Date
बुध, माघ २८, २०८२
Wed, February 11, 2026
Wednesday, February 11, 2026
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
  • लग - इन
  • दर्ता गर्नुहोस्
Nepal Readers
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
Nepal Readers
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्

विचारको बहस हुने थलो हो महाधिवेशन

हामी एकपटक चुकिसक्यौँ र अब पनि चुक्यौँ भने एकदमै पछाडि पुग्नेछौँ।

भक्तकुमारी लामा भक्तकुमारी लामा
मंसिर ८, २०७८
- यो हप्ता, समाचार
A A
0
  •  shares
  • Facebook
  • Twitter
  • WhatsApp
  • Gmail
  • Viber
  • Messenger

    कुनै पनि राजनीतिक दलको महाधिवेशनबाट असल नेतृत्व आउनुपर्छ भन्ने आम मानिसको अपेक्षा हुन्छ। कम्युनिष्ट आन्दोलनालाई साक्षी राखेर भन्ने हो एउटा कम्युनिष्ट कार्यकर्ता भएको नाताले हाम्रो अपेक्षा त्योभन्दा बढी र पृथक हुन्छ। आम जनता र उपेक्षित वर्गको प्रतिनिधित्व गर्न सक्ने र जनताको आवाजलाई आफ्नै आवाज जसरी व्यक्त गर्न सक्ने नेतृत्वको अपेक्षा हामी गर्छौँ।
    अब चुक्नु हुँदैन

    हाम्रो पार्टीका महिला नेताहरूले १५ सदस्यीय पदाधिकारीको टोलीमा कम्तिमा ५ जना महिला हुनुपर्छ भन्ने आवाज उठाइरहनुभएको छ। यो बहस उठ्नु एकदम खुशीको कुरा हो। तर गत असोजमा सम्पन्न पार्टीको विधान महाधिवेशनकै क्रममा यो बहस उठ्नुपथ्र्यो। विधान महाधिवेशनले एउटा कमिटीको संरचना कस्तो हुन्छ र कस्ता नेताहरू चुन्ने भन्ने कुरा निर्दिष्ट गरिसकेको छ। यद्यपि अझैपनि यी विषयमा छलफलका लागि ढोका खुल्ला नै छ।

    त्यस अर्थमा हामी एकपटक चुकिसक्यौँ र अब पनि चुक्यौँ भने एकदमै पछाडि पुग्नेछौँ। त्यसैले आगामी महाधिवेशनमा हामीले आफ्ना कुरालाई दबाबमूलक ढंगले राख्नका लागि चुक्नुहुँदैन। विधानमा जेसुकै व्यवस्था गरेतापनि यो विषयमा अहिले छलफल बाँकी नै रहेकाले केन्द्रीय पदाधिकारीमा कम्तिमा ५ जना महिलासहित केन्द्रीय कमिटीमा ३३ प्रतिशत महिलाको अनिवार्य उपस्थित गराउनुपर्छ। यदि यो अवस्था भएन भने महिलाहरूले महाधिवेशन बहिष्कार गर्ने सम्मको आन्दोलन अगाडि बढाउनुपर्छ।

    यसखालको आन्दोलन गर्नका लागि तत्काललाई कुनै तयारी नभएपनि हाम्रो आवाज जबर्जस्त रुपमा उठिसकेको छ। नेतृत्वले हाम्रो आवाजलाई नकारेर जानसक्ने अवस्था छैन। स्वभावैले त्यस मुद्दामा हामी एकदमै आक्रामक रुपमा लाग्नुपर्ने हुन्छ। त्यसका लागि पूर्ण रुपमा तयारी गर्नुपर्छ।

