Date
मङ्ल, असार ९, २०८३
Tue, June 23, 2026
Tuesday, June 23, 2026
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
  • लग - इन
  • दर्ता गर्नुहोस्
Nepal Readers
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
Nepal Readers
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्

अमेरिकामा सामाजिक लोकतन्त्र कि लोकतान्त्रिक समाजवाद !

पत्रपत्रिकाबाट पत्रपत्रिकाबाट
फाल्गुन ७, २०७६
- यो हप्ता, समाचार
A A
0
  •  shares
  • Facebook
  • Twitter
  • WhatsApp
  • Gmail
  • Viber
  • Messenger

    यु एस सेनेटर बर्नी स्यान्डर्स डेमोक्र्याटिक पार्टीको राष्ट्रपतीय मनोनयनका प्रमुख दावेदार बनेका छन्। यस अवशरमा उनको लोकतान्त्रिक समाजवादको ब्राण्डलाई नजिकैबाट जाँच गर्नु आवश्यक छ। साधारण शब्दमा भन्दा उनले अक्सर भन्ने गरेजस्तो उनको ब्रान्ड न त “नर्डिक मोडल” सँग मिल्दोजुल्दो हो न त अमेरिकी अर्थतन्त्रको रोगको निवारक हो।

    अमेरिकी राजनीतिमा कुनैपनि समाजवादी कहिल्यै उच्च राष्ट्रिय पदका लागि योग्य हुन सक्दैन भन्ने अलिखित नियम जस्तै थियो। तर यसपटक भने एक स्वघोषित “प्रजातान्त्रिक समाजवादी”, अमेरिकी सिनेटर बर्नी स्यान्डर्स डेमोक्रेटिक पार्टीबाट राष्ट्रपति पदका लागि उम्मेद्वार बनेका छन्। के अमेरिकाले यस्तो परिवर्तनलाई स्वीकार गर्नेछ?

    डेमोक्र्याटहरूले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भन्दा धेरै प्राइमरीहरू बनाएका छन्। स्याण्डर्सको प्रचार–वेगले अमेरिकाको गम्भीर संरचनात्मक आर्थिक समस्याहरूलाई आमूल परिवर्तन गर्ने तीव्र लालसाको प्रतिविम्वित गर्दछ।  दोस्रो विश्वयुद्ध पछिका केही दशकहरूमा, अमेरिकी अर्थतन्त्र निरन्तर उत्पादनशील हुँदै गयो, र सबै श्रमिकहरूको ज्याला – (शिक्षालाई वेवास्ता गर्दा पनि) प्रतिवर्ष औसत २% ले बढ्यो। तर आज त्यस्तो अवस्था छैन।

    पछिल्ला चार दशकमा, उत्पादकत्वको बृद्धि मन्द छ, आर्थिक बृद्धि सुस्त भएको छ, र नाफाको बढिरहेको हिस्सा सीमित पूँजी मालिकहरु र उच्च शिक्षितहरुमा गइरहेको छ। यसै बीच, औसत वेतन स्थिर भएको छ, र माध्यामिक स्कूल वा सो भन्दा कम शिक्षा भएका कामदारहरूको ज्यालामा मुद्रास्फीति-समायोजित गर्दा वास्तवमा गिरावट आएको छ। केवल केहि कम्पनीहरू (र त्यसका मालिकहरू) ले अर्थव्यवस्थाको अत्यधिक अंश कव्जा गरेका छन्। उपल्लो ०.१% ले राष्ट्रिय आयको ११% भन्दा बढी कव्जा गरेका छन् जुन सन् १९७० को दशकमा २.५% मात्र रहेको थियो।

