Wednesday, March 22, 2023
  • Login
  • Register
No Result
View All Result
Nepal Readers
  • गृहपृष्ठ
  • मत-अभिमत
  • सामयिक
  • सुशासन
  • स्वास्थ्य /शिक्षा
  • समाज
  • दस्तावेज
  • हाम्रोबारे
  • गृहपृष्ठ
  • मत-अभिमत
  • सामयिक
  • सुशासन
  • स्वास्थ्य /शिक्षा
  • समाज
  • दस्तावेज
  • हाम्रोबारे
No Result
View All Result
Nepal Readers
No Result
View All Result

Home » माहिलावादमा जासिन्डा आर्डेनले देखाएको बाटो

माहिलावादमा जासिन्डा आर्डेनले देखाएको बाटो

नेतृत्वमा विविधता आवश्यक हुन्छ। विभिन्न जात, धर्म, लिंग, वर्ण र वर्गबाट आएका महिलाहरूसँग भिन्न–भिन्न वातावरण र अनुभव हुन्छ, त्यसकारण भिन्न समुदायका महिलाहरूकै नेतृत्व आवश्यक हुन्छ। यसरी नेतृत्वमा जति विविधता हुन्छ, त्यसले समाजमा विविध समुदायका महिलाहरूका फरक अनुभवहरूलाई सम्बोधन गर्न सक्छ।

डिकेलेदी मोकोएना र साराह सेटलाएलो by डिकेलेदी मोकोएना र साराह सेटलाएलो
January 31, 2023
- यो हप्ता, विचार, समाचार
A A
1.2k
VIEWS
Share on FacebookShare on Twitter

१९ जनवरीमा बीबीसीको एउटा स्टोरीको शीर्षक विवादित बन्यो। शीर्षक थियो ‘जासिन्डा आर्डेनः के महिलाहरू साच्चै सबै सम्हाल्न सक्छन्?’ न्यूजिल्याण्डकी प्रधानमन्त्री जासिन्डा आर्डेनले पदबाट राजीनामा दिने घोषणा गरेको विषयलाई लिएर प्रकाशित यो स्टोरीको शीर्षक लिंगभेदी र अपमानजनक भएको भन्दै विश्वभर विरोध भयो। एउटा सानो बच्चाकी आमाले मातृत्व र सत्ता दुवै सम्हाल्न सक्छिन् र भन्ने आसयमा रहेको यो शीर्षक व्यापक विरोधपछि बीबीसीले हटाउनुपरेको थियो। बीबीसीले यो शीर्षक स्टोरीसँग मिल्दोजुल्दो नभएको भन्दै परिवर्तन गर्यो र नयाँ शीर्षक राख्यो, ‘जासिन्डाले राजीनामा दिइन्ः यो प्रस्थानबाट प्रधानमन्त्रीमाथि भिन्नै दबाबको खुलासा’ शीर्षक हटाएर बीबीसी पानीमाथिको ओभानो त बन्यो, तर विश्वका प्रमुख सञ्चार माध्यम नै कति स्त्रीद्वेषी छन् भन्ने मुख्य प्रश्नलाई भने नजरअन्दाज गर्न सकिँदैन। बीबीसीले कुनैपनि पुरुष राजनीतिज्ञको राजीनामालाई लिएर गरेको कभरेजमा उसका हेडलाईनहरू लैंगिक रुपमा तटस्थ हुने गर्छन् र श्रीमान वा बुवाको भूमिकालाई लिएर कुनै पुरुष राजनीतिज्ञको बारेमा लेखिएको हुँदैन।

मातृत्व र जिम्मेवारी
सन् २०१७ मा ३७ वर्षको उमेरमा प्रधानमन्त्री बनेकी आर्डेन पदमा रहेकै बेला आमा बनेकी हुन्। राजीनामा घोषणाका क्रममा आर्डेन पारदर्शी र स्पष्ट थिइन्। “म मानव हुँ। हामी सकेसम्म गर्छौ र अब समय आएको छ। र, मेरो लागि यो राजीनामाको समय हो” राजीनामा घोषणाका क्रममा उनले भनेकी थिइन्।

