Date
सोम, माघ २६, २०८२
Mon, February 9, 2026
Monday, February 9, 2026
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
  • लग - इन
  • दर्ता गर्नुहोस्
Nepal Readers
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
Nepal Readers
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्

अफगानिस्तानबाट अमेरिकाको पलायन सैगोनको भन्दा लज्जास्पद हो

अमेरिकाको अगुवाइमा भएको यो युद्धमा जनसंहार भयो र करौडोको जीवनलाई अस्तव्यस्त बनायो। र यसले धार्मिक कट्टरता र दुश्मनी बढायो। यसले इश्लाम धर्मप्रति विश्वमा नकारात्मक धारणा उव्जाइ दियो।

nepal_readers nepal_readers
साउन ३२, २०७८
- यो हप्ता, समाचार
A A
0
  •  shares
  • Facebook
  • Twitter
  • WhatsApp
  • Gmail
  • Viber
  • Messenger

    तालिबान सेनाले २० वर्षपछि अमेरिकी सेनाले कब्जा गरेको कावुललाई कब्जा गरेको छ। एउटा सार्वभौम मुलुकमा ‘उद्धारकर्ता’ बनेर घुसेको अमेरिका पुन : लुसुक्क बाहिर निस्केको छ। अमेरिका यसरी कुनै देशबाट पलायन भएको भने पहिलो पटक भने होइन। सन् १९७५ मा यसरी नै भियतनामको सैगोनबाट उ लुसुक्क बाहिरन बाध्य भएको थियो। सन् २००३ मा पनि इराकमाथि आक्रमण गरेर अमेरिका केही पनि हात नलाई इराकलाई झनै द्वन्द्वग्रस्त क्षेत्रमा परिणत गरेर लुसुक्क फर्किएको थियो।

    अफगानिस्तानबाट पलायन एक राजनीतिक असफलता हो

    अफगानबाट पलायन हुँदा अमेरिका कयौं अर्थमा असफल भएको छ। पहिलो, अफगानिस्तानबाट पलायन एक राजनीतिक असफलता हो। अफगानीहरूविरुद्ध अमेरिकाले युद्ध आरम्भ गर्नु नै गैर–जिम्मेवारपूर्ण थियो। ९/११ (२००१) मा ट्वीन टावर ध्वस्त पारेको जिम्मेवारी लिने अल–कायदालाई ध्वंस गर्न र बिन लादेनलाई खोज्न भनेर अमेरिकाले अफगानिस्तानमाथि आक्रमण गरेको थियो। साथै अमेरिकाले अफगानिस्तानको पुनर्निर्माण गर्ने प्रतिज्ञा पनि गरेको थियो तर उसले आफ्ना वाचाहरू पूरा गर्दै गरेन। एक त अमेरिकासँग कुनै विशेष योजना नै थिएन, केही थिए भनेपनि त्यस्ता योजनामै फेरबदल ग-यो र ती पनि कुनै लागू भएनन्।

    अमेरिकाको पलायन ‘मानवतावादविरुद्धको प्रहार’को असफलता पनि हो

    अमेरिकी अगुवाइमा भएको अफगानिस्तानको युद्धमा ठूलो जनसंहार भयो र करौडौँको जीवनलाई अस्तव्यस्त बनायो। र, यसले धार्मिक कट्टरता र दुश्मनी पनि बढायो। यसले इश्लाम धर्म/ दुनियाँप्रति विश्वमा नकारात्मक धारणा उब्जाइ दियो।

    अफगानिस्तानको युद्धमा भएको धनको क्षतिबारे यकिन तथ्याङ्क नै छैन। ब्राउन यूनिभर्सिटीको ‘कस्ट अफ वार प्रोजेक्ट’का अनुसार, यस वर्षको अप्रिलसम्ममा, यस युद्धमा अफगानिस्तानमा करीब एक लाख ७४ हजार व्यक्तिहरु मारिए (जसमा ४७ हजार २ सय ४५ नागरिक, ६६ देखि ६९ हजार अफगान सेना तथा पुलिस र ५१ हजारभन्दा बढी तालिबान लडाकू थिए)। प्रति दिन करीब २३ को ज्यान गयो।

    यस युद्धले पहिला नै नाजुक बनेको अफगानी अर्थव्यवस्था र समाजलाई झनै कष्टकर बनायो। संयुक्त राष्ट्र संघका अनुसार, २६ लाख अफगानीहरू विदेशमा शरणार्थी भए, यसको मार खासगरी पाकिस्तान र ईरानले अहिले भोग्नु परिरहेको छ। बाँकी ४० लाख विस्थापित व्यक्तिहरू देशभित्रै आन्तरिक रूपमा शरणार्थी भएका छन्।

    साथसाथै अधिकांश अफगानीहरूले आफ्ना भएका सम्पत्ति पनि गुमाउनु प-यो। नगद र जिन्सी विदेश चलान भए। युद्धले ज्यान लिने नै भयो, घाइते बनाउने नै भयो, कतिपयलाई जीवनभर अपाङ्ग बनाउने भयो। सँगै, हिंसाले आमजनमा त्रास र भय पैदा गर्दछ। त्यसका कारण व्यवसाय बन्द हुन्छन्, जनताले किनमेल समेत गर्न छोड्छन्। र, अहिले अवस्था कस्तो छ भने अफगानीहरु नगद निकाल्नका लागि बैंकहरूमा लाम लागिरहेका छन्।

