Date
सोम, जेष्ठ ११, २०८३
Mon, May 25, 2026
Monday, May 25, 2026
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
  • लग - इन
  • दर्ता गर्नुहोस्
Nepal Readers
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
Nepal Readers
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्

संघ र प्रदेशको निर्वाचन-२०७९ संक्षिप्त समीक्षा

यो पटक एमाले काँग्रेस दुवै दलले करिब ६ प्रतिशत विन्दुले मत गुमाएका छन्। त्यस्तै माओवादी केन्द्रले अघिल्लो पटक १३ लाख ३ हजार ७२१ मत अर्थात् १३.६५ प्रतिशत मत पाएको थियो। उसले पनि करिब २ प्रतिशत विन्दुले समानुपातिक मत गुमाएको छ।

बाबुराम भट्टराई बाबुराम भट्टराई
पुस २६, २०७९
- यो हप्ता, समाचार
A A
0
  •  shares
  • Facebook
  • Twitter
  • WhatsApp
  • Gmail
  • Viber
  • Messenger

    नयाँ संविधान जारी भए यता संघ र प्रदेशको दोस्रो निर्वाचन २०७९ मङसीर ४ गते एकै चरणमा सम्पन्न भएको छ। लोकतन्त्रको निरन्तरता र सवलीकरणका लागि यो सुखद्कुरा हो। सत्ता गठबन्धनले स्थानीय तह निर्वाचनमा जस्तै यस निर्वाचनमा पनि मिलेर निर्वाचनको सामना गरेको छ। सत्ता गठबन्धनविरुद्ध एमाले, राप्रपा, जसपालगायतका दलहरु तालमेल गरेर चुनाव लडेका छन्।

    सीट संख्याको दृष्टिकोणबाट नेपाली कांग्रेस ८९ सिट ल्याएर सबैभन्दा ठूलो दल बनेको छ भने नेकपा (एमाले) ७८ सिट ल्याएर दोश्रो र नेकपा (माओवादी केन्द्र) ३२ सिट ल्याएर तेश्रो दल बनेको छ। त्यस्तै यसै साल गठन गरिएको राष्ट्रिय स्वतन्त्र पार्टीले २० सिट र २०७४ को निर्वाचनमा थ्रेसहोल्डसम्म कटाउन नसकेर अस्तित्व संकटमा परेको राष्ट्रिय प्रजातन्त्र पार्टीले १४ सिट ल्याएको छ। मधेस र सुदूरपश्चिम प्रदेशमा जनमत र नागरिक उन्मुक्ति पार्टी सशक्त रुपमा उदाएको छ। जसपाले १२ सिटसहित थ्रेसहोल्ड कटाएर अस्तित्व बचाएको छ भने लोसपा थ्रेसहोल्ड कटाउन नसकेर अस्तित्व संकटमा परेको छ। नेकपा (एकीकृत समाजवादी) प्रत्यक्षतर्फ १० सिट जित्न सफल भए पनि थ्रेसहोल्ड कटाउन नसकेर संकटमा छ।

    समानुपातिकतर्फको मत परिणाम हेर्दा ठूला दलहरु खुम्चेको र नयाँ दलहरु बिस्तार भएको देखिन्छ। समानुपातिकतर्फ कूल १ करोड ५ लाख ६० हजार ६७ मत सदर भएकोमा नेकपा एमालेले २८ लाख ४५ हजार ६४१ मतसहित ३४ सिट ल्याएर एमाले समानुपातिक मतमा सबैभन्दा ठूलोदल बनेको छ। कांग्रेसले २७ लाख १५ हजार २२५ मतसहित ३२ सिट ल्याएर दोश्रो र माओवादी केन्द्रले ११ लाख ७५ हजार ६८४ मतसहित १४ सिट ल्याएर तेश्रो दल बनेकोछ। यस निर्वाचनमा प्रमुख तीन दलले समानुपातिकतर्फ मत गुमाएका छन्। एमालेले २०७४ मा ३१ लाख ७३ हजार ४९४ अर्थात्३३.२४ प्रतिशत मत पाएको थियो भने कांग्रेसले ३१ लाख २८ हजार ३८९ अर्थात्सदर मतको ३२.७७ प्रतिशत मत पाएको थियो। यो पटक दुबै दलले करिब ६ प्रतिशत विन्दुले मत गुमाएका छन्। त्यस्तै माओवादी केन्द्रले अघिल्लो पटक १३ लाख ३ हजार ७२१ मत अर्थात् १३.६५ प्रतिशत मत पाएको थियो। उसले पनि करिब २ प्रतिशत विन्दुले समानुपातिक मत गुमाएको छ।

