Date
सोम, जेष्ठ ११, २०८३
Mon, May 25, 2026
Monday, May 25, 2026
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
  • लग - इन
  • दर्ता गर्नुहोस्
Nepal Readers
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
Nepal Readers
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्

माहिलावादमा जासिन्डा आर्डेनले देखाएको बाटो

नेतृत्वमा विविधता आवश्यक हुन्छ। विभिन्न जात, धर्म, लिंग, वर्ण र वर्गबाट आएका महिलाहरूसँग भिन्न–भिन्न वातावरण र अनुभव हुन्छ, त्यसकारण भिन्न समुदायका महिलाहरूकै नेतृत्व आवश्यक हुन्छ। यसरी नेतृत्वमा जति विविधता हुन्छ, त्यसले समाजमा विविध समुदायका महिलाहरूका फरक अनुभवहरूलाई सम्बोधन गर्न सक्छ।

डिकेलेदी मोकोएना र साराह सेटलाएलो डिकेलेदी मोकोएना र साराह सेटलाएलो
माघ १७, २०७९
- यो हप्ता, विचार, समाचार
A A
0
  •  shares
  • Facebook
  • Twitter
  • WhatsApp
  • Gmail
  • Viber
  • Messenger

    १९ जनवरीमा बीबीसीको एउटा स्टोरीको शीर्षक विवादित बन्यो। शीर्षक थियो ‘जासिन्डा आर्डेनः के महिलाहरू साच्चै सबै सम्हाल्न सक्छन्?’ न्यूजिल्याण्डकी प्रधानमन्त्री जासिन्डा आर्डेनले पदबाट राजीनामा दिने घोषणा गरेको विषयलाई लिएर प्रकाशित यो स्टोरीको शीर्षक लिंगभेदी र अपमानजनक भएको भन्दै विश्वभर विरोध भयो। एउटा सानो बच्चाकी आमाले मातृत्व र सत्ता दुवै सम्हाल्न सक्छिन् र भन्ने आसयमा रहेको यो शीर्षक व्यापक विरोधपछि बीबीसीले हटाउनुपरेको थियो। बीबीसीले यो शीर्षक स्टोरीसँग मिल्दोजुल्दो नभएको भन्दै परिवर्तन गर्यो र नयाँ शीर्षक राख्यो, ‘जासिन्डाले राजीनामा दिइन्ः यो प्रस्थानबाट प्रधानमन्त्रीमाथि भिन्नै दबाबको खुलासा’ शीर्षक हटाएर बीबीसी पानीमाथिको ओभानो त बन्यो, तर विश्वका प्रमुख सञ्चार माध्यम नै कति स्त्रीद्वेषी छन् भन्ने मुख्य प्रश्नलाई भने नजरअन्दाज गर्न सकिँदैन। बीबीसीले कुनैपनि पुरुष राजनीतिज्ञको राजीनामालाई लिएर गरेको कभरेजमा उसका हेडलाईनहरू लैंगिक रुपमा तटस्थ हुने गर्छन् र श्रीमान वा बुवाको भूमिकालाई लिएर कुनै पुरुष राजनीतिज्ञको बारेमा लेखिएको हुँदैन।

    मातृत्व र जिम्मेवारी
    सन् २०१७ मा ३७ वर्षको उमेरमा प्रधानमन्त्री बनेकी आर्डेन पदमा रहेकै बेला आमा बनेकी हुन्। राजीनामा घोषणाका क्रममा आर्डेन पारदर्शी र स्पष्ट थिइन्। “म मानव हुँ। हामी सकेसम्म गर्छौ र अब समय आएको छ। र, मेरो लागि यो राजीनामाको समय हो” राजीनामा घोषणाका क्रममा उनले भनेकी थिइन्।

    विश्व परिवर्तन गर्नका लागि एउटा आधारभूत महिलावादी नेतृत्व पाठ भनेको सुरुमा आफैंलाई परिवर्तन गर्नु र आफ्नै ख्याल राख्नु हो। त्यसकारण सेल्फकेयरलाई नारीवादी क्रान्तिकारी कार्य मानिन्छ।

