Date
आइत, बैशाख ६, २०८३
Sun, April 19, 2026
Sunday, April 19, 2026
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
  • लग - इन
  • दर्ता गर्नुहोस्
Nepal Readers
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
Nepal Readers
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्

सन् २०२० मा गुमाइएका एक मुक्तियोद्धाः म्याराडोना

एन्टोनियो मोसचेला र सान्टियागो जाबाला एन्टोनियो मोसचेला र सान्टियागो जाबाला
पुस १५, २०७७
- यो हप्ता, समाचार
A A
0
अर्जेन्टिना फुटबल आइकन डिएगो अरमान्डो म्याराडोना जुलाई २७, १९८४ मा आफ्ना युवा प्रशंसकहरुसँग कुरा गर्दै [फाईल फोटो: मसिमो सम्बुसेटि /एपी] 

अर्जेन्टिना फुटबल आइकन डिएगो अरमान्डो म्याराडोना जुलाई २७, १९८४ मा आफ्ना युवा प्रशंसकहरुसँग कुरा गर्दै [फाईल फोटो: मसिमो सम्बुसेटि /एपी] 

  •  shares
  • Facebook
  • Twitter
  • WhatsApp
  • Gmail
  • Viber
  • Messenger

    सन् २०२० मा हामीले धेरै दु:खद घटनाहरुको सामना गर्नु पर्‍यो। त्यसमध्ये डिएगो म्याराडोनाको असामयिक मृत्यु पनि एक थियो। महान फुटबल खेलाडीको असामयिक मृत्यु ६० वर्षको उमेरमा २५ नोभेम्बरमा आफ्नै निवासमा हृदयघातका कारणले भयो।

    म्याराडोना आफ्नो जीवनकालभर महान फुटबल खेलाडीका रुपमा मात्र चिनिएनन्। उनले फुटबललाई मैदानमात्र सिमित राखेनन्, यसलाई राजनीतिक कार्यमा विस्तार गरे र लाखौं गरीब तथा सीमान्तकृत फ्यानहरूलाई आशा र उन्मुक्तिको भावना जगाए। उनले सीपले मात्र दीर्घकालिन उपलव्धि हासिल नहुनेरहेछ; यसका साथै हरेकलाई साहस, अन्तस्करण र पुनःजाग्ने जोसको आवश्यकता पर्छ भन्ने प्रमाणित गरे।

    म्याराडोनालाई धेरैले उनको अतुलनीय सीपका कारणका साथसाथै उनको विद्रोहीपन र अन्यायी शासन शक्तिविरुद्ध चुनौती दिनेका रूपमा स्मरण गरेका छन्। यस्तो जुझारुपना खेलहरुका धेरै महारथीमा कमैमात्र चर्चा भएका छन्। मुहम्मद अली जस्ता केहीमा यस्ता गुणहरु देखिएको थियो। तिनीहरु जहिलेपनि कमजोर तप्काको पक्षमा उभिए पनि तिनीहरु विश्वव्यापी मञ्चमा निरन्तर टिक्न सकेनन्।

    म्याराडोना महान व्यक्तित्व बन्नुमा खेलमैदानमा उनको प्रदर्शनको कारणले मात्र होइन। आफ्ना  प्रशंसकहरूसँग घनिष्ठ सम्बन्ध कायम राख्नुका कारणले पनि हो। उनी सँधैजसो भनिरहन्थे–म रङ्गशालाको ड्यासमा उपरखुट्टि लगाएका मालिक र कुलीन दर्शकहरुका लागि भन्दा जनताको लागि खेल्ने गर्दछु। उनको लागू औषधविरुद्धको संघर्षमा पनि उनी अझ बढि इमानदार र जनता पक्षधरका रुपमा रहे। उनले एक पटक भने–”मैले गल्ती गरें, र मैले त्यसको मूल्य चुकाएँ, तर फूटबलमा कहिल्यै दाग लगाइन”

    म्याराडोना आफू जन्मिएको र हुर्किएको वस्तिहरुप्रति गर्व गर्थे। कच्ची ईंटा र टिनले छापेको उनको बाबुआमाको घरमा पानी र बिजुलीबत्ति थिएन। म्याराडोनाको प्रतिभा ११ बर्षको उमेरमा अर्जेन्टिनोस जूनियर क्लबले पहिचान गर्‍यो, त्यसपछि तीव्रगतिमा उनी राष्ट्रिय खेलाडी बने।

