Date
मङ्ल, माघ २७, २०८२
Tue, February 10, 2026
Tuesday, February 10, 2026
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
  • लग - इन
  • दर्ता गर्नुहोस्
Nepal Readers
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
Nepal Readers
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्

चीनमा अमिर खानको ख्याति र कुटनीतिमा ‘सफ्ट पावर’

चीनियाँहरू अमिरसँग के कुरामा खुसी छन् भने अमिरले गरिबी, शिक्षा, यौनहिंसा, लैंगिक असन्तुलन र विभेदका कुराहरू फिल्ममा उठाउँछन् र ती कुरा चीनका सन्दर्भमा समेत मिल्न जान्छन्।

नेपाल रिडर्स नेपाल रिडर्स
माघ १२, २०७८
- यो हप्ता, समाचार
A A
0
  •  shares
  • Facebook
  • Twitter
  • WhatsApp
  • Gmail
  • Viber
  • Messenger

    भारतीय चलचित्र निर्देशक, निर्माता तथा अभिनेता अमिर खान फिल्महरूमा प्रायः नयाँ प्रयोगमात्रै गर्दैनन्, फिल्ममार्फत समाजमा परिवर्तनको सन्देश पनि दिने प्रयत्न गर्छन्। वर्षमा प्रायः एउटा मात्रै फिल्म बनाउने उनलाई अचेल ‘मिस्टर पर्फेक्सनिष्ट’ समेत भनिन्छ किनभने विगत एक दशकका उनका फिल्महरूलाई हेर्ने हो भने उनले हात हालेको सबैजसो फिल्म चर्चित बनेका छन्। आफ्नो फिल्मलाई हरेक कोणबाट उत्कृष्ट बनाउने त खानको प्रयास हुन्छ नै, चलचित्रमा भूमिका निर्वाह गर्ने क्रममा समेत उनी उत्तिकै जमेर लागि पर्छन्। जे भूमिका निर्वाह गर्ने हो, ठ्याक्कै त्यही चरित्रमै ढल्न उनी अत्यन्त मेहनत गर्छन्। पछिल्लो समय, अमिर खान चीनमा समेत उत्तिकै लोकप्रिय भइरहेका छन्। उनका चलचित्रहरू चिनीयाँ दर्शकहरूले प्राथमिकताका साथ हेर्ने गरेका छन्। चीनियाँ मिडियाहरूमा खानसम्बन्धी खबरहरू उत्तिकै प्राथमिकताका साथ आउने गरेका छन्।

    ‘दडिप्लोमेटडटकम’ले सन् २०१८ मा उल्लेख गरेअनुसार चीनमा सबैभन्दा चर्चित भारतीयहरूमा अमिर खान पहिलो नम्बरमा पर्छन्। दुई देशबीचको कुटनीतिक तनाबका बीचमा पनि नरेन्द्र मोदीभन्दा खान नै चीनमा चर्चित छन्। उनी चर्चितमात्रै होइन, उत्तिकै लोकप्रिय छन्। प्रारम्भमा पाइरेट गरिएको ‘थ्री इडियट्स’ चलचित्रको डिभिडिमार्फत अमिर चीनमा लोकप्रिय भएका थिए। त्यसपछि अमिर खानकै चलचित्र हेर्नका लागि चीनियाँहरू हल जाने गरेका छन्। अमिर खानको दंगलले अमेरिकन १८३ मिलियन डलर कमाएर उतिखेर सबैभन्दा धेरै कमाउने भारतीय सिनेमा बन्न पुगेको थियो।