    कोभिड-१९ र एउटा आतंककारी आक्रमणका कारण चुनौतीपूर्ण बनेको आर्डेनको कार्यकालको धेरैले प्रसंशा नै गरे। तर उनले कस्तो परिस्थिति तथा हस्तक्षेपको कारण राजीनामा दिनुपर्यो भन्ने कुरालाई महशुस गर्न भने केही अदूरदर्शी आलोचकहरू असफल भए। बरु आर्डेनलाई एउटा सामाजिक न्यायपूर्ण चेतनासहितको व्यक्तिका रुपमा चिन्न सकिन्छ। यो चेतना उनको व्यक्तिगत तहमै देखिन्छ। जनसेवाको लागि मातृत्व कहिले पनि बाधक हुँदैन भन्ने कुरा विश्वलाई देखाएर आर्डेनले एउटा अर्को महिलावादी अभ्यास सुरु गरिन्। सन् २०१८ मा न्युयोर्कमा भएको संयुक्त राष्ट्र संघको महासभामा आफ्नो बच्चालाई लिएर उपस्थित हुने निर्णय गरेर उनले एउटा इतिहास रचिन्। यसले पुरुषवादी चिन्तनबाट ग्रसित राष्ट्र संघको स्थापित संस्कृतिविरुद्ध बिद्रोहको सचेतपूर्ण महिलावादी कार्यको संकेत गर्छ। त्यहाँ उनको बच्चाको उपस्थितिले व्यक्तिगत धारणालाई मात्र नभएर राजनीतिक अभियानको रुपलाई दर्शाउँछ।

    प्रधानमन्त्री पदमा रहकै बेला बच्चालाई जन्म दिनु भनेको ‘मदरहुड पेनाल्टी’ विरुद्धको कदम थियो। मदरहुड पेनाल्टी भनेको आमा बनेका वा आमा बन्न चाहने महिलालाई काममा हतोत्साही बनाउनु हो। जस्तैः आमा बनेका वा आमा बन्न लागेका महिलालाई रोजगारमा नलिनु वा लिइहालेपनि कम तलब दिइनु। धेरैजसो महिलाहरू आमा बनेपछि उनको करियरमा नकारात्मक असर पर्छ। महिलाहरूलाई घरमा बालबालिकाको हेरचाह लगायत बिना भुक्तानको कामका साथै व्यवसायिक रोजगारको सामना गर्नका लागि कुनै व्यक्तिगत तथा संस्थागत सहयोग नहुने परिवेशमा यो भनाई सत्य पनि हो। यस्तो अवस्थामा राज्यको हस्तक्षेप र समर्थन आवश्यक हुन्छ, र यसमा धेरै देशहरूले चिन्तन गर्नुपर्छ।

    सुधारका लागि के गर्ने ?
    अभिभावकका लागि सहयोगी हुने खालको श्रम कानुन सुधारका अलावा यस्तो संगठनात्मक संस्कारलाई अपनाउन सकिन्छ, जसले कामकाजी महिलालाई कार्यस्थलमा जान सहयोग गर्छ। हामीले यस्तो संस्कारको विकास गर्नुपर्छ, जुन साना संस्थाहरूका लागि पनि महिला मैत्री बन्नका लागि सहयोगी होस्। जस्तैः अभिभावकीय उत्तरदायित्वका लागि दिइने छुट्टीका अलावा बच्चाहरू बिरामी भएका बेला घरबाटै काम गर्ने (वर्क फ्रम होम) को व्यवस्थालाई निरन्तता दिन सकिन्छ।

    ‘चाइल्डकेयर सर्भिस’ मा खर्च गर्न नसक्ने मजदुर वर्गका लागि पनि यसखालको लैंगिकमैत्री संगठनात्मक संस्कार उपयोगी हुन्छ। साथै, महिलाहरूले आफ्नो ख्याल राख्दै करियरको पनि सुनिश्चितताका लागि उपायहरू पनि अपनाउपर्छ। यस्तै, हेरचाहको कामका लागि सहयोग हुनेखालका हेल्थकेयर, सुरक्षा र शिक्षासम्बन्धी सामाजिक पूर्वाधारहरूको व्यवस्था हुनुपर्छ।

