Date
सोम, माघ २६, २०८२
Mon, February 9, 2026
Monday, February 9, 2026
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
  • लग - इन
  • दर्ता गर्नुहोस्
Nepal Readers
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
Nepal Readers
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्

प्रतिगमनले घुँडा टेक्नेछ

वसन्त मानन्धर वसन्त मानन्धर
पुस २८, २०७७
- यो हप्ता, समाचार
A A
0
  •  shares
  • Facebook
  • Twitter
  • WhatsApp
  • Gmail
  • Viber
  • Messenger

    प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानको भावना र मर्मलाई बिर्सिएर संसदमा प्रहार गरेर लोकतन्त्रलाई कमजोर तुल्याएका छन्। नेपाल राष्ट्र र जनताको निम्ति यो अन्यन्त ठूलो दुर्भाग्यपूर्ण कुरा हो । अनेक विकल्पहरू बाँकी हुँदाहुँदै, जुन कदम प्रधानमन्त्रीले चाल्नुभएको छ, यो वास्तवमा जनताको म्यान्डेट विपरित छ ।

    मैले बुझे अनुसार कम्युनिष्ट पार्टी सामूहिक नेतृत्व, विधि पद्धति र नीति सिद्धान्तमा आधारित भएर चल्ने पार्टी हो । त्यसअनुसार पार्टी अगाडि बढाउनका लागि, उहाँलाई के कति बाधा अड्चन भयो, उहाँले खुलाउनुपथ्र्यो। केबल ‘मलाई काम गर्न दिएनन्’ भनेर दोहोर्याएकै भरमा जनप्रतिनिधिमूलक संस्थाको विघटन गर्न पाइन्छ? २०७४ सालमा सम्पन्न भएको निर्वाचनमा नेपाल कम्युनिष्ट पार्टीले आफ्नो घोषणापत्रमा राजनीतिक स्थायित्वको कुरा उठाएर हामीले जनतासँग भोट मागेका थियौं।

    र, जनताले, त्यसलाई पूर्ण साथ दिएर सत्ताको बागडोर हाम्रा हातमा सुम्पेको थियो । तर जनभावनाअनुसार हामीले काम गर्न नसकेको सत्य हो । त्यो ‘स्पिरिट’लाई किन आत्मसाथ गर्न सकिएन, नेता र नेतृत्वका लागि बहसको विषय पनि हो यो । जनताले कुनै व्यक्तिलाई भोट दिएका होइनन् । र, फेरि कुनै व्यक्ति आफैंमा एक्लै उदाउने कुरा पनि हुँदैन। पार्टी र जनताको ठूलो लगानीमा मात्रै नेतृत्व बन्ने हो। यसर्थ, एउटा व्यक्तिको सनकमा कम्युनिष्ट पार्टीको करिब दुई तिहाईको सरकार भत्काउने कुराले जनता, नेता र कार्यकताको मन रोएको छ । हामीले खड्गप्रसाद ओलीाई अध्यक्षका रूपमा बोकेका थियौं । तर उनले अभिभावकत्व प्रदान गर्नुपर्नेमा उल्टै पार्टीलाई नै बिसर्जन गर्नेतिर उद्धत हुनुभएको छ। उनकोे पश्चगमनकारी कदम इतिहासमा क्षम्य हुने कोटीमा पर्दैन।

    जनताले कुनै व्यक्तिलाई भोट दिएका होइनन् । र, फेरि कुनै व्यक्ति आफैंमा एक्लै उदाउने कुरा पनि हुँदैन। पार्टी र जनताको ठूलो लगानीमा मात्रै नेतृत्व बन्ने हो। यसर्थ, एउटा व्यक्तिको सनकमा कम्युनिष्ट पार्टीको करिब दुई तिहाईको सरकार भत्काउने कुराले जनता, नेता र कार्यकताको मन रोएको छ ।

