Date
मङ्ल, माघ ६, २०८२
Tue, January 20, 2026
Tuesday, January 20, 2026
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
  • लग - इन
  • दर्ता गर्नुहोस्
Nepal Readers
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
Nepal Readers
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्

रुस-युक्रेन युद्ध : फट्याइँको भण्डाफोर

अनि अर्का राष्ट्रपति जोन एफ केनेडी बिचराले त क्यूबाली क्षेप्यास्त्र काण्डको बेला हुनसक्ने पारमाणविक युद्धको खतरालाई टार्न सोभियत नेतृत्वसँग सहकार्यका लागि साह्रै ज्यूज्यान नै लगाए! धेरैले आशङ्का गरेबमोजिम त्यही USMICको "असन्तोष"का कारण पछि रहस्यात्मक तवरले आफ्नै देशमा राजकीय कार्य गर्दागर्दै दिउँसै पछाडिबाट गोली हानिएर उनी मारिए।

अरविन्द रिमाल अरविन्द रिमाल
चैत्र १५, २०७८
- यो हप्ता, समाचार
A A
0
  •  shares
  • Facebook
  • Twitter
  • WhatsApp
  • Gmail
  • Viber
  • Messenger

    अहिलेको अमेरिकी प्रशासनले उक्राइनमा रुसी फौजी कारवाही आफूले चाहेको भए रोक्न सक्ने थियो भन्ने तथ्य रहस्य रहेन! तर आफूले सत्तामा ल्याएको शासन रुसी हमलाको शिकार भएको र त्यसको बचाउमा पूरै सैनिक मद्धतसहित रूसमाथि अनेक प्रकारका वहिष्कार लागू गरिएको भन्दै यो प्रशासन संसारमा झूटको वर्षा गरिरहेछ! प्रथम विश्व युद्धमा सब‌भन्दा बढी मानसम्मान तथा पदवी पाएका अमेरिकी जर्नेल स्मेडले बट्लर ” युद्ध थोरै मानिसलाई अगाधरूपमा धनाढ्य बनाउने धन्दा” भन्छन्। यसबारे अङ्ग्रेजी भाषामा उनका तीनवटा मार्मिक अभिव्यक्ति यहाँ प्रस्तुत छन्।

    हिट्लरविरुद्ध दोस्रो विश्व युद्धमा अमेरिकी सेनाका प्रमुख सेनापति सुप्रसिद्ध अमेरिकी जर्नेल, पछि चुनावबाट राष्ट्रपति चुनिएका ड्रवाइट डी आइजनहावरले आफ्नो कार्यकालमा एउटा अत्यन्त चल्तीको भनाई सार्वजनिक गरेको त सबैलाई थाहा भएकै कुरा हो, अर्थात् United States- Military- Industrial- Complex (USMIC), अर्थात् अमेरिकी राज्यको असली शासन सम्यन्त्र!

    अनि अर्का राष्ट्रपति जोन एफ केनेडी बिचराले त क्यूबाली क्षेप्यास्त्र काण्डको बेला हुनसक्ने पारमाणविक युद्धको खतरालाई टार्न सोभियत नेतृत्वसँग सहकार्यका लागि साह्रै ज्यूज्यान नै लगाए! धेरैले आशङ्का गरेबमोजिम त्यही USMICको “असन्तोष”का कारण पछि रहस्यात्मक तवरले आफ्नै देशमा राजकीय कार्य गर्दागर्दै दिउँसै पछाडिबाट गोली हानिएर उनी मारिए। त्यतिबेला एउटा रुसीले गोली हानेर उनलाई मारेको भनियो तर न त रुसी सरकार तथा रुसी जनतामाथि, अहिलेको जसरी किन बौलठ्ठी तरिकाले अमेरिकी प्रशासन खनिएन होला?  छक्क लाग्छ!

