Date
बिहि, बैशाख ३, २०८३
Thu, April 16, 2026
Thursday, April 16, 2026
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
  • लग - इन
  • दर्ता गर्नुहोस्
Nepal Readers
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
Nepal Readers
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्

कोभिड-१९ नियन्त्रण गर्न चीनद्वारा आर्टिफिसियल इन्टिलिजेन्स र विशाल सूचना/तथ्याङ्कको प्रयोग

पत्रपत्रिकाबाट पत्रपत्रिकाबाट
फाल्गुन २३, २०७६
- यो हप्ता, समाचार, स्वास्थ्य /शिक्षा
A A
0
  •  shares
  • Facebook
  • Twitter
  • WhatsApp
  • Gmail
  • Viber
  • Messenger

    चिनले कोभिड-१९ फैलनबाट रोक्न लाखौं स्मार्ट फोनको स्थलगत जानकारी र अन्य सूचना तथा तथ्याङ्क लिन प्रयोग गरेको कुरा कार्यक्रमबारे जानकार चिनियाँ स्रोतले बताएका छन्।

    कोरोना भाइरस महामारी चुलिमा पुगेको फेब्रुअरी महिनामा १ अर्ब पचास करोड भन्दा बढि जनतालाई यथास्थितिमा राख्न बृहत क्वारेन्टाइन प्रक्रियाहरु अपनायो र साथसाथै चिनले पश्चिमी मुलुकहरुमा कहिल्यै नअपनाइएको सुविधासम्पन्न कम्पुटिसनल विधि (computational method) अपनायो।

    चिनले आर्टिफिसियल इन्टिलिजेन्स र विशाल सूचना तथ्याङ्क प्रयोग गरेर कोभिड-१९ नियन्त्रण गरेको छ प्रशासनले फैलावट नियन्त्रण गर्न आवश्यक सुचना प्राप्त गर्न लाखौं, करोडौं स्मार्ट फोन ट्र्याक (tracked) गरेको छ। -डेभिड गोल्डम्यान

    दर्ता भएका ८०, हजार विरामी बाहेक हिजो (२ मार्च) चिनले जम्मा १२६ नयाँ विरामी जचाउन आएको जानकारी दियो। जब कि यसैदिनमा दक्षिण कोरियामा ८५१, इरानमा ८३५ र विश्वभर १९६९ नयाँ विरामी संख्याको तुलनामा चीनमा आएका संख्या धेरै कम हो। चिनियाँ स्रोतका अनुसार आर्टिफिसियल इन्टीलिजेन्सका प्रयत्नहरुले आधारभुत जनस्वास्थका उपायहरुलाई सहयोग पुर्‍याएका छन्। ती उपायहरु क्वारेन्टाइन र चिनियाँ नागरिकहरुको व्यवहार परिवर्तन गराउन आक्रामक प्रयाशहरुमा केन्द्रित गरिएकाछन्।

    चिनियाँ सरकारको समस्या–समाधान कार्य प्रक्रियाको ढाँचा (एल्गोरिदम) ले नै संक्रमित भएका ब्यक्तिहरुका स्मार्ट फोन कुन ठाउँमा सक्रिय छ, त्यसको अवस्थितिसँग दाँजेर कुनै निश्चित स्थान वा ब्यक्ति पनि कोभिड-१९ संक्रमणको जोखिममा छ कि छैन भनी आँकलन गर्न सक्छन्। प्रशासन अधिकारीहरुले यस्ता सूचना लिएर सिमित मेडिकल साधन/स्रोतहरुलाई प्रभावकारी रुपमा प्रयोगमा ल्याउन सक्छन्। उदाहरणका लागि आर्टिफिसियल इन्टीलिजेन्स एल्गोरिदमको प्रयोग गरेर पहिचान गरिएका उच्च जोखिममा रहेका विरामीहरुमा मात्र भाइरस भए नभएको ठम्याउने जाँचहरु केन्द्रित गर्न सकिन्छ।

    जिपिएस सक्रिय राखिएका सबै स्मार्ट फोनहरुले टेलिकम सञ्चालकहरुलाई फोन प्रयोगकर्ता कहाँ छन् भन्ने यकिन जानकारी दिन्छ। अमेरिका र युरोपमा प्रयोगकर्ता स्वयंले आफ्ना डाटा प्राप्त (पहुँच) गर्न सक्छन् तर गोपनीयतासम्बन्धी कानुनले सरकारलाई उक्त डाटा प्राप्त गर्नबाट रोक्छ। चिनमा गोपनीयतासम्बन्धी बाधा छैन र फोन सेवा प्रदायकहरुले बर्षौं देखि विज्ञापनमा यस्ता स्थलगत डाटा प्रयोग गरिरहेका छन्।