विश्व परिवर्तन गर्नका लागि एउटा आधारभूत महिलावादी नेतृत्व पाठ भनेको सुरुमा आफैंलाई परिवर्तन गर्नु र आफ्नै ख्याल राख्नु हो। त्यसकारण सेल्फकेयरलाई नारीवादी क्रान्तिकारी कार्य मानिन्छ।

कोभिड-१९ र एउटा आतंककारी आक्रमणका कारण चुनौतीपूर्ण बनेको आर्डेनको कार्यकालको धेरैले प्रसंशा नै गरे। तर उनले कस्तो परिस्थिति तथा हस्तक्षेपको कारण राजीनामा दिनुपर्यो भन्ने कुरालाई महशुस गर्न भने केही अदूरदर्शी आलोचकहरू असफल भए। बरु आर्डेनलाई एउटा सामाजिक न्यायपूर्ण चेतनासहितको व्यक्तिका रुपमा चिन्न सकिन्छ। यो चेतना उनको व्यक्तिगत तहमै देखिन्छ। जनसेवाको लागि मातृत्व कहिले पनि बाधक हुँदैन भन्ने कुरा विश्वलाई देखाएर आर्डेनले एउटा अर्को महिलावादी अभ्यास सुरु गरिन्। सन् २०१८ मा न्युयोर्कमा भएको संयुक्त राष्ट्र संघको महासभामा आफ्नो बच्चालाई लिएर उपस्थित हुने निर्णय गरेर उनले एउटा इतिहास रचिन्। यसले पुरुषवादी चिन्तनबाट ग्रसित राष्ट्र संघको स्थापित संस्कृतिविरुद्ध बिद्रोहको सचेतपूर्ण महिलावादी कार्यको संकेत गर्छ। त्यहाँ उनको बच्चाको उपस्थितिले व्यक्तिगत धारणालाई मात्र नभएर राजनीतिक अभियानको रुपलाई दर्शाउँछ।

प्रधानमन्त्री पदमा रहकै बेला बच्चालाई जन्म दिनु भनेको ‘मदरहुड पेनाल्टी’ विरुद्धको कदम थियो। मदरहुड पेनाल्टी भनेको आमा बनेका वा आमा बन्न चाहने महिलालाई काममा हतोत्साही बनाउनु हो। जस्तैः आमा बनेका वा आमा बन्न लागेका महिलालाई रोजगारमा नलिनु वा लिइहालेपनि कम तलब दिइनु। धेरैजसो महिलाहरू आमा बनेपछि उनको करियरमा नकारात्मक असर पर्छ। महिलाहरूलाई घरमा बालबालिकाको हेरचाह लगायत बिना भुक्तानको कामका साथै व्यवसायिक रोजगारको सामना गर्नका लागि कुनै व्यक्तिगत तथा संस्थागत सहयोग नहुने परिवेशमा यो भनाई सत्य पनि हो। यस्तो अवस्थामा राज्यको हस्तक्षेप र समर्थन आवश्यक हुन्छ, र यसमा धेरै देशहरूले चिन्तन गर्नुपर्छ।

सुधारका लागि के गर्ने ?
अभिभावकका लागि सहयोगी हुने खालको श्रम कानुन सुधारका अलावा यस्तो संगठनात्मक संस्कारलाई अपनाउन सकिन्छ, जसले कामकाजी महिलालाई कार्यस्थलमा जान सहयोग गर्छ। हामीले यस्तो संस्कारको विकास गर्नुपर्छ, जुन साना संस्थाहरूका लागि पनि महिला मैत्री बन्नका लागि सहयोगी होस्। जस्तैः अभिभावकीय उत्तरदायित्वका लागि दिइने छुट्टीका अलावा बच्चाहरू बिरामी भएका बेला घरबाटै काम गर्ने (वर्क फ्रम होम) को व्यवस्थालाई निरन्तता दिन सकिन्छ।

तपाईंहरुलाई रुचि लाग्न सक्छ

सही राजनीतिको लक्ष्य: उत्पीडनबाट मुक्ति

सही राजनीतिको लक्ष्य: उत्पीडनबाट मुक्ति

March 19, 2023
पूँजीवाद र साम्राज्यको संक्षिप्त इतिहास

पूँजीवाद र साम्राज्यको संक्षिप्त इतिहास

March 18, 2023
किन आवश्यक छ बहुध्रुवीयता?