    तर के प्रजातान्त्रिक समाजवादले यी समस्याहरूको समाधान गर्दछ त? एक विचारधाराको रूपमा यसले बजार अर्थतन्त्रलाई जन्मजात अन्यायी, असमानता र सुधार गर्न नसकिने ठान्दछ। र यसले समस्याहरुको समाधान गर्न बजार–प्रणालीको सबैभन्दा महत्त्वपूर्ण लाइफलाइन  – उत्पादनको साधनहरूको निजी स्वामित्व- लाई विच्छेद गर्नु पर्ने ठान्छ। बजार प्रणालीमा फर्महरू र तिनका सबै औजार तथा उपकरणहरू मुट्ठीभर मालिकहरूको नीजि स्वामित्वमा रहन्छन्। तर प्रजातान्त्रिक समाजवादीहरूले ‘आर्थिक लोकतन्त्र’ लाई प्राथमिकता दिन्छन्। यस्तो लोकतन्त्रमा कम्पनीहरूलाई या त त्यस्का मजदुरले या त राज्यद्वारा सञ्चालित प्रशासनिक संरचनाले नियन्त्रण गर्नेछन्।

    प्रजातान्त्रिक समाजवादीहरूबाट परिकल्पना गरिएको प्रणाली सोभियत शैलीको ब्रान्ड भन्दा भिन्न मान्छन्। तिनीहरु त्यो परिकल्पना  लोकतान्त्रिक माध्यमबाट पूर्णरूपमा प्राप्त गर्न सकिन्छ भन्ने ठान्छन्। तर उत्पादनलाई सामाजिकीकरण गर्ने भर्खरै (ल्याटिन अमेरिकामा भएका) प्रयासहरू गैर–लोकतान्त्रिक प्रबन्धमा आधारित छन्। र त्यसले अमेरिकामा चलिरहेको वर्तमान बहसमाथि अर्को  सन्देह औंल्याएको छ – के ‘प्रजातान्त्रिक समाजवाद’ ‘सामाजिक लोकतन्त्र’सँग मिल्दोजुल्दो छ? र, दुर्भाग्यवश, स्याण्डर्सले यस्तो सन्देश उठाउनमा योगदान पुर्‍याएका छन्।

    सामाजिक लोकतन्त्रले बीसौं शताब्दीको दौरान यूरोप, विशेषगरी नर्डिक देशहरूमा अपनाइएको नीतिगत अवधारणालाई जनाउँछ। यो बजार अर्थतन्त्रको असिमिततामा लगाम लगाउने, असमानता घटाउने र कमजोर अवस्थामा रहेकाहरुको जीवनस्तर सुधार गर्ने राज्यको नीतिमा केन्द्रित थियो। तर स्याण्डर्सजस्ता अमेरिकी प्रजातान्त्रिक समाजवादीहरूले नर्डिक सामाजिक लोकतन्त्रलाई आफ्नो मोडेलका रुपमा व्यक्त गर्ने गरेकाछन्। यद्यपि वास्तवमा यी दुई प्रणालीहरू बीचमा गहिरा र परिणामगत भिन्नताहरू छन्। सरल शब्दमा भन्नुपर्दा युरोपेली सामाजिक लोकतन्त्र बजार अर्थतन्त्रलाई नियमन गर्ने प्रणाली हो, बढावा दिने प्रणाली होइन।

    सामाजिक लोकतान्त्रिक राजनीति कसरी विकसित भएको हो भनेर बुझ्न स्वीडिश सोशल डेमोक्रयाटिक वर्कर्स पार्टी (एसएपी) बारे थाहा पाउनु पर्छ। जसले शुरु मै मार्क्सवादी विचारधारा र कम्युनिष्ट पार्टीबाट आफूलाई धेरै टाढा राख्यो। एसएपीका एक सँस्थापक नेता जाल्मर ब्रान्टिङले औद्योगिक श्रमिकलाइ मात्रै हैन मध्यम वर्गलाई समेत स्थान दिनुपर्ने कुरा उठाए।

