Date
आइत, कार्तिक ९, २०८२
Sun, October 26, 2025
Sunday, October 26, 2025
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
  • लग - इन
  • दर्ता गर्नुहोस्
Nepal Readers
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
Nepal Readers
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्

अन्धविश्वासहरूलाई कसरी हटाउने ?

घर र समाजमा अन्धविश्वास व्याप्त छ भने उस/उनको दिमागमा यति गहिरो छाप छोड्दछ कि उ/उनी जीवनभर यस्ता अन्धविश्वासबाट बाहिर निस्कन सक्दैनन्। अन्धविश्वास प्रायः कमजोर व्यक्ति, कमजोर मनोविज्ञान र कमजोर मानसिकताका व्यक्तिहरूमा देखा पर्दछ।

महेश पाण्डेय महेश पाण्डेय
साउन १४, २०७८
- यो हप्ता, समाचार
A A
0
  •  shares
  • Facebook
  • Twitter
  • WhatsApp
  • Gmail
  • Viber
  • Messenger

    के तपाईँ भुतप्रेत र राक्षसमा बिश्वास गर्नुहुन्छ? तपाईँ ढुक्कले भन्नुहोला, ‘म त मान्दिनँ।’ यदि त्यसो हो भने यी राक्षस र भुतप्रेतहरू समाज र मान्छेका मनभित्र कहाँबाट आए? भौतिक विकासले यति आश्चर्यजनक चमत्कार गरेको युगमा पनि भूतप्रेत भन्ने बित्तिकै मानिसहरू किन डराउँछन्? भूतप्रेत, पिचास, डंकिनी र यसको अस्तित्वबारे कम विकसित र अशिक्षित समाजमा मात्र नभएर विकसित र सभ्य भनिने पश्चिमा मुलुकहरूमा पनि उत्तिकै चर्चा हुन्छ। आजका साहित्य र फिल्ममा पनि भूतप्रेतका सन्दर्भ जोडिएका पाइन्छन्। हामी भन्छौँ कि भूतप्रेतजस्ता विषयहरू अन्धविश्वास हो।

    तर समाजमा यस्ता धेरै अन्धविश्वास छन् जसमा आज पनि धेरैजसो मानिसहरू विश्वास गर्छन्। आदिम मान्छेहरू विभिन्न घटना र क्रियाहरूको कारण जान्दैनथे। उनीहरूसँग त्यस्ता घटना जाँच्ने र बुझ्ने चेतना तथा ज्ञान विकसित भइसकेको थिएन। त्यसो हुँदा उनीहरू विभिन्न प्रकोप र घटनाका पछाडि ‘केही अदृश्य शक्ति छ’ भन्ने मान्थे। तर आज विज्ञान र चेतनाको धेरै विकास हुँदा पनि त्यस्ता अनेकौँ अन्धविश्वासहरू समाजमा कायम छन्।

    कमजोर मनोविज्ञानको उपज

    आदिमकालमा मानिसका कार्य क्षेत्र निश्चित थिए। त्यसकारण अन्धविश्वासहरूको संख्या पनि कम थिए। जब मानिसको कार्य क्षेत्रहरू बढ्दै गए, तब अन्धविश्वासको क्षेत्र पनि बढ्दै गए। र, कतिपय पुराना अन्धविश्वासहरू परिस्कृत हुँदै नयाँ स्वरूपमा फेरिँदै पनि गए। अन्धविश्वास एक त्यस्तो विश्वास हो, जसको कुनै खास मान्य कारण हुँदैन। बच्चा आफ्नो घर, परिवार र समाजमा जुन मान्यता परम्परा र संस्कृतिबीच हुर्कन्छ, उसले त्यहाँबाट अनेकौँ कुरा सुन्छ र सिक्छ।