    अफगानिस्तान आर्थिक पतनको डिलमा पुगेको छ। जनताहरू घरबाहिर र सडकमा भोक, शोक र तनावले तड्पिरहेका देखिन्छन्। अमेरिकाको एक रणनीतिक असफलता पनि हो यो।

    अमेरिकाको रणनीतिक असफलता पनि हो यो

    स्मरणीय छ, सन् १९५० पछिका सबै युद्धहरूमा अमेरिका असफल भइरहेको छ। यस्तो हुनु अमेरिकाको रणनीतिक कमजोरी हो। यो दुखद त हुँदै हो, सँगै आश्चर्य मान्नुपर्ने कुरा पनि हो। किनभने कोरियाली युद्ध, भियतनामी युद्धदेखि इराकमाथिको आक्रमण र अफगानिस्तानमाथि कब्जा जमाउँदासमेत अमेरिकाले केही सिक्न सकेन। बारम्बार पराजय भइरहँदा पनि गोलाबारुद लिएर अरु देशविरुद्ध जाइलाग्नु अमेरिकाको मष्तिष्कमा रहेको ‘अमेरिका फर्स्ट’ को अभिमान गडेर बस्नुको कारण हो।

    यतिका पलायन भइरहँदा पनि अमेरिका अझै पनि संसारलाई वशिभूतमा राख्ने आफ्नो महत्वाकांक्षालाई कम गर्न चाहँदैन। अमेरिकी सोच र विश्वास बमोजिम चल्न नखोज्नेलाई अमेरिका नजिकमा राख्दैन र आक्रमण नै गर्दछ। धार्मिक रुढीपन्थीले जस्तै यसले पनि ‘विश्वमुक्ति र एकल–विश्व’को अवधारणामा विश्वास गर्छ। ‘अमेरिकाले सबै समस्याहरुलाई निवारण गर्छ र विश्वले अमेरिकाको गुणगान गाउनु पर्छ’ भन्ठान्छ।

    विश्वका सबै समस्याको मुक्तिदाता र महिसा ठान्ने अमेरिकाले बारुदगोलाको भरमा विश्वका मौलिक समस्याहरूको समाधान गर्न खोज्दा समस्याहरू झनै जटिल हुने गरेको छ। यसरी विश्वलाई नै रगतको आहालमा डुबाउने अमेरिकालाई कसरी विश्वका जनताले प्रशंशा गर्न सक्छन्?

    सारा कुराको निष्कर्ष : अमेरिकाको पलायन नैतिक असफलता हो

    अमेरिकाले विश्वप्रतिको जिम्मेवारी निर्वाह गर्न होइन, आफँैलाई सजिलो बनाउने कामकार्वाही गर्नेगर्छ। यसले इजरायलीहरूको ‘यहुदी धर्मराज्य’ देख्दैन, तालिबानलाई मात्र धार्मिक कट्टर देख्छ। यसको दृष्टिकोण नै ‘अमेरिका सर्वप्रथम’मा अडेको छ। यस्तो ‘अमेरिका सर्वप्रथम’ अमेरिकाका जुनसुकै सरकारका साझा दृष्टिकोण हुन्। डोनल्ड ट्रम्पसँग तुलना गर्ने हो भने अमेरिकाका वर्तमान राष्ट्रपति बाइडेन बढ्ता ‘अमेरिका सर्वप्रथम’वादी हुन्। यस अर्थमा यिनीहरू सबै नै अन्तर्राष्ट्रिय जिम्मेवारीको कुरा गर्ने तर सिन्को नभाच्ने अहंकारी शासकहरू हुन्।

    छोरा बुशले युद्ध शुरू गरे, ओबामाले शान्तिको कुरा गरे। युद्ध छेड्दा होस् या पलायन हुँदा, तिनीहरू सबैले ‘अमेरिकी सरकारहरू जिम्मेवार भएको’ दावी गर्दैरहे। ट्रम्प पहिलो अमेरिकी राष्ट्रपति हुन्, जसले अफगानिस्तानलाई रसातलमा पु¥याउने भनेर अट्टहास गरेका थिए। उनको अट्टहासमा कम से कम ‘अमेरिका सर्वप्रथम’ भन्ने बारेमा ईमान्दारीता त झल्कन्थ्यो। तर बाइडेनले आफ्नो स्वार्थ सिद्धी गरेर रगतको आहाल बनिरहेको अफगानबाट कुनै नैतिक जिम्मेवारी नलिईकन खुसुक्क पलायन रोजे।

    अफगानिस्तानबाट अमेरिकाको पलायन दक्षिण भियतनामको सैगोनबाट भएको पलायनभन्दा पनि लज्जास्पद हो। किनकि अफगानिस्तानबाट अमेरिकाजस्तो महाशक्तिको हार चप्पल लगाएका, पर्वते र बाख्रा चराउने गोठाला ठानिएका तालिवानहरुसँग भएको हो।