    ठूला दलहरुको मत राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राप्रपातिर गएको देखिन्छ। यसैचुनावमा उदाएको रास्वपाले समानुपाातिकतर्फ ११ लाख ३० हजार ३४४ मत पाएर १३ सिट प्राप्त गरेको छ। अघिल्लो पटक थ्रेस होल्ड कटाउन नसकेको राप्रपाले यो पटक ५ लाख ८८ हजार ३१३ मत पाएको छ। निर्वाचनमा समानुपातिक सूची बुझाउने दल संख्या ४७ थियो। ती मध्ये ७ दलले मात्रै ३ प्रतिशतको थ्रेसहोल्ड कटाएका छन्।

    प्रदेश सभातर्फको मत परिणाम हेर्दा प्रदेश १ मा कूल प्रदेश सभा सदस्य संख्या ९३ (प्रत्यक्षतर्फ ५६ र समानुपातिकतर्फ ३७) मा नेकपा एमाले –४०, कांग्रेस –२९, माओवादी– १३, एकीकृत समाजवादी– ४,  जसपा १ र राप्रपाले ६ सिट जितेको छ।

    मधेस प्रदेशमा कूल प्रदेशसभा सदस्य १०७ (प्रत्यक्षतर्फ ६४ र समानुपातिकतर्फ ४३) मा एमाले– २३, कांग्रेस– २२, जसपा– १६, लोसपा– ९, जनमत पार्टी– १३, माओवादी केन्द्र– ८, एकीकृत समाजवादी–७, राप्रपा १, संघीय समाजवादी १, नागरिक उन्मुक्ति १ र स्वतन्त्रले– ६ सिट जितेको छ।

    वागमती प्रदेशमा कूल प्रदेशसभा सदस्य ११० (प्रत्यक्षतर्फ ६६ र समानुपातिकतर्फ ४४) मा कांग्रेस– ३६, माओवादी– २१, नेकपा एमाले– २७, राप्रपा– १३, एकीकृत समाजवादी– ७, र अन्यले– ५ सिट जितेको छ।

    गण्डकी प्रदेशमा कूल प्रदेशसभा सदस्य ६० (प्रत्यक्षतर्फ ३६ र समानुपातिकतर्फ २४) मा कांग्रेस– २५, एमाले– २२, माओवादी– ८, अन्य र स्वतन्त्रले– ३ सिट जितेको छ।

    लुम्बिनी प्रदेशमा कूल प्रदेशसभा सदस्य ८७ (प्रत्यक्षतर्फ ५२ र समानुपातिकतर्फ ३५) मा एमाले– २९, कांग्रेस– २७, माओवादी– ९, स्वतन्त्र– ३, जसपा– ३, लोसपा– ३, नागरिक उन्मुक्ति– ४, राप्रपा– ४, राजमो १ र जनमत पार्टीले– ३ सिट जितेको छ।

    कर्णाली प्रदेशमा कूल प्रदेशसभा सदस्य ४० (प्रत्यक्षतर्फ २४ र समानुपातिकतर्फ १६) मा कांग्रेस– १४, माओवादी– १३, एमाले– १०, एकीकृत समाजवादी १, राप्रपा १ र स्वतन्त्रले– १ सिट जितेको छ ।

    सुदूरपश्चिम प्रदेशमा कूल प्रदेशसभा सदस्य ५३ (प्रत्यक्षतर्फ ३२ र समानुपातिकतर्फ २१) मा कांग्रेस– १८, माओवादी– ११, एमाले– १०, नागरिक उन्मुक्ति पार्टी– ५, एकीकृत समाजवादी– ३, राप्रपा १ र स्वतन्त्रले– १ सिट जितेको छ।

    सात प्रदेशको मत परिणाम हेर्दा कूल ५५० सिटमा १७१ सिट ल्याएर कांग्रेस पहिलो, १६१ सिट ल्याएर एमाले दोश्रो र ७९ सिट ल्याएर माओवादी केन्द्र तेश्रो पार्टी भएको छ। मधेस र सुदूरपश्चिम प्रदेशमा नयाँ पार्टीहरु जनमत र नागरिक उन्मुक्तिले क्रमशः १३ र ५ सिट ल्याएर आफ्नो सशक्त उपस्थिति देखाएका छन्। त्यस्तै

    वागमतीमा राप्रपाले १३ सिट ल्याएर सरकार निर्माणको साचो आफ्नो हातमा लिएको छ। रास्वपाले भने प्रदेश संरचनाको बिरोध गरेर प्रदेशमा उम्मेदवारी नै दिएको थिएन।

