Date
सोम, माघ २६, २०८२
Mon, February 9, 2026
Monday, February 9, 2026
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
  • लग - इन
  • दर्ता गर्नुहोस्
Nepal Readers
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
Nepal Readers
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्

अमेजनमा लागेको आगो बोलिभियाले निभायो, जमिनबाट हुने नाफामाथि प्रतिबन्ध

नेपाल रिडर्स नेपाल रिडर्स
भदौ १२, २०७६
- यो हप्ता, समाचार
A A
0
  •  shares
  • Facebook
  • Twitter
  • WhatsApp
  • Gmail
  • Viber
  • Messenger

    “म तपाईंहरूलाई बताउन चाहन्छु कि ‘पर्यावरणीय विराम’ लगाउने घोषणा गर्दछु, यसको अर्थ आगोले प्रभावित क्षेत्रका जमिनको बिक्रीबट्टामाथि प्रतिबन्ध लगाईएको छ”।

    बोलिभियाका राष्ट्रपति एभो मोरालेसले गोठ मालिकहरू (ranchers) र कृषि–पूँजीपतिहरूलाई आगो निभिसकेपछि त्यहाँको जमिनबाट नाफा कमाउनबाट रोक्न र ती जमिनबाट नाफाखोरी होइन बरु जङ्गलको पुनस्थापना गर्न सकियोस् भनेर अमेजनमा लागेको आगोद्वारा प्रभावित क्षेत्रका जमिनको खरिदबिक्रीमाथि प्रतिबन्ध लगाएका छन । मोरालेसले ‘सुपर ट्याङ्कर’ को मद्दतले बोलिभियामा पर्ने अमेजन जङ्गलको एउटा क्षेत्रमा लागेको आगो नियन्त्रण गरिसकिएको पनि घोषणा गरे।

    मंगलबार राती रोबोरेमा ‘आपतकालीन मन्त्रीमडल’ र आगो निभाउनमा खटिएका मानिसहरूसँगको भेटपछि बोलिभियाका राष्ट्रपति एभो मोरालेसले आगोद्वारा प्रभावित क्षेत्रका जमिनको खरिदबिक्रीमाथि प्रतिबन्ध लगाइएको र आगोद्वारा प्रभावित क्षेत्रमा त्यहाँ भएको नोक्सानीको पुनर्स्थापना स्वरूप उक्त क्षेत्रमा एकीकृत पर्यावरणीय योजना लागु गरिने घोषणा गरेका छन्।

    मोरालेसले, “म तपाईंहरूलाई बताउन चाहन्छु कि ‘पर्यावरणीय विराम’ लगाउने घोषणा गर्दछु, यसको अर्थ आगोले प्रभावित क्षेत्रका जमिनको बिक्रीबट्टामाथि प्रतिबन्ध लगाईएको छ र यस विपत्तिमाथि विजय पाउन आगो निभेपछि गरिने कामको योजना बनाइरहेका छौं” भने।

    यी उपायहरूले जङ्गलमा आगो झोसेर जमिन खाली गराई गोठ राख्ने वा अन्य गतिविधि सञ्चाल गर्नेहरू निरुत्साहित हुनेछन् भन्ने आश गर्न सकिन्छ। यस्ता गतिविधि ब्राजिलमा अत्यधिक प्रचलनमा छन् र अमेजन क्षेत्रको जङ्गलको ठूलो हिस्सा फडानीका लागि जिम्मेवार छन्। यो कदम चालिनाले कृषि–पूँजीपतिहरूले उक्त जमिनको शोषण गर्नसक्ने छैनन् र आगो निभेपछि त्यहाँ पुन वृक्षारोपण गर्न सकिन्छ।

    एउटा जङ्गलमा लागेको आगो निभाइसकिएको छ

    ‘पर्यावरणीय विराम’ लगाइएको घोषणा साथै मोरालेसले बोलिभियाली सरकारले ठेक्कामा लिएका ‘सुपर ट्याङ्कर’ को प्रयोगद्वारा अमेजनको ‘जर्मन बुस्च (German Busch) प्रान्तको ओटुक्वीस जङ्गलमा लागेको आगो नियन्त्रण गरिसकिएको बताए।

    ओटुक्वीस जङ्गलको आगो नियन्त्रणलाई आगोमाथिको महत्वपूर्ण विजयको रूपमा लिइएको छ । समाचार अनुसार ‘सुपर ट्याङ्कर’ ले २६२.३०५ हेक्टरमा फैलिएको ”टुकाभाका” पर्यावरण संरक्षण क्षेत्रमा आगो फैलनबाट रोकेको छ। चिक्वीटानिया क्षेत्रमा लागेको आगो उक्त संरक्षण क्षेत्रमा पुग्ने अनुमान गरिएको थियो।

    आगो निभाउने अभियान थालेको केहि दिनमै १८ लाख ९२ हजार ३३० लिटर पानी आगोमाथि खन्याई सकिएको छ जसमध्ये ‘सुपर ट्याङ्कर’ ले मात्र ९ लाख ७९ हजार लिटर पानी छर्कियो। यसका अतिरिक्त ५ वटा हेलिकप्टरले ८लाख ७३ हजार ७२० लिटर र भाडामा लिइएका जहाजले ३९,६१० लिटर पानी आकाशबाट झारे।