    अर्का पूर्व राष्ट्रपति जिम्मी कार्टरले त खुलेआम डोनाल्ड ट्रम्प राष्ट्रपति भएको बेला सोधेका प्रश्न त जुगजुगान्तरसम्म गुञ्जिने खालका छन्–आफ्नो झण्डै २५० वर्षको इतिहासमा अमेरिकी प्रशासनले कति युद्ध लड्यो, कति धनसम्पत्ति बर्वाद गर्‍यो, के त्यसको हिसाब राख्या छ? त्यो यसै आलेखमा प्रस्तुत छ! छोटकरीमा भन्नुपर्दा अर्काको देशमाथि आक्रमक युद्ध लाद्नु, त्यो पनि सधैँ झूटको सहाराबाट, अपवादबाहेक अमेरिकी प्रशासनको “राज्य धर्म” रहेको छ।

    यी अपराधको शिकार भएका देशका जनताको धनजन, सँस्कृतिको विनाशको हिसाब कतिकति? यसका अपराधी तीनतीन राष्ट्रपति, दुई/दुई प्रधानमन्त्री, एक विदेश मन्त्री ,अन्य प्रमुख अधिकारी आज पनि अमेरिका र बेलायतमा निर्धक्कसँग बसेका छन्, तर यसको सप्रमाण पोल खोल्ने अस्ट्रेलियाई पत्रकार जुलियन असाञ्ज अमेरिकी प्रशासनको आँखाको तारो भई बेलायतको झ्यालखानको फलामे पिँजडामा दिनहुँ यातनसहित कैद छन्, यतिले नपुगेर अमेरिकी मृत्युशिविरमा १७५ वर्षको दण्डसजाय दिनका लागि उनीमाथि प्रत्यावर्तन “प्रक्रिया” चलिरहेछ। यस्तो छ, अमेरिका- बेलायतको न्यायप्रणाली, अभिव्यक्ति स्वतन्त्रता आदिआदि।

    यी त तिनको दुई जिभ्रेपन वा दोहोरो मापदण्डको विराट हिँउको पहाडको खाली एउटा सानो चुच्चो मात्रै हो! अब त निर्लज्ज झूटको सहारा लिई वर्तमान प्रशासन आक्रमक NATO फौजी सङ्गठनमार्फत् “मुखमा, रामराम, बगलीमा छुरा” भनेजस्तै निरीह उक्राइनी जनतामाथि मानवसंहारवादी नाजीवाद तथा व्यवहार अख्तियार गर्ने शासन थोपरेर र तिनलाई नै तोपको चारा बनाएर रुसी जनतामाथि जातिहत्या गर्ने, रुसी राज्यलाई क्षतविक्षत गर्ने र अन्तत: स्लाभ सभ्यताकै विनाश गर्ने दुष्ट कर्ममा लागेको छ। समस्त मानवजातिमाथि यो भयावह खतरा हो। छोटकरीमा भन्नुपर्दा, वर्तमान अमेरिकी प्रशासन विश्वमाथि नव-नाजीवाद लाद्न पूरै संहारकारी पारमाणविक युद्ध गर्नसम्म लालायित छ।

    हामी स्वाधिनताप्रेमी नेपालीलाई कसैले “भारतको प्रभावक्षेत्र”भित्र पर्ने भन्ने सुन्दा त क्रोध र अपमानका कारण रगत उम्लेर आउँछ भने हिटलर–नाजी आक्रमणबाट अपार भौतिक क्षतिसहित दुईदुई करोड जनताको ज्यूज्यान गुमाएका रुसी जनतामाथि उही नाजी चिन्ह र झण्डा बोकेका आततायीहरुलाई लगाएर अमेरिकी प्रशासनले उक्राइनी भूमिबाट युद्ध मच्चाउँदा आलो घाऊमा कुनै दुष्टले नूनखुर्सानी दलिदिएकोजस्तो हुँदैन होला? अझ त्यसमा पूरै फट्याईँको सहाराले “यहुदी राष्ट्रपति भएको देशमा नाजी आधिपत्य” भन्ने फटाहा भनी रुसी जनतालाई आफ्नो जातिविरुद्ध र सरकारविरुद्ध उक्साउन आर्नोल्ड श्वार्जनेगरजस्ता थरिथरिका अमेरिकी “अभिनेताहरु”लाई लगाउँदा कुन देशप्रेमी नागरिकलाई सैह्य होला?

