Friday, May 20, 2022
  • Login
  • Register
No Result
View All Result
Nepal Readers
  • गृहपृष्ठ
  • मत-अभिमत
  • सामयिक
  • सुशासन
  • स्वास्थ्य /शिक्षा
  • समाज
  • दस्तावेज
  • हाम्रोबारे
  • गृहपृष्ठ
  • मत-अभिमत
  • सामयिक
  • सुशासन
  • स्वास्थ्य /शिक्षा
  • समाज
  • दस्तावेज
  • हाम्रोबारे
No Result
View All Result
Nepal Readers
No Result
View All Result

Home » चीनमा अमिर खानको ख्याति र कुटनीतिमा ‘सफ्ट पावर’

चीनमा अमिर खानको ख्याति र कुटनीतिमा ‘सफ्ट पावर’

चीनियाँहरू अमिरसँग के कुरामा खुसी छन् भने अमिरले गरिबी, शिक्षा, यौनहिंसा, लैंगिक असन्तुलन र विभेदका कुराहरू फिल्ममा उठाउँछन् र ती कुरा चीनका सन्दर्भमा समेत मिल्न जान्छन्।

नेपाल रिडर्स by नेपाल रिडर्स
January 26, 2022
- यो हप्ता, समाचार
A A
1.1k
VIEWS
Share on FacebookShare on Twitter

भारतीय चलचित्र निर्देशक, निर्माता तथा अभिनेता अमिर खान फिल्महरूमा प्रायः नयाँ प्रयोगमात्रै गर्दैनन्, फिल्ममार्फत समाजमा परिवर्तनको सन्देश पनि दिने प्रयत्न गर्छन्। वर्षमा प्रायः एउटा मात्रै फिल्म बनाउने उनलाई अचेल ‘मिस्टर पर्फेक्सनिष्ट’ समेत भनिन्छ किनभने विगत एक दशकका उनका फिल्महरूलाई हेर्ने हो भने उनले हात हालेको सबैजसो फिल्म चर्चित बनेका छन्। आफ्नो फिल्मलाई हरेक कोणबाट उत्कृष्ट बनाउने त खानको प्रयास हुन्छ नै, चलचित्रमा भूमिका निर्वाह गर्ने क्रममा समेत उनी उत्तिकै जमेर लागि पर्छन्। जे भूमिका निर्वाह गर्ने हो, ठ्याक्कै त्यही चरित्रमै ढल्न उनी अत्यन्त मेहनत गर्छन्। पछिल्लो समय, अमिर खान चीनमा समेत उत्तिकै लोकप्रिय भइरहेका छन्। उनका चलचित्रहरू चिनीयाँ दर्शकहरूले प्राथमिकताका साथ हेर्ने गरेका छन्। चीनियाँ मिडियाहरूमा खानसम्बन्धी खबरहरू उत्तिकै प्राथमिकताका साथ आउने गरेका छन्।

‘दडिप्लोमेटडटकम’ले सन् २०१८ मा उल्लेख गरेअनुसार चीनमा सबैभन्दा चर्चित भारतीयहरूमा अमिर खान पहिलो नम्बरमा पर्छन्। दुई देशबीचको कुटनीतिक तनाबका बीचमा पनि नरेन्द्र मोदीभन्दा खान नै चीनमा चर्चित छन्। उनी चर्चितमात्रै होइन, उत्तिकै लोकप्रिय छन्। प्रारम्भमा पाइरेट गरिएको ‘थ्री इडियट्स’ चलचित्रको डिभिडिमार्फत अमिर चीनमा लोकप्रिय भएका थिए। त्यसपछि अमिर खानकै चलचित्र हेर्नका लागि चीनियाँहरू हल जाने गरेका छन्। अमिर खानको दंगलले अमेरिकन १८३ मिलियन डलर कमाएर उतिखेर सबैभन्दा धेरै कमाउने भारतीय सिनेमा बन्न पुगेको थियो।

