Date
सोम, चैत्र ३०, २०८२
Mon, April 13, 2026
Monday, April 13, 2026
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
  • लग - इन
  • दर्ता गर्नुहोस्
Nepal Readers
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
Nepal Readers
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्

गुरुत्वाकर्षण र घिरौँले नाक

पश्चिमा विज्ञानको यो अविच्छिन्न परम्परा हाम्रो पूर्वमा रहेन। किन रहेन भन्ने व्याख्या, विश्लेषण गर्न सकिन्छ, भएका पनि छन्। तर हाम्रा पुर्खाले यो गरे, त्यो गरे भन्ने घिरौँला जत्रो नाक बनाउनुअघि हामीले त्यो परम्परालाई अघि बढायौँ कि बढाएनौँ भन्ने सोच्नु मनासिव हुन्छ।

राम लोहनी राम लोहनी
पुस २२, २०७८
- यो हप्ता, समाचार
A A
0
  •  shares
  • Facebook
  • Twitter
  • WhatsApp
  • Gmail
  • Viber
  • Messenger
    “गुरुत्वाकर्षण” कसले पत्ता लगायो भन्ने बहस छेडिएछ देशमा। बाह्रौं शताब्दीका भाष्कराचार्य (द्वितीय) ले पत्ता लगाएको र न्युटनले “चोरेर” त्यसलाई आफ्नो बनाएको न्यारेसनमा हामी मख्ख पारिराखेका छौँ। हामीलाई “मेरा बाजेले घ्यु खाएका थिए, मेरो हात सुँघ् सुँघ्” भन्नेमै आनन्द छ। उसो त यो विषय नयाँ पनि होइन, पूर्बी र पश्चिमा धेरै विद्वानहरूले गुरुत्वाकर्षणको इतिहासमाथि लेखिसकेका छन्। तर हामी अल्मलिएको विषय चाहिँ “गुरुत्वाकर्षण” र “गुरुत्वाकर्षण सिद्धान्त” भेदको बारेमा हो।
    गुरुत्वाकर्षण अर्थात माथितिर फालिएको बस्तु पृथ्वीको सतहतिर खस्ने विषय धेरै अघिदेखि मानिसलाई कुतुहलको विषय थियो। भाष्कराचार्य र न्युटन त्यही परम्पराका फरक समयमा व्यक्ति हुन्। गुरुत्वाकर्षण (gravity) को अवधारणामा वस्तु किन तलतिर खस्छ भन्ने एउटा सामान्य जिज्ञासा हो भने, त्यसलाई के कस्ता नियमले सञ्चालन गरिराखेको हुन्छ भन्ने दोस्रो चासो हो। दोस्रो चासो गुरुत्वाकर्षणको सिद्धान्त अर्थात गुरुत्वाकर्षणलााई व्याख्या गर्ने चासो हो।
    इतिहासमा कसले के भने भन्ने कुरा फेला परेका डकुमेन्टले पुष्टि गरेपछि मात्र प्रमाणित हुने हुन्। डकुमेन्ट नभएका, नष्ट भएका वा डकुमेन्टेसन परम्पराभन्दा पहिला पनि मानिसहरूले यस विषयमा सोचेनन्, तर्क गरेनन् र विचार दिएनन् भन्ने हुँदैन। तर प्रमाण नभएपछि भन्न सकिने अवस्था हुँदैन। पश्चिमी चिन्तनको कुरा गर्दा गुरुत्वाकर्षण बारेको सोचाइ अरिस्टोटलसम्म पुग्ने रहेछ। अरिस्टोटलले बस्तुहरू पृथ्वीतिर झर्नको कारण त्यसको संरचना हो भनेका थिए। कुनै पनि वस्तु पृथ्वी (माटो), पानी, हावा र आगो चार तत्वले बनेको हुन्छ भन्ने अरिस्टोटलको मत थियो। र तिनीहरूमा आफ्नो स्रोततिर फर्कने वा स्रोतसँग एकाकार हुने प्रवृत्ति हुन्छ भन्ने तर्क अरिस्टोटलले गरेका थिए।