    क्यालिफोर्नियाका पूर्व गभर्नरको बहुप्रचारित वक्तव्य अनुसार अमेरिकी विदेश विभाग वा CIA ले उनलाई कीइभको अमेरिकी दूतावासकी सैनिक सहचारी नाजी फौजी चिह्न भिरेर नाजी स्मारकस्थलमा सम्मान दिन पुग्छिन्। उक्राइनको वर्तमान सरकारमा ठूलाठूला पद नाजी समर्थकहरुले ओगेटको, फौजी कमाण्डमा पनि हालीमुहालील तिनकै भन्ने त्यस वक्तव्यमा उल्लेख रहेछ। सन् १९९७ तिर NATO लाई बढाएर उक्राइनलाई त्यसमा ल्याउनुहुन्न भन्ने सिनेटर आज राष्ट्रपतिको गहन जिम्मेदार पदमा रहँदा झन् यस्तो दुस्साहसिक कामको नेतृत्व गर्नुलाई, आफ्नो देशका राष्ट्रपतिलाई उल्टै “युद्ध अपराधी” भन्न लगाउनुलाई, आफ्नै जनता, यूरोपका र रुसी जनतामा आपदविपद आइपर्ने “दण्ड” लाद्नुलाई,  हामीलाई त घोर अनुचित लाग्छ भने र कस्तो लाग्ला रुसी जनतालाई?

    यस्तो अनावश्यक तथा विनाशकारी फौजी भिडन्त गर्ने–गराउने प्रशासनलाई युद्ध अपराधी नभनेर के भन्ने? असभ्य वा बर्वर भन्ने त के कुरा? झूटको सहारा लिँदै पूरै शासनतन्त्रसहित प्रचारप्रसारका साधन लगाएर यस्तो जघन्य कर्म गर्ने अमेरिकाले कुनै बेला जापानमाथि आपराधिक अणुबम खसाल्ने, इराक-लिबिया-येमनमाथि बर्वरतापूर्ण युद्ध थोपर्ने एकमात्र दोषी वर्तमान अमेरिकी प्रशासन तथा त्यसको युद्ध सन्यन्त्र NATO ( North American Terrorist Organization) नै हो। यसको अन्त्य तिनले नै तत्काल गर्नुपर्छ! नत्र भने, इतिहासले एक न एक दिन अर्को Nuremberg Tribunal खडा गर्नेछ।

    (अरविन्द रिमाल नेकपाको दोस्रो महाधिवेशनबाट चयन भएका केन्द्रीय सदस्य हुन्। उनी लामो समयसम्म सोभियत संघबाट नेपाली भाषामा प्रकाशित हुने सोभियत भूमि नामक पत्रिकाको सम्पादक थिए।)

    •  shares
    • Facebook
    • Twitter
    • WhatsApp
    • Gmail
    • Viber
    • Messenger
      अरविन्द रिमाल

      अरविन्द रिमाल

      Related Posts

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      तीर्थ कोइराला
      साउन ४, २०८२

      विश्वमा देहव्यापारको शुरुवात इसा पूर्व २४ सय वर्ष अगाडि भएको इतिहासमा उल्लेख गरिए पनि जब समाजमा परिवार र विवाहको प्रारम्भ...

