Date
शुक्र, बैशाख ४, २०८३
Fri, April 17, 2026
Friday, April 17, 2026
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
  • लग - इन
  • दर्ता गर्नुहोस्
Nepal Readers
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
Nepal Readers
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्

हरितालिका व्रत कथा : लोग्ने पाउनुमात्रै स्त्री जीवनको उदेश्य हो?

त्यसो हो भने उत्तम साथी, पति आदि ब्यक्तिको उन्नत गुण, क्षमता र प्रतिभाले प्राप्त हुने हो न कि पूजा–व्रत आदिको प्रभावले? यो त घुस्याहा कर्मचारीलाई टन्न पैसा खुवाएर काम गराएजस्तो भएन र भन्या?

भोगेन्द्र कट्टेल भोगेन्द्र कट्टेल
भदौ २४, २०७८
- यो हप्ता, समाचार
A A
0
  •  shares
  • Facebook
  • Twitter
  • WhatsApp
  • Gmail
  • Viber
  • Messenger

    हरेक वर्ष नेपाल तथा भारतका नारीहरूले भदौ शुक्ल तृतीया हस्त नक्षत्रमा गौरी शङ्कर(शिव र पार्वती)को पूजा गरेर यो पर्व मनाउने गर्दछन् । सबै प्रकारका स्त्रीले यो पर्व मनाउन सक्ने शास्त्रीय विधान रहेको छ । पूजा सामग्री जम्मा गरेर, सङ्कल्प गरेर स्त्रीहरु यस पुजामा दिनभर निराहार बस्छन् । साँझ स्नान गरेर चोखो लुगा लगाएर पार्वती र शिवको प्रतिमा बनाइ पूजा गर्नुपर्ने विधान र चलन छ। ‘सौभाग्य’का सम्पूर्ण सामग्री राखेर पार्वतीलाई चढाउनु पूजाको मुख्य उद्दश्य हो । शिवजीलाई भन्दै धोती या गमछा चढाउने चलन छ। पार्वतीलाई चढाइएका सम्पुर्ण सामग्री बाहुनीलाई र धोती गमछाचाहिँ बाहुनलाई दिनुपर्ने बिधान रहेको बताइन्छ । त्यसपछि पालो आउँछ, हरतालिकाको व्रत कथा सुन्ने । यो व्रत गर्नाले ‘सम्पूर्ण सौभाग्य’ प्राप्त हुने शास्त्रीय मान्यता र जनविश्वास अझै रहेको पाइन्छ । यस व्रत पर्वको सुरुवात कहिले, किन र कसरी भयो तथा आजको समयमा यस व्रत पर्वको सान्दर्भिकता के कति छ, यस आलेखमा चर्चा गरिनेछ ।

    व्रत कथा

    पावन भूमि कैलाश पर्वतमा झ्याम्म परेको ठूलो रुखमुनि भगवान शिव र पार्वती आफ्ना सम्पूर्ण गणसहित बाघको छाला ओछ्याएर बसिरहेका थिए । त्यहि बेला पार्वतीले सोधिन्,‘हे महेश्वर, मेरो सौभाग्य हो कि मैले तपाईँजस्तो असल वर पाएँ। मैले अघिल्लो जन्ममा कस्तो पूण्य आर्जन गरेको थिएँ र तपाईलाइ वर पाएँ त? तपाईँ त अन्तर्यामी हुनुहुन्छ, म दासीलाइ सबै कुरा सुनाउनुहोस्।’ शिवजीले भने ‘तिमीले अति उत्तम पुण्य संग्रह गरेकी थियौ र त्यसै कारण तिमीले मलाई आज लोग्नेका रूपमा प्राप्त गर्यौ। हुन त यो अति गोप्य व्रत हो तर तिमीलाइ बताउँछु । यो व्रत भदौ महिनाको शुक्लपक्षको तीजमा गरिन्छ जुन हरतालिका तीजको नामले प्रसिद्ध छ। जसरी तारागणमा चन्द्रमा, नवग्रहमा सूर्य, वर्णमा ब्राह्मण, देवतामा गंगा, वेदमा सामवेद र इन्द्रीयमा मन श्रेष्ठ छन्, त्यसैगरि व्रतहरूमा पनि यो हरितालिका व्रत श्रेष्ठ छ।

