Date
शनि, फाल्गुन ३०, २०८२
Sat, March 14, 2026
Saturday, March 14, 2026
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
  • लग - इन
  • दर्ता गर्नुहोस्
Nepal Readers
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
Nepal Readers
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्

अमेरिकामा घृणा र हत्याः जर्ज फ्लोडपछि ल्योया

स्थानीय प्रहरीले गत बुधबार घटनाको श्रव्यदृश्य सार्वजनिक ग-यो। त्यसमा काला समुदायका युवक ल्योयालाई घोप्टो पारेर भुइँमा लडाइएको छ। एक जना गोरा प्रहरी उनको शरीरमाथि घुँडा टेकेर बसेका छन्। अनि ल्योयाको टाउको पछाडि गोली हानेको देखिएको छ । मृतकका बुबासहित धेरै मानिसले यसलाई ‘हत्या’ भनेका छन् ।

nepal_readers nepal_readers
बैशाख ११, २०७९
- यो हप्ता, समाचार
A A
0
  •  shares
  • Facebook
  • Twitter
  • WhatsApp
  • Gmail
  • Viber
  • Messenger

    जर्ज फ्लोडको दुःखद हत्या भएको झन्डै दुई वर्षपछि अमेरिकामा विशेषतः अफ्रिकी अमेरिकीलगायत विभिन्न समुदायमाथि प्रहरीले जथाभावी गोली हान्ने क्रममा कुनै कमी आएको छैन। गत अप्रिल ४ मा अमेरिकी मिचिगन राज्यमा सार्वजनिक सवारी प्रतिक्षा गर्ने प्रतिक्षालयमा २६ वर्षका कङ्गोली शरणार्थी प्याट्रिक ल्योयामाथि प्रहरीले गोली चलाएर प्याट्रिकको ज्यान लियो।

    ल्योयाको हत्याको विरोधमा मिचिगनको ग्रान्ड -याडिसमा दोषी प्रहरीमाथि कारबाही गर्न माग गर्दै लगातार प्रदर्शन गरिरहेका छन्। स्थानीय प्रहरीले गत बुधबार घटनाको श्रव्यदृश्य सार्वजनिक ग-यो। त्यसमा काला समुदायका युवक ल्योयालाई घोप्टो पारेर भुइँमा लडाइएको छ। एक जना गोरा प्रहरी उनको शरीरमाथि घुँडा टेकेर बसेका छन्। अनि ल्योयाको टाउको पछाडि गोली हानेको देखिएको छ । मृतकका बुबासहित धेरै मानिसले यसलाई ‘हत्या’ भनेका छन् ।

    सन् २०२० को चुनावी अभियानमा राष्ट्रपति जो बाइडेनले सार्वजनिकरूपमै संस्थागत जातिवादको विरोधमा लड्न र प्रहरीमाथि निगरानी राख्ने समिति पुनःगठन गर्ने वाचा गरेका थिए। तथापि, उनका यी वाचा अझै पूरा भएका छैनन्। ट्वीटरमा एक जना प्रयोगकर्ताले लेखेका छन्, “बितेका आठ सातामा जो बाइडेनले विगत दुई वर्षमा काला अमेरिकाहरूको लागि गरेको भन्दा बढी युक्रेनीहरूको लागि गरेका छन्।”

    प्रहरीले मनपरी गोली चलाउनु अमेरिकी समाजको गम्भीर समस्या हो। विभिन्न सञ्चारमाध्यम र स्वतन्त्र अध्ययनले दिएको तथ्याङ्कले हरेक वर्ष प्रहरीले झन्डै एक हजार अमेरिकीहरूको हत्या गर्दै आएको छ। सन् २०२१ मा यो सङ्ख्या १ हजार १९ पुग्यो। सङ्ख्यामा कमी आउने कुनै सङ्केत छैन। ‘द वाशिङ्टन पोस्ट’ ले गरेको एक सर्वेक्षणअनुसार प्रहरीको गोली वा यातनाबाट मारिनेमध्ये आधा गोराहरू भए पनि गोरा अमेरिकीको तुलनामा काला अमेरिकी प्रहरीबाट मारिने सम्भावना दोब्बर छ।