    यु एन ले बोलिभियाको वामपन्थी सरकारको आगो निभाउने प्रयासको प्रशंसा गरेको छ । यो सबै ठूलो शक्ति परिचालन र क्षेत्रभर मोरालेसले गरेको आह्वानले सफल भएको हो। जब कि ब्राजिलको दक्षिणपन्थी राष्ट्रपति जायर बोल्सोनारोले बोलिभियाको तुलनामा धेरै कम सफलता प्राप्त गरेकाछन्। उनले जी ७ ले आगो नियन्त्रण गर्न आर्थिक सहयोग (funding) गर्ने आग्रहलाई अस्वीकार गरेका छन् र उनको सरकारले आगो निभाउन के–कस्ता प्रयत्न गरिरहेका छ भनी देखाउन सामाजिक सञ्जालमा नक्कली (झुठा) तस्वीरहरू शेयर गरिरहेका छन्।

    •  shares
    • Facebook
    • Twitter
    • WhatsApp
    • Gmail
    • Viber
    • Messenger
      नेपाल रिडर्स

      नेपाल रिडर्स

      नेपाल रिडर्स सार्वजनिक नीतिहरु र मुद्दाहरुबारे निरन्तर छलफल–विचार विमर्श गर्ने विद्युतीय मञ्च हो।

      Related Posts

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      तीर्थ कोइराला
      साउन ४, २०८२

      विश्वमा देहव्यापारको शुरुवात इसा पूर्व २४ सय वर्ष अगाडि भएको इतिहासमा उल्लेख गरिए पनि जब समाजमा परिवार र विवाहको प्रारम्भ...

      जेष्ठ वामहरुको पोखरा भेलाबारे रामबहादुर भण्डारीको अनुभूति

      जेष्ठ वामहरुको पोखरा भेलाबारे रामबहादुर भण्डारीको अनुभूति

      रामबहादुर भण्डारी 'आर. बी'
      पुस १, २०८१

      संसारमा जेष्ठ तथा वामहरुको बारेमा अलगै धारणाहरु भएतापनि हाम्रो देशमा बोलिचाली र कतिपय कानूनी रुपमा समेत उमेरले ७० पुगेका र...

      घुस नखाने पार्टी समाजवादको सर्त

      घुस नखाने पार्टी समाजवादको सर्त

      घनश्याम भूसाल
      साउन ८, २०८१

      डा. बाबुराम भट्टराईबारे लेखिएको पुस्तक 'बाबुराम : अ भिजीनरी रेबेल' सबै पढिसक्दा पुस्तकको शिर्षकले न्याय पाउन सकेन जस्तो लाग्छ ।...

      चीनले सिलिकन भ्यालीलाई कसरी प्रयोग गरिरहेको छ

      चीनले सिलिकन भ्यालीलाई कसरी प्रयोग गरिरहेको छ

      जेकोब ड्रेयर
      असार २७, २०८१

      १६ औं शताब्दीसम्म, चीन दुनियाको प्रविधिजगतमा सबैभन्दा बढी विकसित थियो। जुनबेला यूरोपमा कुलीन वर्गको शासन थियो, त्यसबेला चीनका प्रबुद्ध वर्गले...

      प्यालेष्टाइन–इजरायल द्वन्द्वको वास्तविकता

      प्यालेष्टाइन–इजरायल द्वन्द्वको वास्तविकता

      रामराज रेग्मी
      असार १२, २०८१

      यही वर्ष २०२४ को गत ७ अक्टोवरमा प्यालेष्टाइनी लडाकू समुह हमासले इजरायलमा गरेको सशस्त्र हमलामा परी १० जना नेपाली विद्यार्थीको...

      मिटरब्याजको आडमा बलात्कार गर्ने सुर्जमानलाई १० वर्ष कैद, पीडितलाई ५ लाख क्षतिपुर्ति तिर्नुपर्ने

      नेपाल रिडर्स
      असार ३, २०८१

      मिटरब्याजको आडमा शरिर बन्धक बनाएर यौन शोषण गर्ने सुर्जमान मालिलाई ललितपुर जिल्ला अदालतले १० वर्ष कैद सजाय सुनाएको छ। मिटरब्याजी...

      Leave a Reply Cancel reply

      Your email address will not be published. Required fields are marked *

      सिफारिस

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?
      विचार

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?

      प्रा. चैतन्य मिश्र
      मंसिर ६, २०८०

      थप पढ्नुहोस्Details
      महङ्गीबारे रहस्यमय मौनता
      समाज

      महङ्गीबारे रहस्यमय मौनता

      नरेश ज्ञवाली
      कार्तिक १४, २०८०

      थप पढ्नुहोस्Details
      भारतीय समाजको नाजीकरण भइसक्यो!
      विचार

      भारतीय समाजको नाजीकरण भइसक्यो!

      अरुन्धती रोय
      कार्तिक ११, २०८०

      थप पढ्नुहोस्Details
      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!
      विचार

      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!

      नालेदी पान्दोर
      कार्तिक १०, २०८०

      थप पढ्नुहोस्Details

      सामाजिक सञ्जालमा पुग्नुहोस्

      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • हाम्रो बारे

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.

      Welcome Back!

      गुगल मार्फत साइन इन गर्नुहोस्
      Sign In with Linked In
      वा

      Login to your account below

      Forgotten Password? Sign Up

      Create New Account!

      गुगल मार्फत साइन अप गर्नुहोस्
      Sign Up with Linked In
      वा

      Fill the forms bellow to register

      All fields are required. Log In

      Retrieve your password

      Please enter your username or email address to reset your password.

      Log In

      Add New Playlist

      नतिजा छैन
      सबै नतिजा हेर्नुहोस्
      • राजनीति
      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • मल्टिमिडिया
      • ब्लग

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.