Date
मङ्ल, माघ ६, २०८२
Tue, January 20, 2026
Tuesday, January 20, 2026
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
  • लग - इन
  • दर्ता गर्नुहोस्
Nepal Readers
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
Nepal Readers
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्

गाजामा तत्काल युद्ध विराम गर!

प्यालेस्टाइन र इजरायलका लागि, जो जिउँदो छन् उनीहरुका लागि, जो मारिए उनीहरुका लागि, हमासद्धारा बन्धक बनाइएका मानिसका लागि र इजरायली जेलमा थुनिएका प्यालेस्टिनीहरुका लागि, सम्पूर्ण मानवताका लागि गाजामाथीको हमला तत्काल रोकिनुपर्छ।

अरुन्धती रोय अरुन्धती रोय
मंसिर ७, २०८०
- यो हप्ता, विश्व, समाचार
A A
0
  •  shares
  • Facebook
  • Twitter
  • WhatsApp
  • Gmail
  • Viber
  • Messenger

    संसारभरीका यहूदी, मुसलमान, ईसाई, हिन्दू, कम्युनिष्ट, आस्तिक र नास्तिकगरी लाखौँ–लाख मानिस सडकमा प्रदर्शन गरिरहेका छन् र गाजामा तत्काल बमबारी रोक्न माग गरिरहेका छन्। यी लाखौँ मानिसको आवाजमा आफ्नो आवाज नमिसाईकन म कुनै पनि सार्वजनिक मञ्चमा उभिन सक्दिन। हो, जर्मनीमा पनि सक्दिन, जहाँ मलाई थाहा छ कि मेरो जस्तो विचार एकप्रकारले प्रतिबन्धित नै छ।

    हाम्रो जीवनको नितान्त अन्तरंग जीवनमा पनि लाईवस्ट्रीम भइरहेको अवस्थामा यो निर्लज्ज कत्लेआमलाई हामीले निरन्तर चल्न दिइरह्यौँ भने हामी पनि यो कत्लेआमको हिस्सेदार बन्नेछौं। हाम्रो नैतिक धरातल सधै-सधैका लागि फेरिनेछ।

    अस्पतालमा बमबारी भइरहेको, दसौं लाख मानिस विस्थापित भइरहेको र भग्नावशेषबाट हजारौं केटाकेटीको लास निक्लिरहेको के हामी चुपचाप उभिएर हेरिरहने? के हामी फेरी एकपटक मौन यो दृष्य हेरिरहने छौं गाजाबासीलाई यो संसारबाटै मेटाई दिँदा पनि केही फरक पर्दैन?

    पश्चिमी किनारामा इजरायली कब्जा र गाजामाथी भइरहेको घेराबन्दी मानवताविरुद्धको अपराध हो। संयुक्त राष्ट्र अमेरिका र अरु केही देशहरु, जसले यो कब्जाका लागि आर्थिक र सैन्य सहायता उपलब्ध गराइरहेका छन्, यस अपराधमा बराबरका दोषी छन्,। अहिले हामीले जुन भयानक अवस्थाका साक्षी बनिरहेका छौं त्यो हमास र इजरायलद्धारा नागरिकमाथी गरिएको लज्जाहिन कत्लेआम, घेराबन्दी र कब्जाको नतिजा हो।

    दुबै पक्षद्धारा गरिएको जति नै क्रुरताको ब्यहोरा पेश गरिए पनि, उनीहरुको ज्यादतिको जति नै निन्दा गरिए पनि, उनीहरुको अत्याचारबीच समानता छ भनेर जति भनेपनि– त्यसले हामीलाई कुनै समाधानतर्फ लैजाने छैन। यो त्रासदीलाई निम्त्याउने एउटै कारण हो– कब्जा।

    कब्जा नै त्यो कारण हो, जसले अपराध गर्ने र त्यस अपराधको निसाना बन्ने दुबैमाथी हिंसा थोपरिरहेको छ। पीडितहरु मारिएका छन्। यसका अपराधीहरु र, उनका भावी सन्ततीहरुले पनि, अब आफ्नो अपराधबोधका साथ जिउनुपर्नेछ।

    फौजी कारबाहीद्धारा यसको कुनै हल सम्भव छैन। इजरायली र प्यालेस्टिनी दुबै सम्मानका साथ र समान अधिकारका साथ एकसाथ वा एक–अर्कासँगै बस्नु यसको एक मात्रै राजनीतिक समाधान हुन सक्छ।

    संसारका सबैले यसका लागि हस्तक्षेप गर्नु जरुरी छ किनभने यो कब्जाको अन्त्य जरुरी छ। प्यालेस्टिनीहरुले साच्चैको एउटा देश पाउनु जरुरी छ। होइन भने पश्चिमी सभ्यताको नैतिक जग भत्किने निश्चित छ। हामीलाई थाहा थियो– यो दुईधारे तरबार हो भन्ने तर पनि त्यसैमा भए पनि एकखालको शरण पाइन्थ्यो। त्यो शरण पनि हाम्रो आँखै अघिल्तिर नामेट हुँदैछ। त्यसैले प्यालेस्टाइन र इजरायलका लागि, जो जिउँदो छन् उनीहरुका लागि, जो मारिए उनीहरुको नाममा, हमासद्धारा बन्धक बनाइएका मानिसका लागि र इजरायली जेलमा थुनिएका प्यालेस्टिनीहरुका लागि, सम्पूर्ण मानवताका लागि गाजामाथीको हमला तत्काल रोकियोस।

    तत्काल युद्ध विराम गर !