    परिवार र समाजमा भएका घटनाले उसको ‘माइन्ड सेपिङ’ गरेको हुन्छ। बाल्यकालदेखि नै देखिरहेको र सुनिरहेको कुरालाई उसले ग्रहण गर्न थाल्छ। घर र समाजमा अन्धविश्वास व्याप्त छ भने उस/उनको दिमागमा यति गहिरो छाप छोड्दछ कि उ/उनी जीवनभर यस्ता अन्धविश्वासबाट बाहिर निस्कन सक्दैनन्। अन्धविश्वास प्रायः कमजोर व्यक्ति, कमजोर मनोविज्ञान र कमजोर मानसिकताका व्यक्तिहरूमा देखा पर्दछ।

    जीवनमा प्रायजसो असफल व्यक्तिहरूले यस्ता अन्धविश्वासहरूमा विश्वास गर्न थाल्छन्। तिनीहरूलाई लागिरहेको हुन्छ कि यस्तै अवैज्ञानिक मान्यता र परम्परामा विश्वास गरेकै कारण उनीहरूको जीवनमा सफलता प्राप्त भइरहेको छ। यसरी, एकपछि अर्को गर्दै उनीहरू अन्धविश्वासको जालोमा फस्छन्। कहिलेकाहिँ कुनै कुरामा असफल भइहाले भनेपनि आफ्नो अन्धविश्वासको ‘कुनै विधिविधान’मा त्रुटी भएको भन्ठान्छन्। र, त्यसलाई ‘जस्टिफाई’ गर्छन्।

    अन्धविश्वास र तन्त्रमन्त्र

    नेपाल भारत लगायत ‘मनुवादी साहित्य’को प्रभाव रहेको ठाउँहरूमा अन्धविश्वासले निकै गहिरोसँग जरा गाढेर बसेको छ। अन्धविश्वासको सर्वसम्मत वर्गिकरण गर्न भने सम्भव छैन। यसको नामाकरण पनि गाह्रो छ। ‘पृथ्वी शेष नागमा अडिएको छ,’ ‘बर्षा र बिजुली (चट्याङ) आकाशे देउता इन्द्रको कारणले हुन्छ,’ ‘भुकम्प कुनै देवीका कारण हुन्छ,’ ‘मरेका मानिसहरूको आत्मा भड्केपछि ति प्रेत वा पिचास बन्छन्’ जस्ता धार्मिक अन्धविश्वासहरू पनि समाजमा टन्नै व्याप्त छन्।

    तन्त्रमन्त्र पनि अर्को अन्धविश्वास हो। यस भित्र पनि निकै तहहरू छन्। रोगको निवारणका लागि पनि मान्छेहरू यस्ता अन्धविश्वासमा फस्ने गरेका छन्। विभिन्न उदेश्यले मन्त्रको उच्चारण र प्रयोग प्राचिन तथा मध्य कालमा सर्वत्र प्रचलित थियो। ‘मन्त्रबाट रोग निको पार्ने’ धेरै व्यक्तिहरूको पेशा नै थियो। आयआर्जनको स्रोत बनेको थियो। निराश वा विपक्षीलाई आफ्नो बसमा राख्न मन्त्रले काम गर्छ भन्ने विश्वास गरिन्थ्यो। मन्त्रको धन्दा गर्नेहरु सामान्यतयाः दुई प्रकारका थिए–मन्त्रमा विश्वास गर्नेहरू र मन्त्रको प्रयोग गरेको बताउँदै अरुलाई ठग्नेहरु।

    किन प्रश्न गरिदैन?

    अन्धविश्वास अशिक्षित र कम आय भएकाहरूबीच मात्रै देखिँदैन। यो त उच्च शिक्षित, बौद्धिक भनिने तथा उच्च आय समूहका र विकसित देशका मानिसहरूमा पनि देखिन्छ। यो सामान्य रूपमा पुस्तौँपुस्तासम्म देखिन्छ। समाज, देश, क्षेत्र, जाति र धर्मअनुसार अन्धविश्वासका सैयौँ प्रकारहरू छन्।