किन आवश्यक छ बहुध्रुवीयता?

March 5, 2023
यौन उत्पीडन र शक्ति सम्बन्ध

यौन उत्पीडन र शक्ति सम्बन्ध

March 1, 2023

‘चाइल्डकेयर सर्भिस’ मा खर्च गर्न नसक्ने मजदुर वर्गका लागि पनि यसखालको लैंगिकमैत्री संगठनात्मक संस्कार उपयोगी हुन्छ। साथै, महिलाहरूले आफ्नो ख्याल राख्दै करियरको पनि सुनिश्चितताका लागि उपायहरू पनि अपनाउपर्छ। यस्तै, हेरचाहको कामका लागि सहयोग हुनेखालका हेल्थकेयर, सुरक्षा र शिक्षासम्बन्धी सामाजिक पूर्वाधारहरूको व्यवस्था हुनुपर्छ।

आर्डेनको भने वर्ग विशेषाधिकारले उनलाई आफ्नो कामलाई निरन्तरता दिनका लागि ठूला भुमिका निर्वाह गर्यो। यसलाई पनि नकारात्मक रुपमा लिइनु हुँदैन। किनभने नेतृत्वमा विविधता आवश्यक हुन्छ। विभिन्न जात, धर्म, लिंग, वर्ण र वर्गबाट आएका महिलाहरूसँग भिन्न–भिन्न वातावरण र अनुभव हुन्छ, त्यसकारण भिन्न समुदायका महिलाहरूकै नेतृत्व आवश्यक हुन्छ। यसरी नेतृत्वमा जति विविधता हुन्छ, त्यसले समाजमा विविध समुदायका महिलाहरूका फरक अनुभवहरूलाई सम्बोधन गर्न सक्छ।

सामाजिक न्यायमा योगदान
आर्डेनको बारेमा लेखिएका स्टोरीहरूमा अर्को प्रमुख विषय होः इस्लामोफोबियाविरुद्ध उनको प्रतिकात्मक प्रतिरोध। उनले न्युजिल्याण्डमा गोरा वर्चस्वादीद्वारा गरिएको मास सुटिङका पीडितहरूप्रति ऐक्यवद्धता जनाउने काम मात्रै गरिनन्, उनले देशमा गन सम्बन्धी कानुनलाई कठोर बनाउने विद्येयक ल्याएर सामाजिक न्यायप्रति आफ्नो प्रतिबद्धता समेत देखाइन्। जसले उनलाई एउटा पृथक महिलावादी नेताको रुपमा उभ्यायो।

त्यसैले अहिले विश्व विभिन्न प्रकारका संकट तथा समस्याग्रस्त राजनीतिक निर्णयहरूबाट ग्रस्त रहेको अवस्थामा उनको बहिर्गमनलाई लिएर दुःख मान्नुपर्छ। यद्यपि उनलाई एउटा महिला नेताको रुपमा ‘रोमान्टिसाइज’ नगरीकन उनको योगदानलाई स्वीकार गर्नु महत्वपूर्ण हुन्छ। किनकि इतिहासमा हामीसँग सापेक्षिक रुपमा पुरषार्थ गरेका महिलाहरू थिए, जसले देखिनेगरी वा नदेखिनेगरी ‘आतंक’ मच्चाएका थिए।

आर्डेनले भनेकी थिइन् कि उनी न्युजिल्याण्डबासीहरूले आफूलाई एउटा दयालु, बलियो, सहानुभूति, निर्णायक र आशावादी नेताका रुपमा सम्झिउन भन्ने चाहन्छिन्। उनको यो इच्छा यस पितृसत्तात्मक सन्दर्भमा चुनौतीपूर्ण छ।

उनको अभिव्यक्तिले एउटा सामग्र र दुई पक्षलाई समेट्न सक्ने सन्तुलित विचारको प्रतिनिधित्व गर्छ। उनका शब्दले हामीलाई विनासको बिउ रोप्नतर्फ झुकाव राख्ने र विभाजनलाई जित्नसक्ने सन्तुलनको महत्वलाई झल्काउँछ। तेस्रो कार्यकालका लागि प्रतिस्पर्धा नगर्ने उनको निर्णय झनै आकर्षक छ, खासगरी संविधान संशोधन गरेर भएपनि आफ्नो कार्यकाल लम्बाउन खोज्ने शासकहरूका लागि उनको यो निर्णय एउटा उपयोगी पाठ सावित हुन्छ।

(मेल एण्ड गार्जियनमा प्रकाशित लेखको भावनुवाद)

ShareTweet

Get real time update about this post categories directly on your device, subscribe now.

