Date
सोम, बैशाख ७, २०८३
Mon, April 20, 2026
Monday, April 20, 2026
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
  • लग - इन
  • दर्ता गर्नुहोस्
Nepal Readers
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
Nepal Readers
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्

ट्रम्पको कोभिड-१९ निदान भएको घटनाले भि आकारमा विश्व स्वास्थ्य सुधार हुने आशामा तुषारापात भएको छ

ब्रयाड्ली ब्ल्याकनसिप ब्रयाड्ली ब्ल्याकनसिप
अशोज १८, २०७७
- कोभिड–१९, यो हप्ता, समाचार
A A
0
  •  shares
  • Facebook
  • Twitter
  • WhatsApp
  • Gmail
  • Viber
  • Messenger

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको कोभिड-१९ परिक्षण पोजिटिभ आएपछि यो वर्ष विश्व फेरि एकपटक बहुलठ्ठी दुर्घटनाहरुको जन्जालमा जाकिएको छ। यस घटनाले कोही पनि कोरोना भाइरसबाट सुरक्षित छैन र यो विश्वमहामारीबाट पार पाउन अझ धेरै समय बाँकी छ भन्ने कुरा स्पष्ट पारेको छ।

    ट्रम्पका कट्टर विरोधीसहित विश्वभरका विश्व नेताहरु र सार्वजनिक ब्यक्तित्वहरु सबै उनका साथमा उभिए र उनी र उनका परिवारजनको कुशल मंगलको कामना गरे। उनीहरुले दयाशिलता र करुभाव ब्यक्त गरे जुन करुणाभाव र दयाशिलता उनिहरुका लागि संभवत ट्रम्पले ब्यक्त गर्ने थिएनन्। केहीले ट्रम्पलाई कुशल मंगलको विपरित भावना ब्यक्त गरेर उल्ल्याएका पनि छन्।

    एक ट्वीटर प्रयोगकर्ताले मेरो टाइमलाइनमा ” मंगल कामनाकाो विपरित भाव” व्यक्त गरेका छन्। यद्यपि ती मानिसहरुको राष्ट्रपति ट्रम्पसँगको आफ्नै अनुभव र उनको ४ बर्षे शासन कालका कारण हामीले यो समाचारलाई पचाउनु पर्छ र उनिहरुको अभिब्यक्तिको स्वतन्त्रतालाई स्वीकार्नु पर्छ। यसमा कुनै शंका छैन कि यो नतिजा उनको आफ्नै गैह्र जीम्मेवारीको प्रमाण हो।

    ओहाइयोमा सम्पन्न आफ्नो पहिलो चुनावी बहश अगाडि ट्रम्पले भनेका थिए कि यो भाइरसले ” वास्तवमा कसैलाई पनि असर” गर्नेछैन्। उनको यो गैह्र–जिम्मेवारीपनाको आकलन यसबाट पनि आँकलन गर्न सकिन्छ कि उनको परिक्षण पोजिटिभ आउनु अगावै उनी आफ्ना कोरोना पोजिटिभ सहयोगिको सम्पर्कमा आएको कुरा उनलाई जानकारी थियो। तापनि उनले स्व-क्वारेन्टिनमा बसेनन् बरु यसको उल्टो चुनावी कोष संकलन कार्यक्रममा सहभागी भए। यसले के स्पष्ट देखाउछ भने विश्व महामारीका समयमा एक ब्यक्तिको सुरक्षा र समुदायको सुरक्षा हर हिसाबमा एकै हुन्छन् तिनमा रतिभर भिन्नता हुँदैन।

    ट्रम्पले अरुको स्वास्थ सुरक्षालाई धरापमा पारे त्यसैले उनको आफ्नै स्वास्थ सुरक्षा धरापमा पारे। यो कथाले यो भाइरसको शक्ति माथि शंका गर्ने जोसुकैलाई पनि कायल बनाएको हुनुपर्छ। यस समयमा अगाडि हेर्दा ट्रम्पको पुन निर्वाचित हुने सपनामा धक्का लाग्नसक्छ। अब उनी चुनावी कोष संकलन कार्यक्रमहरुमा सहभागी हुनसक्ने छैनन्, जसको उनलाई सख्त आवश्यकता छ र भाइरसको दानवीपनलाई बढावा दिने चुनावी सभाहरु पनि स्थगित हुनेछन्। यसले उनको शासकीय क्षमतामा पनि वाधा उत्पन्न गर्न सक्छ। यदि यी ७४ वर्षीय नेता यो रोगले गम्भीर रुपमा विरामीले थला परे भने, जुन कुरा हुन त्यति असम्भव पनि छैन।