    समाजमा देखिएका अन्धविश्वासका केही उदाहरणहरू यस्ता छन्ः आँखा फर्फराउनु ‘अशुभ’को संकेत, घरबाट बाहिर कुनै काममा निस्कदाँ कसैले हाच्छ्युँ गर्नुलाई ‘अलच्छिन’ ठान्नु, बिरालोले बाटो काट्नुलाई नराम्रो ठान्दै यात्रा स्थगन गर्नु, ३ वा १३ नम्बर संख्यालाई नराम्रो मान्नु, हत्केला चिलाउँदा पैसा कमाइने या पैसा पाइने ठान्नु, कालो बिरालोलाई भूतप्रेतको संकेत ठान्नु, कतै यात्रामा निस्कँदा वा कुनै परीक्षामा जानु अघि दही खाएमा सफल बनिन्छ भन्ठान्नु, भर्‍याङमाथि कसैले नाघ्दा त्यसलाई अशुभ ठान्नु, कसैको ‘नजर लागेको कारण’ बच्चा बिरामी हुने ठान्नु, त्यसबाट बच्न कालो टिका लगाइदिनु, उल्लु चराले छतमा गुँड बनाउनुलाई अशुभ मान्नु, नदीमा सिक्का फाल्दा शुभ हुने ठान्नु, महिलाहरूले बोक्सी विद्या गर्छन् भन्ने ठान्नुलगायत सैयौँ अवधारणाहरू।

    हाम्रा कतिपय धार्मिक कथाहरूमा मान्छेको जन्मबारे पनि अनेकौँ अन्धविश्वासहरू विद्यमान छन्, जस्तैः विण्डवर्ग ऋषिको विर्य स्खलन भएर सिंघी ऋषिको जन्म भयो, हनुमानको पसिना पिएर माछा गर्भवती हुँदा मकरध्वजको जन्म भयो, सूर्यको आशिर्वादले नै कुन्ति गर्भवती भइन र कर्णको जन्म भयो, माछाको पेटबाटै मत्स्यगन्धा सत्यवतीको जन्म भयो, खिर खानाले राजा दशरथका ३ वटा रानी गर्भवती भए, जमिनभित्र गाडिएको माटाको भाँडोबाटै सिताको जन्म भयो आदि। धार्मिक कथाहरूमा भएका यस्ता प्रसंगका कारण मानिसहरूको अन्धविश्वास झनै बलियो रूपमा समाजमा स्थापित छ। त्यसकारण धामीझाँक्री, ज्योतिषी र झारफुकेहरूको धन्दा आज पनि कुस्त कमाई हुनेमध्ये पर्छ।

    र, मान्छेहरू यस्ता असम्भव कृत्यहरूमाथि प्रश्न गर्न डराउँछन्। किनभने बहुसंख्यक मानिसहरू आज पनि अन्धविश्वासी छन्। श्रद्धा र भक्तिका कारण उनीहरू यस्ता प्रश्न गर्नेहरूलाई मन पराउँदैनन्।

    ब्रत

    विभिन्न लाभ वा मनोकामना पुरा हुने भन्दै समाजमा ब्रत बस्ने/राख्ने प्रचलन पनि छ। प्रायः पुरुष भन्दा महिलाहरू नै बढी ब्रत बस्ने गर्दछन्। राम्रो श्रीमान वा परिवारको कल्पना वा परिवारका सदस्य तथा श्रीमानको आयुवृद्विका लागि महिलाहरू ब्रत बस्ने गर्दछन। ‘भगवानलाई खुशी पार्न भोकै बस्नुपर्छ र कष्ट सहनुपर्छ’ भन्ने ठान्छन् त्यस्ता व्रतालुहरू। कहिलेकाहीँ भोकै बस्दा पेट सफा हुने वा पाचन प्रक्रिया सहज त हुन्छ तर भोकै बसेर काल्पनिक देवता खुसी हुने वा दोस्रो तेस्रो व्यक्तिको आयु बढ्ने कुरा अन्धविश्वास नै हो।

    हजारौँ वर्षदेखि मान्छेहरू अनेकौँ कारणका लागि व्रत बसेका छन् तर व्रतबाटै समाजको गरीबी, जातिय विभेद, भ्रष्टाचार, अन्धभक्ति, पाखण्ड, बेरोजगारी, अन्याय, असमानता र दलन हटाउन किन सकिएको छैन? व्रत बसेरै समाजमा न्याय स्थापित गर्न मिल्छ कि मिल्दैन?