    यस्तो कुरा सुनेर पार्वतीले भनिन्,‘हे महेश्वर, मैले कहिले र कसरी यो व्रत गरेको थिएँ, त्यसबारे पनि विस्तारपूर्वक सुन्ने इच्छा छ।’ तब शिवले भने, ‘हे पार्वती, भारतवर्षको उत्तरमा उच्च हिमालय पर्वत छ । त्यहाँका राजा हिमांचल र रानी मैनाबाट तिमी जन्मियौ । तिमीले बच्चैदेखि मेरो आराधना गर्न थाल्यौ। उमेर बढेपछि हिमालयको दुर्गम गुफामा गइ मलाई पाउनका लागि आफ्ना संगिनीहरूसहित तपस्या सुरु गर्यौ। शिवजी फेरि भन्छन्,‘तिमीले ग्रीष्म ऋतुमा ढुङ्गाको आसनमा तप गर्यौ। बर्खायाममा बाहिर पानीमा तप गर्यौ। हिउँदमा चिसो पानीमा उभिएर मेरो ध्यान गर्यौ। तर छ वटा ऋतुहरूमा तपस्या गर्दा पनि मेरो दर्शन नपाएपछि तिमीले उँधोमुन्टो लाएर हावा र रूखको सुख्खा पातमात्रै खाएर शरीरलाई कमजोर बनायौ।

    पार्वतीको कठोर तपस्या बारेमा रामचरितमानसमा तुलसिदास लेख्छन् , ‘रुखबाट सुकेर झरेका पात मात्र खाएर पार्वतीले तीन हजार वर्ष तपस्या गरिन्। त्यसपछि त्यो पनि खान छोडिन्। एक हजार वर्ष कन्दमुल र फल खाइन् अनि एक सय वर्ष साग खाएर तपस्या गरिन्।’ यति गर्दा पनि शिवजीको मन पग्लिँदैन। क्या भगवान छन् !

    शिवजी भन्दैछन्, ‘तिम्रो यस्तो तपस्या देखेर तिम्रा बा अर्थात् राजा हिमांचललाई धेरै चिन्ता भयो अनि त्यही बेला नारद आइपुगेर भगवान विष्णुले पार्वतीसँग विहे गर्न चाहेको कुरा बताए। राजा पनि आफनी छोरी विष्णुलाई ‘दान’ गर्न राजी भए। अनि आफूलाई विष्णुलाई बिहे गराइदिन लागेको थाहा पाएर विलाप गर्न लाग्यौ। तिम्रो त्यो हालत देखेर तिम्रा संगिनीहरूले तिमीलाई कसैले भेट्न नमिल्ने टाढाको कुनै गुफामा राखिदिए । त्यस समय तिमीले गुफामा पानी अन्न केही नखाइ मेरो व्रत सुरु गरी बालुवाको लिङ्ग बनाइ फलफूलद्वारा मेरो पूजा गर्न थाल्यौ।

    तिमीले गरेको तपस्याले मेरो सिंहासन हल्लिन थाल्यो । अनि मैले दर्शन दिएँ र तिमीलाई भनेँ, ‘म तिम्रो व्रत तथा पूजाबाट प्रसन्न भएँ, तिम्रो कामना के छ? भन।’ तिमीले भन्यौ, ‘म तपाइलाईँ पतिका रूपमा चाहन्छु।’ अनि त्यसपछि तिमीलाइ इच्छित वरदान दिएर म हिडेँ । पछि राजा हिमाचलले तिम्रो बिहे मसँग गरिदिए ।’ बर दिने पनि आफैँ, ब।दान माग्नेलाई बिहे गर्ने पनि आफैँ! यस्तै खालको कथा स्वस्थानीमा पनि छ। स्वस्थानीको व्रत बस्दा पनि महादेवजस्तो लोग्ने पाइन्छ भन्ने व्याख्या स्वस्थानी व्रतकथामा छ।

    ‘हे पार्वती, तिम्रा सङ्गिनीहरूले तिमीलाई हरण गरेर हिमालयको गुप्त गुफामा राखेर तीज व्रत गराए। यसैकारण यस व्रतको नाम हरतालिका (हरणतालिका) व्रत रह्यो र यो व्रतहरुको राजाका रूपमा यो प्रचलित भयो। यो व्रत सौभाग्यशाली पति चाहने सबै कन्याले गर्नु पर्छ । यो व्रत बस्दा पानी, खाना केही पनि खानुहुन्न। तिम्रो र मेरो सुनको प्रतिमा बनाइ केरा फूल आदिको खाँबो बनाइ, रेशमी कपडाको तोरण टाँगेर, बालुवामार्फत मेरो लिङ्ग बनाइ, वैदिक मन्त्र, स्तुतीगान सहित बाजागाजा बजाएर रातभर जाग्राम बस्नुपर्छ ।

