Date
सोम, माघ २६, २०८२
Mon, February 9, 2026
Monday, February 9, 2026
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
  • लग - इन
  • दर्ता गर्नुहोस्
Nepal Readers
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
Nepal Readers
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्

भारतीय जेनरल विपिन रावतको मृत्युले जन्माएका केही प्रश्नहरू

उपरोक्त असन्तुष्टि तथा विवादहरु जेनरल विपिनसँग सकिन्छन् कि उनको मृत्युपछि पनि कामय रहन्छन् त भन्ने प्रश्न गम्भिर छ।

सच्चिदानन्द जोशी सच्चिदानन्द जोशी
मंसिर २३, २०७८
- यो हप्ता, समाचार
A A
0
  •  shares
  • Facebook
  • Twitter
  • WhatsApp
  • Gmail
  • Viber
  • Messenger

    दुखद हेलिकप्टर दुर्घटना

    लेखक- सच्चिदानन्द जोशी

    हिजो डिसेम्वर ८ मा भएको एउटा दुखद हेलिकप्टर दुर्घटनामा भारतीय प्रमुख सुरक्षा अधिकारी जेनरल विपिन रावत र उनकी पत्नी मधुलिका रावत लगायत १३ जनाको निधन भएको छ। उक्त एमआइ १७ भि५ हेलिकप्टर भारतीय वायु सेनाको हो। एमआइ हेलिकप्टरहरुको प्रयोग अति उचाइ भूभागमा हुने विभिन्न अपरेसनहरु तथा प्रधानमन्त्री लगायत अतिविशिष्ट व्यक्तिहरु वोक्ने महत्वपूर्ण काममा प्रयोग हुँदै आएको छ। तामिलनाडुको विलिङटन स्टाफ कलेजमा एउटा लेक्चर कार्यक्रममा भागलिन जाने क्रममा कोयम्वटुर नजिकै कुनुरमा उक्त दुर्घटना भएको खवर छ। विलिङटन स्टाफ कलेज कुनैवेला उनी आफैले स्नातक अध्ययन गरेको कलेज हो। दुर्घटनाको कारण पत्ता लगाउन जाँचवुझ सुरुभएको जनाइएको छ। दुर्घटना के कारणले भयो भन्ने अझै अनुत्तरित छ।

    को हुन विपिन रावत ?

    जेनरल विपिन रावत भारतीय प्रमुख सुरक्षा अधिकारी (चिफ अफ डिफेन्स स्टाफ) हुन्। यो भारतमा सेनाको वर्दिधारी सवैभन्दा माथिल्लो पद हो, जसले सेनाका तीनवटै शक्ति (जलसेना, स्थलसेना र वायुसेना) को संयुक्त नेतृत्व गर्छ। ११ औं गोरखा राइफलसँग सम्वन्धित जेनरल रावतको जन्म ६३ वर्ष अघि उत्तराखण्डको गढवालमा भएको थियो। उनका वुवा पनि भारतीय सेनाका लेफ्टिनेन्ट जेनरल थए। ११ गोरखा राइफलमा नेपालीहरुको उल्लेख्य संख्या छ। भारतीय सेनाका विभिन्न जिम्मेवारी पुरागर्दै उनी वर्तमान स्थलसेना प्रमुख एम एम नरभणे भन्दा अघि रावत भारतीय स्थल सेनाको प्रमुख थिए। रावतलाई स्थलसेना प्रमुख बनाउँदा भने उनीभन्दा दुई सिनियर अफिसरहरुलाई उछिनेर बनाइएको थियो। उनी नेपाली सेनाका पनि मानार्थ सेनापति हुन्।

    विपिन रावतका खास विशेषता

    विपिन रावतलाई अति उचाइमा गरिने सैनिक कार्वाहीहरुका विशेषज्ञ मानिन्छ। त्यस्तै सर्जिकल स्ट्राइक भनिने छिमेकी मुलुकको सीमाभित्र गरिने घुसपैठ आक्रमणको पनि उनलाई विज्ञ नै मानिन्छ। उनको नेतृत्वमा नै २०१५ मा वर्मामा सर्जिकल स्ट्राइक गरिएको थियो भने २०१६ र २०१९ को पाकिस्तान माथिको सर्जिकल स्ट्राइक उनकै योजना मानिन्छ।

