अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको कोभिड-१९ परिक्षण पोजिटिभ आएपछि यो वर्ष विश्व फेरि एकपटक बहुलठ्ठी दुर्घटनाहरुको जन्जालमा जाकिएको छ। यस घटनाले कोही पनि कोरोना भाइरसबाट सुरक्षित छैन र यो विश्वमहामारीबाट पार पाउन अझ धेरै समय बाँकी छ भन्ने कुरा स्पष्ट पारेको छ।
ट्रम्पका कट्टर विरोधीसहित विश्वभरका विश्व नेताहरु र सार्वजनिक ब्यक्तित्वहरु सबै उनका साथमा उभिए र उनी र उनका परिवारजनको कुशल मंगलको कामना गरे। उनीहरुले दयाशिलता र करुभाव ब्यक्त गरे जुन करुणाभाव र दयाशिलता उनिहरुका लागि संभवत ट्रम्पले ब्यक्त गर्ने थिएनन्। केहीले ट्रम्पलाई कुशल मंगलको विपरित भावना ब्यक्त गरेर उल्ल्याएका पनि छन्।
एक ट्वीटर प्रयोगकर्ताले मेरो टाइमलाइनमा ” मंगल कामनाकाो विपरित भाव” व्यक्त गरेका छन्। यद्यपि ती मानिसहरुको राष्ट्रपति ट्रम्पसँगको आफ्नै अनुभव र उनको ४ बर्षे शासन कालका कारण हामीले यो समाचारलाई पचाउनु पर्छ र उनिहरुको अभिब्यक्तिको स्वतन्त्रतालाई स्वीकार्नु पर्छ। यसमा कुनै शंका छैन कि यो नतिजा उनको आफ्नै गैह्र जीम्मेवारीको प्रमाण हो।
ओहाइयोमा सम्पन्न आफ्नो पहिलो चुनावी बहश अगाडि ट्रम्पले भनेका थिए कि यो भाइरसले ” वास्तवमा कसैलाई पनि असर” गर्नेछैन्। उनको यो गैह्र–जिम्मेवारीपनाको आकलन यसबाट पनि आँकलन गर्न सकिन्छ कि उनको परिक्षण पोजिटिभ आउनु अगावै उनी आफ्ना कोरोना पोजिटिभ सहयोगिको सम्पर्कमा आएको कुरा उनलाई जानकारी थियो। तापनि उनले स्व-क्वारेन्टिनमा बसेनन् बरु यसको उल्टो चुनावी कोष संकलन कार्यक्रममा सहभागी भए। यसले के स्पष्ट देखाउछ भने विश्व महामारीका समयमा एक ब्यक्तिको सुरक्षा र समुदायको सुरक्षा हर हिसाबमा एकै हुन्छन् तिनमा रतिभर भिन्नता हुँदैन।
ट्रम्पले अरुको स्वास्थ सुरक्षालाई धरापमा पारे त्यसैले उनको आफ्नै स्वास्थ सुरक्षा धरापमा पारे। यो कथाले यो भाइरसको शक्ति माथि शंका गर्ने जोसुकैलाई पनि कायल बनाएको हुनुपर्छ। यस समयमा अगाडि हेर्दा ट्रम्पको पुन निर्वाचित हुने सपनामा धक्का लाग्नसक्छ। अब उनी चुनावी कोष संकलन कार्यक्रमहरुमा सहभागी हुनसक्ने छैनन्, जसको उनलाई सख्त आवश्यकता छ र भाइरसको दानवीपनलाई बढावा दिने चुनावी सभाहरु पनि स्थगित हुनेछन्। यसले उनको शासकीय क्षमतामा पनि वाधा उत्पन्न गर्न सक्छ। यदि यी ७४ वर्षीय नेता यो रोगले गम्भीर रुपमा विरामीले थला परे भने, जुन कुरा हुन त्यति असम्भव पनि छैन।