    एक चिनियाँ बैङ्क अधिकारीले ले आफ्नो बैङ्कले त्यस्ता स्थलगत डाटा टेलिकम सेवासंस्थाहरुबाट किन्ने गरेको बताएका छन्।” यदि तपाईं गाडी डिलरको पसल अगाडिबाट २-४ पटक ओहोरदोहोर गर्नु भयो भने हामी तपाईंलाई गाडि कर्जासम्बन्धी विज्ञापनको सन्देश पठाउछौं। तर पश्चिमी मुलुकहरुमा त्यसो गर्न दिइदैन,” ती अधिकारीले भने।

    थाहा छैन चिनले कहिले देखि यति ठूलो परिमाणमा स्मार्ट फोन उत्पादित यस्ता स्थानगत डाटा उपयोग गरिरहेको छ । सन् २०१५ मा मैले सेन्जेन स्थित ह्वावेइको केन्द्रिय कार्यालयको भ्रमण गरेंको थिए। त्यहाँ मैले ग्वाङ्जाउको १२-१२ फिटको म्याप (मानचित्र) देखें जसमा असंख्य स-साना बल्ब जडित थिए। एक ह्वावेइ अधिकारीअनुसार प्रत्येक बल्बले स्मार्ट फोन जनाउथ्यो र कम्पनिका डाटा वैज्ञानिकले कुनै प्रस्तावित फास्ट फुड रेस्टुरेन्ट आसपासको क्षेत्रमा पैदल यात्रुको चाप कति छ भनी बताउन सक्थे।

    चिनले कुनै विरामीले क्वारेन्टाइन छल्न पो खोजेको छ कि भनेर पत्ता लगाउन औषधि खरिद गरेको इलेक्ट्रोनिक विवरण पनि उपयोग गर्छ।

    विशाल तथ्याङ्कको विश्लेषणले चिनियाँ प्रशासनलाई धेरै देशहरुमा रहस्यमय ठानिने भाइरस संक्रमणको श्रृङ्खला पत्ता लगाउन मद्दत गर्छ। अमेरिकाको वासिङ्टन राज्यमा अनुसन्धाताहरुले समान वंशाणुगत चरित्र (identical genetical signature) भएका दुई जना कोभिड-१९ संक्रमित पहिचान गरे र उनिहरु ६ हप्ता अन्तरालमा संक्रमित भएका थिए।
    न्यु योर्क टाइम्स भन्छ, ” दुबै संक्रमित व्यक्तिहरु एकै प्रान्तमा बसोबास गर्थे। तिनीहरुको भेट भएको थियो तर कति हप्‍ता अघि भएको थियो थाहा छैन। र दोस्रो विरामी पहिलो विरामीले संक्रमित गर्नसक्ने समयसिमा भन्दा धेरै पछाडि संक्रमित भएका थिए । अत: श्रृङ्खलाहरु तुलना गर्ने मध्ये एक वैज्ञानिकको निष्कर्ष अनुसार भाइरस समुदायका अन्य मानिस मार्फत ६ हप्ताभित्र फैलिइरहेको थियो।”

    चिनले ६ हप्ताभित्र एउटा संक्रमित ब्यक्ति कहाँ कहाँ पुगेको हुनसक्छ भनी विश्लेषण गरी ती ठाउँका भाइरस सार्ने सम्भावित बिचौला भएका सबै मानिसहरुको जाँचको ब्यवस्था मिलाएकोछ।

    भाइरस फैलन सुरु हुने बित्तिकै यस्ता युद्धस्तरका उपायहरुको अबलम्बनले संक्रमण दर घटाउनमा सहयोग पुर्‍याएको हुनसक्छ तर निकै मूल्य चुकाएर। जब वुहान शहर महामारीको केन्द्रबिन्दुको रुपमा देखियो, चिनियाँ प्रशासकहरुलाई उनीहरुसँग भएको टेस्ट कीट, औषधि र मुख्य गरी निमोनियाका विरामीको जीवन रक्षा गर्ने अक्सिजनको भण्डार त्यो आकस्मिक माग धान्न अपर्याप्त हुनेछ भन्ने थाहा थियो।

    वुहान शहरलाई घेराबन्दी गर्दा, बेजिङ सरकारले त्यस शहरमा मृत्य दर उच्च रहनेछ भनी स्वीकार गरेको थियो । एक जानकार चिनियाँ स्रोतअनुसार, “अमेरिकामा भए प्रत्येक नाजुक अवस्थाको विरामीले आफूमा मेडिकल लापर्वाही सम्बन्धित वकिलको ब्यवस्था गर्ने थियो।”

    कोभिड-१९ नियन्त्रणमा चिनले जुन परिमाणको सफलता प्राप्त गर्‍यो, पश्चिमा देशहरुमा राजनीतिक नियन्त्रणको कमीका साथै ब्यक्तिगत डाटामा पहुँचको कमीका कारण सम्भव नहुन सक्छ।

    स्रोतः एशियन टाइम्स मार्च ३, २०२०।

    •  shares
    • Facebook
    • Twitter
    • WhatsApp
    • Gmail
    • Viber
    • Messenger
      पत्रपत्रिकाबाट

      पत्रपत्रिकाबाट

      Related Posts

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      तीर्थ कोइराला
      साउन ४, २०८२

      विश्वमा देहव्यापारको शुरुवात इसा पूर्व २४ सय वर्ष अगाडि भएको इतिहासमा उल्लेख गरिए पनि जब समाजमा परिवार र विवाहको प्रारम्भ...