      जेष्ठ वामहरुको पोखरा भेलाबारे रामबहादुर भण्डारीको अनुभूति

      जेष्ठ वामहरुको पोखरा भेलाबारे रामबहादुर भण्डारीको अनुभूति

      रामबहादुर भण्डारी 'आर. बी'
      पुस १, २०८१

      संसारमा जेष्ठ तथा वामहरुको बारेमा अलगै धारणाहरु भएतापनि हाम्रो देशमा बोलिचाली र कतिपय कानूनी रुपमा समेत उमेरले ७० पुगेका र...

      घुस नखाने पार्टी समाजवादको सर्त

      घुस नखाने पार्टी समाजवादको सर्त

      घनश्याम भूसाल
      साउन ८, २०८१

      डा. बाबुराम भट्टराईबारे लेखिएको पुस्तक 'बाबुराम : अ भिजीनरी रेबेल' सबै पढिसक्दा पुस्तकको शिर्षकले न्याय पाउन सकेन जस्तो लाग्छ ।...

      चीनले सिलिकन भ्यालीलाई कसरी प्रयोग गरिरहेको छ

      चीनले सिलिकन भ्यालीलाई कसरी प्रयोग गरिरहेको छ

      जेकोब ड्रेयर
      असार २७, २०८१

      १६ औं शताब्दीसम्म, चीन दुनियाको प्रविधिजगतमा सबैभन्दा बढी विकसित थियो। जुनबेला यूरोपमा कुलीन वर्गको शासन थियो, त्यसबेला चीनका प्रबुद्ध वर्गले...

      प्यालेष्टाइन–इजरायल द्वन्द्वको वास्तविकता

      प्यालेष्टाइन–इजरायल द्वन्द्वको वास्तविकता

      रामराज रेग्मी
      असार १२, २०८१

      यही वर्ष २०२४ को गत ७ अक्टोवरमा प्यालेष्टाइनी लडाकू समुह हमासले इजरायलमा गरेको सशस्त्र हमलामा परी १० जना नेपाली विद्यार्थीको...

      मिटरब्याजको आडमा बलात्कार गर्ने सुर्जमानलाई १० वर्ष कैद, पीडितलाई ५ लाख क्षतिपुर्ति तिर्नुपर्ने

      नेपाल रिडर्स
      असार ३, २०८१

      मिटरब्याजको आडमा शरिर बन्धक बनाएर यौन शोषण गर्ने सुर्जमान मालिलाई ललितपुर जिल्ला अदालतले १० वर्ष कैद सजाय सुनाएको छ। मिटरब्याजी...

      Leave a Reply Cancel reply

      Your email address will not be published. Required fields are marked *

      सिफारिस

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?
      विचार

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?

      प्रा. चैतन्य मिश्र
      मंसिर ६, २०८०

      थप पढ्नुहोस्Details
      महङ्गीबारे रहस्यमय मौनता
      समाज

      महङ्गीबारे रहस्यमय मौनता

      नरेश ज्ञवाली
      कार्तिक १४, २०८०

      थप पढ्नुहोस्Details
      भारतीय समाजको नाजीकरण भइसक्यो!
      विचार

      भारतीय समाजको नाजीकरण भइसक्यो!

      अरुन्धती रोय
      कार्तिक ११, २०८०

      थप पढ्नुहोस्Details
      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!
      विचार

      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!

      नालेदी पान्दोर
      कार्तिक १०, २०८०

      थप पढ्नुहोस्Details

      सामाजिक सञ्जालमा पुग्नुहोस्

      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • हाम्रो बारे

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.

      Welcome Back!

      गुगल मार्फत साइन इन गर्नुहोस्
      Sign In with Linked In
      वा

      Login to your account below

      Forgotten Password? Sign Up

      Create New Account!

      गुगल मार्फत साइन अप गर्नुहोस्
      Sign Up with Linked In
      वा

      Fill the forms bellow to register

      All fields are required. Log In

      Retrieve your password

      Please enter your username or email address to reset your password.

      Log In

      Add New Playlist

      नतिजा छैन
      सबै नतिजा हेर्नुहोस्
      • राजनीति
      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • मल्टिमिडिया
      • ब्लग

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.