    अहिले चीनका विभिन्न सामाजिक संजालहरूमा समेत खानका फ्यान क्लबहरू छन्। त्यसपछि खानको ‘सेक्रेट सुपरस्टार’ले व्यापक लोकप्रियता कमाएको थियो। धेरैजसो चीनियाँहरूले ‘सेक्रेट सुपरस्टार’को स्त्रीमैत्री मुद्धा र भारतका अन्य मौलिक मुद्धाहरूमा इमान्दार भएको भन्दै खानको सराहाना गरेका थिए। चीनियाँ वेबसाइट दोउबानले दंगललाई १० मा ९.१ रेटिङमै राख्दै दंगललाई सन् २०१७ को हाइएस्ट रेटेड मुभीका रूपमा उल्लेख गरेको थियो। यो वेबसाइटले चलचित्र दर्शकहरूकै छनौटलाई रेटिङको आधार मान्ने गरेको छ। कतिसम्म भने सन् २०१६ मा काजाकस्तानमा भएको भारतीय प्रम नरेन्द्र मोदी र चीनियाँ राष्ट्रपतिबीचको भेटमा समेत अमिर खानको चलचित्रका बारेमा पिङले चर्चा गरेका थिए। पिङले मोदीसँगको वार्तामा आफूले दंगल चलचित्र मन पराएको र त्यस्तै खालका चलचित्रहरू भारतबाट चीनले चाहेको बताएका थिए। धार्मिक पाखण्डलाई व्यंग्य गरेको खानको ‘पिके’ले समेत चीनमा उत्तिकै लोकप्रियता कमाएको थियो।

    दंगलको ठूलो सफलतापछि चीनियाँ दर्शकहरूले भारतीय चलचित्रप्रति चाख देखाउन थालेका थिए। सँगसँगै, चीनियाँका बीचमा अमिर खान व्यापक लोकप्रिय हुँदै गए। ‘भारतको अन्तरआत्मा’का रूपमा अमिरलाई चीनियाँहरूले बुझेको बताउँदै डिप्लोम्याट लेख्छ, ‘अमिर खानका व्यक्तिगत कुराहरूबारे पनि चीनका मिडियामा चर्चा हुने गरेको छ।’ चीनियाँहरू अमिरसँग के कुरामा खुसी छन् भने अमिरले गरिबी, शिक्षा, यौनहिंसा, लैंगिक असन्तुलन र विभेदका कुराहरू फिल्ममा उठाउँछन् र ती कुरा चीनका सन्दर्भमा समेत मिल्न जान्छन्। त्यस्ता विषय उठाउनेमात्रै होइन, त्यस्ता मुद्धाहरूलाई लिएर अमिरले ‘सत्यमेव जयते’ नामको टेलिभिजन टकसो नै चलाए र समाज बदल्नका लागि फरक प्रयत्न गरे। सत्यमेव जयतेसमेतलाई अनुवाद गरेर चीनमा प्रसारण गरियो। कतिपय चीनियाँले त ‘अमिर खानजस्तै स्टार चीनमा किन नभएको समेत भने,’ डिप्लोम्याट लेख्छ। गत वर्ष चीनस्थित भारतीय दुतावासमा चीनियाँहरूले अमिर खानको जन्मोत्सव नै मनाए।

    कतिसम्म भने पछिल्लो पटक अमिर खानले आफ्नी श्रीमतीसँग सम्बन्ध विच्छेदको घोषणा गरेपछि चीनका सामाजिक संजालमा अमिरका फ्यानहरूबीच आलोचना र समर्थनका बाढी आए। चीनियाँहरूबीच अमिर ‘अंकल मि’का नामले परिरिचत छन्। चीनियाँहरू कोही प्यारो र सम्मानित पुरुषलाई ‘अंकल’ नामले चिनाउने गर्छन्। चीनका सामाजिक संजालमा अमिर खानको सम्बन्ध विच्छेदबारे राम्रै चर्चा चल्यो। ‘सेन्टर फर ग्लोबल एसिया, न्युयोर्क युनिभर्सिटी संघाई’का निर्देशक तन्सेन सेनले रबिन्द्रनाथ टेगोरपछि खान नै चीनका लागि भारतको दोस्रो ‘महान आइकन’ भएको बताए।

    यो भनाई अलि अतिरंजित लागेपनि चीनियाँ नेट युजरहरूबाट सबैभन्दा व्यापक सकारात्मक प्रतिक्रिया पाउने भारतीयहरूमध्ये आमिर नै पहिलो हुन्। उसो त चीनमा आफ्नो लोप्रियता बढेकै कारण अमिर खानले एकाध पटक चीन र भारतको सम्बन्ध सुधारमा आफूले प्रयत्न गर्ने बताउँदै आएका छन्। उनले चीन र भारतका कलाकार मिलाएर फिल्म बनाउने इच्छासमेत गरेका छन्। त्यसो हुँदाहुँदै पनि भारत र चीनबीचका द्वन्द्वहरू सहजै हल हुने छाँट छैन। र, यी दुई देश बीच सीमाना र व्यापारलगायत धेरै विषयमा पर्याप्त द्वन्द्व छन्। भारतका खान चीनमा लोकप्रिय हुनुको अर्थ खानको ‘सफ्ट पावर’ बढ्नु पनि हो। भारत सरकारले चाहेमा खानजस्ता आफ्नो सफ्ट पावरलाई प्रयोग गरेर चीनसँगको सम्बन्ध सुधार सम्भव पनि छ।

