Date
बिहि, बैशाख ३, २०८३
Thu, April 16, 2026
Thursday, April 16, 2026
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
  • लग - इन
  • दर्ता गर्नुहोस्
Nepal Readers
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
Nepal Readers
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्

अरिङ्गाललाई तह लाउने बारुला

पत्रपत्रिकाबाट पत्रपत्रिकाबाट
कार्तिक ११, २०७६
- यो हप्ता, समाचार
A A
0
  •  shares
  • Facebook
  • Twitter
  • WhatsApp
  • Gmail
  • Viber
  • Messenger

    साङ्लो मार्ने उत्तम विधि थाहा पाउन चाहनुहुन्छ?

    सबैभन्दा पहिले साङ्लाको मस्तिष्कमा पुग्नेगरी शक्तिशाली न्यूरोटोक्सिनको सुई दिनुहोस्। त्यसपछि ऊ हलचल गर्न सक्दैन र तपाईँले चाहे जस्तै हुन सक्छ।

    दोस्रो, तपाईँले यस्को टाउकोबाट निस्किएका दुई लामा एन्टेनाजस्ता सिङमध्ये एउटा काटिदिनुहोस्। त्यसपछि खाल्टो खनेर उसलाई पुरिदिनुहोस्।

    त्यसपछि पनि ऊ सक्रिय नै रहन्छ।

    डा. ग्याभिन ब्रोड बारुलाले कसरी अरू जीवहरूलाई खाइदिन्छ भन्ने विषयका कथा सुनेर निकै रमाउँछन्। उनी लन्डनको न्याचुरल हिस्ट्री म्युजिअम (प्राकृतिक विज्ञान सङ्ग्रहालय) का प्रमुख सञ्चालक हुन्। उनी धेरै विषयमा ज्ञान राख्दछन्।

    उनीसँग विश्वका विभिन्न कुनाबाट सङ्कलन गरी ल्याइएका बाकसका बाकस बारुलाहरू छन्। ‘साङ्ला मार्न सक्ने भए पनि मलाई बारुलो मन पर्दैन’ भनेर तपाईँले भनेको मैले सुनिसकेँ।

    तर केही बेर ग्याभिनको कुरा सुन्नुभयो भने तपाईँको दृष्टिकोण बदलिन सक्छ। तपाईं उनीहरूको सीप र सुन्दरताबारे थाहा पाएर आह्लादित हुनुहुनेछ।

    साङ्ला मार्ने बारुलाको निकै बलियो र चम्किलो शरीर र पखेटा हुने गर्छ। त्यसैले उनीहरूलाई रत्नजस्तो बारुलो पनि भन्ने गरिन्छ।

    ‘तर प्रत्येक बारुलाका आफ्नै विशेषताहरू हुन्छन्,’ ग्याभिन भन्छन्। उनी खपटेकीरा वा मौरीलाई मात्रै रुचाइने प्रवृत्तिबाट अलि गहिराइमा जान आग्रह गर्छन्।

    उनी भन्छन्, ‘मौरीहरू शाकाहारी बन्न पुगेका रमाइला खालका बारुला हुन्।’

    प्रकृतिमा बारुलाको आफ्नै भूमिका हुन्छ। उनीहरूले शरद् याममा मानवलाई बाधा पुर्‍याउँदैनन्। सेप्टेम्बर महिनामा यी पहेँला कीराले फलका रस सेवन गर्छन् र मदमस्त हुन्छन्।

    बारुलाले अन्य कीराहरू खाइदिन्छन् र तिनको सङ्ख्या नियन्त्रण गर्न सघाउ पुर्‍याउँछन्। तपाईँले कल्पना गर्न सक्ने सबै कीराका सायद आफ्नै कुनै बारुला हुन्छन् जसले तिनलाई आक्रमण गर्छन्।

    यदि त्यसो नहुँदो हो त हामी कीरा मार्नका लागि निकै धेरै विषादी प्रयोग गरिरहेका हुन्थ्यौँ।

    परजीवी बारुला र तिनकै सीपले अन्य कीराहरू नियन्त्रण गर्न सहयोग गरिरहेका हुन्छन्।

    युरोपेली बारुलोको विशेषता थाहा पाएर म छक्कै परेँ। मैले उनीहरूलाई प्रकृतिमा कहिले देखेँ भनेर स्मरण गर्न सक्दिनँ। तर उनीहरू ब्रिटेनका जङ्गलमा जताततै देखिन्छन्।

    यसको जीउलाई तन्काउनका लागि पेटको पुछारतिर एक प्रकारको अङ्ग हुन्छ जसले धेरै काम गर्न सक्छ। उदाहरणको लागि त्यसले त्यो बारुलाको लम्बाइ बढाएर ८ सेन्टिमिटरसम्म पुर्‍याइदिन सघाउ पुर्‍याउँछ।

