Date
मङ्ल, माघ २७, २०८२
Tue, February 10, 2026
Tuesday, February 10, 2026
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
  • लग - इन
  • दर्ता गर्नुहोस्
Nepal Readers
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
Nepal Readers
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्

ब्ल्याक होलबाट दोस्रो ब्रह्माण्डमा जान सम्भव होला ?

आधुनिक भौतिक दुनियाँमा सबैभन्दा ठूलो चुनौति भनेको यस प्याराडक्स अर्थात् यस विरोधाभासलाई सुल्झाउनु हो। तर, यसको मतलव, समाधानका लागि कुनै तरिका नै नभएको भने होइन।

nepal_readers nepal_readers
माघ २५, २०७८
- यो हप्ता, समाचार
A A
0
  •  shares
  • Facebook
  • Twitter
  • WhatsApp
  • Gmail
  • Viber
  • Messenger

    -राजेन्द्र धोडपकर-

    सन् २००१ मा स्टेफेन हकिङ भारत आएका बेला दिल्लीको सिरी सभागारमा मलाई पनि उनको भाषण सुन्ने संयोग मिलेको थियो। हामी सभाहलमा पुग्दा त्यहाँ मान्छेहरूको लामो लाइन लागेको थियो। मसँगै त्यहाँ गएका मेरा मित्र एउटा पत्रिकाका सम्पादक थिए। उनका संवाददाताले हामीलाई अगाडिको यस्तो ढोकाबाट छिर्ने व्यवस्था मिलाए, त्यो ढोका आम मानिसका लागि बन्द थियो। यसरी हामीलाई संयोगले अगाडिको पंक्तिमा नै बस्ने मौका मिल्यो।

    हकिङ्गको क्रेज

    स्टेफेन हकिङ मञ्चमा बिजुलीबाट चल्ने ह्विलचेयरमा गुड्दै आए। उनको अनुहारको केही मांसपेसी चलिरहेको थियो भने एउटा हातको एउटा औँलाको मांसपेशिले मात्रै काम गरिरहेको थियो। त्यस औँलासँग विद्युतीय सेन्सर जोडिएकाले उनी औँलाकै सहाराले ह्लिवचेयर चलाउनुका साथै लेख्ने, पढ्ने र ‘बोल्ने’ काम गर्थे। उनले आफ्नो प्राकृतिक आवाज करीब २५ वर्ष पहिले नै गुमाइसकेका थिए। उनले आफूले भन्न खोजेका कुराहरू औँलाको सहाराले कम्प्युटरमा थिच्ने गर्थे, कम्प्युटरले त्यसलाई यान्त्रीक आवाजमा बदलेर अरुलाई सुनाइन्थ्यो। उनको भाषण पनि त्यसै यान्त्रिक आवाजमा हुने गथ्र्यो।

    उनको भाषण त्यति धेरै प्राविधिक जटिलताबाट भरिएको थिएन। तैपनि एउटा सामान्य विज्ञान जानेको तर उच्चस्तरको भौतिक विज्ञान नपढेका मानिसका लागि उनको भाषण बुझ्न निकै असहज थियो। सभाहलमा शायद धेरै मानिसलाई त्यो भाषण बुझ्न सहज भइरहेको थिएन। मानिसहरू उनको विचार सुन्न कम र उनलाई हेर्नका लागि बढी आएका थिए।

    ख्यालयोग्य कुरा यो छ कि उनको किताब ‘अ व्रिफ हिस्टी अफ टाइम’ सबैभन्दा बढी बिक्री भयो, तर सबैभन्दा कम पढिएको उनको किताब पनि त्यही नै हो। यसले खासै नराम्रो सन्देश त जाँदैन, किनभने आम मानिसमध्ये धेरैले विज्ञान बुझ्दैनन्, तर यदि स्टेफेन हकिङजस्ता मानिसलाई हेर्नका लागि मानिसहरूको सागर उर्लिन्छ भने यसले हाम्रो समाजमा ज्ञानको साधकको सम्मान गरिन्छ भनेर बुझ्न सकिन्छ।

    भौतिक विज्ञानको गाँठो

    हाम्रो समय विज्ञान, खासगरी भौतिक विज्ञानको नजरबाट एक संक्रमणको दौरानमा छ। भौतिक विज्ञानको एउटा पाटो यस्तो अवस्थामा पुगेको छ कि अब मानिसहरूले भौतिक विज्ञानको अन्त्यको कुरा गर्न थालेका छन्। पछिल्ला कयौं दशकमा भौतिक विज्ञान एउटै चक्रमा घुमिरहेका कारण यस्तो बताउन थालिएको हो। दशकौँ पहिले भइसकेको खोजमै भएका अनुसन्धानमा नै पछिल्ला दिनमा पनि नोबेल पुरस्कार दिने गरिएको छ। अर्थात् धेरै पुराना अवधारणाहरूको प्रायोगिक प्रमाण मिल्नु नै ठूलो खबर बनिरहेको छ।