    शासकले दिने र हामीले लिने होइन

    कम्युनिष्ट पार्टी भनेको द्वन्द्ववादमाथि विश्वास गर्ने पार्टी हो। स्वभावैले यहाँभित्र असहमति र द्वन्द्व हुन्छ। यस पार्टीभित्र प्रत्येक सदस्यले निर्धक्क आफ्ना कुरा राख्न पाइन्छ, मिल्छ। तर आफ्नो कुरा राख्न दिइँदैन र सत्ताले पेलेर लान्छ भने त्यो पार्टी कम्युनिष्ट पार्टी नै हुन सक्दैन। त्यसकारण कम्युनिष्ट पार्टीभित्र समान सहभागिता र उपेक्षित वर्गलाई माथि ल्याउने कुरा उठ्छ र यदि त्यसलाई नकारिन्छ भने स्वभाविक रुपमा असहमति र द्वन्द्व हुन्छ।

    हामी जुन वर्गको कुरा गर्छौँ, त्यही वर्गको कुरा सुनिँदैन भने यो पार्टी कम्युनिष्ट पार्टी नै रहँदैन। उपेक्षित वर्गबाट आएका कतिपयले सम्झौता गर्ने खालका पनि कुरा गर्छन्। तर यदि शासकले जे दिन्छ, त्यही लिन्छौँ भनियो भने त हामी हिजोकै सामन्तवादमा फर्के पनि भैगो नि! त्यस सामन्तवादी व्यवस्थालाई हामीले रुपान्तरण गरिसकेका छौँ। आज हामी लोकतान्त्रिक अभ्यासको क्रममा छौँ। यदि हामीले एमाले पार्टीमा विश्वास गर्छौँ भने अब हामीले पार्टीभित्र पनि लोकतन्त्रको अभ्यास गर्नैपर्छ।

    यदि कसैले कुनै पदमा लड्ने अधिकार राख्छ भने हामी पनि लड्ने अधिकार राख्छौँ। प्रतिनिधि चुनिएर महाधिवेशनमा गइसकेपछि हामी जुन पदमा आफूलाई योग्य सम्झिन्छौँ, त्यही पदमा लड्ने अधिकार पनि राख्छौँ। शासकले दिने र हामीले लिने भन्ने भाष्य अब स्वीकार्य छैन। हामी सबै बराबरी हिस्सेदार हौँ। बराबरी लड्ने र भिड्ने अधिकार राख्छौँ।

    विचारको बहस

    महाधिवेशनको प्रतिनिधि भएको हैसियतले म केन्द्रीय कमिटीको सदस्य उठ्न योग्य उम्मेद्वार हुँ। विगतमा अनेरास्ववियु जस्तो आन्दोलनमा संगठित भएर म केन्द्रीय कमिटीको सचिव पनि भइसकेको छु। त्यसैले केन्द्रीय सदस्य पदमा उठ्नका लागि म योग्य छु।
    पार्टीको पछिल्लो अवस्था हेर्दा व्यक्ति केन्द्रित प्रवृत्ति हावी भएको हो कि जस्तो देखिन्छ।

    यो महाधिवेशन अहिलेकै पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई निरन्तरता दिनका लागि गरिएको हो भन्ने भ्रमपूर्ण प्रचारहरू पनि भएका छन्। तर महाधिवेशन भनेको कुनै पनि व्यक्तिलाई केन्द्र बनाएर गरिएको हुँदैन। उहाँकै पंक्तिको तल्लो तहसम्म त्यस किमिसले स्कुलिङ भएको हुनसक्छ। तर सत्य त्यो होइन।

    महाधिवेशनमा तल्लो तहका कार्यकर्ताले छानेर पठाएका प्रतिनिधिहरू आएका हुन्छन्। तिनले चुनेको नेतृत्वले नै अबको पार्टी चलाउने हो। ओली आउन् या अरु। त्यसैले कुनै व्यक्तिका लागि यो महाधिवेशन गरिएको हुँदै होइन। महाधिवेशन भनेको विचारको बहस हुने र दस्तावेज तथा नीति पास हुने थलो हो। जसरी हाम्रो पार्टीको नवौं महाधिवेशनमा भयो।