अहिले चीनका विभिन्न सामाजिक संजालहरूमा समेत खानका फ्यान क्लबहरू छन्। त्यसपछि खानको ‘सेक्रेट सुपरस्टार’ले व्यापक लोकप्रियता कमाएको थियो। धेरैजसो चीनियाँहरूले ‘सेक्रेट सुपरस्टार’को स्त्रीमैत्री मुद्धा र भारतका अन्य मौलिक मुद्धाहरूमा इमान्दार भएको भन्दै खानको सराहाना गरेका थिए। चीनियाँ वेबसाइट दोउबानले दंगललाई १० मा ९.१ रेटिङमै राख्दै दंगललाई सन् २०१७ को हाइएस्ट रेटेड मुभीका रूपमा उल्लेख गरेको थियो। यो वेबसाइटले चलचित्र दर्शकहरूकै छनौटलाई रेटिङको आधार मान्ने गरेको छ। कतिसम्म भने सन् २०१६ मा काजाकस्तानमा भएको भारतीय प्रम नरेन्द्र मोदी र चीनियाँ राष्ट्रपतिबीचको भेटमा समेत अमिर खानको चलचित्रका बारेमा पिङले चर्चा गरेका थिए। पिङले मोदीसँगको वार्तामा आफूले दंगल चलचित्र मन पराएको र त्यस्तै खालका चलचित्रहरू भारतबाट चीनले चाहेको बताएका थिए। धार्मिक पाखण्डलाई व्यंग्य गरेको खानको ‘पिके’ले समेत चीनमा उत्तिकै लोकप्रियता कमाएको थियो।

दंगलको ठूलो सफलतापछि चीनियाँ दर्शकहरूले भारतीय चलचित्रप्रति चाख देखाउन थालेका थिए। सँगसँगै, चीनियाँका बीचमा अमिर खान व्यापक लोकप्रिय हुँदै गए। ‘भारतको अन्तरआत्मा’का रूपमा अमिरलाई चीनियाँहरूले बुझेको बताउँदै डिप्लोम्याट लेख्छ, ‘अमिर खानका व्यक्तिगत कुराहरूबारे पनि चीनका मिडियामा चर्चा हुने गरेको छ।’ चीनियाँहरू अमिरसँग के कुरामा खुसी छन् भने अमिरले गरिबी, शिक्षा, यौनहिंसा, लैंगिक असन्तुलन र विभेदका कुराहरू फिल्ममा उठाउँछन् र ती कुरा चीनका सन्दर्भमा समेत मिल्न जान्छन्। त्यस्ता विषय उठाउनेमात्रै होइन, त्यस्ता मुद्धाहरूलाई लिएर अमिरले ‘सत्यमेव जयते’ नामको टेलिभिजन टकसो नै चलाए र समाज बदल्नका लागि फरक प्रयत्न गरे। सत्यमेव जयतेसमेतलाई अनुवाद गरेर चीनमा प्रसारण गरियो। कतिपय चीनियाँले त ‘अमिर खानजस्तै स्टार चीनमा किन नभएको समेत भने,’ डिप्लोम्याट लेख्छ। गत वर्ष चीनस्थित भारतीय दुतावासमा चीनियाँहरूले अमिर खानको जन्मोत्सव नै मनाए।

कतिसम्म भने पछिल्लो पटक अमिर खानले आफ्नी श्रीमतीसँग सम्बन्ध विच्छेदको घोषणा गरेपछि चीनका सामाजिक संजालमा अमिरका फ्यानहरूबीच आलोचना र समर्थनका बाढी आए। चीनियाँहरूबीच अमिर ‘अंकल मि’का नामले परिरिचत छन्। चीनियाँहरू कोही प्यारो र सम्मानित पुरुषलाई ‘अंकल’ नामले चिनाउने गर्छन्। चीनका सामाजिक संजालमा अमिर खानको सम्बन्ध विच्छेदबारे राम्रै चर्चा चल्यो। ‘सेन्टर फर ग्लोबल एसिया, न्युयोर्क युनिभर्सिटी संघाई’का निर्देशक तन्सेन सेनले रबिन्द्रनाथ टेगोरपछि खान नै चीनका लागि भारतको दोस्रो ‘महान आइकन’ भएको बताए।

यो भनाई अलि अतिरंजित लागेपनि चीनियाँ नेट युजरहरूबाट सबैभन्दा व्यापक सकारात्मक प्रतिक्रिया पाउने भारतीयहरूमध्ये आमिर नै पहिलो हुन्। उसो त चीनमा आफ्नो लोप्रियता बढेकै कारण अमिर खानले एकाध पटक चीन र भारतको सम्बन्ध सुधारमा आफूले प्रयत्न गर्ने बताउँदै आएका छन्। उनले चीन र भारतका कलाकार मिलाएर फिल्म बनाउने इच्छासमेत गरेका छन्। त्यसो हुँदाहुँदै पनि भारत र चीनबीचका द्वन्द्वहरू सहजै हल हुने छाँट छैन। र, यी दुई देश बीच सीमाना र व्यापारलगायत धेरै विषयमा पर्याप्त द्वन्द्व छन्। भारतका खान चीनमा लोकप्रिय हुनुको अर्थ खानको ‘सफ्ट पावर’ बढ्नु पनि हो। भारत सरकारले चाहेमा खानजस्ता आफ्नो सफ्ट पावरलाई प्रयोग गरेर चीनसँगको सम्बन्ध सुधार सम्भव पनि छ।

