Date
मङ्ल, माघ २७, २०८२
Tue, February 10, 2026
Tuesday, February 10, 2026
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
  • लग - इन
  • दर्ता गर्नुहोस्
Nepal Readers
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
Nepal Readers
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्

नारीवाद किन राजनीतिक विषय पनि हो?

हुक्स एउटा सोचनीय तर्क अगाडि सार्छिन्। उनि लेख्छिन्, ‘नारीवाद कुनै लाइफस्टाइल होइन अथवा कुनै बनीबनाउ पहिचानको पद/भूमिका होइन, जसलाई जो कोहीले धारण मात्रै गरुन्।’ यसकारण ‘म नारीवादी हुँ’ भन्नुको सट्टा ‘म नारीवादको वकालत गर्छु’ भन्नु उचित हुन्छ।

nepal_readers nepal_readers
साउन १७, २०७८
- यो हप्ता, समाचार
A A
0
  •  shares
  • Facebook
  • Twitter
  • WhatsApp
  • Gmail
  • Viber
  • Messenger

    -एश्वर्य राज-

    अमेरिकी लेखक ग्लोरिया जीन वेटकिन्स प्रोफेसर, नारीवादको समर्थक र सामाजिक कार्यकर्ता पनि हुन्। उनी ग्लेरिया बेल हुक्सको नामबाट लेखहरू लेख्छिन्। यो उनको ‘पेन नेम’ हो। नारीवाद राजनीतिक र समावेशीताको मुद्दा बन्ने प्रक्रियालाई राम्रोसँग बुझ्नका लागि बेल हुक्स्को लेखन महत्वपूर्ण छ।

    ‘फेनिनिजम्ः अ मुभमेन्ट टु इन्ड सेक्सिस्ट अप्रेसन’ नामको च्याप्टरमा बेल हुक्स लेख्छिन्, ‘अमेरिकाका अधिकतम मानिस नारीवादको यस्तो परिभाषालाई मान्छन्, जसले भन्छ कि महिला सामाजिक स्तरमा पुरुष बराबर छन्।’ सञ्चारमाध्यमले पनि यसै परिभाषालाई प्रचार ग¥यो र नारीवादी आन्दोलनको मूलधारमा रहेको तप्का पनि यसमा सहमत देखिन्छ।

    यद्यपि बेल हुक्सका अनुसार नारीवादको यस परिभाषाले धेरै प्रश्नहरू उब्जाएको छ। के सबै महिलाका लागि ‘समानताको हक’ उस्तै छ त? नारीवादको यस्तो साधारण परिभाषाले समाजमा रहेका व्यक्तिका साथ जोडिएका अन्य पहिचानलाई नजरअन्दाज गर्छ।
    नारीवादको यस साधारण तथा सतही परिभाषाले महिलाहरू लैंगिक आधारमा शोषित रहेको कुरालाई दर्शाउँछ, त्यसैले श्वेत बुर्जुआ महिलाले यसलाई स्वीकृति दिएका छन्। तर यो परिभाषा नश्लीय, जातीय र आर्थिक वर्गीकरणबाट उत्पन्न शोषणप्रति आँखा बन्द गर्छ। यस नारीवादले गरीब तथा तल्लो आर्थिक वर्गका महिला र खासगरी अश्वेत महिलाको स्वतन्त्रतालाई पुरुष समान परिभाषित गर्दैन।

    बेल हुक्स एउटा ठूलो मिथ्यालाई तोड्दै लेख्छिन्, ‘महिलाको जीवनमा हुने प्रगतिशील परिवर्तनले मात्रै समाजको सबै शोषणको ढाँचा टुटेको प्रमाणित गर्दैन। समाजका हरेक शोषणविरुद्धको असफलताहरूका कारण नै ‘लिबरल नारीवाद’ यस गलत भ्रमसहित बाँचेको छ। महिलामाथि सांस्कृतिक रूपबाट हुने सामूहिक शोषणको स्वरूपलाई चुनौती नदिइ र तिनलाई नबदली महिलाहरू आफ्नो वर्गका पुरुषहरूसँग बराबरी हुनसक्छन् भन्नु भ्रम हो। सन् १९६७ मा ब्राजीली विद्वान हेलेथ साफ्फाइटीले भनेका थिए, ‘बुर्जुवा नारीवाद नजानिँदो पाराले आफ्नो मूल रूपबाट केवल उच्च वर्गका मानिसको नारीवाद बनिसकेको छ।’

    किन नारीवादबाट टाढा रहन चाहन्छन् महिला?