    सबैभन्दा महत्त्वपूर्ण कुरा, एसएपीले बहुसंख्यक स्वीडिसहरूको अवस्था सुधार गर्न प्रणालीभित्र काम गर्दै लोकतान्त्रिक माध्यमबाट सत्ता प्राप्त गर्न प्रतिस्पर्धा गर्‍यो। सन् १९३० को महान मन्दीको शुरुवातको पहिलो निर्वाचनमा, एसएपी नेता पेर अलविन ह्यान्सनले पार्टीलाई ‘जनताको आवास’ को रुपमा प्रस्तुत गरे साथै समावेशी एजेन्डालाई प्रस्ताव गरे। जसको परिणाम एसएपीले ४१.७% मत प्राप्त गर्‍यो र आग्रारियन पार्टीसँग गठबन्धन बनायो। यसैगरी एसएपीले १९३८ मा व्यापारीहरु, ट्रेड युनियनहरु, किसानहरु र सरकारका प्रतिनिधिहरुको एक बैठक आयोजना गर्‍यो। साल्टजाबाडेनको रिसोर्ट नगरमा आयोजित त्यस भेलाले सहकारी श्रम सम्बन्धको युग सुरू गर्‍यो जसले स्वीडेनको अर्थतन्त्रलाई दशकौंसम्म परिभाषित गर्न सक्यो।

    स्वीडेनको सामाजिक–लोकतान्त्रिक सहमतिको एक मुख्य स्तम्भ भनेको केन्द्रीकृत ज्याला प्रथा थियो। रेहन – मेडनेर मोडेल (दुई समकालीन स्विडेनी अर्थशास्त्रीहरूको नाम) अन्तर्गत ट्रेड युनियन र व्यापारिक संघले उद्योगपिच्छे कामदारहरुको तलबमानमा सम्झौता गरे, र, राज्यले सक्रिय श्रम–बजार र सामाजिक कल्याणकारी नीतिहरूलाई व्यवस्थित गर्‍यो। साथसाथै  श्रमिकको तालिम र सार्वजनिक शिक्षामा पनि लगानी गर्‍यो। परिणाम स्वरुप, ज्यालामा उल्लेखनीयरुपमा एकरुपता ल्यायोः मजदुरहरुका कार्यदक्षताको आधा वा फर्मको नाफाको परवाह नगरी समान काममा समान ज्याला दिन थाल्यो।

    उत्पादनका साधनहरूलाई सामाजिकीकरण गर्नु भन्दा, यस प्रणालीले बजार अर्थतन्त्रलाई सहयोग पुर्‍यायो। किनभने यसले उत्पादक कम्पनीहरूलाई आफ्नो प्रतिस्पर्धीहरूसँग कम खर्चमा, लगानी गर्न र विस्तार गर्न अनुमति दियो। उद्योगको तहमा पारिश्रमिक निर्धारण गर्नुका साथै, फर्मले आफ्नो उत्पादकता बढायो र नाफा गर्न सक्यो। यसमा आश्चर्य मान्नु पर्दैन, यस प्रणाली अन्तर्गत स्विडेनी उत्पादकत्वमा निरन्तर बृद्धि भयो, र स्विडेन फर्महरू निर्यात बजारमा अत्यधिक प्रतिस्पर्धी भए। यसैबीचमा, अन्य नर्डिक देशहरूमा पनि त्यस्तै संस्थाहरूको विकास भयो। केही घटनामा भने समाजवादी वा सामाजिक लोकतान्त्रिकद्वारा नभई दक्षिणपन्थी सरकारहरूले यस्तो उदाहरण पेश गरेका छन्।

    आमरुपमा बुझिएको सामाजिक लोकतन्त्र युद्धपछिको औद्योगिक जगतमा जताततै समृद्धिको आधार बन्न गयो। यो कुरा संयुक्त राज्य अमेरिकाका लागि लागू हुन्छ, जहाँ “न्यू डिल” र त्यसपछिका सुधारहरूले सामूहिक सौदाबाजी, सामाजिक कल्याणकारी नीतिहरू र सार्वजनिक शिक्षालगायत सामाजिक लोकतान्त्रिक सम्झौताको महत्वपूर्ण पक्षहरुलाई सुदृढ बनाए वा परिचित गराए।