    यसले रुखको टोड्कामुनि रहेका अरिङ्गालका लार्भा खोज्छ। भेटिहाल्यो भने उसले जीउलाई पूरै तन्काएर त्यो लार्भामा फुल पारिदिन्छ। यो बारुलाले सिकारलाई मारिहाल्दैन, यसले विषको प्रयोग गरेर सिकारलाई शिथिल बनाएर राख्छ।

    ग्याभिन भन्छन्, ‘परजीवीमा आश्रित बारुलाको सफलता भनेकै आफ्नो सिकारको मासुलाई ताजै राख्नु हो।’

    अर्को कोठामा लगेर ग्याभिनले मलाई अर्को बाक्सा खोलेर देखाए। उनले त्यहाँबाट मेगाराइसा नाम गरेको अर्को बारुला देखाए।

    त्यो बारुलाको पेट १५ सेन्टिमिटरसम्म तन्किन सक्नेरहेछ। फुल पार्ने पारा यसको अझै फरक हुने रहेछ।

    त्यसपछि उनले सिउडोराइसा नाम गरेको अर्को समूहको बारुलाबारे बताए।

    प्रकृतिको नियम आफ्नैआफ्नै। विभिन्न प्रजातिहरूले बाँच्न र फस्टाउनका लागि विभिन्न कल कौशलको प्रयोग गर्ने रहेछन्। त्यसक्रममा लडाइँ पनि धेरै हुने गर्छ।

    ग्याभिनले बारुला भरिएको त्यो बाकस बन्द गरे।

    उनले बारुलाका प्रजातिको बखान गर्ने क्रममा झुसिल्कीरा बनिसकेको अर्को बारुलाको लार्भाभित्रै फुल पारिदिने बारुलाको प्रसङ्ग सुनाए। त्यो भनेको त राजाहाँसभित्रको कुखुराको मासु भित्रको हाँस भने जस्तै भयो।

    सबैभन्दा ठूलो बारुला कुन होला? सायद पेप्सिस भनिने बारुलो सबैभन्दा ठूलो हो। ससाना केटाकेटीलाई बारुलाको कुरा सुनाउने बेला ग्याभिन यो प्रसङ्ग छुटाउँदैनन्।

    अब बुझिहाल्नु भयो होला (बारुलो माकुरोमा बस्छ, त्यसपछि त्यसलाई ठुङ्गेर बेहोस तुल्याउँछ र त्यहाँ फुल पार्दछ। त्यसपछि त्यो फुलभित्र जान थाल्छ। त्यसपछि बन्ने लार्भाले सबै अङ्ग एकैचोटि खाँदैन र त्यो माकुरालाई जीवितै रहन सहयोग गर्छ।

    सबैभन्दा सानो बारुला कुन होला?

    किकिकी र टिङ्करबेला भनिने बारुला सबैभन्दा साना हुन सक्छन्। ग्याभिनले एउटा कार्ड बोकेका छन् र त्यसमा प्रष्ट देख्न नसकिने थोप्लाहरू छन्। यी बारुला ०.२ मिलिमिटर लामा छन्। यी एकदमै साना हुन्छन् जसलाई हेर्नका लागि सूक्ष्मदर्शक यन्त्र नै आवश्यक हुन्छ।

    यिनीहरूले पनि उडेर अन्य जीवका फुलमा आफ्नो फुल पारेर आफ्नो विशेषता देखाइहाल्छन्।

    ग्याभिन भन्छन्, ‘सायद बारुलाहरूले नै मानिसलाई कागज बनाउन सिकाए होलान्।’ उनीहरू काठ चपाउँछन् र पातलो झिल्लीदार संरचना बनाउँछन्।

    शरद् ऋतुमा देखिने बारुलो पनि वास्तुकलाविद्जस्तै हुन्छ। त्यो बारुलोको सानो गुँडवरिपरि कागजको खामको पत्र हुने गर्छ। त्यहाँ भित्र पनि कलात्मक पत्र र बान्कीहरू रहेका हुन्छन्।

    त्यो सङ्ग्रहालयमा सन् १९४० को बारुलाको एउटा गुँड पनि रहेछ। त्यसको केही हिस्सा ऊनबाट बनेको रहेछ। नजिकै रहेको एउटा स्कार्फलाई बारुलाहरूले पुन: प्रयोग गरेका रहेछन्।

    ग्याभिन भन्छन्, ‘बारुलाहरूलाई मानिसले माया गर्नुपर्छ। उनीहरू कीराको संसारका सिंहहरू हुन्।’ बीबीसी

    •  shares
    • Facebook
    • Twitter
    • WhatsApp
    • Gmail
    • Viber
    • Messenger
      पत्रपत्रिकाबाट

      पत्रपत्रिकाबाट

      Related Posts

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      तीर्थ कोइराला
      साउन ४, २०८२

      विश्वमा देहव्यापारको शुरुवात इसा पूर्व २४ सय वर्ष अगाडि भएको इतिहासमा उल्लेख गरिए पनि जब समाजमा परिवार र विवाहको प्रारम्भ...