      जेष्ठ वामहरुको पोखरा भेलाबारे रामबहादुर भण्डारीको अनुभूति

      जेष्ठ वामहरुको पोखरा भेलाबारे रामबहादुर भण्डारीको अनुभूति

      रामबहादुर भण्डारी 'आर. बी'
      पुस १, २०८१

      संसारमा जेष्ठ तथा वामहरुको बारेमा अलगै धारणाहरु भएतापनि हाम्रो देशमा बोलिचाली र कतिपय कानूनी रुपमा समेत उमेरले ७० पुगेका र...

      घुस नखाने पार्टी समाजवादको सर्त

      घुस नखाने पार्टी समाजवादको सर्त

      घनश्याम भूसाल
      साउन ८, २०८१

      डा. बाबुराम भट्टराईबारे लेखिएको पुस्तक 'बाबुराम : अ भिजीनरी रेबेल' सबै पढिसक्दा पुस्तकको शिर्षकले न्याय पाउन सकेन जस्तो लाग्छ ।...

      चीनले सिलिकन भ्यालीलाई कसरी प्रयोग गरिरहेको छ

      चीनले सिलिकन भ्यालीलाई कसरी प्रयोग गरिरहेको छ

      जेकोब ड्रेयर
      असार २७, २०८१

      १६ औं शताब्दीसम्म, चीन दुनियाको प्रविधिजगतमा सबैभन्दा बढी विकसित थियो। जुनबेला यूरोपमा कुलीन वर्गको शासन थियो, त्यसबेला चीनका प्रबुद्ध वर्गले...

      प्यालेष्टाइन–इजरायल द्वन्द्वको वास्तविकता

      प्यालेष्टाइन–इजरायल द्वन्द्वको वास्तविकता

      रामराज रेग्मी
      असार १२, २०८१

      यही वर्ष २०२४ को गत ७ अक्टोवरमा प्यालेष्टाइनी लडाकू समुह हमासले इजरायलमा गरेको सशस्त्र हमलामा परी १० जना नेपाली विद्यार्थीको...

      मिटरब्याजको आडमा बलात्कार गर्ने सुर्जमानलाई १० वर्ष कैद, पीडितलाई ५ लाख क्षतिपुर्ति तिर्नुपर्ने

      नेपाल रिडर्स
      असार ३, २०८१

      मिटरब्याजको आडमा शरिर बन्धक बनाएर यौन शोषण गर्ने सुर्जमान मालिलाई ललितपुर जिल्ला अदालतले १० वर्ष कैद सजाय सुनाएको छ। मिटरब्याजी...

      सिफारिस

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?
      विचार

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?

      प्रा. चैतन्य मिश्र
      मंसिर ६, २०८०

      थप पढ्नुहोस्Details
      महङ्गीबारे रहस्यमय मौनता
      समाज

      महङ्गीबारे रहस्यमय मौनता

      नरेश ज्ञवाली
      कार्तिक १४, २०८०

      थप पढ्नुहोस्Details
      भारतीय समाजको नाजीकरण भइसक्यो!
      विचार

      भारतीय समाजको नाजीकरण भइसक्यो!

      अरुन्धती रोय
      कार्तिक ११, २०८०

      थप पढ्नुहोस्Details
      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!
      विचार

      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!

      नालेदी पान्दोर
      कार्तिक १०, २०८०

      थप पढ्नुहोस्Details

      सामाजिक सञ्जालमा पुग्नुहोस्

      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • हाम्रो बारे

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.

      Welcome Back!

      गुगल मार्फत साइन इन गर्नुहोस्
      Sign In with Linked In
      वा

      Login to your account below

      Forgotten Password? Sign Up

      Create New Account!

      गुगल मार्फत साइन अप गर्नुहोस्
      Sign Up with Linked In
      वा

      Fill the forms bellow to register

      All fields are required. Log In

      Retrieve your password

      Please enter your username or email address to reset your password.

      Log In

      Add New Playlist

      नतिजा छैन
      सबै नतिजा हेर्नुहोस्
      • राजनीति
      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • मल्टिमिडिया
      • ब्लग

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.