    यी चार तत्वको स्रोत भनेको धरातलबाट छुट्टिएर माथितर गएको वस्तु धरातल हो, सिङ्गो पृथ्वी हो। धरातलसँग छुट्टिएर अन्तरिक्षतिर गएको (माथितिर फ्याँकिएको) वस्तु त्यसमा भएका तत्वहरूको गुणधर्मिताको कारण मूल स्रोततिर फर्किएको हो भनेर अरिस्टोटलले बताएका थिए। कुनै पनि घटनाको पछाडि कारण हुन्छ भन्ने तर्कको आधारमा अरिस्टोटलले वस्तु तलतिर खस्नुको पनि कारण हुन्छ भनेका हुन्। वस्तुमा पृथ्वी तत्वको कारण पैदा हुने गुरुत्वभावको कारण वस्तु तलतिर खसेको हो, न कि कुनै बलको कारण। घटनाको व्याख्या गर्ने यो प्रयास आज हामीलाई सामान्य लाग्न सक्छ, अथवा हाँसो उठ्न पनि सक्छ। तर वैज्ञानिक दृष्टिले यो चानचुने होइन।
    अरिस्टोटलपछि पनि विभिन्न दार्शनिक, वैज्ञानिकहरूले यसमाथि तर्क गर्न र विकल्प दिन प्रयास नगरेका होइनन्। ग्यालिलियो, न्युटनका अवधारणा यही अविच्छिन्न परम्परा र पूर्वजको काँधमा उभिएरै आएको हो। उनीहरूले अकस्मात (out of blue) पत्ता लगाएका होइनन्।
    पूर्वमा पनि चिन्तकहरूले यसमाथि विचार गरेका, व्याख्या गर्ने प्रयास गरेका थिए। सातौँ शताब्दीका ब्रह्मगुप्तको कृति हामीसँग छ। ब्रह्मगुप्तले वस्तु तलतिर खस्नुलाई पृथ्वीको आकर्षण (attraction) को कारण हो भने। यो “आकर्षण” एक प्रकारको बल (Force) हो भनेर बलको परिभाषा र प्रकारहरूको चर्चा गरेको भेटिएको छैन। ब्रह्मगुप्तभन्दा अघि पनि चिन्तन भएको थियो होला। केही ग्रन्थमा परोक्ष रूपमा उल्लेख गरिएको दाबी गरिए पनि स्पष्ट थिएन। भेटिएन भन्नुको मतलब थिएन भन्न सकिन्न, न थियो भनेर दाबी नै गर्न सकिन्छ। चिन्तन र विचारहरू अविच्छिन्न परम्पराका कडीहरू हुन्। यो कुनै अनौठो कुरा भएन।
    बारौँ शताब्दीको भाष्कराचार्यले वस्तुहरू पृथ्वीतिर खस्नुको कारण पृथ्वीको आकर्षण हो भन्ने विचारबाट अघि बढेर ग्रहहरू आफ्ना स्थानमा रहनुलाई एकार्काको आकर्षणको परिणाम हो भनेर बताए। ब्रह्मगुप्त वा भाष्कराचार्यले यो आकर्षण कस्तो खालको प्रवृत्ति हो भनेर व्याख्या गरेका थिएनन्। इस्लामिक विश्वमा पनि गुरुत्वमाथि चिन्तन भएको थियो। एघारौँ शताब्दीका अल-बिरुनीले पृथ्वीको जस्तै