    दुई बर्षजति अर्जेन्टिनामा खेलेपछि उनी सन् १९८२ मा युरोपमा गए। उनी सर्वप्रथम बार्सिलोनाको एक धनी फुटबल क्लबमा आवद्ध भए तर चोटपटक लागेका कारण र आमरुपमा दक्षिण अमेरिकीप्रति जातीय भेद गर्ने कारण त्यो क्लब उनका लागि अनुकूल हुन सकेन।

    यही कारणले सन् १९८४ मा उनको व्यावसायकिता प्रदर्शन पश्चिमी यूरोपको सबैभन्दा गरीब शहरहरूमध्ये इटालीको नेपल्सबाट शुरु गर्ने अवस्था बन्यो। त्यसपछि उनी आश्चर्यजनक रुपमा म्याराडोना नेपोली टीमका अभिन्न मित्र बनिहाले र नेपोलिहरुलाई उत्तरीहरूले प्रायजसो “इटालीका अफ्रिकी” भनेर सम्बोधन गर्थे। उत्तरको धनी इटालीले आफ्नो दक्षिणी भागलाई सधैं गरीब र कम विकसित भनेर हेय गर्ने गर्दछ। यो कुरा फुटबल मैदानमा देखिने इटालिका उत्तरी र दक्षिणी भागका खेल प्रशंसकहरुले स्पष्ट गर्दछन्।

    म्याराडोनाले इटालियन फुटबल लीगमा उत्तरको स्थापित प्रभुत्वलाई तोडिदिए। सन् १९८५ मा नेपोलिले लीगमा प्रथम उपाधी लियो। यस विजयका बारेमा इटालियन लेखक रोबर्टो साभियानोले ला रिपब्लिका अखबारमा एक लेख नै लेखे। उनका अनुसार “म्याराडोना एक मुक्तिदाता थिए। हो,  मुक्तिदाता … किनकी दक्षिणबाट आएको टोलीले कहिल्यै इटालियन च्याम्पियनशिप जितेको थिएन, दक्षिणबाट आएको टोलीले यूईएफए कप कहिल्यै जितेको थिएन, अनि दक्षिणबाट आएको टोली कहिल्यै पनि विश्व आकर्षणको केन्द्र बनेको थिएन।”

    नेपोलीमा, म्याराडोनाले क्लब मालिकहरूसँग अनुचित तलब र नीतिहरू विरुद्ध बोल्न हिचकिचाएनन्। उदाहरणका लागि, १९८४ मा, उनले अधिकारीहरूको इच्छा विरूद्ध काम गरे। त्यसबेला नेपल्सको गरीब वस्तिको हिले मैदानमा एक गरीब बच्चाको उपचारार्थ खर्च जुटाउन च्यारिटी खेल आयोजना गरे।

    यो काम र यस्ता धेरै कामहरुले म्याराडोना र स्थानीय जनताबीच ज्यादै हार्दिक सम्बन्ध बन्यो। उनी नेपोल्सवासीबीच अति नै प्रिय बनेका थिए। जसको परिणाम सन् १९९० मा संयोगवश इटालीको नेपोल्समा हुन पुगेको विश्व कप फूटवलमा अर्जेन्टिना र इटालीबीचको सेमी फाइनल हुँदा निपोल्सवासीहरूले अर्जेन्टिनाको पक्षमा समर्थन गरे।

    उनको आफ्नै देश, अर्जेन्टिनामा, म्याराडोना सबै जातीय उत्पत्ति र सामाजिक वर्गका प्रिय थिए। यसरी मन पराइनुमा उनी खेलाडी भएर मात्र होइन भन्ने कुरा उनको फूटवल खेलको उतारचडावका दुवै कालमा उनीप्रतिको आकर्षणले स्पष्ट गर्दछ। इतिहासमा सबैभन्दा बढी राजनीतिकरण गरिएको सन् १९८६ को विश्वकप खेलमा उनले बनाएका दुई असाधारण गोलहरूका कारण उनी राष्ट्रिय नायक बने।

    यी दुई गोलहरुले चार बर्षअघिको अर्जेन्टिना र बेलायतबीचको फकल्याण्ड युद्धलाई पुनस्मरण गरायो। यो युद्ध ब्रिटिशले कब्जा गरेको दुई क्षेत्र पुनः हासिल गर्नका लागि अर्जेन्टिनी सेना असफल भएको युद्ध थियो। यही युद्धको चार बर्ष पछि इङ्गल्यान्ड र अर्जेन्टिनाको विश्वकपको क्वार्टरफाइनलमा भेट भयो। म्याराडोनाले स्मरण गरे कि यो अवसर त्यस युद्धमा मरेका सयौं अर्जेन्टिनीवासीहरूको स्मृतिलाई सम्मान गर्ने अवसर हो, साथसाथै शताब्दियौंदेखि औपनिवेशिक शक्तिहरूले मारेका विश्वभरका दक्षिणका लाखौं मानिसको सम्मान गर्ने अवसर हो।