    – म्युनिख लिटरेचर फेस्टिभल (नोभेम्वर १७, २०२३)मा रोयबाट प्रस्तुत विचार।

    •  shares
    • Facebook
    • Twitter
    • WhatsApp
    • Gmail
    • Viber
    • Messenger
      अरुन्धती रोय

      अरुन्धती रोय

      रोय बुकर प्राप्त विजेता लेखक हुन्।

      Related Posts

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      तीर्थ कोइराला
      साउन ४, २०८२

      विश्वमा देहव्यापारको शुरुवात इसा पूर्व २४ सय वर्ष अगाडि भएको इतिहासमा उल्लेख गरिए पनि जब समाजमा परिवार र विवाहको प्रारम्भ...

      जेष्ठ वामहरुको पोखरा भेलाबारे रामबहादुर भण्डारीको अनुभूति

      जेष्ठ वामहरुको पोखरा भेलाबारे रामबहादुर भण्डारीको अनुभूति

      रामबहादुर भण्डारी 'आर. बी'
      पुस १, २०८१

      संसारमा जेष्ठ तथा वामहरुको बारेमा अलगै धारणाहरु भएतापनि हाम्रो देशमा बोलिचाली र कतिपय कानूनी रुपमा समेत उमेरले ७० पुगेका र...

      घुस नखाने पार्टी समाजवादको सर्त

      घुस नखाने पार्टी समाजवादको सर्त

      घनश्याम भूसाल
      साउन ८, २०८१

      डा. बाबुराम भट्टराईबारे लेखिएको पुस्तक 'बाबुराम : अ भिजीनरी रेबेल' सबै पढिसक्दा पुस्तकको शिर्षकले न्याय पाउन सकेन जस्तो लाग्छ ।...

      चीनले सिलिकन भ्यालीलाई कसरी प्रयोग गरिरहेको छ

      चीनले सिलिकन भ्यालीलाई कसरी प्रयोग गरिरहेको छ

      जेकोब ड्रेयर
      असार २७, २०८१

      १६ औं शताब्दीसम्म, चीन दुनियाको प्रविधिजगतमा सबैभन्दा बढी विकसित थियो। जुनबेला यूरोपमा कुलीन वर्गको शासन थियो, त्यसबेला चीनका प्रबुद्ध वर्गले...

      प्यालेष्टाइन–इजरायल द्वन्द्वको वास्तविकता

      प्यालेष्टाइन–इजरायल द्वन्द्वको वास्तविकता

      रामराज रेग्मी
      असार १२, २०८१

      यही वर्ष २०२४ को गत ७ अक्टोवरमा प्यालेष्टाइनी लडाकू समुह हमासले इजरायलमा गरेको सशस्त्र हमलामा परी १० जना नेपाली विद्यार्थीको...

      मिटरब्याजको आडमा बलात्कार गर्ने सुर्जमानलाई १० वर्ष कैद, पीडितलाई ५ लाख क्षतिपुर्ति तिर्नुपर्ने

      नेपाल रिडर्स
      असार ३, २०८१

      मिटरब्याजको आडमा शरिर बन्धक बनाएर यौन शोषण गर्ने सुर्जमान मालिलाई ललितपुर जिल्ला अदालतले १० वर्ष कैद सजाय सुनाएको छ। मिटरब्याजी...

      Leave a Reply Cancel reply

      Your email address will not be published. Required fields are marked *

      सिफारिस

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?
      विचार

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?

      प्रा. चैतन्य मिश्र
      मंसिर ६, २०८०

      थप पढ्नुहोस्Details
      महङ्गीबारे रहस्यमय मौनता
      समाज

      महङ्गीबारे रहस्यमय मौनता

      नरेश ज्ञवाली
      कार्तिक १४, २०८०

      थप पढ्नुहोस्Details
      भारतीय समाजको नाजीकरण भइसक्यो!
      विचार

      भारतीय समाजको नाजीकरण भइसक्यो!

      अरुन्धती रोय
      कार्तिक ११, २०८०

      थप पढ्नुहोस्Details
      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!
      विचार

      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!

      नालेदी पान्दोर
      कार्तिक १०, २०८०

      थप पढ्नुहोस्Details

      सामाजिक सञ्जालमा पुग्नुहोस्

      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • हाम्रो बारे

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.

      Welcome Back!

      गुगल मार्फत साइन इन गर्नुहोस्
      Sign In with Linked In
      वा

      Login to your account below

      Forgotten Password? Sign Up

      Create New Account!

      गुगल मार्फत साइन अप गर्नुहोस्
      Sign Up with Linked In
      वा

      Fill the forms bellow to register

      All fields are required. Log In

      Retrieve your password

      Please enter your username or email address to reset your password.

      Log In

      Add New Playlist

      नतिजा छैन
      सबै नतिजा हेर्नुहोस्
      • राजनीति
      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • मल्टिमिडिया
      • ब्लग

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.