अन्य ग्रहहरूको पनि गुरुत्व प्रभाव हुने बताएका थिए। बारौँ शताब्दीका अल-खाजिनीले गुरुत्वको प्रभाव गुरुत्व केन्द्रदेखिको दुरीअनुसार फरक पर्ने बताएका थिए। अर्थात केन्द्रबाट जति पर गयो, गुरुत्वको प्रभाव घट्दै जान्छ भन्ने थियो। कुन दरमा घट्छ भनेर बताएका थिएनन्। उनीहरूको लागि गुरुत्वको केन्द्र पृथ्वी थियो, अर्थात उनीहरू पृथ्वी केन्द्रीत (geocentric) धारणाबाट प्रेरित थिए। यता भाष्कराचार्यले सूर्य केन्द्रमा रहने वैकल्पिक चिन्तन प्रस्तुत गरिसकेका थिए।
    गुरुत्वबलसँग जोडिएर आउने अवधारणा हो मुक्त गिरावट (free fall)। अरिस्टोटलले गुरुङ्गो वस्तु छिटो खस्ने र हलुका वस्तु ढिलो खस्ने अवधारणा प्रस्तुत गरेका थिए। उनका अनुसार ठूलो फलामको डल्लोभन्दा फलामकै सानो डल्लो उत्तिकै उचाइबाट खसाल्दा बढी समय लगाएर सतहमा आइपुग्छ। तर यो अवधारणा गलत सावित भयो। ग्यालिलियोको परीक्षणसँग पृथ्वीतिर झर्दै गरेको वस्तु बढ्दो गतिमा झर्ने र गतिमा हुने बढोत्तरी (acceleration) एकनासको हुने प्रमाणित भयो। पृथ्वीमा त्यो मान ९.८१ मिटर प्रतिसेकेन्ड प्रतिसेकेन्ड रहने स्थापित भयो। यसलाई गुरुत्वबलले गर्दा हुने प्रवेग (acceleration due to gravity) भनिन्छ।
    पृथ्वी बाहेकका ग्रह, उपग्रहहरूमा पनि गुरुत्व बल हुन्छ र त्यसले पैदा हुने प्रवेग समान हुन्छ तर पृथ्वीको भन्दा फरक मानको हुन्छ। मुक्त गिरावटको अवधारणामा आइन्स्टाइनको सापेक्षतावादको सामान्य सिद्धान्तपछि फेरि परिवर्तन भैसकेको छ। ब्रह्माण्डमा वस्तुको मुक्त गिरावट कुनै “गुरुत्व बल” को कारण नभएर देश-काल (space-time) को वक्रता (curvature) को कारण उत्पन्न हुने परिणाम हो भन्ने स्थापित भैसकेको छ। गुरुत्वसम्बन्धी चिन्तन परम्पराको यो पछिल्लो उत्कर्ष हो।
    न्युटनले वस्तुहरू बीच (जुनसुकै साना, ठूला र ग्रह आदि आकाशीय पिण्डहरू समेत) हुने गुरुत्व बल कति हुन्छ र त्यो कसरी पत्ता लगाउन सकिन्छ भन्ने सिद्धान्त अघि सारे। जसअनुसार जुनसुकै दुईवटा वस्तुहरूबीचको आकर्षण तिनीहरूको पिण्ड (mass) र दुरी (distance) अनुसार घटबढ हुन्छ भन्ने थियो। गुरुत्व बल पृथ्वी वा ठूलाले सानालाई तान्ने बलमा मात्र सीमित रहेन। सानाले ठूलालाई पनि तान्छ! पृथ्वीको सतहबाट माथि रहेको कुनै फलामको डल्लालाई पृथ्वीले आफ्नो केन्द्रतिर तान्ने मात्र होइन, त्यो फलामको डल्लाले पनि पृथ्वीलाई आफूतिर तानिरहेको हुन्छ। पृथ्वीको पिण्डको कारण साना तिना वस्तुको पिण्ड नगण्य भएकोले उक्त फलामको डल्लोले पृथ्वीलाई तान्ने बल पनि नगण्य हुन्छ र परिणामस्वरूप उक्त डल्ला पृथ्वीतिर खस्छ।