    अनि मेरो पूजा गरेपछि फलफूल पकवान, लड्डु, मेवा, खालखालका भोजन सामग्री समर्पण गरेर ब्राह्मणलाई पैसा अन्न, कपडा, भाँडाकुँडा आदि दान दिनुपर्छ । यसरी, यो व्रत पूर्ण गर्नाले नारी सौभाग्यशाली हुन्छिन्। धन र पुत्र प्राप्त गरेर सुख जीवन बिताउँछन् । व्रत गर्नाले कन्याले कुलिन, विद्वान, धनवान लोग्ने प्राप्त गर्दछन् । हे देवी, जो नारीले यो व्रत लिँदैनन्, त्यस्ता नारी पटक–पटक वैधव्य (विधवा अवस्था) र पुत्रशोकको पीडामा पर्छन् ।’

    शिव भन्छन्, ‘जुन नारीले व्रतको समयमा लुकीलुकी अन्न खान्छे उसले सुँगुरनीको जन्म पाउँछे। जसले फल खान्छे, उसले बाँदरको चोला प्राप्त गर्छे। जसले पानी खान्छे उसले जुकाको जन्म पाउँछे । जसले दुध खाँन्छे, उसले साँपको जन्म पाउँछे। जो नारीले मासु खान्छे, उ बघिनी हुन्छे । दहि खानेले बिरालोको जुनी पाउँछे । मिठाइ खानेले कमिलाको जुनी पाउँछे । सबै कुरा खाने नारीले झिंगाको योनी पाउँछे । जसले यो व्रत विधीपूर्वक धारण गर्छ, उसले मजस्तै पति प्राप्त गर्छे र दोस्रो जन्ममा तिमी जस्तै रुपवती भएर संसारमा उत्तम सुख भोग गर्छे । यो व्रत गरेपछि नारीहरू शिवलोकवासी हुन्छन् ।

    अप्राकृतिक वर्णन

    कैलाश पर्वतजस्तो उच्च हिमालमा वटवृक्ष त के, कुनै घाँस पनि उमँ्रदैन। अनि शिवजीहरु रुखको छहारीमुनि कसरी बसे होलान्? कैलाश पर्वतमा गर्मी नै हुँदैन, सधैँजसो तापक्रम माइनस हुन्छ, त्यस्तो ठाउँमा रुखको छहारीमा किन बसिरहनु पर्यो ? यो सामान्य व्याख्याबाट पनि कथाका लेखकलाई हिमालको भुबनोट, हावापानी तथा वनस्पतीको अवस्थाबारे बिल्कुलै ज्ञान नभएको बुझिन्छ। बिचरा पण्डितजी, मैदानको गर्मीमा बसेर कैलाश पर्वतको गफ दिन्छन्। अनि अनेक ठाउँमा यसैगरी चिप्लिन्छन् । अनि पार्वती नि ? बच्चैदेखि पति चाहिने पार्वती कस्ती? फेरि हजारौँ वर्षसम्म तपस्या ? के यो साँच्चिकै सम्भव छ ? अझ भर्खरकी बालिकामा कस्तो शारीरिक तथा संवेगात्मक विकाश भएको हुन्छ र उसले लोग्नेको इच्छा राखी त्यस्तो उखुमै तपस्या गर्ली?

    यस प्रसङ्गले नारीको सारा कर्म र धर्म भनेकै लोग्ने प्राप्त गर्न जपतप र ध्यान गर्नु हो, पति नै सबथोक हो भन्ने पुरुषसत्ताको शोषकीय चिन्तनलाई स्थापित गर्ने प्रयत्न देखिन्छ । धर्मको नाममा उभ्याइएको यो एउटा अति भद्दा र कुरुप कल्पनाको उदाहरण हो । त्यति मात्र होइन, यस प्रसङ्गले तमाम कलिला बालिकाको बालशुलभताकै समेत खिल्ली उडाइरहेको देखिन्छ । अर्को उल्लेख्य कुरो, शिवले अति गोप्य भनेको सो व्रतबारे पहिलो पटक कसले थाहा पाएछ? शिवले नै गोप्य भनेको व्रतको रहस्य पत्ता लगाउने अर्को महाशिव को रहेछ? अनि अर्को कुरो, पार्वतीले अघिल्लो जीवनमा गरेको व्रतमा शिवजीको मात्रै पुजाआजा गरेको प्रसंग छ। तर दोस्रोमा भने महादेव स्वयं शिव र पार्वतीको प्रतिमा बनाएर पुजा गर्न महादेव स्वयं सल्लाह दिन्छन्। यसको अर्थ, महादेवका परिवारमा जोजो जोडिन आइपुगे या भोलिका दिनमा आइपुग्छन्, ती सबैको पुजा गर्दै जाने हो या अरु केही?