    बजार नियन्त्रित सामाजिक लोकतान्त्रिक व्यवस्थाबाट बौद्धिक र राजनीतिक बहस विचलित भएका अवस्थामा कुरा वा चीजहरूले सामान्यतया राम्ररी काम गर्न सक्दैनन्। १९६० को अन्ततिर, उग्र वामपन्थी शक्तिहरूको प्रभावमा स्वीडेन र डेनिस ट्रेड युनियनहरूले लोकतान्त्रिक समाजवादलाई अँगाले जसको कारण तिनीहरुले आर्थिक लोकतन्त्र र नाफामा प्रत्यक्ष नियन्त्रण हुनुपर्ने माग गर्न थाले। स्वीडेनमा यसले ब्यापारीहरूसँग गहन वार्ता गरेर “ज्याला निसृत कोषहरू” ल्याए जसअनुरूप कर्पोरेट नाफाको केही अंश (प्राय: नयाँ स्टक इश्युको रूपमा) कामदारहरूको लागि कम्पनी-स्तर कोषमा राखिने व्यवस्था गर्‍यो। यसले व्यवसायी र युनियन बीचको सहकार्ययुक्त सम्झौतालाई भङ्ग गर्‍यो र  प्रचलित सुविधाहरुलाई विकृत बनायो जुन पहिले लगानी र उत्पादकत्व वृद्धिको लागि व्यवस्था गरिएको थियो। १९९० को प्रारम्भमा यस प्रणालीका त्रुटिहरू प्रस्ट भएकारण यसलाई विधिवत रुपमा त्याग गरियो।

    जब स्वतन्त्र बजारका पक्षका बौद्धिक धारले सामाजिक लोकतान्त्रिक व्यवस्थाबाट दक्षिणपन्थ तर्फ लाग्यो तब खराब परिणामहरू आउन थाले। उत्पादकत्वको तुलनामा असमानता, फराकिलो भयो, जबकि सामाजिक सुरक्षाका विषयहरु कुनामा मिल्क्याइए।

    त्यसोभए के आवश्यक छ, बजारवाद वा लोकतान्त्रिक समाजवाद ? वा सामाजिक लोकतन्त्र। अमेरिकालाई संकेन्द्रित बजार शक्तिमा नियन्त्रणमा ल्याउने प्रभावकारी नियमनको आवश्यकता छ। श्रमिकहरूको पक्षमा आवाज बुलन्द गर्नु आवश्यक छ, र सार्वजनिक सेवाहरू तथा सामाजिक सुरक्षालाई सुदृढ पार्नु आवश्यक छ। सबैभन्दा मुख्य कुरा, अमेरिकालाई सबैको हित गर्ने आर्थिक विकासलाई गगनचुम्वीमा पुर्‍याउन सुनिश्चित गर्ने नयाँ प्रविधि नीतिको आवश्यकता छ।

    यो कुरा खास गरी भूमण्डलीकरण र प्रविधियुक्त कम्पनीहरू भएको युगमा फर्महरूको सामाजिकीकरण द्वारा प्राप्त गर्न सकिदैन। अवश्य बजार नियमन गरिएको हुनुपर्दछ, तर बजारलाई पाखामा पारिनु हुन्न।

    (DARON ACEMOGLU/ProjectSyndicate बाट, एमआईटीका अर्थशास्त्रका प्राध्यापक डारोन एसेमोग्लूद्वारा लिखित)

    •  shares
    • Facebook
    • Twitter
    • WhatsApp
    • Gmail
    • Viber
    • Messenger
      पत्रपत्रिकाबाट

      पत्रपत्रिकाबाट

      Related Posts

      के एआई एजेन्टहरू मार्क्सवादी बन्दैछन् ?

      के एआई एजेन्टहरू मार्क्सवादी बन्दैछन् ?

      nepal_readers
      जेष्ठ ५, २०८३

      कृत्रिम बुद्धिमत्ता (एआई) ले मानवको रोजगारी खोस्ने बहस विश्वभर चर्किरहेका बेला हालै गरिएको एक अध्ययनले अनौठो तथा रोचक निष्कर्ष सार्वजनिक...