    नेपाल सन्दर्भ

    भारत चीनबीचको द्वन्द्वले दक्षिण एसियामा कसैलाई पनि फाइदा गर्दैन। यी दुई राष्ट्रबीचको द्वन्द्वले बरु नेपालजस्ता ‘दुई ढुंगाबीचको तरुल’लाई चेपिरहन्छ। यो भयो चीन र भारतको सम्बन्धको विषय। सफ्ट पावरकै कुरा गर्ने हो भने नेपाल र भारतबीच पनि कलाकारिता र अन्य क्षेत्रमा समेत नाम कमाएका र भारतमा चिनिएका थुप्रै व्यक्तिहरू छन्, जसलाई नेपाल र भारतबीचको कुटनीतिक र अन्य स्वार्थहरूको हितमा प्रयोग गर्न सकिएला। चलचित्र र संगीतका क्षेत्रमा केही चर्चित नामहरू त पहिले नै छन्। भारत र नेपालीबीच कुनै लामो युद्ध वा सिधा दुस्मनी नभएपनि यी दुई देशबीचको सम्बन्ध अपेक्षा गरिनेभन्दा समतापूर्ण र भाइचारापूर्ण छैन। भारतले नेपाललाई ‘सानो भाइ’का रूपमा व्यवहार गर्न चाहेको संकेत विभिन्न अवसरहरूमा प्रकट हुने गरेको छ।

    भारत सरकारले चाहँदा नेपालसँग जति नै खेर पनि आफ्ना कुरा राख्न सक्ने तर नेपालले चाहँदा सहजै भारतका प्रमुख या कार्यकारीसँग कुरा नहुने अवस्था छ। भारतको सामान्य कर्मचारीले नेपालको प्रधानमन्त्रीसँग सिधै सम्पर्क गर्न सक्ने तर हाम्रो प्रधानमन्त्रीले समेत त्यहाँको प्रमसँग भन्नेवित्तिकै कुरा राख्न नसकेका दृष्टान्तहरू हामीसँग छ। र, अर्को कुरा, नेपालबाट त भारतकै लागि लड्न गएका सिपाहीहरू समेत छन्, जागिर सक्याएर नेपालमै फर्केका भारतीय पूर्व सिपाहीहरू छन्। व्यवस्थित र आधिकारिक तथ्यांक नभएपनि भारतमा २० लाख बढी नेपालीहरू रहेको अनुमान छ।

    त्यस्तो अवस्थामा भारतमा बसेका, भारत र भारतको संस्कृति र उसको इच्छा छामेका नेपालीहरूको एउटा साझा मंच वा संस्था बनाएर त्यसमार्फत नेपाल भारतबीच सम्बन्ध थप मजबुत बनाउँदा कसो होला? अमिर खान त जनस्तरमा आफ्नै कामका कारण स्वतः चीनमा लोकप्रिय भए। फिल्मकै माध्यमबाट पनि अमिर केही हदसम्म भारतप्रति चीनियाँहरूको सकारात्मक भाव जगाउन उनी सफल छन्। हामीले पनि नेपाल र भारतबीच भावनात्मक सम्बन्ध राख्ने लोकप्रिय कलाकार वा स्थापित नामहरूलाई ‘सफ्ट पावर’का रूपमा विकाश गर्दा कसो होला?

    •  shares
    • Facebook
    • Twitter
    • WhatsApp
    • Gmail
    • Viber
    • Messenger
      नेपाल रिडर्स

      नेपाल रिडर्स

      नेपाल रिडर्स सार्वजनिक नीतिहरु र मुद्दाहरुबारे निरन्तर छलफल–विचार विमर्श गर्ने विद्युतीय मञ्च हो।

      Related Posts

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      तीर्थ कोइराला
      साउन ४, २०८२

      विश्वमा देहव्यापारको शुरुवात इसा पूर्व २४ सय वर्ष अगाडि भएको इतिहासमा उल्लेख गरिए पनि जब समाजमा परिवार र विवाहको प्रारम्भ...