RelatedPosts

आवश्यकता, उपभोक्तावाद र शोषण

आवश्यकता, उपभोक्तावाद र शोषण

May 19, 2022
Auto Draft

जन असन्तुष्टिलाई सम्बोधन गर्ने शक्ति जन्मियो भने अर्को अर्परिवर्तन आउन सक्छ

May 17, 2022
अब एउटा प्रगतिशील एलाइन्सको आवश्यक छ

अब एउटा प्रगतिशील एलाइन्सको आवश्यक छ

May 16, 2022

मुलुक दुई दलीयतातिर होइन, यिनीहरुका विरुद्ध नयाँ एलाइन्स या मुभमेन्ट खोज्दैछ

May 12, 2022

नेपाल सन्दर्भ

भारत चीनबीचको द्वन्द्वले दक्षिण एसियामा कसैलाई पनि फाइदा गर्दैन। यी दुई राष्ट्रबीचको द्वन्द्वले बरु नेपालजस्ता ‘दुई ढुंगाबीचको तरुल’लाई चेपिरहन्छ। यो भयो चीन र भारतको सम्बन्धको विषय। सफ्ट पावरकै कुरा गर्ने हो भने नेपाल र भारतबीच पनि कलाकारिता र अन्य क्षेत्रमा समेत नाम कमाएका र भारतमा चिनिएका थुप्रै व्यक्तिहरू छन्, जसलाई नेपाल र भारतबीचको कुटनीतिक र अन्य स्वार्थहरूको हितमा प्रयोग गर्न सकिएला। चलचित्र र संगीतका क्षेत्रमा केही चर्चित नामहरू त पहिले नै छन्। भारत र नेपालीबीच कुनै लामो युद्ध वा सिधा दुस्मनी नभएपनि यी दुई देशबीचको सम्बन्ध अपेक्षा गरिनेभन्दा समतापूर्ण र भाइचारापूर्ण छैन। भारतले नेपाललाई ‘सानो भाइ’का रूपमा व्यवहार गर्न चाहेको संकेत विभिन्न अवसरहरूमा प्रकट हुने गरेको छ।

भारत सरकारले चाहँदा नेपालसँग जति नै खेर पनि आफ्ना कुरा राख्न सक्ने तर नेपालले चाहँदा सहजै भारतका प्रमुख या कार्यकारीसँग कुरा नहुने अवस्था छ। भारतको सामान्य कर्मचारीले नेपालको प्रधानमन्त्रीसँग सिधै सम्पर्क गर्न सक्ने तर हाम्रो प्रधानमन्त्रीले समेत त्यहाँको प्रमसँग भन्नेवित्तिकै कुरा राख्न नसकेका दृष्टान्तहरू हामीसँग छ। र, अर्को कुरा, नेपालबाट त भारतकै लागि लड्न गएका सिपाहीहरू समेत छन्, जागिर सक्याएर नेपालमै फर्केका भारतीय पूर्व सिपाहीहरू छन्। व्यवस्थित र आधिकारिक तथ्यांक नभएपनि भारतमा २० लाख बढी नेपालीहरू रहेको अनुमान छ।

त्यस्तो अवस्थामा भारतमा बसेका, भारत र भारतको संस्कृति र उसको इच्छा छामेका नेपालीहरूको एउटा साझा मंच वा संस्था बनाएर त्यसमार्फत नेपाल भारतबीच सम्बन्ध थप मजबुत बनाउँदा कसो होला? अमिर खान त जनस्तरमा आफ्नै कामका कारण स्वतः चीनमा लोकप्रिय भए। फिल्मकै माध्यमबाट पनि अमिर केही हदसम्म भारतप्रति चीनियाँहरूको सकारात्मक भाव जगाउन उनी सफल छन्। हामीले पनि नेपाल र भारतबीच भावनात्मक सम्बन्ध राख्ने लोकप्रिय कलाकार वा स्थापित नामहरूलाई ‘सफ्ट पावर’का रूपमा विकाश गर्दा कसो होला?

ShareTweet

Get real time update about this post categories directly on your device, subscribe now.

