Date
मङ्ल, माघ ६, २०८२
Tue, January 20, 2026
Tuesday, January 20, 2026
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
  • लग - इन
  • दर्ता गर्नुहोस्
Nepal Readers
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
Nepal Readers
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्

चीन विरुद्ध अमेरिकाको ‘ग्रेट वाल’

पत्रपत्रिकाबाट पत्रपत्रिकाबाट
फाल्गुन १०, २०७६
- यो हप्ता, समाचार
A A
0
  •  shares
  • Facebook
  • Twitter
  • WhatsApp
  • Gmail
  • Viber
  • Messenger

    क्रिस हकः अमेरिकी अधिकारीहरू चीनको हातमा उच्च प्रविधि पुग्न नदिन हाल अपनाइएका उपायहरूको गुणहरुका बारेमा बहस गर्दैछन्। मुलुकलाई आर्थिक तथा सैन्य शक्ति स्थापीत गर्ने अमेरिकी प्रविधिको निर्माण–तरिकालाई चिनले तोडमरोड गर्छ र चोर्छ भनेर अमेरिकीहरु डराउँछन्।

    यद्यपि, अमेरिकाका प्रविधि कम्पनीहरूले देशको टेक्नोलोजीलाई बारबेर गर्न “ग्रेट वाल” निर्माण गर्न नहुने कुरामा जोर दिएका छन्। न्यु योर्क टाइम्सले रिपोर्ट गर्छ कि ती कम्पनीहरू र तिनीहरूका प्रतिनिधिहरू यसो गरेमा “अमेरिकाले विशेषज्ञता, अनुसन्धान र राजस्व प्राप्त गर्ने अवसर गुमाउँदछ, अन्ततः अमेरिकालाई नोक्सान हुन्छ” भनेर भन्दैछन्।

    ट्रम्प प्रशासनको इच्छा विश्वमा अमेरिकी हित रक्षा गर्नु वैधानिक हो, तर के चीनलाई पर्खालबाहिर राखेर अमेरिकालाई आफ्नो टेक्नोलोजिकल, सैन्य र आर्थिक वर्चस्व राखिरहन सहयोग पुग्छ? टाइम्स पत्रिका भन्छ – संयुक्त राज्यका कम्पनीहरूले “उपभोक्ता बजार र विश्वव्यापी इलेक्ट्रोनिक्स आपूर्ति केन्द्रको रुपमा द्रूतविकसित भइरहेको चीनमा निर्बाध पहुँच भएको सुनिश्चित गर्नका लागि अमेरिका बाहिर थप अनुसन्धान तथा विकासका उपाय पत्ता लगाउनु बाहेक अरु विकल्प नभएको”कुरा बताइरहेकाछन्।

    यस्ता कुराहरु पहिले पनि भइरहेका थिए, कम्पनीहरू भन्छन्, अनुसन्धान पैसा क्यानाडा, इजरायल, बेलायत र अन्य स्थानहरूमा लगिएकोछ।

    बरु, चीन आफ्नै स्वदेशी टेक्नोलोजीलाई विकास गर्न आफ्नो प्रयास तीव्र गर्दैछ। यसले चीन अब कुनै पनि उत्पादनका लागि अमेरिकी कम्पनीहरूमा निर्भर हुन नचाहेको भन्ने बुझाउँछ। उदाहरणका लागि हुवावेले आफ्नो मोबाइल फोन अपरेटिंग प्रणालीमा लगानी बढाउँदैछ, किनभने नयाँ अमेरिकी कानूनले यसलाई गुगलको एन्ड्रोइड प्रणाली प्रयोग गर्नबाट रोकेको छ। अन्तिम परिणाम यो हुनेछ कि अमेरिकामा विकसित एन्ड्रोइड अपरेटिंग प्रणाली उद्योगलाई  एक स्तरमा धक्का पुर्‍याउन सक्छ। यस्तै कुरा माइक्रोचिप्स, हवाइजहाजका पार्टपूर्जाहरु, र अन्ततः हाल अमेरिकाले अगुवाइ गरिरहेका प्रत्येक क्षेत्र जोखिममा पर्न सक्छन्।