अब अगाडि के हुनेछ भन्ने खेलमा अनिश्चितता नै त्यसको नियम बन्ने छ। राष्ट्रपतिको परिक्षणको नतिजा पोजिटिभ आएको कुरा सार्वजनिक हुने वित्तिकै अपेक्षा अनुरुप नै अमेरिकी स्टक बजार ओह्रालो लागेको छ र यसले विश्वमहामारीको समयमा वित्तीय बजारले सामना गर्ने अनिश्चितताको फैलावट माथि नै प्रकाश पारेको छ। यसलाई ब्युरो अफ लेबर स्ट्याटिस्टिकको सेप्टेम्बरको रोजगारी सम्बन्धी प्रतिवेदनले प्रभावित बनाएको छ- जसको अन्तिम संस्करण चुनावको अघिल्लो दिन प्रकाशित हुनेछ- जसले देशको आर्थिक र सामाजिक सुधार धर्मराउदैछ भन्ने देखाएको छ। उक्त प्रतिवेदने सेप्टेम्बर महिनामा अर्थतन्त्रमा ६,६१,००० रोजगारी थपिएको उल्लेख गरेको छ जो अगष्ट महिनामा सिर्जना भएका १४ लाख रोजगारीको तुलनामा भारी गिरावट हो।
सेप्टेम्बरको प्रतिवेदनले बेरोजगारी आधा प्रतिशतले घटेर ७.९ प्रतिशत कायम भएको उल्लेख गरेको छ- जो अति न्यून दर हो र निकट भविष्यमा यसमा सुधार हुने सम्भावना पनि ज्यादै न्यून छ।
सन्दर्भमा जोडेर हेर्दा यसको अर्थ कोरोना भाइरसका कारण गुमेका २ करोड २० लाख रोजगारीमा अझै पनि श्रम बजार(शक्ति) मा १करोड रोजगारी अपुग हो र के कुराको ख्याल राख्नु पर्छ भने प्रमुख चुनावी क्षेत्रहरुमा २ करोड ६० लाख ब्लु कलरका श्रमिकहरु अहिले पनि कुनै न कुनै प्रकारको बेरोजगारीपनमा आस्रित छन्। प्रारम्भमा यो अपेक्षा गरिए भन्दा बढि नै सुधारोन्मुख देखिन्थ्यो तर त्यो सुधार असन्तुलित रुपमा उच्च वेतनभोगी क्षमिकको पक्षमा ढल्किएको थियो र त्यतै अल्मलिइ रहेको छ। ट्रम्पले भने जस्तै देशले महामारी वा त्यसका आर्थिक असरहरुको ब्यवस्थापनमा कुनै “घुम्ती पार” गरिसकेको छैन किनभने महामनरीको सम्बोधन नै गरिएको छैन।
यसका भौतिक असरहरुका साथसाथै चुनावी असरहरु पनि छन्। यी असर बिना कारण चै पक्कै होइनन्, अमेरिकी जनताले राष्ट्रपतिको पोजिटिभ नतिजालाई कोही पनि सुरक्षित छैन भन्ने कुराको संकेतका रुपमा लिएका छन्। आउँदा केही महिनामा हामी देखे जस्तै उपभोक्ताको खर्च गराई आर्थिक सुधारको मूल चालक बन्ने कुरा सपना सरि नै हुने छ। यसको विपरित मुख्य क्षेत्रहरुमा सरकारको लक्षित खर्च गराइले (जो रिपब्लिकन बहुमतको कंग्रेस मातहत असम्भव छ) क्षतिपूर्ति गर्नेछ। यो केवल अमेरिकी अनुभव मात्र होइन।
कोभिड-१९ संक्रमित विश्व नेताहरुको बढ्दो सूचिमा ट्रम्प थपिएका मात्र हुन्। बेलायती प्रधानमन्त्री बोरिस जोन्सन, ब्राजीली राष्ट्रपति जायर बोल्सोनारोका साथै विश्वभरका अन्य राष्ट्र प्रमुखहरु र उच्च अधिकारीहरु यो रोगबाट संक्रमित भइसकेका छन्। यसले हामी सबै कति नाजुक अवस्थामा छौं र रोगको रोकथाम वा भि आकारको सुधारका सन्दर्भमा घटनाहरु योजना अनुरुप अगाडि बढ्नेमा असम्भव जस्तै देखिएको छ।
लेखक चेक गणराज्यको प्रागस्थीत अमेरिकी पत्रकार, राजनैतिक विश्लेषक तथा स्वतन्त्र पत्रकार हुन्। (दामोदर उपाध्यायबाट सिजिटिएन अक्टोवर ३, २०२० बाट भावानुवाद)