    नेकपा (माओवादी केन्द्र) को चुनाव चिन्ह गोलाकारभित्रको हँसियाहतौडा लिएर चुनावी प्रतिस्पर्धामा उत्रिएको हाम्रो पार्टीले प्रत्यक्षतर्फ संघमा १ र प्रदेशमा २ सिट विजय गरेको छ। संघतर्फ २ र प्रदेशतर्फ ४ सिटमा प्रतिस्पर्धा गरेको हाम्रो पार्टीले आधा अर्थात् ५० प्रतिशत सिटमा विजय हासिल गरेको छ।

    एकल चुनाव चिन्हमा चुनाव लडेको हुनाले हाम्रो समानुपातिकको अलग्गै सूची हुदैनथ्यो। त्यसैले माओवादी केन्द्रकै सूचीमा हाम्रा उम्मेवारहरु पनि संघ र प्रदेश दुबैतिर पर्ने गरी समझदारीसहित सूची बनाइएको थियो। अन्तिम पटक सूची सच्याउँदा समझदारीको ख्याल नगरेकाले प्रदेशतर्फ १ जना पनि नेसपाको तर्फबाट निर्वाचित भएनन्। प्रतिनिधि सभातर्फ १ जना निर्वाचित भयो। समानुपातिकतर्फ प्रदेशमा शून्य हुन गएकोमा असावधानी निम्ति नेतृत्व आत्मालोचना गर्दछ। कमिकमजोरीका वावजुद एकल चुनाव चिन्ह गोलाकारभित्रको हँसियाहतौडा लिएर निर्वाचनमा जानु सही थियो। किनकि वृहद्ध्रुवीकरण मार्फत समाजवादी केन्द्र निर्माण गर्नु आजकोऐतिहासिक आवश्यकता हो। त्यो आवश्यकता एक्लै हिँडेर पूरा गर्न सम्भव छैन। यसका लागि विचार, नीति, कार्यक्रम मिल्ने निकटतम शक्तिहरुसँग सहकार्य, ध्रुवीकरण, एकीकरण गर्दै जानुको विकल्प छैन। रणनीतिक उद्देश्य प्राप्तिका लागि कार्यनीतिक स्टेपहरु मिलाउन सिपालु हुनैपर्छ ।

    ठूला दलहरुको मत घट्दै गए तापनि ठूला पार्टीका रुपमा अझै नेपाली कांग्रेस र नेकपा (एमाले) नै रहेको तथ्य स्वीकार गर्नु पर्ने हुन्छ। यो मूलतः देशमा २०४६ यताको करिब ३ दशककोमतदान प्रवृतिको निरन्तता हो। पहिलो संविधानसभा निर्वाचन २०६४ मा माओवादी र मधेसी जनाधिकार फोरमको उदयले कांग्रेस र एमालेको स्थिति कमजोर हुन पुगेको थियो। यसपालि रास्वपा, जनमत र नागरिक उन्मुक्ति पार्टीको उदयले कांग्रेस, एमाले, माओवादी र जसपा ४ वटै पार्टी कमजोर हुन पुगेका छन्। स्थानीय तहको निर्वाचनमा काठमाण्डौँ, धरानलगायत केही ठाउँमा असन्तुष्टिका भुल्काहरु देखा परिसकेका थिए। त्यसलाई ठूला दलहरुले गम्भीर समीक्षा गर्नुको साटो पानीको फोका भनेर मजाकमा उडाए। २०७४ पछि थपिएका ३६ लाख नयाँ पुस्ताका मतदाताको मनोविज्ञान बुझेर उनीहरुको मन जित्ने कार्यक्रम ठूला दलहरुले बनाएनन्। पुराना र ठूला दलहरुको दम्भ, घमण्ड, अधिकांश नेताहरुको अक्षमता, नैतिकता र इमानदारितामा ह्रास देखेर युवा पुस्ताभित्र जसरी वितृष्णा बढ्दै गइरहेको छ, त्यो अर्को निर्वाचनसम्म बिद्रोहमा रुपान्तरण नहोला भन्न सकिन्न। स्थानीय निर्वाचनदेखि प्रदेश र संघको निर्वाचन नतिजाले त्यसैको संकेत गरेको छ ।