    तर्क गरौं

    आजको युगमा पनि अज्ञानता र अशिक्षाका कारण मानिसहरू अनेकौँ अन्धविश्वासमा अल्झिएका छन्। त्यस्ता मानिसहरूले बाबाजी, माताजी, साधु, ज्योतिषी, तान्त्रिक, ‘जान्ने’, धामी, झाँक्रीहरूको कुरा सुनेर धनसम्पत्तिमात्रै गुमाएका छन्, कतिपय अवस्थामा यौन शोषणमा पनि परेका छन्। यस्ता हावा डाक्टरका पछि लाग्दा कसैले ज्यानै समेत गुमाउने गरेका छन्। हाम्रो समाजमा सन्तान र अझ छोरा पाउनुलाई आज पनि प्रतिष्ठाको विषय मानिन्छ। र, धेरैजसो महिलाहरु सन्तान प्राप्तिका लागि तथाकथित तान्त्रिक र साधुहरूको कुरा सुन्छन्।

    दुनियाँमा यस्तो कुनै कुरा छैन, जसको कुनै कारण नहोस्। संसार कारण–सम्बन्धले नै चल्छ। यदि हामी कुनै बिषयबारे जान्दैनौँ भने त्यो हाम्रो अशिक्षा वा अज्ञानता हो। र, आफूले थाहा नपाएको बिषयमा नै अन्धविश्वास जोडिन आइपुग्छ। थाहा नपाउनु अज्ञानता हो। समस्याका कारणहरू थाहा पाइयो भने तपाईँलाई कसैले म्यानिपुलेसन गर्न सक्दैन। कसैले दुरुपयोग गर्न सक्दैन। समस्याका कारण थाहा पाउन हरेक कुरालाई नियाल्न र अध्ययन गर्नुपर्छ। अध्ययन गर्ने, तर्क गर्ने र प्रश्न गर्ने कुराले यस्ता अन्धविश्वासहरू भाग्छन्।

    तपाईँलाई समाज, आफन्त र प्रिय मान्छेले नै बताएका कुरालाई प्रश्न गर्ने हो भने त्यहाँ धेरै उत्तर निस्कन्छन्। यसरी निरन्तर प्रश्न गर्ने र उठेका प्रश्नको उत्तर खोज्ने प्रयास गर्ने हो भने हाम्रा जीवनका धेरै समस्या पनि पार लाग्छन्। तर उत्तर खोज्नका लागि अध्ययन जरुरी छ। आज त इन्टरनेटमै खोजी गर्ने हो भने पनि धेरै भ्रमहरूबाट मुक्ति मिल्छ। तर सचेत हुनुपर्ने कुरा के छ भने इन्टरनेटमा पनि पर्याप्त अन्धविश्वासहरू छरिएका छन्। कुन तथ्य सही हो वा गलत भनेर त्यहाँ पनि पुनः प्रमाणिकरण गर्नुपर्छ। किनभने इन्टरनेटमा भ्रम र तथ्य राख्नेहरू पनि यही समाजका मानिस हुन्।

    -विभिन्न एजेन्सीहरूको सहयोगमा।

    •  shares
    • Facebook
    • Twitter
    • WhatsApp
    • Gmail
    • Viber
    • Messenger
      महेश पाण्डेय

      महेश पाण्डेय

      Related Posts

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      तीर्थ कोइराला
      साउन ४, २०८२

      विश्वमा देहव्यापारको शुरुवात इसा पूर्व २४ सय वर्ष अगाडि भएको इतिहासमा उल्लेख गरिए पनि जब समाजमा परिवार र विवाहको प्रारम्भ...