      जेष्ठ वामहरुको पोखरा भेलाबारे रामबहादुर भण्डारीको अनुभूति

      जेष्ठ वामहरुको पोखरा भेलाबारे रामबहादुर भण्डारीको अनुभूति

      रामबहादुर भण्डारी 'आर. बी'
      पुस १, २०८१

      संसारमा जेष्ठ तथा वामहरुको बारेमा अलगै धारणाहरु भएतापनि हाम्रो देशमा बोलिचाली र कतिपय कानूनी रुपमा समेत उमेरले ७० पुगेका र...

      घुस नखाने पार्टी समाजवादको सर्त

      घुस नखाने पार्टी समाजवादको सर्त

      घनश्याम भूसाल
      साउन ८, २०८१

      डा. बाबुराम भट्टराईबारे लेखिएको पुस्तक 'बाबुराम : अ भिजीनरी रेबेल' सबै पढिसक्दा पुस्तकको शिर्षकले न्याय पाउन सकेन जस्तो लाग्छ ।...

      चीनले सिलिकन भ्यालीलाई कसरी प्रयोग गरिरहेको छ

      चीनले सिलिकन भ्यालीलाई कसरी प्रयोग गरिरहेको छ

      जेकोब ड्रेयर
      असार २७, २०८१

      १६ औं शताब्दीसम्म, चीन दुनियाको प्रविधिजगतमा सबैभन्दा बढी विकसित थियो। जुनबेला यूरोपमा कुलीन वर्गको शासन थियो, त्यसबेला चीनका प्रबुद्ध वर्गले...

      प्यालेष्टाइन–इजरायल द्वन्द्वको वास्तविकता

      प्यालेष्टाइन–इजरायल द्वन्द्वको वास्तविकता

      रामराज रेग्मी
      असार १२, २०८१

      यही वर्ष २०२४ को गत ७ अक्टोवरमा प्यालेष्टाइनी लडाकू समुह हमासले इजरायलमा गरेको सशस्त्र हमलामा परी १० जना नेपाली विद्यार्थीको...

      मिटरब्याजको आडमा बलात्कार गर्ने सुर्जमानलाई १० वर्ष कैद, पीडितलाई ५ लाख क्षतिपुर्ति तिर्नुपर्ने

      नेपाल रिडर्स
      असार ३, २०८१

      मिटरब्याजको आडमा शरिर बन्धक बनाएर यौन शोषण गर्ने सुर्जमान मालिलाई ललितपुर जिल्ला अदालतले १० वर्ष कैद सजाय सुनाएको छ। मिटरब्याजी...

      Leave a Reply Cancel reply

      Your email address will not be published. Required fields are marked *

      सिफारिस

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?
      विचार

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?

      प्रा. चैतन्य मिश्र
      मंसिर ६, २०८०

      थप पढ्नुहोस्Details
      महङ्गीबारे रहस्यमय मौनता
      समाज

      महङ्गीबारे रहस्यमय मौनता

      नरेश ज्ञवाली
      कार्तिक १४, २०८०

      थप पढ्नुहोस्Details
      भारतीय समाजको नाजीकरण भइसक्यो!
      विचार

      भारतीय समाजको नाजीकरण भइसक्यो!

      अरुन्धती रोय
      कार्तिक ११, २०८०

      थप पढ्नुहोस्Details
      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!
      विचार

      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!

      नालेदी पान्दोर
      कार्तिक १०, २०८०

      थप पढ्नुहोस्Details

      सामाजिक सञ्जालमा पुग्नुहोस्

      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • हाम्रो बारे

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.

      Welcome Back!

      गुगल मार्फत साइन इन गर्नुहोस्
      Sign In with Linked In
      वा

      Login to your account below

      Forgotten Password? Sign Up

      Create New Account!

      गुगल मार्फत साइन अप गर्नुहोस्
      Sign Up with Linked In
      वा

      Fill the forms bellow to register

      All fields are required. Log In

      Retrieve your password

      Please enter your username or email address to reset your password.

      Log In

      Add New Playlist

      नतिजा छैन
      सबै नतिजा हेर्नुहोस्
      • राजनीति
      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • मल्टिमिडिया
      • ब्लग

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.