    बेल हुक्स महिलाहरूले आफूलाई नारीवादबाट टाढा राख्नुका केही कारणहरू बताउँछिन्। उनका अनुसार यसको पहिलो कारण होः कतिपय महिलाहरूले नारीवाद शब्दको अर्थ सही ढंगले बुझेका छैनन्। शुरुवाती दिनहरूमा नारीवादलाई श्वेत महिलाहरूको अधिकारका लडाइँका रूपमा मात्रै हेरियो। यसकारण पनि शोषित समुदाय र संस्कृतिका महिलाहरू यसबाट टाढा रहन चाहन्छन्। नारीवादलाई एक–नश्लीय भेदभावबाट भरिएको शब्दसमेत मानिन्छ।

    धेरैजसो महिलाहरू नारीवादलाई ‘स्त्री समलैंगिकता’ मानेर यसबाट टाढा रहनसमेत खोज्छन्। केही महिलाहरू यस शब्दका साथ जोडिनु भनेको राजनीतिक रूपबाट अतिवादी हुनु जस्तो ठान्छन्। यसकारण पनि ती महिलाहरू नारिवादसँग जोडिन चाहँदैनन्।
    बेल हुक्ससँग यी सबैको जवाफ छ। उनी नारीवादको धेरै परिभाषा अराजनैतिक नजरबाट गरिएको तर्क गर्छिन्। त्यस्ता परिभाषाहरूले महिलाको व्यक्तिगत स्वतन्त्रतालाई धेरै रोमाञ्चित गर्ने कुरा गर्छ। तर समाजमा जरुरी राजनीतिक मुद्दालाई भने त्यस्ता परिभाषाहरूले नजरअन्दाज गर्ने गरेको छ।

    बेल हुक्स ‘लाइफस्टाइल’ नारीवादको आलोचनामा भन्छिन्, ‘यसले महिलालाई उनको राजनीतिक मान्यतालाई लिएर सवाल गर्दैन, बरु कुनै पनि महिला नारीवादलाई आफ्नो दैनिक जीवन ज्यूनुको तरिका अर्थात् केबल लाइफस्टाइलको रूपमा लिएकी हुन्छिन्, यसकारण यसले कसैलाई असहज गर्दैन । तर यसै सहजताबाट नै नारीवादमाथि ठूलो खतरा छ। अर्थात्, ‘लाइफस्टाइल नारीवाद’को सिद्धान्तअनुसार शोषणकारी राजनीतिक मुद्दालाई खारेज नगरी तपाईँ नारीवादी बन्न सक्नुहुन्छ। यो नै यस्तो नारीवादको ठूलो खतरा हो। यहाँ नै नारीवादको समावेशिता कमजोर हुँदै गरेको देखिन्छ।

    नारीवादले केही विशेषाधिकार प्राप्त महिलाहरूको प्रतिनिधित्व गर्छ भने यसमा खतरा पनि छ। महिला जैविक रूपमा महिला भएकै कारणले नारीवादी आन्दोलनमा आएका हुन् भनेर सोच्नु निरर्थक हो।

    नारीवाद लैंगिक शोषणविरुद्धको संघर्ष हो। यस सिद्धान्तले महिलाहरूमा आफूबीचमा भएका भिन्नता र असमानताहरूको ज्ञान हुन आवश्यक ठान्छ। यसले लैंगिकतालाई नश्ल, वर्ग र लिंगको साथ जोडेर हेर्नुपर्ने कुरा गर्छ। यो बिन्दु नै ‘समावेशी नारीवाद’को स्तम्भ हो। यद्यपि पश्चिमी देशहरूको सन्दर्भमा मात्र नश्लीय आधारमा यो खालको विमर्श हुने गरेको छ। हाम्रो समाजको सन्दर्भमा भने जात व्यवस्थालाई जोडेर नारीवादलाई बुझ्न आवश्यक छ र यसरी बुझ्नु नै यहाँको सन्दर्भमा समावेशी नारीवादको प्रमुख पाटो हो।

    नयाँ सिराबाट नारीवाद

    जब नारीवादको परिभाषाको केन्द्रमा महिलाहरूको पहिचानको विविधता हुन्छ। त्यो विविधता यस्तो हुनुपर्छ कि जहाँ महिलाको सामाजिक र राजनीतिक पहिचानको वास्तविकता छ। तब सबै महिलाहरूको अनुभव जोडेर यसलाई बुझ्न सकिन्छ। महिलाहरूको त्यस्तो पहिचानका बारेमा सबैभन्दा कम बोलिन्छ/लेखिन्छ र जसको सुधारका लागि सबैभन्दा कम कोशिस हुन्छ, नारीवादमा त्यस्ता महिलाहरूको स्थान प्रमुख हुन्छ।