    म्याराडोनाको पहिलो गोल “भगवानको हात” को रूपमा परिचित भयो। दोस्रो गोल, “शताब्दीको गोल” को रुपमा। इङ्गल्यान्डका फ्यानहरूले माराडोनाका यी दुई गोलहरुलाई कहिल्यै भुल्ने छैनन्; तिनीहरू अझै पनि पहिलो छलपूर्ण र दोस्रो सुन्दर सीपयुक्त गोलहरुले वारम्वार पीडा दिएको महशुस गर्दछन्।

    अर्जेन्टिनीहरूले यस क्षणलाई मार्गरेट थैचरको नव-साम्राज्य शक्ति इङ्गल्यान्डबाट भएको अपमानका विरुद्धको मुक्ति दिवशका रुपमा मनाए। यसै वर्षको अक्टोबरमा फ्रान्स फुटबलले उनको ६० औं जन्मदिनको आश्चर्यजनक उपहार के होला भनेर सोध्यो। त्यसबेला म्याराडोनाले दृढताका साथ जवाफ दिए, “यस पटक अङ्ग्रेजका बिरूद्ध दायाँ हातले अर्को गोल!”

    नेपोलवासी तथा अर्जेन्टिनीहरु र अन्य लाखौं प्रशंसकहरुको नजरमा तल दवाइएका र अधिनमा राखिएका सबैका लागि म्याराडोना मुक्तिका एक प्रतीक थिए।  जसले आफूँलाई  तल हेरेका थिए र अधीनमा राखेका थिए। सन् १९९७ मा उनले पेशेवर खेलाडीबाट सन्यास लिएपछि उनलाई गरिएको अवहेलनाका विरुद्धको अभियानले उनलाई विश्वभर अधिक सम्मानित बनायो।

    म्याराडोनाले व्यावशायिक फुटबल खेलाडीहरूको यूनियनलाई सार्वजनिक रूपमा समर्थन गरे। उनले फिफाको संस्थागत भ्रष्टाचारको सार्वजनिक रूपमा निन्दा गरे। उनले प्यालेस्टाइनको मुद्दाका साथै अमेरिकी साम्राज्यवादको विपक्षमा एकताबद्ध फिडेल कास्ट्रो, ह्युगो चाभेज र इभो मोरालेस जस्ता वामपन्थी नेताहरूको समर्थन गरे। सन् २००५ मा, उनले टी-शर्ट लगाएर जर्ज डब्लु बुशलाई युद्ध अपराधी घोषणा गर्दै अमेरिकाका राष्ट्रहरुको चौथो शिखर सम्मेलनमा व्यापक विरोध प्रदर्शन गरे।

    म्याराडोनाको विद्रोही स्वभाव र शासनशक्तिलाई चुनौति दिनु धेरै हदसम्म सामाजिक न्यायलाई खेलकुदबाट अलग्ग राखिनु हुँदैन भन्ने मान्यतासँग गासिएको छ। दुर्भाग्यवस, आज राजनीतिलाई खेल मैदान बाहिर फ्याक्न बढ्दो कर्पोरेट दवावका कारण ब्यवसायिक खेलाडिहरु र धावकहरुलाई राजनीतिक बक्तब्य दिदा र सिमान्तिकृत विभेदमा पारिएका समुदायहरुसँग एक्यवद्धता जनाउँदा सजायको भागिदार बनाइन्छ।

    जब हामी म्याराडोनालाई स्मरण गर्दछौं वा उनी प्रति सम्मान ब्यक्त गर्दछौं, हामीले पनि उनको विरासतलाई आत्मसात गर्नुपर्दछ र खेलकुदको ब्यापारिकरण तथा त्यस भित्रको सामाजिक न्यायलाई सिमान्तिकरण गर्ने कामको प्रतिकार गर्नुपर्छ।

    साभारः २८ डिसेम्बर २०२० मा अल जजिरामा प्रसारित

    लेखकहरु एन्टोनियो मोसचेला एक स्वतन्त्र खेल पत्रकार हुन् भने सान्टियागो जाबाला पोम्पु फब्रा विश्वविद्यालयका दर्शनका प्रोफेसर हुन्।

    •  shares
    • Facebook
    • Twitter
    • WhatsApp
    • Gmail
    • Viber
    • Messenger
      एन्टोनियो मोसचेला र सान्टियागो जाबाला

      एन्टोनियो मोसचेला र सान्टियागो जाबाला

      Related Posts

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      तीर्थ कोइराला
      साउन ४, २०८२

      विश्वमा देहव्यापारको शुरुवात इसा पूर्व २४ सय वर्ष अगाडि भएको इतिहासमा उल्लेख गरिए पनि जब समाजमा परिवार र विवाहको प्रारम्भ...