    ट्रम्प प्रशासन दाबी गर्छ कि चीन टेक्नोलोजी चोरेर नै अमेरिका सामू फूर्ति गरिरहेको छ। तथापि, उदाहरणका लागि हुवावेलाई नै लिनसकिन्छ। यसले 5G जी टेलिकम टेक्नोलोजीमा विश्वको नेतृत्व गरिरहेकोछ। यस क्षेत्रमा हुवावेको प्रतिस्पर्धी अमेरिकामा कुनै छैनन्। अमेरिका के सोच्छ भने चीनले चोरेर टेक्नोलोजी प्रगति गरेको हो। तर कुरा के हो भने चीनले अनुसन्धान र विकासमा बढी पैसा खर्च गरेको छ र 5G जी लगायत अन्य उद्योगहरूको विकासका लागि अत्यधिक सरकारी सहयोग दिने गर्दछ।

    तर चिनिया सरकारको यस्तो कामलाई अमेरिकी सरकारले उचित मान्दैन र रणनीतिक उद्योगहरूलाई सहयोग गर्न रोक्नु पर्छ भन्ने चाहन्छ। यस्तो कुरा चीनले गर्ला र गर्नु पर्छ भन्ने कुरा सोच्नै सकिदैन। पहिलो, चीनले आफ्नो उद्योगको विकासको ग्यारेन्टी गर्न यी उद्योगहरूको विकास गर्न आवश्यक छ, किनकि हालैमात्र विशेषगरी अमेरिकाले आफ्नो आपूर्ति श्रृंखलामा बाधा पुर्‍याउन सक्ने खतराको सामना गर्नुपर्‍यो। दोस्रो, चिनियाँ सरकारले उद्योगहरुलाई दिइने सहयोग भनेको आर्टिफीसियल इन्टिलिजेन्स जस्ता क्षेत्रहरुमा विश्वव्यापी नेतृत्व लिइने एक विजयी रणनीति भएको छ। तेस्रो, अमेरिकासँग चीनलाई यस्ता सहयोग रोक्न लगाउन सक्ने कुनै तागत छैन।

    अमेरिकाले फूर्तिका साथ गर्नुपर्ने कुरा भनेको चीनको नेतृत्वलाई पछ्याउनु र यसको आफ्नो हातबाट गुम्दै गइरहेको अनुसन्धान र उद्योगहरूको विकासमा सहयोग पुर्‍याउनु हो। प्रशासनले सोच्नु पर्ने कुरा भनेको हाल चीनले अमेरिकाबाट प्रविधि नभित्र्याइरहेको कुरा व्यापार सम्झौतामा सम्बोधन गर्न सकियोस् भन्ने हो।

    दुई देशहरूले वार्ताको क्रममा स्वामित्व सुरक्षाका आधार फेला पार्न सक्दछन्। टेक्नोलोजीमा बढी प्रगति गरेका कारण चीन अन्तर्राष्ट्रिय सम्पत्ति अधिकार कायम गर्न ठूलो चासो देखाउँदैछ। उदाहरणको लागि, हुवावेले एक अमेरिकी फर्मलाई 5G हार्डवेयर र सफ्टवेयर टेक्नोलोजी लाईसेन्स लिन प्रस्ताव गरेको थियो र त्यस फर्मलाई निर्माण र प्रयोग गर्नका अनुमति दिएको थियो।

    अमेरिकाले दशकौंसम्म स्वतन्त्र व्यापारलाई समर्थन गर्‍यो। यसैकारण आफ्नो अर्थतन्त्रमा बृहत उपलव्धि हासिल गर्न र विश्वको नेतृत्व लिन सफल भयो। चीन जस्ता कडा प्रतिस्पर्धीको सामना गर्दै अमेरिकाले अनुसन्धान र विकासमा दुई गुणा कम गर्नुपर्दछ र आफ्नै उद्योगहरूलाई सहयोग गर्न डराउनु हुँदैन।