    थप जानकारीका लागि पढ्नहोस् –


    सिजिटिएन र विभिन्न एजेन्सीहरु आधारित।

    •  shares
    • Facebook
    • Twitter
    • WhatsApp
    • Gmail
    • Viber
    • Messenger
      nepal_readers

      nepal_readers

      नेपाल रिडर्स सार्वजनिक नीतिहरु र मुद्दाहरुबारे निरन्तर छलफल–विचार विमर्श गर्ने विद्युतीय मञ्च हो।

      Related Posts

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      तीर्थ कोइराला
      साउन ४, २०८२

      विश्वमा देहव्यापारको शुरुवात इसा पूर्व २४ सय वर्ष अगाडि भएको इतिहासमा उल्लेख गरिए पनि जब समाजमा परिवार र विवाहको प्रारम्भ...

      जेष्ठ वामहरुको पोखरा भेलाबारे रामबहादुर भण्डारीको अनुभूति

      जेष्ठ वामहरुको पोखरा भेलाबारे रामबहादुर भण्डारीको अनुभूति

      रामबहादुर भण्डारी 'आर. बी'
      पुस १, २०८१

      संसारमा जेष्ठ तथा वामहरुको बारेमा अलगै धारणाहरु भएतापनि हाम्रो देशमा बोलिचाली र कतिपय कानूनी रुपमा समेत उमेरले ७० पुगेका र...

      घुस नखाने पार्टी समाजवादको सर्त

      घुस नखाने पार्टी समाजवादको सर्त

      घनश्याम भूसाल
      साउन ८, २०८१

      डा. बाबुराम भट्टराईबारे लेखिएको पुस्तक 'बाबुराम : अ भिजीनरी रेबेल' सबै पढिसक्दा पुस्तकको शिर्षकले न्याय पाउन सकेन जस्तो लाग्छ ।...

      चीनले सिलिकन भ्यालीलाई कसरी प्रयोग गरिरहेको छ

      चीनले सिलिकन भ्यालीलाई कसरी प्रयोग गरिरहेको छ

      जेकोब ड्रेयर
      असार २७, २०८१

      १६ औं शताब्दीसम्म, चीन दुनियाको प्रविधिजगतमा सबैभन्दा बढी विकसित थियो। जुनबेला यूरोपमा कुलीन वर्गको शासन थियो, त्यसबेला चीनका प्रबुद्ध वर्गले...

      प्यालेष्टाइन–इजरायल द्वन्द्वको वास्तविकता

      प्यालेष्टाइन–इजरायल द्वन्द्वको वास्तविकता

      रामराज रेग्मी
      असार १२, २०८१

      यही वर्ष २०२४ को गत ७ अक्टोवरमा प्यालेष्टाइनी लडाकू समुह हमासले इजरायलमा गरेको सशस्त्र हमलामा परी १० जना नेपाली विद्यार्थीको...

      मिटरब्याजको आडमा बलात्कार गर्ने सुर्जमानलाई १० वर्ष कैद, पीडितलाई ५ लाख क्षतिपुर्ति तिर्नुपर्ने

      नेपाल रिडर्स
      असार ३, २०८१

      मिटरब्याजको आडमा शरिर बन्धक बनाएर यौन शोषण गर्ने सुर्जमान मालिलाई ललितपुर जिल्ला अदालतले १० वर्ष कैद सजाय सुनाएको छ। मिटरब्याजी...

      Leave a Reply Cancel reply

      Your email address will not be published. Required fields are marked *

      सिफारिस

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?
      विचार

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?

      प्रा. चैतन्य मिश्र
      मंसिर ६, २०८०

      थप पढ्नुहोस्Details
      महङ्गीबारे रहस्यमय मौनता
      समाज

      महङ्गीबारे रहस्यमय मौनता

      नरेश ज्ञवाली
      कार्तिक १४, २०८०

      थप पढ्नुहोस्Details
      भारतीय समाजको नाजीकरण भइसक्यो!
      विचार

      भारतीय समाजको नाजीकरण भइसक्यो!

      अरुन्धती रोय
      कार्तिक ११, २०८०

      थप पढ्नुहोस्Details
      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!
      विचार

      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!

      नालेदी पान्दोर
      कार्तिक १०, २०८०

      थप पढ्नुहोस्Details

      सामाजिक सञ्जालमा पुग्नुहोस्

      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • हाम्रो बारे

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.

      Welcome Back!

      गुगल मार्फत साइन इन गर्नुहोस्
      Sign In with Linked In
      वा

      Login to your account below

      Forgotten Password? Sign Up

      Create New Account!

      गुगल मार्फत साइन अप गर्नुहोस्
      Sign Up with Linked In
      वा

      Fill the forms bellow to register

      All fields are required. Log In

      Retrieve your password

      Please enter your username or email address to reset your password.

      Log In

      Add New Playlist

      नतिजा छैन
      सबै नतिजा हेर्नुहोस्
      • राजनीति
      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • मल्टिमिडिया
      • ब्लग

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.