    जेनरल रावत आफ्ना विवादास्पद अभिव्यक्तिका कारण पनि चर्चित रहने गरेका थिए। दुई महिना अघि मात्रै उनले एउटा कार्यक्रममा बोल्दै चीनको इस्लामिक दुनियाँसँगको वढ्दो मित्रता पश्चिमी सभ्यतासँगको संघर्ष त होइन भन्ने अभिव्यक्ति दिँदा भारतीय वाह्य मामिला मन्त्री एस जयशंकरले उक्त अभिव्यक्ति भारत सरकारको नभएको प्रष्टिकरण दिए। भनिन्छ त्यस बेलादेखि नै दुइजनाको बीचमा मन मिलेको थिएन।

    त्यसको दुइमहिना जति अगाडि उनले एउटा कार्यक्रममा भारतीय वायुसेनालाई भारतीय स्थलसेनाको एउटा सहयोगी इकाइ मात्र भएको भनिदिए। उक्तकुरा वायुसेनालाई मन परेन। त्यसको भारतीय वायुसेनाका प्रमुख मार्सल राकेश भदौरीयाले खण्डन गर्दै वायुसेनाको प्रशंशा गरेका थिए। स्थलसेना र वायुसेनाको विच वाक्युद्ध यो पहिलो पटक नभए पनि त्यति उच्च स्तरमा आफ्नै सिनियरसँग यस्तो सार्वजनिक असहमति चर्चाको विषय बनेको थियो। ज्ञातव्य छ, जेनरल रावत स्थलसेना पृष्ठभूमिका हुन् र भारतीय सेनाका तीन शक्तिबीच ‘मैत्रिपूर्ण’ संघर्ष भइरहन्छ।

    भारतीय प्रमुख सुरक्षा अधिकारी (चिफ अफ डिफेन्स स्टाफ) के हो ?

    भारतमा सेनाका तीन शक्ति छन् : जलसेना, स्थलसेना र वायुसेना। हरेकका आफ्नै-आफ्नै प्रमुखहरु हुन्छन्। यीनिहरुको नियम, र्याङ्क, तलव सुविधा तथा वसाइ सवै आआफ्नै र अलग्गै छन्। अत्यावश्यक विषय र समयमा एकरुपताका लागि भारत स्वतन्त्र भएदेखि नै यी तीनवटै सेनाका प्रमुखहरुको एउटा समिति बनाउने र तीनजना मध्यको वरिष्ठतम व्यक्तिले उक्त समितिको अध्यक्षता गर्ने नियम बसाइएको थियो। भर्खरैमात्र एकै जनालाई प्रमुख सुरक्षा अधिकारी (चिफ अफ डिफेन्स स्टाफ) नियुक्त गर्ने प्रणाली बसाइयो र तीनवटै सेनालाई सेनाको तीन अंग मान्ने नीति लिइएको देखिन्छ। यो पद भारतीय रक्षा मन्त्रीको सल्लाहकार र सैनिक मामिला विभागको प्रमुख हो।

    यो पद राख्ने वहस सुरुभए देखि नै भारतीय सेनामा विवाद रहेको थियो, छ। १९७१ मा भारत पाकिस्तान युद्ध लगत्तै उठेको वहसमा भारतीय वायुसेना प्रमुख मार्सल प्रतापचन्द्र लालले त्यसो गरिएमा आफु पदवाटै राजिनामा दिने भन्दै त्यसको विरोध गरे। १९८० को दशकको अन्तिम तिर यो प्रयास फेरि सुरुभए पनि १९९० को दशकको अन्त्यतिरको कार्गिल युद्ध पछि नै यसले मूर्तरुप लिदैं गएको हो। तर सेनाभित्रको आपसी असहमतिका कारण २० वर्ष पछिसम्म पनि यो कार्यान्वयन हुनसकेन। २००१ तिर जलसेनाका एडमिरल सुनिल कुमारलाई त्यो पदमा ल्याउने कुरा चलेको थियो। त्यो पनि अनेक विवादका बीच स्थगित गरियो।

    २०१९ मा आएर भारतीय प्रधामन्त्री नरेन्द्र मोदीले यो पद सृजना गरिछाडे र पहिलो प्रमुख सुरक्षा अधिकारी (चिफ अफ डिफेन्स स्टाफ) को रुपमा जेनरल विपिन रावतलाई नियुक्त गरियो, जो त्यतिबेला स्थलसेना प्रमुख थिए। उनको नियुक्तिको निर्णयलाई विश्लेषकहरुले भने ‘गलत शत्रुविरुद्धको गलत युद्धको तयारी’ स्वरुप गरिएको गलत निर्णय भन्दै गम्भिर आलोचना गरेका थिए। खासगरेर प्रधानमन्त्रीको राजनीतिक सहयोगका लागि नियुक्त भएको भन्ने आलोचना थियो। यस पदको दर्ज्यानी चिह्नमा तीनवटै सेनाका संकेतहरु मिलाइएका भएपनि पोशाक भने आफु जुन सेनावाट आएको हो, त्यहि लाउने नियम बनाइएको छ। यसरी झट्ट हेर्दा स्थलसेना नै भारतीय सेनाका तीन शक्तिको मुख्य शक्ति भएको भान हुन्छ।

