Friday, April 16, 2021
  • Login
  • Register
No Result
View All Result
12 °c
13 ° Sun
13 ° Mon
13 ° Tue
13 ° Wed
Nepal Readers
  • गृहपृष्ठ
  • मत-अभिमत
  • सामयिक
  • सुशासन
  • स्वास्थ्य /शिक्षा
  • समाज
  • दस्तावेज
  • हाम्रोबारे
  • गृहपृष्ठ
  • मत-अभिमत
  • सामयिक
  • सुशासन
  • स्वास्थ्य /शिक्षा
  • समाज
  • दस्तावेज
  • हाम्रोबारे
No Result
View All Result
Nepal Readers
No Result
View All Result
Home यो हप्ता

प्रतिगमनले घुँडा टेक्नेछ

by वसन्त मानन्धर
January 12, 2021
- यो हप्ता, समाचार
प्रतिगमनले घुँडा टेक्नेछ
Share on FacebookShare on TwitterEmail

प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानको भावना र मर्मलाई बिर्सिएर संसदमा प्रहार गरेर लोकतन्त्रलाई कमजोर तुल्याएका छन्। नेपाल राष्ट्र र जनताको निम्ति यो अन्यन्त ठूलो दुर्भाग्यपूर्ण कुरा हो । अनेक विकल्पहरू बाँकी हुँदाहुँदै, जुन कदम प्रधानमन्त्रीले चाल्नुभएको छ, यो वास्तवमा जनताको म्यान्डेट विपरित छ ।

मैले बुझे अनुसार कम्युनिष्ट पार्टी सामूहिक नेतृत्व, विधि पद्धति र नीति सिद्धान्तमा आधारित भएर चल्ने पार्टी हो । त्यसअनुसार पार्टी अगाडि बढाउनका लागि, उहाँलाई के कति बाधा अड्चन भयो, उहाँले खुलाउनुपथ्र्यो। केबल ‘मलाई काम गर्न दिएनन्’ भनेर दोहोर्याएकै भरमा जनप्रतिनिधिमूलक संस्थाको विघटन गर्न पाइन्छ? २०७४ सालमा सम्पन्न भएको निर्वाचनमा नेपाल कम्युनिष्ट पार्टीले आफ्नो घोषणापत्रमा राजनीतिक स्थायित्वको कुरा उठाएर हामीले जनतासँग भोट मागेका थियौं।

र, जनताले, त्यसलाई पूर्ण साथ दिएर सत्ताको बागडोर हाम्रा हातमा सुम्पेको थियो । तर जनभावनाअनुसार हामीले काम गर्न नसकेको सत्य हो । त्यो ‘स्पिरिट’लाई किन आत्मसाथ गर्न सकिएन, नेता र नेतृत्वका लागि बहसको विषय पनि हो यो । जनताले कुनै व्यक्तिलाई भोट दिएका होइनन् । र, फेरि कुनै व्यक्ति आफैंमा एक्लै उदाउने कुरा पनि हुँदैन। पार्टी र जनताको ठूलो लगानीमा मात्रै नेतृत्व बन्ने हो। यसर्थ, एउटा व्यक्तिको सनकमा कम्युनिष्ट पार्टीको करिब दुई तिहाईको सरकार भत्काउने कुराले जनता, नेता र कार्यकताको मन रोएको छ । हामीले खड्गप्रसाद ओलीाई अध्यक्षका रूपमा बोकेका थियौं । तर उनले अभिभावकत्व प्रदान गर्नुपर्नेमा उल्टै पार्टीलाई नै बिसर्जन गर्नेतिर उद्धत हुनुभएको छ। उनकोे पश्चगमनकारी कदम इतिहासमा क्षम्य हुने कोटीमा पर्दैन।

जनताले कुनै व्यक्तिलाई भोट दिएका होइनन् । र, फेरि कुनै व्यक्ति आफैंमा एक्लै उदाउने कुरा पनि हुँदैन। पार्टी र जनताको ठूलो लगानीमा मात्रै नेतृत्व बन्ने हो। यसर्थ, एउटा व्यक्तिको सनकमा कम्युनिष्ट पार्टीको करिब दुई तिहाईको सरकार भत्काउने कुराले जनता, नेता र कार्यकताको मन रोएको छ ।

नेपालको संविधानले कुनैपनि हिसाबले संसद भंग गर्ने परिकल्पना गरेको छैन। जुन राजनीतिक स्थायित्वको सवाल छ, त्यही राजनीतिक स्थायित्वका निम्ति जनताले हामीलाई रोजेका थिए । अघिल्लो चरणमा राजनीतिक अस्थिरताका कारण जनताले दुःख पाए, र विकास निर्माणले गति पाउन सकेन भन्ने कुरा जोडदार रुपमा उठेका कारण त्यसैले दृष्टिगत गरेर कुनैपनि अवस्थामा संसद भंग नहुने प्रावधानसहित संविधानमा सो कुरा प्रष्ट व्यवस्था गरिएको छ । र, त्यसमा सबै विकल्पहरू पूरा गरीसकेपछि र केही सिप नलागेको अवस्थामा मात्र बल्ल प्रतिनिधि सभा भंग गर्ने हो । जबकि उहाँले त एकै झमटमा संसद बिघटनको घोषणा गरिदिनुभयो । यो बिडम्वनापूर्ण हो ।