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      तीर्थ कोइराला
      साउन ४, २०८२

      विश्वमा देहव्यापारको शुरुवात इसा पूर्व २४ सय वर्ष अगाडि भएको इतिहासमा उल्लेख गरिए पनि जब समाजमा परिवार र विवाहको प्रारम्भ...

      जेष्ठ वामहरुको पोखरा भेलाबारे रामबहादुर भण्डारीको अनुभूति

      जेष्ठ वामहरुको पोखरा भेलाबारे रामबहादुर भण्डारीको अनुभूति

      रामबहादुर भण्डारी 'आर. बी'
      पुस १, २०८१

      संसारमा जेष्ठ तथा वामहरुको बारेमा अलगै धारणाहरु भएतापनि हाम्रो देशमा बोलिचाली र कतिपय कानूनी रुपमा समेत उमेरले ७० पुगेका र...

      घुस नखाने पार्टी समाजवादको सर्त

      घुस नखाने पार्टी समाजवादको सर्त

      घनश्याम भूसाल
      साउन ८, २०८१

      डा. बाबुराम भट्टराईबारे लेखिएको पुस्तक 'बाबुराम : अ भिजीनरी रेबेल' सबै पढिसक्दा पुस्तकको शिर्षकले न्याय पाउन सकेन जस्तो लाग्छ ।...

      चीनले सिलिकन भ्यालीलाई कसरी प्रयोग गरिरहेको छ

      चीनले सिलिकन भ्यालीलाई कसरी प्रयोग गरिरहेको छ

      जेकोब ड्रेयर
      असार २७, २०८१

      १६ औं शताब्दीसम्म, चीन दुनियाको प्रविधिजगतमा सबैभन्दा बढी विकसित थियो। जुनबेला यूरोपमा कुलीन वर्गको शासन थियो, त्यसबेला चीनका प्रबुद्ध वर्गले...

      प्यालेष्टाइन–इजरायल द्वन्द्वको वास्तविकता

      प्यालेष्टाइन–इजरायल द्वन्द्वको वास्तविकता

      रामराज रेग्मी
      असार १२, २०८१

      यही वर्ष २०२४ को गत ७ अक्टोवरमा प्यालेष्टाइनी लडाकू समुह हमासले इजरायलमा गरेको सशस्त्र हमलामा परी १० जना नेपाली विद्यार्थीको...

      सिफारिस

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?
      विचार

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?

      प्रा. चैतन्य मिश्र
      मंसिर ६, २०८०

      थप पढ्नुहोस्Details
      महङ्गीबारे रहस्यमय मौनता
      समाज

      महङ्गीबारे रहस्यमय मौनता

      नरेश ज्ञवाली
      कार्तिक १४, २०८०

      थप पढ्नुहोस्Details
      भारतीय समाजको नाजीकरण भइसक्यो!
      विचार

      भारतीय समाजको नाजीकरण भइसक्यो!

      अरुन्धती रोय
      कार्तिक ११, २०८०

      थप पढ्नुहोस्Details
      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!
      विचार

      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!

      नालेदी पान्दोर
      कार्तिक १०, २०८०

      थप पढ्नुहोस्Details

      सामाजिक सञ्जालमा पुग्नुहोस्

      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • हाम्रो बारे

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.

      Welcome Back!

      गुगल मार्फत साइन इन गर्नुहोस्
      Sign In with Linked In
      वा

      Login to your account below

      Forgotten Password? Sign Up

      Create New Account!

      गुगल मार्फत साइन अप गर्नुहोस्
      Sign Up with Linked In
      वा

      Fill the forms bellow to register

      All fields are required. Log In

      Retrieve your password

      Please enter your username or email address to reset your password.

      Log In

      Add New Playlist

      नतिजा छैन
      सबै नतिजा हेर्नुहोस्
      • राजनीति
      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • मल्टिमिडिया
      • ब्लग

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.