘एक पटक सामुहिक रुपमा मास हिस्टेरिया भएपछि पुनः दोहोरिने सम्भावना कम हुन्छ,’ उनले भने, ‘तर हिस्टेरिया भएको मुख्य व्यक्तिलाई दोहोरिन सक्छ ।’

    हिस्टेरियाको अन्य मानसिक रोगसँग सम्बन्ध हुने भएकाले समयमै उपचार भएन भने मानसिक रोगसमेत उत्पन्न हुन सक्ने उनले बताए । हिस्टेरिया भएपछि उचित परामर्श नहुँदा हीनताबोध हुने, डिप्रेसनमा जाने, आत्तिने आदि मानसिक रोग उत्पन्न हुन सक्ने उनको भनाइ छ ।

    किशोरकिशोरीमा हिस्टेरिया के कारणले भएको हो भन्नेबारे मासहिस्टेरिया हुनुभन्दा अगाडिको तनाव पहिचान गरेर सहयोग गर्नुको विकल्प नभएको उनले बताए । हिस्टेरिया भएका बिरामीको सबैभन्दा ठूलो उपचार परिवारको साथ–सहयोग, उचित परामर्श भएको मनोविश्लेषक आचार्य बताउँछन् ।

    छारे रोग र मास हिस्टेरिया एउटै होइन

    मास हिस्टेरियाका कारण बेहोस भएर ढल्दा छारे रोग भनेर बेवास्ता गर्ने प्रचलन पनि देखिन्छ । मास हिस्टेरिया र छारे रोगको केहीकेही लक्षण एकै हुने भएकाले धेरैले यसलाई छारे रोगका रुपमा लिने गरेको आचार्य बताउँछन् ।

    उनका अनुसार हिस्टेरियाका कारण मानिस हुलमुल भएको ठाउँमा बेहोस् भएर ढल्छ भने छारे रोग लागेको व्यक्ति जनसुकै ठाउँमा वा एक्लै हुँदा पनि बेहोस हुन सक्छ । हिस्टेरिया भएको मानिस सम्हालिएर ढल्छन् भने छारे रोग हुनेहरू एक्कासी ढल्छन् । यस्तै हिस्टेरिया भएकाले जिब्रो टोक्दैनन् भने छारे हुनेहरूले जिब्रो टोक्छन् । दुवैको रोगको आपसमा कुनै पनि सम्बन्ध नरहेको आचार्यले बताए ।-रातोपाटी

    •  shares
    • Facebook
    • Twitter
    • WhatsApp
    • Gmail
    • Viber
    • Messenger
      सहयोगीबाट

      सहयोगीबाट

      Related Posts

      हल्ला गरेझैं नराम्रो छैन सार्वजनिक स्वास्थ्य सेवा – डा. सन्तोष पौडेल

      हल्ला गरेझैं नराम्रो छैन सार्वजनिक स्वास्थ्य सेवा – डा. सन्तोष पौडेल

      नेपाल रिडर्स
      फाल्गुन २५, २०८०

      वीर अस्पताल नेपालको सबैभन्दा पुरानो ऐतिहासिक अस्पताल हो। यो अस्पताल वि.सं. १९४७ साउन १२ गते वीर शम्शेरको पहलमा स्थापित भएको...

      काफ्लेगाउँको स्वास्थ्य प्रणाली बर्बादीको कथा

      काफ्लेगाउँको स्वास्थ्य प्रणाली बर्बादीको कथा

      कोमल भट्टराई
      माघ ३, २०८०

      कथाराम्भ केही दशकअघि त्यहाँ हजुरआमा थिए, आमा–काकी–फुपू थिए, दिदिबहिनी–दाइभाइ थिए। सिकर्मी र डकर्मीका सिप भएका तामाङ् थिए। गडीको डाँडामुनि दाहाल...

      दवाब समूह र लाचार सरकार

      दवाब समूह र लाचार सरकार

      मेनुका बस्नेत
      अशोज ४, २०८०

      निजी विद्यालयहरूलाई केही वर्षभित्रै गुठीमा परिणत गरी गैरनाफामूलक बनाउने आफैले यसअघि गरेको निर्णयमा सरकार लचक भएपछि राज्यको नीति निर्माणमा स्वार्थ...

      गैरप्राविधिक विषय अध्ययन गर्ने सक्षम हुँदैनन् भन्ने कथन पूर्वाग्रही छ

      गैरप्राविधिक विषय अध्ययन गर्ने सक्षम हुँदैनन् भन्ने कथन पूर्वाग्रही छ

      डा. अर्जुन कार्की
      चैत्र १४, २०७९

      विश्व श्रम बजारमा स्थापित हुने खालका विद्यार्थी उत्पादन गर्न हाम्रा विश्वविद्यालयहरू कमजोर देखिएका छन्। यसलाई गोलमटोल रुपमा पनि नबुझौं, यसभित्र...

      नेपालमा विदेशी विद्यार्थी भित्र्याउन सक्ने क्षमता नबनाई विदेश जानेलाई रोक्न सकिँदैन

      नेपालमा विदेशी विद्यार्थी भित्र्याउन सक्ने क्षमता नबनाई विदेश जानेलाई रोक्न सकिँदैन

      विष्णु कार्की
      माघ २, २०७९

      अहिलको प्रतिस्पर्धात्मक समय र प्रविधिको युग सापेक्ष बनाउन हाम्रो शिक्षा प्रणालीमा ठूलो सुधारको आवश्यकता धेरैले महशुस गरेको कुरा हो। सामाजिक...

      समाजवादी शिक्षा व्यवस्थाः चीनमा भएका केही प्रयोगहरू

      nepal_readers
      अशोज १२, २०७९

      चीनमा समाजवादी निर्माण प्रक्रियाका तमाम प्रयोगहरू मध्ये शिक्षा व्यवस्था सम्बन्धी प्रयोग सबैभन्दा महत्वपूर्ण प्रयोग हो। समाजवादी व्यवस्था स्थापनापछि चीन र...

      Leave a Reply Cancel reply

      Your email address will not be published. Required fields are marked *

      सिफारिस

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?
      विचार

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?

      प्रा. चैतन्य मिश्र
      मंसिर ६, २०८०

      थप पढ्नुहोस्Details
      महङ्गीबारे रहस्यमय मौनता
      समाज

      महङ्गीबारे रहस्यमय मौनता

      नरेश ज्ञवाली
      कार्तिक १४, २०८०

      थप पढ्नुहोस्Details
      भारतीय समाजको नाजीकरण भइसक्यो!
      विचार

      भारतीय समाजको नाजीकरण भइसक्यो!

      अरुन्धती रोय
      कार्तिक ११, २०८०

      थप पढ्नुहोस्Details
      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!
      विचार

      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!

      नालेदी पान्दोर
      कार्तिक १०, २०८०

      थप पढ्नुहोस्Details

      सामाजिक सञ्जालमा पुग्नुहोस्

      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • हाम्रो बारे

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.

      Welcome Back!

      गुगल मार्फत साइन इन गर्नुहोस्
      Sign In with Linked In
      वा

      Login to your account below

      Forgotten Password? Sign Up

      Create New Account!

      गुगल मार्फत साइन अप गर्नुहोस्
      Sign Up with Linked In
      वा

      Fill the forms bellow to register

      All fields are required. Log In

      Retrieve your password

      Please enter your username or email address to reset your password.

      Log In

      Add New Playlist

      नतिजा छैन
      सबै नतिजा हेर्नुहोस्
      • राजनीति
      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • मल्टिमिडिया
      • ब्लग

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.