वसन्त मानन्धर

आज मुलुक दुर्घटनातर्फ लागेको छ, नेपाल कम्युनिष्ट पार्टी एउटा नेताको लहड र सनककै कारण विभाजनको बाटोमा छ। यो दुर्भाग्यपूर्ण छ। आजसम्मको मितिमा हेर्दा, प्रतिनिधि सभा भंग गर्ने जुन कदम चालिएको छ, ओलीका तर्फबाट, यसको पक्षमा जनमत पनि छैन र संविधानविद्हरू पनि यसका पक्षमा छैनन्। सर्वोच्च अदालतले यससम्वन्धि विवादको निरुपण गर्ने नै छ । यसको अन्तिम व्याख्याता सर्वोच्च अदालत नै भएको कारणले गर्दा सम्मानित अदालतले संविधानसम्मत व्याख्या गर्ला भन्ने अनुमान हामी गर्न सक्छौं । संविधानको भावना हेर्दा कुनैपनि हिसाबले यस निर्णय सदर हुने अवस्था म देख्दिनँ ।

पाँच बर्षको कार्यकालको परिकल्पनासहित अघि बढेको नेतृत्व तीन बर्षपनि नहुँदै विघटन हुने स्थिति दुखद हो। मानौं, भोलि अदालतले पनि प्रभावित भएर दुर्भाग्यपूर्ण फैसला गर्यो भने के हुन्छ? त्यसले, आर्थिक भार बढाउँछ, अराजनीतिक संस्कृतिको विकास हुन्छ । यो संविधानलाई नै असफल बनाउँछ ।

सबै प्रमुख राजनीतिक दलहरू पनि यस विषयमा प्रष्ट छन् । यो निर्णय असंवैधानिक हो । गैरसंवैधानिक घोषणाको विरुद्ध हामी आन्दोलनमा छौं र हामी विश्वस्त बनौँ की संसद पुनस्र्थापित भएर आफ्नो नियमित प्रक्रियामा जानेछ । पाँच बर्षको कार्यकालको परिकल्पनासहित अघि बढेको नेतृत्व तीन बर्षपनि नहुँदै विघटन हुने स्थिति दुखद हो। मानौं, भोलि अदालतले पनि प्रभावित भएर दुर्भाग्यपूर्ण फैसला गर्यो भने के हुन्छ? त्यसले, आर्थिक भार बढाउँछ, अराजनीतिक संस्कृतिको विकास हुन्छ । यो संविधानलाई नै असफल बनाउँछ । यो कदम संविधानसम्म हुथ्यो भने त्यसमा आपत्ति थिएन। अन्य बाटो बन्द भएको अवस्थामा फ्रेस म्यान्डेट लिने कुरालाई नकार्नुपर्ने म देख्दिनँ।

जनताका भागमा जहिल्यै संघर्ष छ। अब फेरि हामीले अर्को संघर्ष लड्ने दिन आएको छ। यो कठिन समयसँग मुकाविला गर्नुको विकल्प हामीसँग छैन। यसर्थ, हामी अहिले यो कदम गलत हो भनेर सडकमा प्रवेश गरिसकेका छौं । सबै दलले अझ वृहत्तर मोर्चा र सहमती कायम गरेर संविधान जोगाउने लडाईँमा होमिनु आवश्यछ अब । जनमत र जनआवाजजति ठूलो केही हुनसक्दैन । प्रतिगमनले अवश्य घुँडा टेक्नेछ ।
(मानन्धर नेकपा नेता तथा प्रदेश ३ का सांसद हुन् ।)

Get real time update about this post categories directly on your device, subscribe now.

Unsubscribe
वसन्त मानन्धर

वसन्त मानन्धर

Connect with us

Recommended

संयुक्त राज्य अमेरिकामा चीनियाँ आप्रवासको समस्या र निराकरणका प्रयाशहरु

संयुक्त राज्य अमेरिकामा चीनियाँ आप्रवासको समस्या र निराकरणका प्रयाशहरु

1 year ago
प्रिय अफ्रिकीहरू! यूरोपियन र अमेरिकी विचारहरूले हामीलाई बचाउन सक्दैन – केवल हाम्राले मात्र सक्छ

प्रिय अफ्रिकीहरू! यूरोपियन र अमेरिकी विचारहरूले हामीलाई बचाउन सक्दैन – केवल हाम्राले मात्र सक्छ

1 year ago

Popular News

    Facebook Twitter Youtube

    © 2021 Nepal Readers

    No Result
    View All Result
    • गृहपृष्ठ
    • मत-अभिमत
    • सामयिक
    • सुशासन
    • स्वास्थ्य /शिक्षा
    • समाज
    • दस्तावेज
    • हाम्रोबारे

    © 2021 Nepal Readers

    Welcome Back!

    Login to your account below

    Forgotten Password? Sign Up

    Create New Account!

    Fill the forms bellow to register

    *By registering into our website, you agree to the Terms & Conditions and Privacy Policy.
    All fields are required. Log In

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In

    Add New Playlist

    This website uses cookies. By continuing to use this website you are giving consent to cookies being used. Visit our Privacy and Cookie Policy.