    नेपालको संविधानले कुनैपनि हिसाबले संसद भंग गर्ने परिकल्पना गरेको छैन। जुन राजनीतिक स्थायित्वको सवाल छ, त्यही राजनीतिक स्थायित्वका निम्ति जनताले हामीलाई रोजेका थिए । अघिल्लो चरणमा राजनीतिक अस्थिरताका कारण जनताले दुःख पाए, र विकास निर्माणले गति पाउन सकेन भन्ने कुरा जोडदार रुपमा उठेका कारण त्यसैले दृष्टिगत गरेर कुनैपनि अवस्थामा संसद भंग नहुने प्रावधानसहित संविधानमा सो कुरा प्रष्ट व्यवस्था गरिएको छ । र, त्यसमा सबै विकल्पहरू पूरा गरीसकेपछि र केही सिप नलागेको अवस्थामा मात्र बल्ल प्रतिनिधि सभा भंग गर्ने हो । जबकि उहाँले त एकै झमटमा संसद बिघटनको घोषणा गरिदिनुभयो । यो बिडम्वनापूर्ण हो ।

    वसन्त मानन्धर

    आज मुलुक दुर्घटनातर्फ लागेको छ, नेपाल कम्युनिष्ट पार्टी एउटा नेताको लहड र सनककै कारण विभाजनको बाटोमा छ। यो दुर्भाग्यपूर्ण छ। आजसम्मको मितिमा हेर्दा, प्रतिनिधि सभा भंग गर्ने जुन कदम चालिएको छ, ओलीका तर्फबाट, यसको पक्षमा जनमत पनि छैन र संविधानविद्हरू पनि यसका पक्षमा छैनन्। सर्वोच्च अदालतले यससम्वन्धि विवादको निरुपण गर्ने नै छ । यसको अन्तिम व्याख्याता सर्वोच्च अदालत नै भएको कारणले गर्दा सम्मानित अदालतले संविधानसम्मत व्याख्या गर्ला भन्ने अनुमान हामी गर्न सक्छौं । संविधानको भावना हेर्दा कुनैपनि हिसाबले यस निर्णय सदर हुने अवस्था म देख्दिनँ ।

    पाँच बर्षको कार्यकालको परिकल्पनासहित अघि बढेको नेतृत्व तीन बर्षपनि नहुँदै विघटन हुने स्थिति दुखद हो। मानौं, भोलि अदालतले पनि प्रभावित भएर दुर्भाग्यपूर्ण फैसला गर्यो भने के हुन्छ? त्यसले, आर्थिक भार बढाउँछ, अराजनीतिक संस्कृतिको विकास हुन्छ । यो संविधानलाई नै असफल बनाउँछ ।

    सबै प्रमुख राजनीतिक दलहरू पनि यस विषयमा प्रष्ट छन् । यो निर्णय असंवैधानिक हो । गैरसंवैधानिक घोषणाको विरुद्ध हामी आन्दोलनमा छौं र हामी विश्वस्त बनौँ की संसद पुनस्र्थापित भएर आफ्नो नियमित प्रक्रियामा जानेछ । पाँच बर्षको कार्यकालको परिकल्पनासहित अघि बढेको नेतृत्व तीन बर्षपनि नहुँदै विघटन हुने स्थिति दुखद हो। मानौं, भोलि अदालतले पनि प्रभावित भएर दुर्भाग्यपूर्ण फैसला गर्यो भने के हुन्छ? त्यसले, आर्थिक भार बढाउँछ, अराजनीतिक संस्कृतिको विकास हुन्छ । यो संविधानलाई नै असफल बनाउँछ । यो कदम संविधानसम्म हुथ्यो भने त्यसमा आपत्ति थिएन। अन्य बाटो बन्द भएको अवस्थामा फ्रेस म्यान्डेट लिने कुरालाई नकार्नुपर्ने म देख्दिनँ।

    जनताका भागमा जहिल्यै संघर्ष छ। अब फेरि हामीले अर्को संघर्ष लड्ने दिन आएको छ। यो कठिन समयसँग मुकाविला गर्नुको विकल्प हामीसँग छैन। यसर्थ, हामी अहिले यो कदम गलत हो भनेर सडकमा प्रवेश गरिसकेका छौं । सबै दलले अझ वृहत्तर मोर्चा र सहमती कायम गरेर संविधान जोगाउने लडाईँमा होमिनु आवश्यछ अब । जनमत र जनआवाजजति ठूलो केही हुनसक्दैन । प्रतिगमनले अवश्य घुँडा टेक्नेछ ।
    (मानन्धर नेकपा नेता तथा प्रदेश ३ का सांसद हुन् ।)

    •  shares
    • Facebook
    • Twitter
    • WhatsApp
    • Gmail
    • Viber
    • Messenger
      वसन्त मानन्धर

      वसन्त मानन्धर

      Related Posts

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      तीर्थ कोइराला
      साउन ४, २०८२

      विश्वमा देहव्यापारको शुरुवात इसा पूर्व २४ सय वर्ष अगाडि भएको इतिहासमा उल्लेख गरिए पनि जब समाजमा परिवार र विवाहको प्रारम्भ...