    नवौँ महाधिवेशनमा हामीले नेपाली समाजको चरित्रको विषयमा बहस गर्यौं। नेपाली समाजमा सामन्तीवाद सकिएको, अब यसको चरित्र दलाल पूँजीवादी रहेको र पार्टीको अबको कार्यदीशा भनेको दलाल पूँजीवादविरुद्ध लागेर राष्ट्रिय पूँजीको निर्माण गर्नु रहेको कुरालाई नवौं महािधवेशनले पास ग-यो।

    यसका लागि नेकपा एमालेका आम नेता तथा कार्यकर्ताहरू उत्पादनसँग जोडिनुपर्छ। हामीले तिरेको कर जुन वर्गको उत्थान र मुक्तिका लागि हुनुपर्ने हो, त्यही वर्गका लागि सदुपयोग गर्नुपर्छ। हामीले हाम्रा दस्तावेजहरूमा समताका त्यस्ता कुराहरू समेटेका पनि छौँ। र, नवौँ महाधिवेशनले पास गरेको दस्तावेजअनुसार हाम्रो पार्टी चलिरहेको छ कि छैन भनेर यो बीचमा हामीले निर्मम समीक्षा गर्नुपथ्र्यो। तर समीक्षाको पाटोलाई हामीले तिलाञ्जली दिएर टुटफुटमा लाग्यौँ।

    बहसका लागि तयार

    पार्टी विभाजनलाई कारण देखाउँदै हामीले वैचारिक बहसलाई पनि बेवास्ता ग¥यौं। तर यो गलत भइरहेको छ। पार्टी फुट्नु एउटा पाटो भयो। तर पार्टी के कारणले फुट्यो भन्ने कुराको समीक्षा गर्नुपर्छ र आफ्ना गल्ति कमीकमजोरीलाई नदोहोर्याइकन अगाडि बढ्ने प्रण गर्नुपर्छ। यसरी अगाडि बढ्न सक्ने नेतृत्व अब हामीले छनौट गर्नुपर्छ।

    विगतका गल्ति र कमीकमजोरीको समीक्षा गर्न र यसलाई सुधार गर्दै अगाडि बढ्नका लागि हामी खुल्ला छौं। यसका लागि हामी चितवनमा हुन गइरहेको दशौँ महाधिवेशनमा कुरा उठाउँछौँ। हामीसँग कोही बहस गर्न आउनुहुन्छ भने हामी स्वागत गर्छौँ। तर बहस र विचारलाई नै कुल्चेर जान चाहिँ पाइँदैन।

    हाम्रो नेतृत्वको पछिल्ला कदमदेखि लिएर भगवानप्रतिको आशक्तिसम्मका दृश्यहरूलाई हेर्ने हो भने आम जनताले प्रश्न उठाउने ठाउँमा हामी आइपुगेका छौँ। ती विषयमा हामीजस्तो सचेत युवाले छलफल र बहस गर्न आवश्यक छ।

    नेपाल रिडर्सले एमाले महाधिवेशनको सन्दर्भमा एमाले नेता लामासँग गरेको कुराकानीमा आधारित।

    •  shares
    • Facebook
    • Twitter
    • WhatsApp
    • Gmail
    • Viber
    • Messenger
      भक्तकुमारी लामा

      भक्तकुमारी लामा

      Related Posts

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      तीर्थ कोइराला
      साउन ४, २०८२

      विश्वमा देहव्यापारको शुरुवात इसा पूर्व २४ सय वर्ष अगाडि भएको इतिहासमा उल्लेख गरिए पनि जब समाजमा परिवार र विवाहको प्रारम्भ...

      जेष्ठ वामहरुको पोखरा भेलाबारे रामबहादुर भण्डारीको अनुभूति

      जेष्ठ वामहरुको पोखरा भेलाबारे रामबहादुर भण्डारीको अनुभूति

      रामबहादुर भण्डारी 'आर. बी'
      पुस १, २०८१

      संसारमा जेष्ठ तथा वामहरुको बारेमा अलगै धारणाहरु भएतापनि हाम्रो देशमा बोलिचाली र कतिपय कानूनी रुपमा समेत उमेरले ७० पुगेका र...

