Date
शुक्र, बैशाख ४, २०८३
Fri, April 17, 2026
Friday, April 17, 2026
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
  • लग - इन
  • दर्ता गर्नुहोस्
Nepal Readers
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
Nepal Readers
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्

वाहुनवाद नेकपामा मात्र होइन अन्यमा पनि छ

पाख्रिन मणी लामा पाख्रिन मणी लामा
पुस २१, २०७६
- यो हप्ता, समाचार
A A
0
  •  shares
  • Facebook
  • Twitter
  • WhatsApp
  • Gmail
  • Viber
  • Messenger

    ने.क.पा. मात्र वाहुनहरूको पार्टी हो र? अन्य पार्टीहरू चैं के समानुपातिक छन्? आदिवासी-जनजाति, मधेसीहरूको वाहुल्य रहेको पार्टीलाई के भन्ने? मलाई लाग्छ, वाहुन र वाहुनवाद फरक हो।

    ‘वाहुनवाद’ वाहुन जातमा मात्र नभई, आदिवासी-जनजाति, मधेसी, मुस्लिम र दलितमा पनि हुनसक्छ – पाइन्छ। जसका प्रशस्त प्रमाण र उदाहरणको फेहरिस्त हामी सामु रहेको छ। समानुपातिक-समावेशीको नीति अंगिकार गरेपनि संरचनागत तथा भूमिकामा शून्य छ र त्यस्तै प्रशस्त समानुपातिकता – समावेशी भएर पनि राजनैतिक र नीतिगत रूपमा प्रतिकूल छ भने, यी दुबै नकारात्मक पक्ष हुन्। तर, राजनैतिक तथा नीतिगत रूपमा र भूमिका- जिम्मेवारीको क्षेत्रमा पनि समानुपातिक-समावेशी हुँदा मात्र त्यो स्वस्थ-सन्तुलित हुनजान्छ।

    वि.स.२००७ साल देखि २०६२-६३ को जनआन्दोलनसम्म आउँदा देश र जनतामा संगठित समुदायहरूको माग नै उक्त दुई माग थियो। यसैका लागि सशस्त्र संघर्ष देखि जनआन्दोलनहरूमा जन-समुदायहरू होमिएका थिए। नतिजागत रूपमा धोका भयो। धोका नेकपा मात्रले हैन, नेपाली काँग्रेस लगायतका दलहरूबाट भयो। याँहासम्म कि, ‘पहिचान र समानुपातिक’ लाई मुद्दा बनाउँने दलहरूमा पनि यस्तो समस्या देखियो। दलको सत्तामा रहेका नेताहरूले आफ्ना जातिलाई संरक्षण र प्राथमिकतामा राख्‍न सफल भए। तर, गैरहरूलाई सामान्य कारिन्दामा सीमित गरेको सोही दलका भुक्तभोगीहरूको रोइलो सुनिन्छ।

    उपरोक्त अवस्थाबाट भन्न सकिन्छ कि, यो वर्गीय चेतना र सँस्कृतिको निरन्तरता हो। नेपालमा राजनैतिक परिवर्तन भएपनि राजतन्त्र, समाजवाद-साम्यवाद, प्रजातन्त्र-लोकतन्त्र र संघीय गणतन्त्रवादी दलहरूको लामो लाइन त देखिन्छ। तर, आफ्नै सिध्दान्त र राजनैतिक नाराहरूलाई खुलेआम बलात्कार पनि स्वयमले गर्नपुगेको अवस्थालाई किनारा राख्न सकिन्न। दलहरूको अस्तित्व र सिध्दान्ततः फरक-फरक अस्तित्वमा देखिन्छ। तर, वर्गीय स्वार्थ, चरित्र र हैसियतको हकमा अलग नरहेको स्पष्ट छ। त्यसैले यी दलहरू “एकै सिक्काको दुई पाटो” र “फरक पात्रका एकै चरित्र” भन्ने गरेको पाइन्छ।

    नेपालको राजनैतिक परिवर्तनहरूले केवल वाक स्वतन्त्रता र आस्थाको राजनैतिक संगठन गर्न मात्र स्थापना गर्‍यो। तर, जातीय – वर्गीय विभेद विरूध्दको सम्विधान-कानून, राज्यसंरचना र समानुपातिक भूमिका, जिम्मेवारी र हैसियत निर्माणको अवसरहरू कहिल्यै पनि समाजवादी-साम्यवादी, प्रजातन्त्रवादी-लोकतन्त्रवादी , संघीय गणतन्त्रवादीहरूले प्रदान गरेनन्। बरू यसलाई सत्तारोहणको रूपमा उपयोग भने प्रचुर मात्रामा गर्‍यो। सामाजिक न्यायका लागि जातीय मुक्ति र सबैखाले विभेदको अन्त्य र श्रोत र अवसरहरूको समानुपातिक वितरणको लागि वर्गीय मुक्ति बिना हाम्रो समाज र राष्ट्रले गतिलिने अवस्था देखिन्न। यसको प्रमुख वाधक र विरोधी भनेकै सामन्तवाद, नोकरशाही दलाल पूँजिवाद, नव उदारवाद र उपभोक्तावादी चेतना र साँस्कृतिक निरंकुशता, एकाधिकारवाद र अधिनायकवाद नै हो भन्ने कुरा अहिलेको राजनैतिक कोर्ष र राज्यको चरित्रले स्पष्ट गरेको छ।