      जेष्ठ वामहरुको पोखरा भेलाबारे रामबहादुर भण्डारीको अनुभूति

      जेष्ठ वामहरुको पोखरा भेलाबारे रामबहादुर भण्डारीको अनुभूति

      रामबहादुर भण्डारी 'आर. बी'
      पुस १, २०८१

      संसारमा जेष्ठ तथा वामहरुको बारेमा अलगै धारणाहरु भएतापनि हाम्रो देशमा बोलिचाली र कतिपय कानूनी रुपमा समेत उमेरले ७० पुगेका र...

      घुस नखाने पार्टी समाजवादको सर्त

      घुस नखाने पार्टी समाजवादको सर्त

      घनश्याम भूसाल
      साउन ८, २०८१

      डा. बाबुराम भट्टराईबारे लेखिएको पुस्तक 'बाबुराम : अ भिजीनरी रेबेल' सबै पढिसक्दा पुस्तकको शिर्षकले न्याय पाउन सकेन जस्तो लाग्छ ।...

      चीनले सिलिकन भ्यालीलाई कसरी प्रयोग गरिरहेको छ

      चीनले सिलिकन भ्यालीलाई कसरी प्रयोग गरिरहेको छ

      जेकोब ड्रेयर
      असार २७, २०८१

      १६ औं शताब्दीसम्म, चीन दुनियाको प्रविधिजगतमा सबैभन्दा बढी विकसित थियो। जुनबेला यूरोपमा कुलीन वर्गको शासन थियो, त्यसबेला चीनका प्रबुद्ध वर्गले...

      प्यालेष्टाइन–इजरायल द्वन्द्वको वास्तविकता

      प्यालेष्टाइन–इजरायल द्वन्द्वको वास्तविकता

      रामराज रेग्मी
      असार १२, २०८१

      यही वर्ष २०२४ को गत ७ अक्टोवरमा प्यालेष्टाइनी लडाकू समुह हमासले इजरायलमा गरेको सशस्त्र हमलामा परी १० जना नेपाली विद्यार्थीको...

      मिटरब्याजको आडमा बलात्कार गर्ने सुर्जमानलाई १० वर्ष कैद, पीडितलाई ५ लाख क्षतिपुर्ति तिर्नुपर्ने

      नेपाल रिडर्स
      असार ३, २०८१

      मिटरब्याजको आडमा शरिर बन्धक बनाएर यौन शोषण गर्ने सुर्जमान मालिलाई ललितपुर जिल्ला अदालतले १० वर्ष कैद सजाय सुनाएको छ। मिटरब्याजी...

      सिफारिस

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?
      विचार

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?

      प्रा. चैतन्य मिश्र
      मंसिर ६, २०८०

      थप पढ्नुहोस्Details
      महङ्गीबारे रहस्यमय मौनता
      समाज

      महङ्गीबारे रहस्यमय मौनता

      नरेश ज्ञवाली
      कार्तिक १४, २०८०

      थप पढ्नुहोस्Details
      भारतीय समाजको नाजीकरण भइसक्यो!
      विचार

      भारतीय समाजको नाजीकरण भइसक्यो!

      अरुन्धती रोय
      कार्तिक ११, २०८०

      थप पढ्नुहोस्Details
      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!
      विचार

      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!

      नालेदी पान्दोर
      कार्तिक १०, २०८०

      थप पढ्नुहोस्Details

      सामाजिक सञ्जालमा पुग्नुहोस्

      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • हाम्रो बारे

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.

      Welcome Back!

      गुगल मार्फत साइन इन गर्नुहोस्
      Sign In with Linked In
      वा

      Login to your account below

      Forgotten Password? Sign Up

      Create New Account!

      गुगल मार्फत साइन अप गर्नुहोस्
      Sign Up with Linked In
      वा

      Fill the forms bellow to register

      All fields are required. Log In

      Retrieve your password

      Please enter your username or email address to reset your password.

      Log In

      Add New Playlist

      नतिजा छैन
      सबै नतिजा हेर्नुहोस्
      • राजनीति
      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • मल्टिमिडिया
      • ब्लग

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.