    लार्ज हेड्रान कोलाइडर (एलएचसी) कोे माध्यमबाट हिग्स–बोसोन हुने प्रमाण पत्ता लगाउनु भौतिक विज्ञानमा पछिल्लो वर्षको सबैभन्दा ठूलो उपलब्धिका रूपमा लिइन्छ, जसको अवधारणा ५० वर्ष पहिले नै पीटर हिग्सले अगाडि ल्याएका थिए। यस्तै ‘लेगो’को माध्यमबाट गुरुत्वाकर्षणको तरंगको अस्तित्वको प्रमाणलाई दोस्रो उपलब्धिको रुपमा लिइन्छ, जसको प्रतिपादन सय वर्ष अघि नै आइन्स्टाइनले गरेका थिए। आजको दिनमा भौतिक विज्ञान यस्तो ठाउँमा गएर अल्झिएको छ, जसको अगाडिको बाटो पहिल्याउन मुश्किल छ। धेरै प्रकारका अवधारणाहरू र सुत्र अगाडि आइसकेका छन्। तर तीमध्ये कुनैले पनि आजको गाँठोलाई पूर्ण रूपमा सुल्झ्याइसकेका छैनन्।

    अगाडिको बाटो के ?

    विज्ञानलाई यो उल्झनमा पार्नुको केही श्रेय स्टेफेन हकिङ को सबैभन्दा ठूलो खोज हकिङ प्याराडक्स या इन्फरमेसन प्याराडक्सलाई जान्छ। जसले आधुनिक विज्ञानको दुई आधारस्तम्भ :  सापेक्षावाद र क्वान्टम मेकानिक्सबीचको अन्तरविरोधलाई गहिरो बनाइदिएको छ।

    हकिङ प्याराडक्सका अनुसार ब्ल्याक होलबाट लगातार विकिरण उत्सर्जित भइरहेको हुन्छ, जसले एकैचोटी सबै कुरा नष्ट गरिदिनसक्छ। यो कुरा क्वान्टम फिजिक्सको सिद्धान्तविरुद्ध छ। क्वान्टम–फिजिक्सका अनुसार कुनैपनि ‘सूचना’ कहिले पनि नष्ट हुन सक्दैन। आधुनिक भौतिक दुनियाँमा सबैभन्दा ठूलो चुनौति भनेको यस प्याराडक्स अर्थात् यस विरोधाभासलाई सुल्झाउनु हो।
    तर, यसको मतलव, समाधानका लागि कुनै तरिका नै नभएको भने होइन। विज्ञानका सैद्धान्तिक ढाँचाको माध्यमबाट यसको समाधानसम्म पुग्न सकिन्छ।

    र, अब एउटा यस्तो बाटो खोज्न जरुरी छ, जसले विज्ञानको दिशा नै बदलिदेओस्, जसरी बिसौँ शताब्दीको सुरुवातमा भएको थियो। १९औँ शताब्दीको अन्त्यमा पनि विज्ञानको अन्त्य भइसकेको कुरा गरिन्थ्यो। किनभने ‘क्लासिक फिजिक्स’बाट जति टाढा पुग्न सकिन्थ्यो, त्यहाँसम्म पुगिसकेको अवस्था थियो। त्यसपछि सापेक्षतावाद र क्वान्टम भौतिकले नै सारा विज्ञानलाई बदलिदियो।

    यस क्रान्तिको सुत्रपात आइन्स्टाइनले गरेका थिए भने स्टेफेन हकिङले यसलाई तार्किक परिणतिसम्म पु-याउनमा प्रमुख भूमिका खेले, जहाँ एउटा नयाँ क्रान्तिको शुरुवात भयो। हकिङले ब्ल्याक होलको अनुसन्धानमा काम गरिरहे। तर उनले ब्ल्याक होलमा पुगेपछि कोही पनि/केही पनि फर्किँदैन भन्ने भनाईको खण्डन गरिरहे। आफ्नो जीवनको आखिरी दिनमा उनले एउटा अन्तरवार्ता भनेका थिए, ‘तपाईँ ब्ल्याक होलमा जानुभयो भने सबै कुरा त्यहीँ समाप्त हुन्छ भनेर स्वीकार गर्न जरुरी छैन। त्यहाँबाट निक्लिने बाटो पनि हुनसक्छ।’

    उनले ब्ल्याक होल दोस्रो ब्रह्माण्ड हुनसक्ने र ब्ल्याक होलमा गएका चीजहरू दोस्रो ब्रह्माण्डमा जानसक्ने बताए।
    शायद उनको जीवनको निचोड पनि यही थियो, ‘जहाँ अन्त्य देखिन्छ, त्यहाँ शायद नयाँ शुरुवात हुन्छ।’

    नेपाल रिडर्सका लागि ‘सत्याग्रह’बाट मेनुका बस्नेतको अनुवाद।

     

    •  shares
    • Facebook
    • Twitter
    • WhatsApp
    • Gmail
    • Viber
    • Messenger
      nepal_readers

      nepal_readers

      नेपाल रिडर्स सार्वजनिक नीतिहरु र मुद्दाहरुबारे निरन्तर छलफल–विचार विमर्श गर्ने विद्युतीय मञ्च हो।

      Related Posts

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      तीर्थ कोइराला
      साउन ४, २०८२

      विश्वमा देहव्यापारको शुरुवात इसा पूर्व २४ सय वर्ष अगाडि भएको इतिहासमा उल्लेख गरिए पनि जब समाजमा परिवार र विवाहको प्रारम्भ...