    स्थानीय निर्वाचनदेखि प्रदेश र संघको निर्वाचनसम्म आइपुग्दा दलहरुप्रतिको अविश्वास, आम निराशा र वितृष्णा बढ्दै गएको देखिन्छ । त्यसको परिणामस्वरुप स्वतन्त्र उम्मेदवारहरुप्रतिको आकर्षण मतदातामा बढेको देखियो । दलहरुभित्र टिकटको झमेला, टिकट वितरणमा अपारदर्शीता र पक्षपात, निर्वाचनमा धन, डन र गनको बढ्दो प्रभावले लोकतन्त्रप्रति जनविश्वास कमजोर हुँदै गैरहेको छ ।

    क्रान्तिकारी रुपान्तरणका अग्रगामी मुद्दा बोकेर लडेका दलहरु लामो समयदेखि सत्तामा छन्। तर देशले उल्लेखनीय आर्थिक सफलता र शासनप्रशासनको गुणस्तर हासिल गर्न सकेको छैन। बेथिति र भ्रष्टाचार चौतर्फी छ । दशौं हजार जनताकोरगतसँग साटेको सब्घीय लोकतान्त्रिक गणतन्त्र जोखिममा छ । गणतन्त्र,

    संघीयता, धर्म–निरपेक्षताको चर्को बिरोधी प्रतिगामी शक्ति राप्रपाको एकहदसम्म पुनरुत्थान हुनु लोकतन्त्र निम्ति शुभसंकेत हैन। प्रदेश खारेजीको मुद्दा बोकेर जन्मिएको रास्वपालेपहिचानको आधारमा प्रदेश निर्माणका लागि लडेको माओवादी बराबर मत ल्याउनु विडम्बनापूर्ण छ।

    दलभित्र हजार समस्या मौलाएका छन्। फेरि पनि लोकतन्त्र र दलहरु एकअर्काका परिपूरक हुन्छन् भन्ने कुरा हामीले बुझ्नु पर्छ। दलहरु लोकतन्त्रका मेरुदण्ड हुन्। दलविना लोकतन्त्र चल्न सक्दैन। स्वतन्त्र व्यक्तिहरुबाट देश बनाउने संगठित शक्ति निर्माण हुन सक्दैन। नराम्रा दलहरुको विकल्प राम्रा दलहरु हुन्।

    अहिलेका दलहरु पर्याप्त जनमुखी, पारदर्शी, निष्पक्ष र प्रभावकारी नभएको कुरा सही हो तर त्यसको विकल्प स्वतन्त्र उम्मेदवार हैनन्र हुन सक्दैनन्। स्पष्ट अग्रगामी विचार, नीति, कार्यक्रम, संगठन, नेतृत्व सहितको दल निर्माण गर्नु समयको माग हो।

    निर्वाचनको परिणामपछि दलहरुबीच बढ्दै गएको असमझदारीले अन्ततः गठबन्धन भत्कियो। गठबन्धन भत्किनुमा को कति जिम्मेवार छ त्यसको निरुपण हुँदैजाला। तर गठबन्धन भत्काएर देशलाई भने फाइदा भएको छैन। एकातिर यसले मतदाताको मनोभावनामा चोट पुर्‍याएको छ भने अर्कातिर राजनीतिमा नैतिकता र इमानदारिता नहुने रहेछ भन्ने नकारात्मक सन्देश पनि गएको छ। सबैभन्दा गम्भीर कुरा यसले राजनीतिक अस्थिरतालाई निरन्तरता दिई देशलाई सुशासन, विकास र समृद्धिको मार्गमा अघि बढ्न फेरि रोक्छ कि भन्ने आम चिन्ता छ।

    राजनीतिक दल र नेताहरु देश र नागरिकप्रति जवाफदेही र जिम्मेवार बन्नैपर्छ। देश संकटमा परेको बेला नेताहरुले बदलाभाव नराखी मिलेर सहकार्य गर्ने संस्कार देखाउन सक्नुपर्छ। यतिबेला देशको प्रमुख आवश्यकता भनेकोआधारभूत कुराहरुमा राष्ट्रिय सहमतिको हो। जनयुद्ध, जनआन्दोन, मधेस बिद्रोहलगायत सबै अग्रगामी आन्दोलनहरुबाट प्राप्त उपलब्धिहरुको रक्षा गर्दै बाँकी उपलब्धि प्राप्तिका लागि मिलेर काम गर्नु आजको आवश्यकता हो। सबै संघीय लोकतान्त्रिक गणतन्त्र पक्षधर शक्तिहरु एकतावद्ध भएर राष्ट्रको हितलाई सर्वोपरि राखी राष्ट्रिय सहमतिको सरकार बनाउनसक्दा देश र जनताका लागि सबैभन्दा उत्तम हुनेछ।

    •  shares
    • Facebook
    • Twitter
    • WhatsApp
    • Gmail
    • Viber
    • Messenger
      बाबुराम भट्टराई

      बाबुराम भट्टराई

      Related Posts

      के एआई एजेन्टहरू मार्क्सवादी बन्दैछन् ?