    आर्डेनको भने वर्ग विशेषाधिकारले उनलाई आफ्नो कामलाई निरन्तरता दिनका लागि ठूला भुमिका निर्वाह गर्यो। यसलाई पनि नकारात्मक रुपमा लिइनु हुँदैन। किनभने नेतृत्वमा विविधता आवश्यक हुन्छ। विभिन्न जात, धर्म, लिंग, वर्ण र वर्गबाट आएका महिलाहरूसँग भिन्न–भिन्न वातावरण र अनुभव हुन्छ, त्यसकारण भिन्न समुदायका महिलाहरूकै नेतृत्व आवश्यक हुन्छ। यसरी नेतृत्वमा जति विविधता हुन्छ, त्यसले समाजमा विविध समुदायका महिलाहरूका फरक अनुभवहरूलाई सम्बोधन गर्न सक्छ।

    सामाजिक न्यायमा योगदान
    आर्डेनको बारेमा लेखिएका स्टोरीहरूमा अर्को प्रमुख विषय होः इस्लामोफोबियाविरुद्ध उनको प्रतिकात्मक प्रतिरोध। उनले न्युजिल्याण्डमा गोरा वर्चस्वादीद्वारा गरिएको मास सुटिङका पीडितहरूप्रति ऐक्यवद्धता जनाउने काम मात्रै गरिनन्, उनले देशमा गन सम्बन्धी कानुनलाई कठोर बनाउने विद्येयक ल्याएर सामाजिक न्यायप्रति आफ्नो प्रतिबद्धता समेत देखाइन्। जसले उनलाई एउटा पृथक महिलावादी नेताको रुपमा उभ्यायो।

    त्यसैले अहिले विश्व विभिन्न प्रकारका संकट तथा समस्याग्रस्त राजनीतिक निर्णयहरूबाट ग्रस्त रहेको अवस्थामा उनको बहिर्गमनलाई लिएर दुःख मान्नुपर्छ। यद्यपि उनलाई एउटा महिला नेताको रुपमा ‘रोमान्टिसाइज’ नगरीकन उनको योगदानलाई स्वीकार गर्नु महत्वपूर्ण हुन्छ। किनकि इतिहासमा हामीसँग सापेक्षिक रुपमा पुरषार्थ गरेका महिलाहरू थिए, जसले देखिनेगरी वा नदेखिनेगरी ‘आतंक’ मच्चाएका थिए।

    आर्डेनले भनेकी थिइन् कि उनी न्युजिल्याण्डबासीहरूले आफूलाई एउटा दयालु, बलियो, सहानुभूति, निर्णायक र आशावादी नेताका रुपमा सम्झिउन भन्ने चाहन्छिन्। उनको यो इच्छा यस पितृसत्तात्मक सन्दर्भमा चुनौतीपूर्ण छ।

    उनको अभिव्यक्तिले एउटा सामग्र र दुई पक्षलाई समेट्न सक्ने सन्तुलित विचारको प्रतिनिधित्व गर्छ। उनका शब्दले हामीलाई विनासको बिउ रोप्नतर्फ झुकाव राख्ने र विभाजनलाई जित्नसक्ने सन्तुलनको महत्वलाई झल्काउँछ। तेस्रो कार्यकालका लागि प्रतिस्पर्धा नगर्ने उनको निर्णय झनै आकर्षक छ, खासगरी संविधान संशोधन गरेर भएपनि आफ्नो कार्यकाल लम्बाउन खोज्ने शासकहरूका लागि उनको यो निर्णय एउटा उपयोगी पाठ सावित हुन्छ।

    (मेल एण्ड गार्जियनमा प्रकाशित लेखको भावनुवाद)

    •  shares
    • Facebook
    • Twitter
    • WhatsApp
    • Gmail
    • Viber
    • Messenger
      डिकेलेदी मोकोएना र साराह सेटलाएलो

      डिकेलेदी मोकोएना र साराह सेटलाएलो

      Related Posts

      के एआई एजेन्टहरू मार्क्सवादी बन्दैछन् ?