    अज्ञान र स्त्रीद्वेष

    शिवजी चन्द्रमालाई तारा र सूर्यलाई ग्रह भनेर गफ दिइरहेका छन् । खासमा सूर्यचाहिँ तारा हो र चन्द्रमा ग्रह हो। तारा र ग्रहको सामान्य परिचय र भिन्नतासमेत थाहा नहुने व्यक्ति कसरी देवादीदेव हुन सक्छन्? आजको चार कक्षामा पढ्ने बालकको जति पनि ज्ञान सम्पूर्ण लोकका स्वामी भनिने शिवजीमा नहुनुले शिवजी अन्तर्यामी र सर्वशक्तिमान हुन् भन्ने दावीलाई पनि गम्छा लगाइदिएको छ ।
    यो व्रत गर्नाका लाभसँगै नगर्दाका हानीहरू पनि बताउँछन् कथामा शिवजी।

    यो व्रत नगर्ने स्त्री अनेकौं जन्ममा बिधवा हुनुपर्ने तथा पुत्रशोकमा डुब्नुपर्ने बताउँछन् । कथाको सारले सारा कर्म छोडेर महिलाले त्यहि पति प्राप्तीको उपक्रममा लाग्नुपर्ने बताउँछ। त्यसो हो भने उत्तम साथी, पति आदि ब्यक्तिको उन्नत गुण, क्षमता र प्रतिभाले प्राप्त हुने हो न कि पूजा–व्रत आदिको प्रभावले? यो त घुस्याहा कर्मचारीलाई टन्न पैसा खुवाएर काम गराएजस्तो भएन र भन्या? अनि जाबो एउटा व्रत नगर्दैमा यस्तो दण्ड सजाय भोग्नुपर्ने इश्वरीय बिधान हो भने यस्तो बिधान र इश्वरीय सत्ताबिरुद्धको विद्रोह आजको चेतनशील मानिसको आवश्यकता हो ।

    त्यसो हो भने न्यायको आधारभूत मर्म, मानवियता, र करुणाजस्ता अपरिहार्य मानवोचित गुण समेतको सर्वथा अभाव रहेको पात्र आजको मानिसको इश्वर हुन सक्दैन । यस व्रत कथाले सम्पूर्ण नारी जातिको गरिमा र आत्मसम्मानको तेजोबध गरेसँगै यी र यस्ता व्रतपर्वको आवश्यकता, सान्दर्भिकता र महत्व सबै सकिँदै गएको बुझिन्छ।

    पण्डित पुरोहितको जाल

    व्रतको बिधी, व्रत गर्दाका फल तथा व्रत नगर्दाका दुष्परिणामका सम्पूर्ण विवरण शिवजीको मुखबाट ओकलाइएको छ। व्रत नगर्दा हुने दुष्परिणामको भय देखाएर पण्डित–पुरोहितले सोझा, अनपढ र धर्मभिरु महिलाहरूको चरम शोषणको लागि तयार पारेको जालको रूपमा यस व्रत विधानलाई बुझ्दा अन्यथा हुँदैन । धर्मको आवरणमा धूर्तहरुले प्रयोग गर्ने अचूक हतियार भय र त्रासको प्रयोग पण्डितहरुले यहाँ पनि बडो चलाखीपूर्वक गरेको देखिन्छ । बाघको छाला बेर्ने शिवजीलाई धोती र गमछा किन चढाउनु पर्ने प्रावधानबाटै यो ठगीधन्दा हो भन्ने बुझिन्छ।

    ब्राह्मणलाई पैसा, अन्न, कपडा, भाँडाकुँडा दान गर्नुपर्ने र शिव पार्वतीलाइ चढाइएका सम्पूर्ण सामग्री ब्राह्मण–ब्राह्मणीलाई दिनुपर्ने ब्यवस्था गरेबाट पण्डित पुरोहितले चाडपर्व–व्रत आदिलाई आफ्नो जिविकाको साधनको रूपमा ब्यवस्थित गर्न गरेको प्रयत्नको रुपमा बुझ्न कुनै अप्ठेरो छैन । परम्पराको नाममा अन्धविश्वास, भ्रम र अज्ञान बोकेर बाँच्नु धर्म होइन। धर्म त अज्ञान, झुट, ठगीलाई तोड्नु र उज्यालो चेतना प्राप्तिको बाटोमा लाग्नु हो।

    •  shares
    • Facebook
    • Twitter
    • WhatsApp
    • Gmail
    • Viber
    • Messenger
      भोगेन्द्र कट्टेल

      भोगेन्द्र कट्टेल

      Related Posts

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      तीर्थ कोइराला
      साउन ४, २०८२

      विश्वमा देहव्यापारको शुरुवात इसा पूर्व २४ सय वर्ष अगाडि भएको इतिहासमा उल्लेख गरिए पनि जब समाजमा परिवार र विवाहको प्रारम्भ...