    अब अगाडि के हुनेछ भन्ने खेलमा अनिश्चितता नै त्यसको नियम बन्ने छ। राष्ट्रपतिको परिक्षणको नतिजा पोजिटिभ आएको कुरा सार्वजनिक हुने वित्तिकै अपेक्षा अनुरुप नै अमेरिकी स्टक बजार ओह्रालो लागेको छ र यसले विश्वमहामारीको समयमा वित्तीय बजारले सामना गर्ने अनिश्चितताको फैलावट माथि नै प्रकाश पारेको छ। यसलाई ब्युरो अफ लेबर स्ट्याटिस्टिकको सेप्टेम्बरको रोजगारी सम्बन्धी प्रतिवेदनले प्रभावित बनाएको छ- जसको अन्तिम संस्करण चुनावको अघिल्लो दिन प्रकाशित हुनेछ- जसले देशको आर्थिक र सामाजिक सुधार धर्मराउदैछ भन्ने देखाएको छ। उक्त प्रतिवेदने सेप्टेम्बर महिनामा अर्थतन्त्रमा ६,६१,००० रोजगारी थपिएको उल्लेख गरेको छ जो अगष्ट महिनामा सिर्जना भएका १४ लाख रोजगारीको तुलनामा भारी गिरावट हो।

    सेप्टेम्बरको प्रतिवेदनले बेरोजगारी आधा प्रतिशतले घटेर ७.९ प्रतिशत कायम भएको उल्लेख गरेको छ- जो अति न्यून दर हो र निकट भविष्यमा यसमा सुधार हुने सम्भावना पनि ज्यादै न्यून छ।

    सन्दर्भमा जोडेर हेर्दा यसको अर्थ कोरोना भाइरसका कारण गुमेका २ करोड २० लाख रोजगारीमा अझै पनि श्रम बजार(शक्ति) मा १करोड रोजगारी अपुग हो र के कुराको ख्याल राख्नु पर्छ भने प्रमुख चुनावी क्षेत्रहरुमा २ करोड ६० लाख ब्लु कलरका श्रमिकहरु अहिले पनि कुनै न कुनै प्रकारको बेरोजगारीपनमा आस्रित छन्। प्रारम्भमा यो अपेक्षा गरिए भन्दा बढि नै सुधारोन्मुख देखिन्थ्यो तर त्यो सुधार असन्तुलित रुपमा उच्च वेतनभोगी क्षमिकको पक्षमा ढल्किएको थियो र त्यतै अल्मलिइ रहेको छ। ट्रम्पले भने जस्तै देशले महामारी वा त्यसका आर्थिक असरहरुको ब्यवस्थापनमा कुनै “घुम्ती पार” गरिसकेको छैन किनभने महामनरीको सम्बोधन नै गरिएको छैन।

    यसका भौतिक असरहरुका साथसाथै चुनावी असरहरु पनि छन्। यी असर बिना कारण चै पक्कै होइनन्, अमेरिकी जनताले राष्ट्रपतिको पोजिटिभ नतिजालाई कोही पनि सुरक्षित छैन भन्ने कुराको संकेतका रुपमा लिएका छन्। आउँदा केही महिनामा हामी देखे जस्तै उपभोक्ताको खर्च गराई आर्थिक सुधारको मूल चालक बन्ने कुरा सपना सरि नै हुने छ। यसको विपरित मुख्य क्षेत्रहरुमा सरकारको लक्षित खर्च गराइले (जो रिपब्लिकन बहुमतको कंग्रेस मातहत असम्भव छ) क्षतिपूर्ति गर्नेछ। यो केवल अमेरिकी अनुभव मात्र होइन।

    कोभिड-१९ संक्रमित विश्व नेताहरुको बढ्दो सूचिमा ट्रम्प थपिएका मात्र हुन्। बेलायती प्रधानमन्त्री बोरिस जोन्सन, ब्राजीली राष्ट्रपति जायर बोल्सोनारोका साथै विश्वभरका अन्य राष्ट्र प्रमुखहरु र उच्च अधिकारीहरु यो रोगबाट संक्रमित भइसकेका छन्। यसले हामी सबै कति नाजुक अवस्थामा छौं र रोगको रोकथाम वा भि आकारको सुधारका सन्दर्भमा घटनाहरु योजना अनुरुप अगाडि बढ्नेमा असम्भव जस्तै देखिएको छ।

    लेखक चेक गणराज्यको प्रागस्थीत अमेरिकी पत्रकार, राजनैतिक विश्लेषक तथा स्वतन्त्र पत्रकार हुन्। (दामोदर उपाध्यायबाट सिजिटिएन अक्टोवर ३,  २०२० बाट भावानुवाद)

    •  shares
    • Facebook
    • Twitter
    • WhatsApp
    • Gmail
    • Viber
    • Messenger
      ब्रयाड्ली ब्ल्याकनसिप

      ब्रयाड्ली ब्ल्याकनसिप

      Related Posts

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      तीर्थ कोइराला
      साउन ४, २०८२

      विश्वमा देहव्यापारको शुरुवात इसा पूर्व २४ सय वर्ष अगाडि भएको इतिहासमा उल्लेख गरिए पनि जब समाजमा परिवार र विवाहको प्रारम्भ...