    जेनरल विपिन रावत प्रमुख सुरक्षा अधिकारी भएपछिका मुख्य सुरक्षा निर्णयहरुः

    जेनरल रावतले वायुसेनाका वारेमा जुन विवादास्पद कुरा गरे, त्यसको सन्दर्भ उनको एकिकृत थिएटर कमाण्ड निर्माण गर्ने कुरासँग जोडिएको थियो, जसको वायुसेनाले विरोध गरिरहेको भन्ने चर्चा थियो। हुनत पछि वायुसेना प्रमुखले त्यो चर्चालाई अस्विकार गरे। तर त्यस बेला त्यो चर्चा व्यापकै थियो। एकिकृत थिएटर कमाण्ड र अन्य थिएटर कमाण्डहरु एउटा सिंगल कमाण्डभित्र तीनवटै सेनाका इकाइहरु राख्ने तरिका हो। यो सेनालाई एउटै शक्ति वनाउने योजना कै हिस्सा हो। यो तरिका सोभियत रुसले उहिल्यै र अमेरिकाले पछि लागु गरेको छ। यद्दपि यो नागरिक प्रशासनका लागि भने सुखद कुरा होइन। सैनिक ताकतको अति केन्द्रिकरणले नागरिक प्रशासन कमजोर हुनजान्छ। यद्दपि त्यसको विरोध यस वृहद दृष्टिवाट भन्दा पनि आआफ्नो सेनाको स्वतन्त्र अस्तित्व चाहनाबाट नै भएको प्रष्ट हुन्छ।

    त्यसैगरी भारतीय जलसेनासँग पनि उनको विवाद रहेको देखिन्छ, खासगरेर जलसेनाले किन्न खोजेको विमान वाहकलाई उनले अनावश्यक बताइदिएपछि उक्त विवाद चलेको थियो। उनको विचारमा त्यस्ता वाहकहरु सतहमा देखिने र मिसायलहरुले सजिलै नष्ट गर्न सक्ने भएकोले जलसेनाले सकेसम्म पनडुव्वीहरु किनोस् भन्ने थियो। जसले जलसेनाको विमान वाहक किन्ने योजना असफल भएको थियो। उक्त विषयमा जलसेना र वायुसेना दुवै खुसी थिएनन्। उनीहरु त्यसलाई भारतीय सेनामा स्थलसेनाको हस्तक्षेपकारी भूमिका मान्दथे।

    अब के होला ?

    दुर्घटनाको कारण पत्ता लगाउन जाँचवुझ सुरुभएको जनाइएको छ। आशा गरौं! यो नितान्त दुर्घटना नै होस् र उपरोक्त विवादहरुको यसमा कुनै संसय पनि नरहोस्। उपरोक्त असन्तुष्टि तथा विवादहरु जेनरल विपिनसँग सकिन्छन् कि उनको मृत्युपछि पनि कामय रहन्छन् त भन्ने प्रश्न गम्भिर छ। दुर्घटना पश्चात प्रधानमन्त्री मोदीले सुरक्षासम्वन्धी क्याविनेट कमिटीको वैठक गरेका छन्। यद्दपि कुनै निर्णय भैसकेको छैन, तर वर्तमान भारतीय स्थलसेना प्रमुख एम एम नरभणे नै आगामी भारतीय प्रमुख सुरक्षा अधिकारी (चिफ अफ डिफेन्स स्टाफ) हुने हल्ला चलिसकेको छ। जसले भारतीय सेनामा स्थलसेनाको वर्चस्व र जल तथा वायुसेनामा रहेको असन्तुष्टिलाई कायमै राख्ने छ। जेनरल नरभणे नेपाल मामिलामा अनुदार व्यक्ति हुन् जसले चीन नेपाल सम्वन्धलाई लिएर अत्यन्तै विवादास्पद अभिव्यक्ति दिएका थिए। यो अलग कुरा हो कि त्यसका वावजुद एउटा परम्पराका आधार उनलाई नेपाली सेनाको मानार्थ सेनापतिको दर्जा दिइएको छ।

    •  shares
    • Facebook
    • Twitter
    • WhatsApp
    • Gmail
    • Viber
    • Messenger
      सच्चिदानन्द जोशी

      सच्चिदानन्द जोशी

      Related Posts

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      तीर्थ कोइराला
      साउन ४, २०८२

      विश्वमा देहव्यापारको शुरुवात इसा पूर्व २४ सय वर्ष अगाडि भएको इतिहासमा उल्लेख गरिए पनि जब समाजमा परिवार र विवाहको प्रारम्भ...