    जब ‘पुरुष हाम्रो दुश्मन हो’जस्तो भाष्य र विचारबाट हामी टाढा हुन्छौँ, हामी सामाजिक ढाँचा र कुनै प्रकारको शोषणलाई जन्म दिनुमा यस भाष्यको भूमिकालाई राम्रोसँग बुझ्न सक्छौँ। यी सबै कमजोरीहरूका कारण लामो समयसम्म नारीवादी आन्दोलनको नेतृत्वको भूमिकामा केवल बुर्जुआ महिलाहरूको अधिपत्य देखिन्छ। बेल हुक्सका अनुसार नारीवाद कुनै विशेष समूहका महिलाहरूलाई अधिकार दिलाउन या कुनै विशेष नश्ल वा वर्गका महिलाहरूका लागिमात्रै होइन। नारीवादले हाम्रो जीवनललाई शक्तिशाली र सार्थक रूपमा बदल्न सक्छ।

    हुक्स एउटा सोचनीय तर्क अगाडि सार्छिन्। उनि लेख्छिन्, ‘नारीवाद कुनै लाइफस्टाइल होइन अथवा कुनै बनीबनाउ पहिचानको पद/भूमिका होइन, जसलाई जो कोहीले धारण मात्रै गरुन्।’ यसकारण ‘म नारीवादी हुँ’ भन्नुको सट्टा ‘म नारीवादको वकालत गर्छु’ भन्नु उचित हुन्छ। नारीवादलाई लाइफस्टाइल बनाउनमा मिडिया र मूलधारका समूहको पनि जोड हुने गरेको छ। यसकारण मानिसहरू नारीवादको यस ‘स्टेरियोटाइप’ मै रहेर यसलाई बुझ्न खोज्छन्। वास्तवमा नारीवादको समर्थक भएर तपाईँ कुनै अन्य राजनीतिक–सामाजिक मुद्दाहरूमा संघर्षको हिस्सा बन्ने सम्भावनाको अन्त्य हुँदैन। बरु झनै मजबुत भएर जान्छ।

    बेल हुक्सलाई सबैभन्दा बढी सोधिएको एउटा प्रश्न हो, ‘के अश्वेत हुनु महिलाको लैंगिक पहिचान भन्दा बढी प्रमुख छ? के लैंगिक शोषणलाई अन्त्य गर्ने नारीवादी संघर्ष नश्लीय भेदभावविरुद्धको संघर्षभन्दा बढी जरुरी हो?’ हुक्सका अनुसार यस्तो सवालको जरा स्वयंको निर्माण अरुको विरोधमा हुन्छ भन्ने सोचमा गाडिएको हुन्छ। मानिस नारीवादी हुनुको अलावा अरु कुनै मुद्दामा आवाज उठाउन सक्दैन भन्ने सोच नारीवादको वास्तविक परिभाषाभित्र पर्दैन। मानिसले आफूलाई आफ्नो बाहेक अरुको समुदाय, जात, लिंग र वर्ग अनुकूल बनाउन सकिरहेको हुँदैन। यसैले मानिस नश्लीय र जातीय भेदभावलाई हटाउने संघर्षलाई नारीवादसँग जोडेर हेर्नुको सट्टा यी आन्दोलनहरूलाई आपसी प्रतिस्पर्धीका रूपमा हेर्छ।

    यसैले ‘म नारीवादको वकालत गर्छु’ भन्ने भाषाले महिला नारीवादका साथै अरु आन्दोलनको पनि समर्थक हो र नारीवाद उनको ‘लाइफस्टाइल’ मात्र होइन भन्ने बुझ्नुपर्छ। साथै नारीवादले कुनै एक समूहलाई अर्को कुनै समूहभन्दा माथिल्लो वरीयता दिँदैन।
    नारीवादी आन्दोलन ‘पुरुषसँग समानता’ देखि ‘लैंगिक शोषण को अन्त्य’ सम्म आइपुग्दा यसले कुनै पनि प्रकारको सामाजिक शोषणको प्रणालीलाई अन्त्य गर्ने मात्र होइन, यो समाजमा विभिन्न लैंगिक, वर्गीय, नश्लीय र जातीय आन्दोलनलाई जोड्ने कडी पनि हो। त्यसकारण असली नारीवादी हुनु समाजको सबै खाले शोषण, विभेद र अत्याचारविरुद्ध उभिनु पनि हो।

    फेनिनिजम् इन इन्डियाबाट मेनुका बस्नेतको अनुवाद।

    •  shares
    • Facebook
    • Twitter
    • WhatsApp
    • Gmail
    • Viber
    • Messenger
      nepal_readers

      nepal_readers

      नेपाल रिडर्स सार्वजनिक नीतिहरु र मुद्दाहरुबारे निरन्तर छलफल–विचार विमर्श गर्ने विद्युतीय मञ्च हो।

      Related Posts

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      तीर्थ कोइराला
      साउन ४, २०८२

      विश्वमा देहव्यापारको शुरुवात इसा पूर्व २४ सय वर्ष अगाडि भएको इतिहासमा उल्लेख गरिए पनि जब समाजमा परिवार र विवाहको प्रारम्भ...