      के एआई एजेन्टहरू मार्क्सवादी बन्दैछन् ?

      nepal_readers
      जेष्ठ ५, २०८३

      कृत्रिम बुद्धिमत्ता (एआई) ले मानवको रोजगारी खोस्ने बहस विश्वभर चर्किरहेका बेला हालै गरिएको एक अध्ययनले अनौठो तथा रोचक निष्कर्ष सार्वजनिक...

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      तीर्थ कोइराला
      साउन ४, २०८२

      विश्वमा देहव्यापारको शुरुवात इसा पूर्व २४ सय वर्ष अगाडि भएको इतिहासमा उल्लेख गरिए पनि जब समाजमा परिवार र विवाहको प्रारम्भ...

      जेष्ठ वामहरुको पोखरा भेलाबारे रामबहादुर भण्डारीको अनुभूति

      जेष्ठ वामहरुको पोखरा भेलाबारे रामबहादुर भण्डारीको अनुभूति

      रामबहादुर भण्डारी 'आर. बी'
      पुस १, २०८१

      संसारमा जेष्ठ तथा वामहरुको बारेमा अलगै धारणाहरु भएतापनि हाम्रो देशमा बोलिचाली र कतिपय कानूनी रुपमा समेत उमेरले ७० पुगेका र...

      घुस नखाने पार्टी समाजवादको सर्त

      घुस नखाने पार्टी समाजवादको सर्त

      घनश्याम भूसाल
      साउन ८, २०८१

      डा. बाबुराम भट्टराईबारे लेखिएको पुस्तक 'बाबुराम : अ भिजीनरी रेबेल' सबै पढिसक्दा पुस्तकको शिर्षकले न्याय पाउन सकेन जस्तो लाग्छ ।...

      चीनले सिलिकन भ्यालीलाई कसरी प्रयोग गरिरहेको छ

      चीनले सिलिकन भ्यालीलाई कसरी प्रयोग गरिरहेको छ

      जेकोब ड्रेयर
      असार २७, २०८१

      १६ औं शताब्दीसम्म, चीन दुनियाको प्रविधिजगतमा सबैभन्दा बढी विकसित थियो। जुनबेला यूरोपमा कुलीन वर्गको शासन थियो, त्यसबेला चीनका प्रबुद्ध वर्गले...

      प्यालेष्टाइन–इजरायल द्वन्द्वको वास्तविकता

      प्यालेष्टाइन–इजरायल द्वन्द्वको वास्तविकता

      रामराज रेग्मी
      असार १२, २०८१

      यही वर्ष २०२४ को गत ७ अक्टोवरमा प्यालेष्टाइनी लडाकू समुह हमासले इजरायलमा गरेको सशस्त्र हमलामा परी १० जना नेपाली विद्यार्थीको...

      Leave a Reply Cancel reply

      Your email address will not be published. Required fields are marked *

      सिफारिस

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?
      विचार

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?

      प्रा. चैतन्य मिश्र
      मंसिर ६, २०८०

      थप पढ्नुहोस्Details
      महङ्गीबारे रहस्यमय मौनता
      समाज

      महङ्गीबारे रहस्यमय मौनता

      नरेश ज्ञवाली
      कार्तिक १४, २०८०

      थप पढ्नुहोस्Details
      भारतीय समाजको नाजीकरण भइसक्यो!
      विचार

      भारतीय समाजको नाजीकरण भइसक्यो!

      अरुन्धती रोय
      कार्तिक ११, २०८०

      थप पढ्नुहोस्Details
      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!
      विचार

      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!

      नालेदी पान्दोर
      कार्तिक १०, २०८०

      थप पढ्नुहोस्Details

      सामाजिक सञ्जालमा पुग्नुहोस्

      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • हाम्रो बारे

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.

      Welcome Back!

      गुगल मार्फत साइन इन गर्नुहोस्
      Sign In with Linked In
      वा

      Login to your account below

      Forgotten Password? Sign Up

      Create New Account!

      गुगल मार्फत साइन अप गर्नुहोस्
      Sign Up with Linked In
      वा

      Fill the forms bellow to register

      All fields are required. Log In

      Retrieve your password

      Please enter your username or email address to reset your password.

      Log In

      Add New Playlist

      नतिजा छैन
      सबै नतिजा हेर्नुहोस्
      • राजनीति
      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • मल्टिमिडिया
      • ब्लग

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.