      जेष्ठ वामहरुको पोखरा भेलाबारे रामबहादुर भण्डारीको अनुभूति

      जेष्ठ वामहरुको पोखरा भेलाबारे रामबहादुर भण्डारीको अनुभूति

      रामबहादुर भण्डारी 'आर. बी'
      पुस १, २०८१

      संसारमा जेष्ठ तथा वामहरुको बारेमा अलगै धारणाहरु भएतापनि हाम्रो देशमा बोलिचाली र कतिपय कानूनी रुपमा समेत उमेरले ७० पुगेका र...

      घुस नखाने पार्टी समाजवादको सर्त

      घुस नखाने पार्टी समाजवादको सर्त

      घनश्याम भूसाल
      साउन ८, २०८१

      डा. बाबुराम भट्टराईबारे लेखिएको पुस्तक 'बाबुराम : अ भिजीनरी रेबेल' सबै पढिसक्दा पुस्तकको शिर्षकले न्याय पाउन सकेन जस्तो लाग्छ ।...

      चीनले सिलिकन भ्यालीलाई कसरी प्रयोग गरिरहेको छ

      चीनले सिलिकन भ्यालीलाई कसरी प्रयोग गरिरहेको छ

      जेकोब ड्रेयर
      असार २७, २०८१

      १६ औं शताब्दीसम्म, चीन दुनियाको प्रविधिजगतमा सबैभन्दा बढी विकसित थियो। जुनबेला यूरोपमा कुलीन वर्गको शासन थियो, त्यसबेला चीनका प्रबुद्ध वर्गले...

      प्यालेष्टाइन–इजरायल द्वन्द्वको वास्तविकता

      प्यालेष्टाइन–इजरायल द्वन्द्वको वास्तविकता

      रामराज रेग्मी
      असार १२, २०८१

      यही वर्ष २०२४ को गत ७ अक्टोवरमा प्यालेष्टाइनी लडाकू समुह हमासले इजरायलमा गरेको सशस्त्र हमलामा परी १० जना नेपाली विद्यार्थीको...

      मिटरब्याजको आडमा बलात्कार गर्ने सुर्जमानलाई १० वर्ष कैद, पीडितलाई ५ लाख क्षतिपुर्ति तिर्नुपर्ने

      नेपाल रिडर्स
      असार ३, २०८१

      मिटरब्याजको आडमा शरिर बन्धक बनाएर यौन शोषण गर्ने सुर्जमान मालिलाई ललितपुर जिल्ला अदालतले १० वर्ष कैद सजाय सुनाएको छ। मिटरब्याजी...

      Leave a Reply Cancel reply

      Your email address will not be published. Required fields are marked *

      सिफारिस

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?
      विचार

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?

      प्रा. चैतन्य मिश्र
      मंसिर ६, २०८०

      थप पढ्नुहोस्Details
      महङ्गीबारे रहस्यमय मौनता
      समाज

      महङ्गीबारे रहस्यमय मौनता

      नरेश ज्ञवाली
      कार्तिक १४, २०८०

      थप पढ्नुहोस्Details
      भारतीय समाजको नाजीकरण भइसक्यो!
      विचार

      भारतीय समाजको नाजीकरण भइसक्यो!

      अरुन्धती रोय
      कार्तिक ११, २०८०

      थप पढ्नुहोस्Details
      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!
      विचार

      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!

      नालेदी पान्दोर
      कार्तिक १०, २०८०

      थप पढ्नुहोस्Details

      सामाजिक सञ्जालमा पुग्नुहोस्

      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • हाम्रो बारे

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.

      Welcome Back!

      गुगल मार्फत साइन इन गर्नुहोस्
      Sign In with Linked In
      वा

      Login to your account below

      Forgotten Password? Sign Up

      Create New Account!

      गुगल मार्फत साइन अप गर्नुहोस्
      Sign Up with Linked In
      वा

      Fill the forms bellow to register

      All fields are required. Log In

      Retrieve your password

      Please enter your username or email address to reset your password.

      Log In

      Add New Playlist

      नतिजा छैन
      सबै नतिजा हेर्नुहोस्
      • राजनीति
      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • मल्टिमिडिया
      • ब्लग

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.