    अमेरिका सरकारले आफ्ना बैंक र अटो उद्योगलाई व्यापक सहयोग गरेको नै छ।  तर किन महत्वपूर्ण उच्च टेक क्षेत्रहरू समर्थन गर्दैन? यदि वाशिङ्गटनले यो पहिले नै गरेको भए, अमेरिकी अटर्नी जनरल विलियम बारले अमेरिकाको 5G नेटवर्कको सुरक्षा सुनिश्चित गर्नका लागि नोकिया र एरिक्सनको नियन्त्रण लिनुपर्ने सुझाव दिँदैनथे। केही व्यक्तिले अमेरिकाले हरित प्रविधिमा व्यापक लगानी गरेर विश्व नेतृत्व पुनः लिन सकिने सुझाव दिएका छन्। के यो देशको अर्थव्यवस्था वरिपरि यस्ता अप्रभावी पर्खालहरू निर्माण गर्नु सकारात्मक कदम हो र?

    कसरी उच्च प्रविधिका लागि अमेरिकाले सहयोग गर्न सक्छ?  यसबारे अमेरिकाको सेमीकन्डक्टर उद्योग एसोसिएसनले सुझाव दिएको छ। त्यसले आगामी ५ बर्षभर सेमीकन्डक्टर विशेष अनुसन्धानमा संघीय लगानी तीन गुणा बढाउने र संघीय वैज्ञानिक एजेन्सीहरूमा वार्षिकरुपमा सेमीकन्डक्टरसँग सम्बन्धित अनुसन्धानका लागि संघीय लगानी दोगुना गर्न आग्रह गरेको छ। यसले योग्य कामदारहरू भित्र्याउन कोटा नतोक्न र शिक्षामा लगानी गर्नसमेत आग्रह गरेकोछ। यसले स्वतन्त्र व्यापार सम्झौता गर्न आह्वान गरेकोछ। यसो गरिएमा बजारका बाधा हटाउँछ, आईपी सुरक्षित गर्दछ, र स्वच्छ प्रतिस्पर्धा अनुकुल बनाउँछ।

    तथापी विज्ञान तथा प्रविधि कोषमा ठूलो कटौतीको प्रस्ताव, आप्रवासनमा सीमितता, र बहुपक्षीय व्यापार सम्झौताहरूमा अवरोध गर्दै ट्रम्प प्रशासन विपरित दिशामा गइरहेको छ।

    टाइम्सले जनाएको छ कि शीर्ष प्रशासन अधिकारीहरू फेब्रुअरी २८मा बैठक बस्दैछन्। त्यसमा चीनलाई जेट इन्जिन बेच्नको लागि जनरल इलेक्ट्रिसिटीको अनुमतिपत्र रोक्न वा अन्य प्रतिबन्धित गर्ने या नगर्ने बारे छलफल गर्नेछन्। यो कुरा निश्चित छ कि फ्रान्सको एयरबस र जनरल इलेक्ट्रिसिटीको यूरोपीयन प्रतिस्पर्धीहरूले यस बैठकको निर्णय सुन्न कान ठाडा पारेर बसेकाछन्।

    नोट: क्रिस हक कोलम्बिया ग्रेजुएट स्कूल अफ जर्नालिज्मबाट दिक्षित एक पत्रकार हुन् जसले दुई दशक भन्दा बढी समयदेखि न्यू योर्क, संयुक्त राष्ट्र संघ, टोकियो, बैंकक, इस्लामाबाद र काबुलबाट एपी, यूपीआई र सीबीएसका लागि रिपोर्ट गरिरहका छन्।

    •  shares
    • Facebook
    • Twitter
    • WhatsApp
    • Gmail
    • Viber
    • Messenger
      पत्रपत्रिकाबाट

      पत्रपत्रिकाबाट

      Related Posts

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      तीर्थ कोइराला
      साउन ४, २०८२

      विश्वमा देहव्यापारको शुरुवात इसा पूर्व २४ सय वर्ष अगाडि भएको इतिहासमा उल्लेख गरिए पनि जब समाजमा परिवार र विवाहको प्रारम्भ...