Unsubscribe
डिकेलेदी मोकोएना र साराह सेटलाएलो

डिकेलेदी मोकोएना र साराह सेटलाएलो

Related Posts

सही राजनीतिको लक्ष्य: उत्पीडनबाट मुक्ति

सही राजनीतिको लक्ष्य: उत्पीडनबाट मुक्ति

by झलक सुवेदी
March 19, 2023

मेरो पुस्ता वा म भन्दा १०/१५ वर्ष अगाडि वा पछाडिको पुस्ता खासगरी दुई कुरामा अल्मलिएको छ। एकथरी सत्ताको जोडघटाउ वा...

पूँजीवाद र साम्राज्यको संक्षिप्त इतिहास

पूँजीवाद र साम्राज्यको संक्षिप्त इतिहास

by डेभिड रोभिक्स
March 18, 2023

हाम्रा बालबालिकाहरूको बुद्धि भुट्ने पाठ्यसामग्रीहरु लेख्ने कल्पनाकारहरु छ्यासछ्यास्ति भएपनि 'हुने र नहुने','धनी र गरीब', 'शासक र शासित वर्ग' बीचको द्वन्द्वको...

किन आवश्यक छ बहुध्रुवीयता?

किन आवश्यक छ बहुध्रुवीयता?

by इमरान बुक्कुस
March 5, 2023

युक्रेन युद्ध सुरु भएको एक वर्ष भइसकेको छ। गत साल २४ फेब्रुअरीमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले २ लाख सैनिकलाई युक्रेन...

यौन उत्पीडन र शक्ति सम्बन्ध

यौन उत्पीडन र शक्ति सम्बन्ध

by नम्रता मिश्र
March 1, 2023

हाम्रो समाजमा यौन उत्पीडनका विषयमा अझैपनि साँघुरो बुझाई छ। जसले गर्दा पीडक सबै ठाउँमा निर्धक्क हुन्छ भने पीडित जीवनभर विभिन्न...

लघुवित्तः साहूकारको पूँजीवादी अवतार

लघुवित्तः साहूकारको पूँजीवादी अवतार

by आनन्द
February 28, 2023

पछिल्ला केही महिनामा आन्ध्र प्रदेशमा गरीबहरूले आत्महत्या गरेका धेरै घटनाहरू सार्वजनिक भएका छन्। आत्महत्या गर्ने अधिकांश व्यक्ति कुनै न कुनै...

के हिन्डेनबर्ग रिपोर्टले भारतीय कुलिनतन्त्रमा संकट ल्याएको हो ?

के हिन्डेनबर्ग रिपोर्टले भारतीय कुलिनतन्त्रमा संकट ल्याएको हो ?

by जयती घोष
February 22, 2023

प्रधानमन्त्री नरेन्द्र मोदीसँगको साँठगाँठका कारण भारतीय अर्बपति गौतम अडानी एसियाकै धनी व्यक्ति बन्न पुगे। विश्वकै धनीहरू मध्येमा पर्ने अडानीको उदयले...

Leave Comment

सिफारिस

पूँजीवाद र साम्राज्यको संक्षिप्त इतिहास

पूँजीवाद र साम्राज्यको संक्षिप्त इतिहास

4 days ago
किन आवश्यक छ बहुध्रुवीयता?

किन आवश्यक छ बहुध्रुवीयता?

2 weeks ago

सामाजिक सञ्जालमा पुग्नुहोस्

  • गृहपृष्ठ
  • कृषि
  • दस्तावेज
  • मत-अभिमत
  • विचार
  • समाज
  • हाम्रो बारे

© 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.

No Result
View All Result
  • Home

© 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.

Welcome Back!

Sign In with Google
Sign In with Linked In
OR

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Sign Up with Google
Sign Up with Linked In
OR

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In