      जेष्ठ वामहरुको पोखरा भेलाबारे रामबहादुर भण्डारीको अनुभूति

      जेष्ठ वामहरुको पोखरा भेलाबारे रामबहादुर भण्डारीको अनुभूति

      रामबहादुर भण्डारी 'आर. बी'
      पुस १, २०८१

      संसारमा जेष्ठ तथा वामहरुको बारेमा अलगै धारणाहरु भएतापनि हाम्रो देशमा बोलिचाली र कतिपय कानूनी रुपमा समेत उमेरले ७० पुगेका र...

      घुस नखाने पार्टी समाजवादको सर्त

      घुस नखाने पार्टी समाजवादको सर्त

      घनश्याम भूसाल
      साउन ८, २०८१

      डा. बाबुराम भट्टराईबारे लेखिएको पुस्तक 'बाबुराम : अ भिजीनरी रेबेल' सबै पढिसक्दा पुस्तकको शिर्षकले न्याय पाउन सकेन जस्तो लाग्छ ।...

      चीनले सिलिकन भ्यालीलाई कसरी प्रयोग गरिरहेको छ

      चीनले सिलिकन भ्यालीलाई कसरी प्रयोग गरिरहेको छ

      जेकोब ड्रेयर
      असार २७, २०८१

      १६ औं शताब्दीसम्म, चीन दुनियाको प्रविधिजगतमा सबैभन्दा बढी विकसित थियो। जुनबेला यूरोपमा कुलीन वर्गको शासन थियो, त्यसबेला चीनका प्रबुद्ध वर्गले...

      प्यालेष्टाइन–इजरायल द्वन्द्वको वास्तविकता

      प्यालेष्टाइन–इजरायल द्वन्द्वको वास्तविकता

      रामराज रेग्मी
      असार १२, २०८१

      यही वर्ष २०२४ को गत ७ अक्टोवरमा प्यालेष्टाइनी लडाकू समुह हमासले इजरायलमा गरेको सशस्त्र हमलामा परी १० जना नेपाली विद्यार्थीको...

      मिटरब्याजको आडमा बलात्कार गर्ने सुर्जमानलाई १० वर्ष कैद, पीडितलाई ५ लाख क्षतिपुर्ति तिर्नुपर्ने

      नेपाल रिडर्स
      असार ३, २०८१

      मिटरब्याजको आडमा शरिर बन्धक बनाएर यौन शोषण गर्ने सुर्जमान मालिलाई ललितपुर जिल्ला अदालतले १० वर्ष कैद सजाय सुनाएको छ। मिटरब्याजी...

      Leave a Reply Cancel reply

      Your email address will not be published. Required fields are marked *

      सिफारिस

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?
      विचार

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?

      प्रा. चैतन्य मिश्र
      मंसिर ६, २०८०

      थप पढ्नुहोस्Details
      महङ्गीबारे रहस्यमय मौनता
      समाज

      महङ्गीबारे रहस्यमय मौनता

      नरेश ज्ञवाली
      कार्तिक १४, २०८०

      थप पढ्नुहोस्Details
      भारतीय समाजको नाजीकरण भइसक्यो!
      विचार

      भारतीय समाजको नाजीकरण भइसक्यो!

      अरुन्धती रोय
      कार्तिक ११, २०८०

      थप पढ्नुहोस्Details
      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!
      विचार

      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!

      नालेदी पान्दोर
      कार्तिक १०, २०८०

      थप पढ्नुहोस्Details

      सामाजिक सञ्जालमा पुग्नुहोस्

      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • हाम्रो बारे

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.

      Welcome Back!

      गुगल मार्फत साइन इन गर्नुहोस्
      Sign In with Linked In
      वा

      Login to your account below

      Forgotten Password? Sign Up

      Create New Account!

      गुगल मार्फत साइन अप गर्नुहोस्
      Sign Up with Linked In
      वा

      Fill the forms bellow to register

      All fields are required. Log In

      Retrieve your password

      Please enter your username or email address to reset your password.

      Log In

      Add New Playlist

      नतिजा छैन
      सबै नतिजा हेर्नुहोस्
      • राजनीति
      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • मल्टिमिडिया
      • ब्लग

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.