प्राचीन ग्रीस प्रजातान्त्रिक थिएन

0
21

ग्रीसको एक नगर राज्य एथेन्सले कालान्तरमा प्रजातान्त्रिक सरकार दियो। तर प्राचीन ग्रीस आज सोचिएजस्तो प्रजातान्त्रिक थिएन। विश्वमा प्रजातान्त्रिक सरकार दिने एथेन्समा सिमित प्रजातन्त्र थियो। एथेन्सका गरीबहरूलाई सरकारका कामकार्वाहीमा भाग लिन अनुमति दिइदैनथ्यो।

दासहरू वा भूपू दासहरूले पनि भाग लिन पाउदैनथे। ग्रीसका अरु सबै शहर-राज्यहरूमा जस्तै एथेन्समा दासत्व व्याप्त थियो। दासहरू व्यक्तिका अधिनमा रहन्थे र राज्यका पनि दाशहरु थिए। दासहरूलाई मालिकको अनुमति बिना विवाह गर्न अनुमति थिएन। उनीहरूलाई बच्चाहरू जन्माउन पनि मालिकहरुको अनुमति लिनु पर्‍थ्यो। दासहरूलाई विवाह गर्न र बच्चा पाउने व्यवहारलाई नियन्त्रण गर्नु भनेको राज्यले जनसंख्या नियन्त्रण गर्ने एक प्रकारको अभ्यास थियो।

राज्य र व्यक्ति दुबैले आफ्ना दासहरूलाई स्वतन्त्रता दिन सक्दथे। खासगरी कठोर श्रम गराउन प्रोत्साहनका लागि मुक्त गर्ने बचन दिने गर्दथे। मुक्त भएका दासहरूले नागरिक सरह व्यवहार र नागरिक अधिकार पाउदैनथे। मुक्त दासहरूलाई प्रजातान्त्रिक प्रक्रियामा भाग लिन अनुमति दिइदैनथ्यो। मुक्त दासहरू गैर-नागरिक बन्थे र अर्को शहरमा बसाइँ सरेपनि तिनीहरू त्यहाँ पनि नागरिक हुनसक्दैनथे। एथेन्समा प्रजातन्त्रको विकास भइसकेपछि पनि अन्य धेरै ग्रीस नगर-राज्यहरूले यस्तै सरकार बनाए तर पनि गैरनागरिकप्रति यस्तै नीति अपनाए, ती सबैले समाजको तल्लो वर्गका अधिकारहरु र उन्मुक्तिलाई प्रतिबन्धित नै गरे।

फेसबुकबाट तपाईको प्रतिक्रिया