      जेष्ठ वामहरुको पोखरा भेलाबारे रामबहादुर भण्डारीको अनुभूति

      जेष्ठ वामहरुको पोखरा भेलाबारे रामबहादुर भण्डारीको अनुभूति

      रामबहादुर भण्डारी 'आर. बी'
      पुस १, २०८१

      संसारमा जेष्ठ तथा वामहरुको बारेमा अलगै धारणाहरु भएतापनि हाम्रो देशमा बोलिचाली र कतिपय कानूनी रुपमा समेत उमेरले ७० पुगेका र...

      घुस नखाने पार्टी समाजवादको सर्त

      घुस नखाने पार्टी समाजवादको सर्त

      घनश्याम भूसाल
      साउन ८, २०८१

      डा. बाबुराम भट्टराईबारे लेखिएको पुस्तक 'बाबुराम : अ भिजीनरी रेबेल' सबै पढिसक्दा पुस्तकको शिर्षकले न्याय पाउन सकेन जस्तो लाग्छ ।...

      चीनले सिलिकन भ्यालीलाई कसरी प्रयोग गरिरहेको छ

      चीनले सिलिकन भ्यालीलाई कसरी प्रयोग गरिरहेको छ

      जेकोब ड्रेयर
      असार २७, २०८१

      १६ औं शताब्दीसम्म, चीन दुनियाको प्रविधिजगतमा सबैभन्दा बढी विकसित थियो। जुनबेला यूरोपमा कुलीन वर्गको शासन थियो, त्यसबेला चीनका प्रबुद्ध वर्गले...

      प्यालेष्टाइन–इजरायल द्वन्द्वको वास्तविकता

      प्यालेष्टाइन–इजरायल द्वन्द्वको वास्तविकता

      रामराज रेग्मी
      असार १२, २०८१

      यही वर्ष २०२४ को गत ७ अक्टोवरमा प्यालेष्टाइनी लडाकू समुह हमासले इजरायलमा गरेको सशस्त्र हमलामा परी १० जना नेपाली विद्यार्थीको...

      मिटरब्याजको आडमा बलात्कार गर्ने सुर्जमानलाई १० वर्ष कैद, पीडितलाई ५ लाख क्षतिपुर्ति तिर्नुपर्ने

      नेपाल रिडर्स
      असार ३, २०८१

      मिटरब्याजको आडमा शरिर बन्धक बनाएर यौन शोषण गर्ने सुर्जमान मालिलाई ललितपुर जिल्ला अदालतले १० वर्ष कैद सजाय सुनाएको छ। मिटरब्याजी...

      Leave a Reply Cancel reply

      Your email address will not be published. Required fields are marked *

      सिफारिस

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?
      विचार

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?

      प्रा. चैतन्य मिश्र
      मंसिर ६, २०८०

      थप पढ्नुहोस्Details
      महङ्गीबारे रहस्यमय मौनता
      समाज

      महङ्गीबारे रहस्यमय मौनता

      नरेश ज्ञवाली
      कार्तिक १४, २०८०

      थप पढ्नुहोस्Details
      भारतीय समाजको नाजीकरण भइसक्यो!
      विचार

      भारतीय समाजको नाजीकरण भइसक्यो!

      अरुन्धती रोय
      कार्तिक ११, २०८०

      थप पढ्नुहोस्Details
      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!
      विचार

      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!

      नालेदी पान्दोर
      कार्तिक १०, २०८०

      थप पढ्नुहोस्Details

      सामाजिक सञ्जालमा पुग्नुहोस्

      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • हाम्रो बारे

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.

      Welcome Back!

      गुगल मार्फत साइन इन गर्नुहोस्
      Sign In with Linked In
      वा

      Login to your account below

      Forgotten Password? Sign Up

      Create New Account!

      गुगल मार्फत साइन अप गर्नुहोस्
      Sign Up with Linked In
      वा

      Fill the forms bellow to register

      All fields are required. Log In

      Retrieve your password

      Please enter your username or email address to reset your password.

      Log In

      Add New Playlist

      नतिजा छैन
      सबै नतिजा हेर्नुहोस्
      • राजनीति
      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • मल्टिमिडिया
      • ब्लग

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.