      जेष्ठ वामहरुको पोखरा भेलाबारे रामबहादुर भण्डारीको अनुभूति

      जेष्ठ वामहरुको पोखरा भेलाबारे रामबहादुर भण्डारीको अनुभूति

      रामबहादुर भण्डारी 'आर. बी'
      पुस १, २०८१

      संसारमा जेष्ठ तथा वामहरुको बारेमा अलगै धारणाहरु भएतापनि हाम्रो देशमा बोलिचाली र कतिपय कानूनी रुपमा समेत उमेरले ७० पुगेका र...

      घुस नखाने पार्टी समाजवादको सर्त

      घुस नखाने पार्टी समाजवादको सर्त

      घनश्याम भूसाल
      साउन ८, २०८१

      डा. बाबुराम भट्टराईबारे लेखिएको पुस्तक 'बाबुराम : अ भिजीनरी रेबेल' सबै पढिसक्दा पुस्तकको शिर्षकले न्याय पाउन सकेन जस्तो लाग्छ ।...

      चीनले सिलिकन भ्यालीलाई कसरी प्रयोग गरिरहेको छ

      चीनले सिलिकन भ्यालीलाई कसरी प्रयोग गरिरहेको छ

      जेकोब ड्रेयर
      असार २७, २०८१

      १६ औं शताब्दीसम्म, चीन दुनियाको प्रविधिजगतमा सबैभन्दा बढी विकसित थियो। जुनबेला यूरोपमा कुलीन वर्गको शासन थियो, त्यसबेला चीनका प्रबुद्ध वर्गले...

      प्यालेष्टाइन–इजरायल द्वन्द्वको वास्तविकता

      प्यालेष्टाइन–इजरायल द्वन्द्वको वास्तविकता

      रामराज रेग्मी
      असार १२, २०८१

      यही वर्ष २०२४ को गत ७ अक्टोवरमा प्यालेष्टाइनी लडाकू समुह हमासले इजरायलमा गरेको सशस्त्र हमलामा परी १० जना नेपाली विद्यार्थीको...

      मिटरब्याजको आडमा बलात्कार गर्ने सुर्जमानलाई १० वर्ष कैद, पीडितलाई ५ लाख क्षतिपुर्ति तिर्नुपर्ने

      नेपाल रिडर्स
      असार ३, २०८१

      मिटरब्याजको आडमा शरिर बन्धक बनाएर यौन शोषण गर्ने सुर्जमान मालिलाई ललितपुर जिल्ला अदालतले १० वर्ष कैद सजाय सुनाएको छ। मिटरब्याजी...

      Leave a Reply Cancel reply

      Your email address will not be published. Required fields are marked *

      सिफारिस

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?
      विचार

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?

      प्रा. चैतन्य मिश्र
      मंसिर ६, २०८०

      थप पढ्नुहोस्Details
      महङ्गीबारे रहस्यमय मौनता
      समाज

      महङ्गीबारे रहस्यमय मौनता

      नरेश ज्ञवाली
      कार्तिक १४, २०८०

      थप पढ्नुहोस्Details
      भारतीय समाजको नाजीकरण भइसक्यो!
      विचार

      भारतीय समाजको नाजीकरण भइसक्यो!

      अरुन्धती रोय
      कार्तिक ११, २०८०

      थप पढ्नुहोस्Details
      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!
      विचार

      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!

      नालेदी पान्दोर
      कार्तिक १०, २०८०

      थप पढ्नुहोस्Details

      सामाजिक सञ्जालमा पुग्नुहोस्

      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • हाम्रो बारे

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.

      Welcome Back!

      गुगल मार्फत साइन इन गर्नुहोस्
      Sign In with Linked In
      वा

      Login to your account below

      Forgotten Password? Sign Up

      Create New Account!

      गुगल मार्फत साइन अप गर्नुहोस्
      Sign Up with Linked In
      वा

      Fill the forms bellow to register

      All fields are required. Log In

      Retrieve your password

      Please enter your username or email address to reset your password.

      Log In

      Add New Playlist

      नतिजा छैन
      सबै नतिजा हेर्नुहोस्
      • राजनीति
      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • मल्टिमिडिया
      • ब्लग

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.