      जेष्ठ वामहरुको पोखरा भेलाबारे रामबहादुर भण्डारीको अनुभूति

      जेष्ठ वामहरुको पोखरा भेलाबारे रामबहादुर भण्डारीको अनुभूति

      रामबहादुर भण्डारी 'आर. बी'
      पुस १, २०८१

      संसारमा जेष्ठ तथा वामहरुको बारेमा अलगै धारणाहरु भएतापनि हाम्रो देशमा बोलिचाली र कतिपय कानूनी रुपमा समेत उमेरले ७० पुगेका र...

      घुस नखाने पार्टी समाजवादको सर्त

      घुस नखाने पार्टी समाजवादको सर्त

      घनश्याम भूसाल
      साउन ८, २०८१

      डा. बाबुराम भट्टराईबारे लेखिएको पुस्तक 'बाबुराम : अ भिजीनरी रेबेल' सबै पढिसक्दा पुस्तकको शिर्षकले न्याय पाउन सकेन जस्तो लाग्छ ।...

      चीनले सिलिकन भ्यालीलाई कसरी प्रयोग गरिरहेको छ

      चीनले सिलिकन भ्यालीलाई कसरी प्रयोग गरिरहेको छ

      जेकोब ड्रेयर
      असार २७, २०८१

      १६ औं शताब्दीसम्म, चीन दुनियाको प्रविधिजगतमा सबैभन्दा बढी विकसित थियो। जुनबेला यूरोपमा कुलीन वर्गको शासन थियो, त्यसबेला चीनका प्रबुद्ध वर्गले...

      प्यालेष्टाइन–इजरायल द्वन्द्वको वास्तविकता

      प्यालेष्टाइन–इजरायल द्वन्द्वको वास्तविकता

      रामराज रेग्मी
      असार १२, २०८१

      यही वर्ष २०२४ को गत ७ अक्टोवरमा प्यालेष्टाइनी लडाकू समुह हमासले इजरायलमा गरेको सशस्त्र हमलामा परी १० जना नेपाली विद्यार्थीको...

      मिटरब्याजको आडमा बलात्कार गर्ने सुर्जमानलाई १० वर्ष कैद, पीडितलाई ५ लाख क्षतिपुर्ति तिर्नुपर्ने

      नेपाल रिडर्स
      असार ३, २०८१

      मिटरब्याजको आडमा शरिर बन्धक बनाएर यौन शोषण गर्ने सुर्जमान मालिलाई ललितपुर जिल्ला अदालतले १० वर्ष कैद सजाय सुनाएको छ। मिटरब्याजी...

      Leave a Reply Cancel reply

      Your email address will not be published. Required fields are marked *

      सिफारिस

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?
      विचार

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?

      प्रा. चैतन्य मिश्र
      मंसिर ६, २०८०

      थप पढ्नुहोस्Details
      महङ्गीबारे रहस्यमय मौनता
      समाज

      महङ्गीबारे रहस्यमय मौनता

      नरेश ज्ञवाली
      कार्तिक १४, २०८०

      थप पढ्नुहोस्Details
      भारतीय समाजको नाजीकरण भइसक्यो!
      विचार

      भारतीय समाजको नाजीकरण भइसक्यो!

      अरुन्धती रोय
      कार्तिक ११, २०८०

      थप पढ्नुहोस्Details
      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!
      विचार

      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!

      नालेदी पान्दोर
      कार्तिक १०, २०८०

      थप पढ्नुहोस्Details

      सामाजिक सञ्जालमा पुग्नुहोस्

      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • हाम्रो बारे

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.

      Welcome Back!

      गुगल मार्फत साइन इन गर्नुहोस्
      Sign In with Linked In
      वा

      Login to your account below

      Forgotten Password? Sign Up

      Create New Account!

      गुगल मार्फत साइन अप गर्नुहोस्
      Sign Up with Linked In
      वा

      Fill the forms bellow to register

      All fields are required. Log In

      Retrieve your password

      Please enter your username or email address to reset your password.

      Log In

      Add New Playlist

      नतिजा छैन
      सबै नतिजा हेर्नुहोस्
      • राजनीति
      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • मल्टिमिडिया
      • ब्लग

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.