    “ने. क. पा. (पार्टी) भनेको बाहुनहरुको पार्टी हो” भन्नु कुरा गलत होइन। (नवम्वर २५, २०१८ मा ग्लोवल नेटवर्कले अपलोड गरेको एक अन्तर्वार्तामा प्रा डा. महेन्द्र लावतिले “ने. क. पा. (पार्टी) भनेको बाहुनहरुको पार्टी हो” भन्नु भएको थियो)। तर, अधुरो छ। यसलाई पूर्णता दिन श्रम र पूँजिमा मात्र हैन, सामाजिक र साँस्कृतिक रूपमा समेत एकाधिकारवादी अधिनायकवादी वर्गीयता विरूध्द अबको राजनैतिक चेतना, सँस्कृति र संघर्ष मुखरित हुन जरूरी छ। जो आर्य-खस भित्रका वर्गशत्रु मात्र नभई, आदिवासी -जनजाति, मधेसी, मुस्लिम लगायत गैरहरू भित्रका वर्गशत्रु विरूध्द पनि प्रहार र उच्छेद हुनु जरूरी हुन्छ। तबमात्र वास्तविक पहिचान सहितको सामाजिक न्याय, वर्गीय उन्मुक्ति सम्भव होला। अनिमात्र जनतामा संगठित समुदाय र देशले गौरवशाली इतिहासको पुनरलेखन र समृध्दि हासिल गर्न सक्ला। अर्को अर्थ नलगाइयोस्।

    -पाख्रिन मणी लामाको फेसबुक वालबाट साभार।

    •  shares
    • Facebook
    • Twitter
    • WhatsApp
    • Gmail
    • Viber
    • Messenger
      पाख्रिन मणी लामा

      पाख्रिन मणी लामा

      Related Posts

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      तीर्थ कोइराला
      साउन ४, २०८२

      विश्वमा देहव्यापारको शुरुवात इसा पूर्व २४ सय वर्ष अगाडि भएको इतिहासमा उल्लेख गरिए पनि जब समाजमा परिवार र विवाहको प्रारम्भ...

      जेष्ठ वामहरुको पोखरा भेलाबारे रामबहादुर भण्डारीको अनुभूति

      जेष्ठ वामहरुको पोखरा भेलाबारे रामबहादुर भण्डारीको अनुभूति

      रामबहादुर भण्डारी 'आर. बी'
      पुस १, २०८१

      संसारमा जेष्ठ तथा वामहरुको बारेमा अलगै धारणाहरु भएतापनि हाम्रो देशमा बोलिचाली र कतिपय कानूनी रुपमा समेत उमेरले ७० पुगेका र...

      घुस नखाने पार्टी समाजवादको सर्त

      घुस नखाने पार्टी समाजवादको सर्त

      घनश्याम भूसाल
      साउन ८, २०८१

      डा. बाबुराम भट्टराईबारे लेखिएको पुस्तक 'बाबुराम : अ भिजीनरी रेबेल' सबै पढिसक्दा पुस्तकको शिर्षकले न्याय पाउन सकेन जस्तो लाग्छ ।...

      चीनले सिलिकन भ्यालीलाई कसरी प्रयोग गरिरहेको छ

      चीनले सिलिकन भ्यालीलाई कसरी प्रयोग गरिरहेको छ

      जेकोब ड्रेयर
      असार २७, २०८१

      १६ औं शताब्दीसम्म, चीन दुनियाको प्रविधिजगतमा सबैभन्दा बढी विकसित थियो। जुनबेला यूरोपमा कुलीन वर्गको शासन थियो, त्यसबेला चीनका प्रबुद्ध वर्गले...

      प्यालेष्टाइन–इजरायल द्वन्द्वको वास्तविकता

      प्यालेष्टाइन–इजरायल द्वन्द्वको वास्तविकता

      रामराज रेग्मी
      असार १२, २०८१

      यही वर्ष २०२४ को गत ७ अक्टोवरमा प्यालेष्टाइनी लडाकू समुह हमासले इजरायलमा गरेको सशस्त्र हमलामा परी १० जना नेपाली विद्यार्थीको...

      मिटरब्याजको आडमा बलात्कार गर्ने सुर्जमानलाई १० वर्ष कैद, पीडितलाई ५ लाख क्षतिपुर्ति तिर्नुपर्ने

      नेपाल रिडर्स
      असार ३, २०८१

      मिटरब्याजको आडमा शरिर बन्धक बनाएर यौन शोषण गर्ने सुर्जमान मालिलाई ललितपुर जिल्ला अदालतले १० वर्ष कैद सजाय सुनाएको छ। मिटरब्याजी...

      सिफारिस

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?
      विचार

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?

      प्रा. चैतन्य मिश्र
      मंसिर ६, २०८०

      थप पढ्नुहोस्Details
      महङ्गीबारे रहस्यमय मौनता
      समाज

      महङ्गीबारे रहस्यमय मौनता

      नरेश ज्ञवाली
      कार्तिक १४, २०८०

      थप पढ्नुहोस्Details
      भारतीय समाजको नाजीकरण भइसक्यो!
      विचार

      भारतीय समाजको नाजीकरण भइसक्यो!

      अरुन्धती रोय
      कार्तिक ११, २०८०

      थप पढ्नुहोस्Details
      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!
      विचार

      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!

      नालेदी पान्दोर
      कार्तिक १०, २०८०

      थप पढ्नुहोस्Details

      सामाजिक सञ्जालमा पुग्नुहोस्

      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • हाम्रो बारे

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.

      Welcome Back!

      गुगल मार्फत साइन इन गर्नुहोस्
      Sign In with Linked In
      वा

      Login to your account below

      Forgotten Password? Sign Up

      Create New Account!

      गुगल मार्फत साइन अप गर्नुहोस्
      Sign Up with Linked In
      वा

      Fill the forms bellow to register

      All fields are required. Log In

      Retrieve your password

      Please enter your username or email address to reset your password.

      Log In

      Add New Playlist

      नतिजा छैन
      सबै नतिजा हेर्नुहोस्
      • राजनीति
      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • मल्टिमिडिया
      • ब्लग

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.