      घुस नखाने पार्टी समाजवादको सर्त

      घुस नखाने पार्टी समाजवादको सर्त

      घनश्याम भूसाल
      साउन ८, २०८१

      डा. बाबुराम भट्टराईबारे लेखिएको पुस्तक 'बाबुराम : अ भिजीनरी रेबेल' सबै पढिसक्दा पुस्तकको शिर्षकले न्याय पाउन सकेन जस्तो लाग्छ ।...

      चीनले सिलिकन भ्यालीलाई कसरी प्रयोग गरिरहेको छ

      चीनले सिलिकन भ्यालीलाई कसरी प्रयोग गरिरहेको छ

      जेकोब ड्रेयर
      असार २७, २०८१

      १६ औं शताब्दीसम्म, चीन दुनियाको प्रविधिजगतमा सबैभन्दा बढी विकसित थियो। जुनबेला यूरोपमा कुलीन वर्गको शासन थियो, त्यसबेला चीनका प्रबुद्ध वर्गले...

      प्यालेष्टाइन–इजरायल द्वन्द्वको वास्तविकता

      प्यालेष्टाइन–इजरायल द्वन्द्वको वास्तविकता

      रामराज रेग्मी
      असार १२, २०८१

      यही वर्ष २०२४ को गत ७ अक्टोवरमा प्यालेष्टाइनी लडाकू समुह हमासले इजरायलमा गरेको सशस्त्र हमलामा परी १० जना नेपाली विद्यार्थीको...

      मिटरब्याजको आडमा बलात्कार गर्ने सुर्जमानलाई १० वर्ष कैद, पीडितलाई ५ लाख क्षतिपुर्ति तिर्नुपर्ने

      नेपाल रिडर्स
      असार ३, २०८१

      मिटरब्याजको आडमा शरिर बन्धक बनाएर यौन शोषण गर्ने सुर्जमान मालिलाई ललितपुर जिल्ला अदालतले १० वर्ष कैद सजाय सुनाएको छ। मिटरब्याजी...

      Leave a Reply Cancel reply

      Your email address will not be published. Required fields are marked *

      सिफारिस

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?
      विचार

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?

      प्रा. चैतन्य मिश्र
      मंसिर ६, २०८०

      थप पढ्नुहोस्Details
      महङ्गीबारे रहस्यमय मौनता
      समाज

      महङ्गीबारे रहस्यमय मौनता

      नरेश ज्ञवाली
      कार्तिक १४, २०८०

      थप पढ्नुहोस्Details
      भारतीय समाजको नाजीकरण भइसक्यो!
      विचार

      भारतीय समाजको नाजीकरण भइसक्यो!

      अरुन्धती रोय
      कार्तिक ११, २०८०

      थप पढ्नुहोस्Details
      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!
      विचार

      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!

      नालेदी पान्दोर
      कार्तिक १०, २०८०

      थप पढ्नुहोस्Details

      सामाजिक सञ्जालमा पुग्नुहोस्

      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • हाम्रो बारे

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.

      Welcome Back!

      गुगल मार्फत साइन इन गर्नुहोस्
      Sign In with Linked In
      वा

      Login to your account below

      Forgotten Password? Sign Up

      Create New Account!

      गुगल मार्फत साइन अप गर्नुहोस्
      Sign Up with Linked In
      वा

      Fill the forms bellow to register

      All fields are required. Log In

      Retrieve your password

      Please enter your username or email address to reset your password.

      Log In

      Add New Playlist

      नतिजा छैन
      सबै नतिजा हेर्नुहोस्
      • राजनीति
      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • मल्टिमिडिया
      • ब्लग

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.