      जेष्ठ वामहरुको पोखरा भेलाबारे रामबहादुर भण्डारीको अनुभूति

      जेष्ठ वामहरुको पोखरा भेलाबारे रामबहादुर भण्डारीको अनुभूति

      रामबहादुर भण्डारी 'आर. बी'
      पुस १, २०८१

      संसारमा जेष्ठ तथा वामहरुको बारेमा अलगै धारणाहरु भएतापनि हाम्रो देशमा बोलिचाली र कतिपय कानूनी रुपमा समेत उमेरले ७० पुगेका र...

      घुस नखाने पार्टी समाजवादको सर्त

      घुस नखाने पार्टी समाजवादको सर्त

      घनश्याम भूसाल
      साउन ८, २०८१

      डा. बाबुराम भट्टराईबारे लेखिएको पुस्तक 'बाबुराम : अ भिजीनरी रेबेल' सबै पढिसक्दा पुस्तकको शिर्षकले न्याय पाउन सकेन जस्तो लाग्छ ।...

      चीनले सिलिकन भ्यालीलाई कसरी प्रयोग गरिरहेको छ

      चीनले सिलिकन भ्यालीलाई कसरी प्रयोग गरिरहेको छ

      जेकोब ड्रेयर
      असार २७, २०८१

      १६ औं शताब्दीसम्म, चीन दुनियाको प्रविधिजगतमा सबैभन्दा बढी विकसित थियो। जुनबेला यूरोपमा कुलीन वर्गको शासन थियो, त्यसबेला चीनका प्रबुद्ध वर्गले...

      प्यालेष्टाइन–इजरायल द्वन्द्वको वास्तविकता

      प्यालेष्टाइन–इजरायल द्वन्द्वको वास्तविकता

      रामराज रेग्मी
      असार १२, २०८१

      यही वर्ष २०२४ को गत ७ अक्टोवरमा प्यालेष्टाइनी लडाकू समुह हमासले इजरायलमा गरेको सशस्त्र हमलामा परी १० जना नेपाली विद्यार्थीको...

      मिटरब्याजको आडमा बलात्कार गर्ने सुर्जमानलाई १० वर्ष कैद, पीडितलाई ५ लाख क्षतिपुर्ति तिर्नुपर्ने

      नेपाल रिडर्स
      असार ३, २०८१

      मिटरब्याजको आडमा शरिर बन्धक बनाएर यौन शोषण गर्ने सुर्जमान मालिलाई ललितपुर जिल्ला अदालतले १० वर्ष कैद सजाय सुनाएको छ। मिटरब्याजी...

      सिफारिस

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?
      विचार

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?

      प्रा. चैतन्य मिश्र
      मंसिर ६, २०८०

      थप पढ्नुहोस्Details
      महङ्गीबारे रहस्यमय मौनता
      समाज

      महङ्गीबारे रहस्यमय मौनता

      नरेश ज्ञवाली
      कार्तिक १४, २०८०

      थप पढ्नुहोस्Details
      भारतीय समाजको नाजीकरण भइसक्यो!
      विचार

      भारतीय समाजको नाजीकरण भइसक्यो!

      अरुन्धती रोय
      कार्तिक ११, २०८०

      थप पढ्नुहोस्Details
      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!
      विचार

      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!

      नालेदी पान्दोर
      कार्तिक १०, २०८०

      थप पढ्नुहोस्Details

      सामाजिक सञ्जालमा पुग्नुहोस्

      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • हाम्रो बारे

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.

      Welcome Back!

      गुगल मार्फत साइन इन गर्नुहोस्
      Sign In with Linked In
      वा

      Login to your account below

      Forgotten Password? Sign Up

      Create New Account!

      गुगल मार्फत साइन अप गर्नुहोस्
      Sign Up with Linked In
      वा

      Fill the forms bellow to register

      All fields are required. Log In

      Retrieve your password

      Please enter your username or email address to reset your password.

      Log In

      Add New Playlist

      नतिजा छैन
      सबै नतिजा हेर्नुहोस्
      • राजनीति
      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • मल्टिमिडिया
      • ब्लग

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.