      जेष्ठ वामहरुको पोखरा भेलाबारे रामबहादुर भण्डारीको अनुभूति

      जेष्ठ वामहरुको पोखरा भेलाबारे रामबहादुर भण्डारीको अनुभूति

      रामबहादुर भण्डारी 'आर. बी'
      पुस १, २०८१

      संसारमा जेष्ठ तथा वामहरुको बारेमा अलगै धारणाहरु भएतापनि हाम्रो देशमा बोलिचाली र कतिपय कानूनी रुपमा समेत उमेरले ७० पुगेका र...

      घुस नखाने पार्टी समाजवादको सर्त

      घुस नखाने पार्टी समाजवादको सर्त

      घनश्याम भूसाल
      साउन ८, २०८१

      डा. बाबुराम भट्टराईबारे लेखिएको पुस्तक 'बाबुराम : अ भिजीनरी रेबेल' सबै पढिसक्दा पुस्तकको शिर्षकले न्याय पाउन सकेन जस्तो लाग्छ ।...

      चीनले सिलिकन भ्यालीलाई कसरी प्रयोग गरिरहेको छ

      चीनले सिलिकन भ्यालीलाई कसरी प्रयोग गरिरहेको छ

      जेकोब ड्रेयर
      असार २७, २०८१

      १६ औं शताब्दीसम्म, चीन दुनियाको प्रविधिजगतमा सबैभन्दा बढी विकसित थियो। जुनबेला यूरोपमा कुलीन वर्गको शासन थियो, त्यसबेला चीनका प्रबुद्ध वर्गले...

      प्यालेष्टाइन–इजरायल द्वन्द्वको वास्तविकता

      प्यालेष्टाइन–इजरायल द्वन्द्वको वास्तविकता

      रामराज रेग्मी
      असार १२, २०८१

      यही वर्ष २०२४ को गत ७ अक्टोवरमा प्यालेष्टाइनी लडाकू समुह हमासले इजरायलमा गरेको सशस्त्र हमलामा परी १० जना नेपाली विद्यार्थीको...

      मिटरब्याजको आडमा बलात्कार गर्ने सुर्जमानलाई १० वर्ष कैद, पीडितलाई ५ लाख क्षतिपुर्ति तिर्नुपर्ने

      नेपाल रिडर्स
      असार ३, २०८१

      मिटरब्याजको आडमा शरिर बन्धक बनाएर यौन शोषण गर्ने सुर्जमान मालिलाई ललितपुर जिल्ला अदालतले १० वर्ष कैद सजाय सुनाएको छ। मिटरब्याजी...

      Leave a Reply Cancel reply

      Your email address will not be published. Required fields are marked *

      सिफारिस

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?
      विचार

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?

      प्रा. चैतन्य मिश्र
      मंसिर ६, २०८०

      थप पढ्नुहोस्Details
      महङ्गीबारे रहस्यमय मौनता
      समाज

      महङ्गीबारे रहस्यमय मौनता

      नरेश ज्ञवाली
      कार्तिक १४, २०८०

      थप पढ्नुहोस्Details
      भारतीय समाजको नाजीकरण भइसक्यो!
      विचार

      भारतीय समाजको नाजीकरण भइसक्यो!

      अरुन्धती रोय
      कार्तिक ११, २०८०

      थप पढ्नुहोस्Details
      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!
      विचार

      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!

      नालेदी पान्दोर
      कार्तिक १०, २०८०

      थप पढ्नुहोस्Details

      सामाजिक सञ्जालमा पुग्नुहोस्

      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • हाम्रो बारे

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.

      Welcome Back!

      गुगल मार्फत साइन इन गर्नुहोस्
      Sign In with Linked In
      वा

      Login to your account below

      Forgotten Password? Sign Up

      Create New Account!

      गुगल मार्फत साइन अप गर्नुहोस्
      Sign Up with Linked In
      वा

      Fill the forms bellow to register

      All fields are required. Log In

      Retrieve your password

      Please enter your username or email address to reset your password.

      Log In

      Add New Playlist

      नतिजा छैन
      सबै नतिजा हेर्नुहोस्
      • राजनीति
      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • मल्टिमिडिया
      • ब्लग

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.