      जेष्ठ वामहरुको पोखरा भेलाबारे रामबहादुर भण्डारीको अनुभूति

      जेष्ठ वामहरुको पोखरा भेलाबारे रामबहादुर भण्डारीको अनुभूति

      रामबहादुर भण्डारी 'आर. बी'
      पुस १, २०८१

      संसारमा जेष्ठ तथा वामहरुको बारेमा अलगै धारणाहरु भएतापनि हाम्रो देशमा बोलिचाली र कतिपय कानूनी रुपमा समेत उमेरले ७० पुगेका र...

      घुस नखाने पार्टी समाजवादको सर्त

      घुस नखाने पार्टी समाजवादको सर्त

      घनश्याम भूसाल
      साउन ८, २०८१

      डा. बाबुराम भट्टराईबारे लेखिएको पुस्तक 'बाबुराम : अ भिजीनरी रेबेल' सबै पढिसक्दा पुस्तकको शिर्षकले न्याय पाउन सकेन जस्तो लाग्छ ।...

      चीनले सिलिकन भ्यालीलाई कसरी प्रयोग गरिरहेको छ

      चीनले सिलिकन भ्यालीलाई कसरी प्रयोग गरिरहेको छ

      जेकोब ड्रेयर
      असार २७, २०८१

      १६ औं शताब्दीसम्म, चीन दुनियाको प्रविधिजगतमा सबैभन्दा बढी विकसित थियो। जुनबेला यूरोपमा कुलीन वर्गको शासन थियो, त्यसबेला चीनका प्रबुद्ध वर्गले...

      प्यालेष्टाइन–इजरायल द्वन्द्वको वास्तविकता

      प्यालेष्टाइन–इजरायल द्वन्द्वको वास्तविकता

      रामराज रेग्मी
      असार १२, २०८१

      यही वर्ष २०२४ को गत ७ अक्टोवरमा प्यालेष्टाइनी लडाकू समुह हमासले इजरायलमा गरेको सशस्त्र हमलामा परी १० जना नेपाली विद्यार्थीको...

      मिटरब्याजको आडमा बलात्कार गर्ने सुर्जमानलाई १० वर्ष कैद, पीडितलाई ५ लाख क्षतिपुर्ति तिर्नुपर्ने

      नेपाल रिडर्स
      असार ३, २०८१

      मिटरब्याजको आडमा शरिर बन्धक बनाएर यौन शोषण गर्ने सुर्जमान मालिलाई ललितपुर जिल्ला अदालतले १० वर्ष कैद सजाय सुनाएको छ। मिटरब्याजी...

      सिफारिस

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?
      विचार

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?

      प्रा. चैतन्य मिश्र
      मंसिर ६, २०८०

      थप पढ्नुहोस्Details
      महङ्गीबारे रहस्यमय मौनता
      समाज

      महङ्गीबारे रहस्यमय मौनता

      नरेश ज्ञवाली
      कार्तिक १४, २०८०

      थप पढ्नुहोस्Details
      भारतीय समाजको नाजीकरण भइसक्यो!
      विचार

      भारतीय समाजको नाजीकरण भइसक्यो!

      अरुन्धती रोय
      कार्तिक ११, २०८०

      थप पढ्नुहोस्Details
      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!
      विचार

      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!

      नालेदी पान्दोर
      कार्तिक १०, २०८०

      थप पढ्नुहोस्Details

      सामाजिक सञ्जालमा पुग्नुहोस्

      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • हाम्रो बारे

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.

      Welcome Back!

      गुगल मार्फत साइन इन गर्नुहोस्
      Sign In with Linked In
      वा

      Login to your account below

      Forgotten Password? Sign Up

      Create New Account!

      गुगल मार्फत साइन अप गर्नुहोस्
      Sign Up with Linked In
      वा

      Fill the forms bellow to register

      All fields are required. Log In

      Retrieve your password

      Please enter your username or email address to reset your password.

      Log In

      Add New Playlist

      नतिजा छैन
      सबै नतिजा हेर्नुहोस्
      • राजनीति
      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • मल्टिमिडिया
      • ब्लग

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.