Unsubscribe
नेपाल रिडर्स

नेपाल रिडर्स

नेपाल रिडर्स सार्वजनिक नीतिहरु र मुद्दाहरुबारे निरन्तर छलफल–विचार विमर्श गर्ने विद्युतीय मञ्च हो।

Related Posts

आवश्यकता, उपभोक्तावाद र शोषण

आवश्यकता, उपभोक्तावाद र शोषण

by nepal_readers
May 19, 2022

-संजय राय- आवश्यकता र वस्तुबीचको एउटा स्थानको नाम हो बजार। वास्तवमा आवश्यकताका वस्तुहरू आपूर्तिका लागि बजार अस्तित्वमा आएको हुनुपर्छ। बजारको...

Auto Draft

जन असन्तुष्टिलाई सम्बोधन गर्ने शक्ति जन्मियो भने अर्को अर्परिवर्तन आउन सक्छ

by nepal_readers
May 17, 2022

-चन्द्रप्रकाश बानियाँ- स्थानीय तहको निर्वाचनको प्रारम्भिक मत परिणामले अहिले नै खासै केही संकेत गर्दैन। अहिलेसम्म देखिएको यो नतिजा परम्परागत ढाँचामै...

अब एउटा प्रगतिशील एलाइन्सको आवश्यक छ

अब एउटा प्रगतिशील एलाइन्सको आवश्यक छ

by मीना पौडेल
May 16, 2022

नेपालको अहिलेको राजनीतिलाई निस्पक्ष र आलोचनात्मक रुपले हेर्दा यहाँ विचारको शुन्यता देखिन्छ। कुनैपनि पार्टीले एउटा निश्चित विचार दिन सकेका छैनन्।...

मुलुक दुई दलीयतातिर होइन, यिनीहरुका विरुद्ध नयाँ एलाइन्स या मुभमेन्ट खोज्दैछ

by सरिता तिवारी
May 12, 2022

हाम्रो राजनीतिमा एउटा वामपन्थ, अर्को दक्षिणपन्थ पक्ष तथा वाम र दक्षिणपन्थीबीचको अर्को पक्ष छ। समाजलाई प्रगतिशील बनाउनका लागि फरक शक्तिहरूबीच...

श्रमिकले कसरी वातावरण जोगाउन सक्छन् ?

श्रमिकले कसरी वातावरण जोगाउन सक्छन् ?

by nepal_readers
May 10, 2022

-कैटलिन हेकनहठ- वातावरणमा निरन्तरको औपनिवेशीकरण र र्हासले सबैभन्दा बढी सिमान्तकृत, गरीब र मजदुर वर्गका समुदायलाई असर पुर्याएको छ। तर, यही...

प्रकृति र पर्यावरणबारे कार्ल मार्क्स

by nepal_readers
May 6, 2022

पछिल्ला दुई दसकमा प्रकाशित विभिन्न कृतिहरूले कार्ल मार्क्सका कृतिमा रहेका पर्यावरणसम्बन्धी कुरालाई सतहमा ल्याएका छन् । मार्क्सले पर्यावरणको प्रश्नलाई कुनै...

Leave Comment

Recommended

नेपालको हावाको गुणस्तर विश्वमै खराब, अध्ययनमा सहभागी १८० देशमा नेपाल १७६ औं स्थानमा

4 years ago
प्रदेश नम्बर २ मा यसरी सम्झना गरियो मैथिली महाकवि विद्यापतिलाई

प्रदेश नम्बर २ मा यसरी सम्झना गरियो मैथिली महाकवि विद्यापतिलाई

3 years ago

Connect with us

Popular Post

  • बाकुनिनसँग तुलना गर्दा सारा संसार बुर्जुवा देखिन्थ्यो – मार्क्स

    बाकुनिनसँग तुलना गर्दा सारा संसार बुर्जुवा देखिन्थ्यो – मार्क्स

    0 shares
    Share 0 Tweet 0
  • पितृसत्तालाई मन नपर्ने ‘थुतुनो’

    0 shares
    Share 0 Tweet 0
  • भुत्ता कम्युनिष्ट, विज्ञान र भौतिकवाद

    0 shares
    Share 0 Tweet 0
  • अघिल्लो पटक जहाँ महिलाहरूले नेतृत्व गरे, त्यहाँ भ्रष्टाचार र बेरुजु कम भयो

    0 shares
    Share 0 Tweet 0
  • चिन्तनका हिसाबले मार्क्सवाद धेरै अगाडि छ

    0 shares
    Share 0 Tweet 0
  • गृहपृष्ठ
  • कृषि
  • दस्तावेज
  • मत-अभिमत
  • विचार
  • समाज
  • हाम्रो बारे

© 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.

No Result
View All Result
  • Home

© 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.

Welcome Back!

Sign In with Google
Sign In with Linked In
OR

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Sign Up with Google
Sign Up with Linked In
OR

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In