    न्युटनको सूत्रमा गुरुत्वाकर्षण बलको परिमाण वस्तुहरूको पिण्डको गुणनसँग सोही अनुपातमा बढ्ने (जुनसुकै एउटा वस्तुको पिण्ड बढे त्यही दरमा बढ्ने, पिण्ड घटे सोही दरमा घट्ने) र वस्तुहरूको दुरी वर्ग (square) सँग विपरित अनुपातमा घट्ने (अर्थात दुरी १ बाट २ हुँदा चारगुणा घट्ने, ३ भयो भने गुरुत्वबल ९ गुणा घट्ने) हुन्छ। गुरुत्वबलको परिमाण घटबढ हुने यो प्रवृत्तिलाई एउटा स्थिर राशी (constant value) ले सन्तुलनमा राख्दछ। यसलाई गुरुत्वाकर्षणको विश्वव्यापी स्थिर राशी (universal gravitational constant) भनिन्छ। यसको मान जहिल्यै, जहाँसुकै उही हुन्छ। यसको पहिलो प्रयोग न्युटनले आफ्नो गुरुत्वकर्षण सुत्रमा गरेका थिए।
    न्युटनसम्म आइपुग्दा गुरुत्वाकर्षणको व्याख्या मात्र भएन यसको परिमाण निकाल्ने तरिका पनि स्पष्ट भयो। यो थियो गुरुत्वाकर्णको सिद्धान्त (Theory of gravitation) न्युटनपछि पनि गुरुत्वाकर्षणमाथि चिन्तन भए, प्रयोग भए। आइन्स्टाइनसम्म आइपुग्दा गुरुत्वाकर्षण “बल” (force) नभएर वस्तुको जडता (inertia) र देश-कालको वक्रताको परिणाम भएको स्थापित भएको छ। जहाँ देश-काल वक्र हुन्न, अर्थात देश-कालको वक्रताको प्रभाव नगण्य (negligible) हुन्छ, त्यहाँ न्युटनको सूत्र पूर्ण प्रभावी हुन्छ।
    पश्चिमा विज्ञानको यो अविच्छिन्न परम्परा हाम्रो पूर्वमा रहेन। किन रहेन भन्ने व्याख्या, विश्लेषण गर्न सकिन्छ, भएका पनि छन्। तर हाम्रा पुर्खाले यो गरे, त्यो गरे भन्ने घिरौँला जत्रो नाक बनाउनुअघि हामीले त्यो परम्परालाई अघि बढायौँ कि बढाएनौँ भन्ने सोच्नु मनासिव हुन्छ। चिन्तन परम्पराहरू समानान्तर बहुकेन्द्रीत हुन्छन्। कुनै एउटा परम्परा त्यसका पछिल्ला पिँढीले टुङ्ग्याइदिन्छन्, कुनै परम्परा निरन्तर हुन्छ। खास समयमा तिनीहरूबीच अन्तरक्रिया भयो होला, ज्ञानहरू आदान प्रदान भयो होला। तर टुङ्गिएको परम्पराका उत्तराधिकारीले अविच्छिन्न परम्परालाई आफ्ना पूर्वजको ज्ञानको बिस्तार भनेर कृत्रिम गौरव गर्नु बाजेले घ्यु खाएको सम्झिएर नाति / नातिनीको पुस्ताले हात सुँघे जस्तै हो।
    राम लोहनीको फेसबुकबाट
    •  shares
    • Facebook
    • Twitter
    • WhatsApp
    • Gmail
    • Viber
    • Messenger
      राम लोहनी