      जेष्ठ वामहरुको पोखरा भेलाबारे रामबहादुर भण्डारीको अनुभूति

      जेष्ठ वामहरुको पोखरा भेलाबारे रामबहादुर भण्डारीको अनुभूति

      रामबहादुर भण्डारी 'आर. बी'
      पुस १, २०८१

      संसारमा जेष्ठ तथा वामहरुको बारेमा अलगै धारणाहरु भएतापनि हाम्रो देशमा बोलिचाली र कतिपय कानूनी रुपमा समेत उमेरले ७० पुगेका र...

      घुस नखाने पार्टी समाजवादको सर्त

      घुस नखाने पार्टी समाजवादको सर्त

      घनश्याम भूसाल
      साउन ८, २०८१

      डा. बाबुराम भट्टराईबारे लेखिएको पुस्तक 'बाबुराम : अ भिजीनरी रेबेल' सबै पढिसक्दा पुस्तकको शिर्षकले न्याय पाउन सकेन जस्तो लाग्छ ।...

      चीनले सिलिकन भ्यालीलाई कसरी प्रयोग गरिरहेको छ

      चीनले सिलिकन भ्यालीलाई कसरी प्रयोग गरिरहेको छ

      जेकोब ड्रेयर
      असार २७, २०८१

      १६ औं शताब्दीसम्म, चीन दुनियाको प्रविधिजगतमा सबैभन्दा बढी विकसित थियो। जुनबेला यूरोपमा कुलीन वर्गको शासन थियो, त्यसबेला चीनका प्रबुद्ध वर्गले...

      प्यालेष्टाइन–इजरायल द्वन्द्वको वास्तविकता

      प्यालेष्टाइन–इजरायल द्वन्द्वको वास्तविकता

      रामराज रेग्मी
      असार १२, २०८१

      यही वर्ष २०२४ को गत ७ अक्टोवरमा प्यालेष्टाइनी लडाकू समुह हमासले इजरायलमा गरेको सशस्त्र हमलामा परी १० जना नेपाली विद्यार्थीको...

      मिटरब्याजको आडमा बलात्कार गर्ने सुर्जमानलाई १० वर्ष कैद, पीडितलाई ५ लाख क्षतिपुर्ति तिर्नुपर्ने

      नेपाल रिडर्स
      असार ३, २०८१

      मिटरब्याजको आडमा शरिर बन्धक बनाएर यौन शोषण गर्ने सुर्जमान मालिलाई ललितपुर जिल्ला अदालतले १० वर्ष कैद सजाय सुनाएको छ। मिटरब्याजी...

      सिफारिस

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?
      विचार

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?

      प्रा. चैतन्य मिश्र
      मंसिर ६, २०८०

      थप पढ्नुहोस्Details
      महङ्गीबारे रहस्यमय मौनता
      समाज

      महङ्गीबारे रहस्यमय मौनता

      नरेश ज्ञवाली
      कार्तिक १४, २०८०

      थप पढ्नुहोस्Details
      भारतीय समाजको नाजीकरण भइसक्यो!
      विचार

      भारतीय समाजको नाजीकरण भइसक्यो!

      अरुन्धती रोय
      कार्तिक ११, २०८०

      थप पढ्नुहोस्Details
      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!
      विचार

      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!

      नालेदी पान्दोर
      कार्तिक १०, २०८०

      थप पढ्नुहोस्Details

      सामाजिक सञ्जालमा पुग्नुहोस्

      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • हाम्रो बारे

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.

      Welcome Back!

      गुगल मार्फत साइन इन गर्नुहोस्
      Sign In with Linked In
      वा

      Login to your account below

      Forgotten Password? Sign Up

      Create New Account!

      गुगल मार्फत साइन अप गर्नुहोस्
      Sign Up with Linked In
      वा

      Fill the forms bellow to register

      All fields are required. Log In

      Retrieve your password

      Please enter your username or email address to reset your password.

      Log In

      Add New Playlist

      नतिजा छैन
      सबै नतिजा हेर्नुहोस्
      • राजनीति
      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • मल्टिमिडिया
      • ब्लग

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.