    निर्बलियो सामाजिक समूहमाथि प्रहरीको हमलाले संरा अमेरिकी प्रहरी संस्कृतिमा बन्दुक र जातीय विभेदको दीर्घरोग प्रस्ट हुने विश्लेषकहरू बताउँछन्। अमेरिकी प्रहरी गोरा मानिसप्रति सामान्यतः भद्र भएर प्रस्तुत हुन्छन्। तर, कोही कोही भने अफ्रिकी अमेरिकीहरू देखेपछि निकै आक्रामक हुने गरेको भुक्तभोगीहरू सुनाउँछन्। यसले अमेरिकी समाजका सबै तहमा गहिरो गरी जातिवाद गडेर रहेको देखाउँछ। सामाजिक, राजनीतिक र कानुन पालना गराउने ठाउँमा पनि यस्तो विभेद व्याप्त छ।

    अमेरिकामा जाति र सम्प्रदायको आधारमा कमजोर सामाजिक समूहविरुद्ध विभेद र मानवअधिकार उल्लङ्घन अझै पनि व्यापक छ । तर, यस्ता सामाजिक समस्या समाधान गर्न कठिन छ किनभने यो समस्या संरा अमेरिकी इतिहासबाट पलाएको हो। अमेरिका स्थापना हुँदा देखि यो समस्या रहँदै आएको थियो। अमेरिका रहुञ्जेल जातीवादको समस्या ज्यूँका त्यूँ रहनेछ। अमेरिकी सञ्चारमाध्यमले जातवादको चर्को आलोचना गर्छन्। उनीहरू भत्र्सना गर्छन्। तथापि, अमेरिकी समाजमा यस्ता विकृति बाँकी नै छ।

    ल्योयाका पिताले संरा अमेरिकामा ‘आम नरसंहार’ नै भइरहेको बताए। उनले यो नरसंहार आज पनि कायम रहेको र आफ्नो छोरा त्यसैको शिकार भएको बताए। विडम्बना, ‘आम नरसंहार’ अमेरिकाले अरू देशको खेदो खन्न प्रयोग गर्ने शब्द हो। तर, आज यो शब्द संरा अमेरिकामा मानवअधिकार उल्लङ्घनको घटनाबाट पीडित परिवारले आफ्नो सरकारको विरोधमा प्रयोग गर्न थालेका छन्।
    कुनै पनि देशमाथि ‘आम नरसंहार’ को आरोप लगाउन सजिलो छ। वाशिङ्टनले जस्तै हामी संरा अमेरिकाका अल्पसङ्ख्यक समुदायमाथिको दमनलाई यो शब्द जथाभावी प्रयोग गर्न सक्दैनौँ।

    तथापि,अमेरिकाले अरू देशमा ‘मानवअधिकार उल्लङ्घन’ माथि जतिसुकै हमला गरे पनि आफ्नै देशभित्रको यस्तो मानवअधिकार उल्लङ्घनको समस्यालाई भने समाधान गर्न केही गरेको देखिएन। त्यही भएर जर्ज फ्लोडदेखि ल्योयाहरू मारिने क्रम चालु छ। मानवअधिकारबारे उसको यस्तो दोहोरो मापदण्डले खास समस्या कहिल्यै पनि समाधान गर्नसक्दैन। अमेरिका मानवअधिकार सिद्धान्तको निम्ति दुर्भाग्य बनिरहेको छ। तर, उसैलाई ‘मानवअधिकारको प्रकाशस्तम्भ’ भन्नु उसैको अपमान हो।

    अमेरिकी इतिहासभरि उसले आम नरसंहारदेखि आदिवासी अमेरिकीहरूको हत्यासम्म, काला समुदायविरुद्ध व्यापक विभेददेखि अल्पसङ्ख्यकहरूलाई चेपुवामा पार्नेसम्मका मानवअधिकार उल्लङ्घन हुँदै आएको छ। यी सबैले संरा अमेरिकाको मानवअधिकारको अवस्था निकै दयनीय देखाएको छ। अमेरिकाले आफूलाई मानवअधिकारको रक्षक भन्न कति पनि सुहाउँदिलो छैन। ऊ संसारको मानवअधिकारको राम्रो शिष्य पक्कै होइन।

    स्रोतः द ग्लोबल टाइम्स/अनुवाद : सुमन(onlinemajdoor)

    •  shares
    • Facebook
    • Twitter
    • WhatsApp
    • Gmail
    • Viber
    • Messenger
      nepal_readers

      nepal_readers

      नेपाल रिडर्स सार्वजनिक नीतिहरु र मुद्दाहरुबारे निरन्तर छलफल–विचार विमर्श गर्ने विद्युतीय मञ्च हो।

      Related Posts

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      तीर्थ कोइराला
      साउन ४, २०८२

      विश्वमा देहव्यापारको शुरुवात इसा पूर्व २४ सय वर्ष अगाडि भएको इतिहासमा उल्लेख गरिए पनि जब समाजमा परिवार र विवाहको प्रारम्भ...