      राम लोहनी

      Related Posts

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      तीर्थ कोइराला
      साउन ४, २०८२

      विश्वमा देहव्यापारको शुरुवात इसा पूर्व २४ सय वर्ष अगाडि भएको इतिहासमा उल्लेख गरिए पनि जब समाजमा परिवार र विवाहको प्रारम्भ...

      जेष्ठ वामहरुको पोखरा भेलाबारे रामबहादुर भण्डारीको अनुभूति

      जेष्ठ वामहरुको पोखरा भेलाबारे रामबहादुर भण्डारीको अनुभूति

      रामबहादुर भण्डारी 'आर. बी'
      पुस १, २०८१

      संसारमा जेष्ठ तथा वामहरुको बारेमा अलगै धारणाहरु भएतापनि हाम्रो देशमा बोलिचाली र कतिपय कानूनी रुपमा समेत उमेरले ७० पुगेका र...

      घुस नखाने पार्टी समाजवादको सर्त

      घुस नखाने पार्टी समाजवादको सर्त

      घनश्याम भूसाल
      साउन ८, २०८१

      डा. बाबुराम भट्टराईबारे लेखिएको पुस्तक 'बाबुराम : अ भिजीनरी रेबेल' सबै पढिसक्दा पुस्तकको शिर्षकले न्याय पाउन सकेन जस्तो लाग्छ ।...

      चीनले सिलिकन भ्यालीलाई कसरी प्रयोग गरिरहेको छ

      चीनले सिलिकन भ्यालीलाई कसरी प्रयोग गरिरहेको छ

      जेकोब ड्रेयर
      असार २७, २०८१

      १६ औं शताब्दीसम्म, चीन दुनियाको प्रविधिजगतमा सबैभन्दा बढी विकसित थियो। जुनबेला यूरोपमा कुलीन वर्गको शासन थियो, त्यसबेला चीनका प्रबुद्ध वर्गले...

      प्यालेष्टाइन–इजरायल द्वन्द्वको वास्तविकता

      प्यालेष्टाइन–इजरायल द्वन्द्वको वास्तविकता

      रामराज रेग्मी
      असार १२, २०८१

      यही वर्ष २०२४ को गत ७ अक्टोवरमा प्यालेष्टाइनी लडाकू समुह हमासले इजरायलमा गरेको सशस्त्र हमलामा परी १० जना नेपाली विद्यार्थीको...

      मिटरब्याजको आडमा बलात्कार गर्ने सुर्जमानलाई १० वर्ष कैद, पीडितलाई ५ लाख क्षतिपुर्ति तिर्नुपर्ने

      नेपाल रिडर्स
      असार ३, २०८१

      मिटरब्याजको आडमा शरिर बन्धक बनाएर यौन शोषण गर्ने सुर्जमान मालिलाई ललितपुर जिल्ला अदालतले १० वर्ष कैद सजाय सुनाएको छ। मिटरब्याजी...

      Leave a Reply Cancel reply

      Your email address will not be published. Required fields are marked *

      सिफारिस

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?
      विचार

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?

      प्रा. चैतन्य मिश्र
      मंसिर ६, २०८०

      थप पढ्नुहोस्Details
      महङ्गीबारे रहस्यमय मौनता
      समाज

      महङ्गीबारे रहस्यमय मौनता

      नरेश ज्ञवाली
      कार्तिक १४, २०८०

      थप पढ्नुहोस्Details
      भारतीय समाजको नाजीकरण भइसक्यो!
      विचार

      भारतीय समाजको नाजीकरण भइसक्यो!

      अरुन्धती रोय
      कार्तिक ११, २०८०

      थप पढ्नुहोस्Details
      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!
      विचार

      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!

      नालेदी पान्दोर
      कार्तिक १०, २०८०

      थप पढ्नुहोस्Details

      सामाजिक सञ्जालमा पुग्नुहोस्

      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • हाम्रो बारे

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.

      Welcome Back!

      गुगल मार्फत साइन इन गर्नुहोस्
      Sign In with Linked In
      वा

      Login to your account below

      Forgotten Password? Sign Up

      Create New Account!

      गुगल मार्फत साइन अप गर्नुहोस्
      Sign Up with Linked In
      वा

      Fill the forms bellow to register

      All fields are required. Log In

      Retrieve your password

      Please enter your username or email address to reset your password.

      Log In

      Add New Playlist

      नतिजा छैन
      सबै नतिजा हेर्नुहोस्
      • राजनीति
      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • मल्टिमिडिया
      • ब्लग

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.