      के एआई एजेन्टहरू मार्क्सवादी बन्दैछन् ?

      nepal_readers
      जेष्ठ ५, २०८३

      कृत्रिम बुद्धिमत्ता (एआई) ले मानवको रोजगारी खोस्ने बहस विश्वभर चर्किरहेका बेला हालै गरिएको एक अध्ययनले अनौठो तथा रोचक निष्कर्ष सार्वजनिक...

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      तीर्थ कोइराला
      साउन ४, २०८२

      विश्वमा देहव्यापारको शुरुवात इसा पूर्व २४ सय वर्ष अगाडि भएको इतिहासमा उल्लेख गरिए पनि जब समाजमा परिवार र विवाहको प्रारम्भ...

      जेष्ठ वामहरुको पोखरा भेलाबारे रामबहादुर भण्डारीको अनुभूति

      जेष्ठ वामहरुको पोखरा भेलाबारे रामबहादुर भण्डारीको अनुभूति

      रामबहादुर भण्डारी 'आर. बी'
      पुस १, २०८१

      संसारमा जेष्ठ तथा वामहरुको बारेमा अलगै धारणाहरु भएतापनि हाम्रो देशमा बोलिचाली र कतिपय कानूनी रुपमा समेत उमेरले ७० पुगेका र...

      घुस नखाने पार्टी समाजवादको सर्त

      घुस नखाने पार्टी समाजवादको सर्त

      घनश्याम भूसाल
      साउन ८, २०८१

      डा. बाबुराम भट्टराईबारे लेखिएको पुस्तक 'बाबुराम : अ भिजीनरी रेबेल' सबै पढिसक्दा पुस्तकको शिर्षकले न्याय पाउन सकेन जस्तो लाग्छ ।...

      चीनले सिलिकन भ्यालीलाई कसरी प्रयोग गरिरहेको छ

      चीनले सिलिकन भ्यालीलाई कसरी प्रयोग गरिरहेको छ

      जेकोब ड्रेयर
      असार २७, २०८१

      १६ औं शताब्दीसम्म, चीन दुनियाको प्रविधिजगतमा सबैभन्दा बढी विकसित थियो। जुनबेला यूरोपमा कुलीन वर्गको शासन थियो, त्यसबेला चीनका प्रबुद्ध वर्गले...

      प्यालेष्टाइन–इजरायल द्वन्द्वको वास्तविकता

      प्यालेष्टाइन–इजरायल द्वन्द्वको वास्तविकता

      रामराज रेग्मी
      असार १२, २०८१

      यही वर्ष २०२४ को गत ७ अक्टोवरमा प्यालेष्टाइनी लडाकू समुह हमासले इजरायलमा गरेको सशस्त्र हमलामा परी १० जना नेपाली विद्यार्थीको...

      Leave a Reply Cancel reply

      Your email address will not be published. Required fields are marked *

      सिफारिस

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?
      विचार

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?

      प्रा. चैतन्य मिश्र
      मंसिर ६, २०८०

      थप पढ्नुहोस्Details
      महङ्गीबारे रहस्यमय मौनता
      समाज

      महङ्गीबारे रहस्यमय मौनता

      नरेश ज्ञवाली
      कार्तिक १४, २०८०

      थप पढ्नुहोस्Details
      भारतीय समाजको नाजीकरण भइसक्यो!
      विचार

      भारतीय समाजको नाजीकरण भइसक्यो!

      अरुन्धती रोय
      कार्तिक ११, २०८०

      थप पढ्नुहोस्Details
      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!
      विचार

      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!

      नालेदी पान्दोर
      कार्तिक १०, २०८०

      थप पढ्नुहोस्Details

      सामाजिक सञ्जालमा पुग्नुहोस्

      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • हाम्रो बारे

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.

      Welcome Back!

      गुगल मार्फत साइन इन गर्नुहोस्
      Sign In with Linked In
      वा

      Login to your account below

      Forgotten Password? Sign Up

      Create New Account!

      गुगल मार्फत साइन अप गर्नुहोस्
      Sign Up with Linked In
      वा

      Fill the forms bellow to register

      All fields are required. Log In

      Retrieve your password

      Please enter your username or email address to reset your password.

      Log In

      Add New Playlist

      नतिजा छैन
      सबै नतिजा हेर्नुहोस्
      • राजनीति
      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • मल्टिमिडिया
      • ब्लग

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.