      जेष्ठ वामहरुको पोखरा भेलाबारे रामबहादुर भण्डारीको अनुभूति

      जेष्ठ वामहरुको पोखरा भेलाबारे रामबहादुर भण्डारीको अनुभूति

      रामबहादुर भण्डारी 'आर. बी'
      पुस १, २०८१

      संसारमा जेष्ठ तथा वामहरुको बारेमा अलगै धारणाहरु भएतापनि हाम्रो देशमा बोलिचाली र कतिपय कानूनी रुपमा समेत उमेरले ७० पुगेका र...

      घुस नखाने पार्टी समाजवादको सर्त

      घुस नखाने पार्टी समाजवादको सर्त

      घनश्याम भूसाल
      साउन ८, २०८१

      डा. बाबुराम भट्टराईबारे लेखिएको पुस्तक 'बाबुराम : अ भिजीनरी रेबेल' सबै पढिसक्दा पुस्तकको शिर्षकले न्याय पाउन सकेन जस्तो लाग्छ ।...

      चीनले सिलिकन भ्यालीलाई कसरी प्रयोग गरिरहेको छ

      चीनले सिलिकन भ्यालीलाई कसरी प्रयोग गरिरहेको छ

      जेकोब ड्रेयर
      असार २७, २०८१

      १६ औं शताब्दीसम्म, चीन दुनियाको प्रविधिजगतमा सबैभन्दा बढी विकसित थियो। जुनबेला यूरोपमा कुलीन वर्गको शासन थियो, त्यसबेला चीनका प्रबुद्ध वर्गले...

      प्यालेष्टाइन–इजरायल द्वन्द्वको वास्तविकता

      प्यालेष्टाइन–इजरायल द्वन्द्वको वास्तविकता

      रामराज रेग्मी
      असार १२, २०८१

      यही वर्ष २०२४ को गत ७ अक्टोवरमा प्यालेष्टाइनी लडाकू समुह हमासले इजरायलमा गरेको सशस्त्र हमलामा परी १० जना नेपाली विद्यार्थीको...

      मिटरब्याजको आडमा बलात्कार गर्ने सुर्जमानलाई १० वर्ष कैद, पीडितलाई ५ लाख क्षतिपुर्ति तिर्नुपर्ने

      नेपाल रिडर्स
      असार ३, २०८१

      मिटरब्याजको आडमा शरिर बन्धक बनाएर यौन शोषण गर्ने सुर्जमान मालिलाई ललितपुर जिल्ला अदालतले १० वर्ष कैद सजाय सुनाएको छ। मिटरब्याजी...

      Leave a Reply Cancel reply

      Your email address will not be published. Required fields are marked *

      सिफारिस

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?
      विचार

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?

      प्रा. चैतन्य मिश्र
      मंसिर ६, २०८०

      थप पढ्नुहोस्Details
      महङ्गीबारे रहस्यमय मौनता
      समाज

      महङ्गीबारे रहस्यमय मौनता

      नरेश ज्ञवाली
      कार्तिक १४, २०८०

      थप पढ्नुहोस्Details
      भारतीय समाजको नाजीकरण भइसक्यो!
      विचार

      भारतीय समाजको नाजीकरण भइसक्यो!

      अरुन्धती रोय
      कार्तिक ११, २०८०

      थप पढ्नुहोस्Details
      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!
      विचार

      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!

      नालेदी पान्दोर
      कार्तिक १०, २०८०

      थप पढ्नुहोस्Details

      सामाजिक सञ्जालमा पुग्नुहोस्

      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • हाम्रो बारे

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.

      Welcome Back!

      गुगल मार्फत साइन इन गर्नुहोस्
      Sign In with Linked In
      वा

      Login to your account below

      Forgotten Password? Sign Up

      Create New Account!

      गुगल मार्फत साइन अप गर्नुहोस्
      Sign Up with Linked In
      वा

      Fill the forms bellow to register

      All fields are required. Log In

      Retrieve your password

      Please enter your username or email address to reset your password.

      Log In

      Add New Playlist

      नतिजा छैन
      सबै नतिजा हेर्नुहोस्
      • राजनीति
      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • मल्टिमिडिया
      • ब्लग

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.