Date
शनि, फाल्गुन ३०, २०८२
Sat, March 14, 2026
Saturday, March 14, 2026
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
  • लग - इन
  • दर्ता गर्नुहोस्
Nepal Readers
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
Nepal Readers
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्

बोलिभिया : एक लोकप्रिय समाजवादी नेता कसरी लखेटिए ?

पत्रपत्रिकाबाट पत्रपत्रिकाबाट
कार्तिक २९, २०७६
- यो हप्ता, समाचार
A A
0
  •  shares
  • Facebook
  • Twitter
  • WhatsApp
  • Gmail
  • Viber
  • Messenger

    दक्षिण अमेरिकी राष्ट्र बोलिभिया हालैका दिनमा चरम राजनीतिक संकटबाट गुज्रीरहेको छ । कोका कृषक तथा बोलिभियाको आदिवासी समुदाय आयमाराको प्रतिनिधित्व गर्ने बामपन्थी नेता इभो मोरालेसले राष्ट्रपति पदबाट आइतबार राजिनामा दिए ।

    विगत तीन सातादेखि हिंसात्मक प्रदर्शन जारी रहेको अवस्थामा देशको सेना र प्रहरीले पनि राष्ट्रपतिको कदमलाई समर्थन नगर्ने घोषणा गरेपछि ६० वर्षीय राष्ट्रपति मोरालेस राजिनामा दिन बाध्य भएका थिए । १४ वर्ष लामो समयदेखि सत्तामा रहेका मोरालेसका मन्त्री तथा वरिष्ठ अधिकारीहरुले पनि एकाएक राजिनामा दिएपछि उनी थप संकटमा परेका थिए । राजिनामा दिएको भोलिपल्ट सोमबार मेक्सिकोले मानवीयताको कारण देखाउँदै पूर्वराष्ट्रपति मोरालेसलाई राजनीतिक शरण दिने प्रस्ताव गर्यो । मेक्सिकोको प्रस्तावलाई स्विकार्दै मोरालेस मंगलबार मेक्सिको पुगेका छन् ।

    मेक्सिकोमा पुगेपछि बुधबार एक पत्रकार सम्मेलनमा बल्दै मोरालेसले यदि जनताले चाहान्छन् भने आफूहरु फर्कन तयार रहेको बताएका छन् । मोरालेसले मेक्सिको जानुअघि ‘राष्ट्रिय संवाद’ गरेर बोलिभियाको जारी संकटको अन्त्य गर्नुपर्ने तर्क अघि सारेका थिए ।

    राजनीतिक संकटको सिलसिला :

    गत २० अक्टोबरमा सम्पन्न चुनावमा उनी पुनः विजयी भएपछि बोलिभियामा प्रदर्शन चर्किएको थियो । चौथो कार्यकाललाई पनि निरन्तरता दिन मोरालेसको पार्टीले चुनावमा धाँधली गरेको आरोप लगेपछि संकटको सिलसिला सुरु भएको हो । उक्त चुनावमा निर्वाचन अधिकारीहरुले बिना स्पष्टिकरण मतगरणा रोकपछि विपक्षि र अन्तराष्ट्रिय परिवेक्षकले चुनावमा गम्भिर धाँधली भएको हुनसक्ने भन्दै रद्द गर्ने बताएका थिए । तर, मतगणना पुनः सुरु भएपछि मोरालेसले आफ्ना प्रतिद्वन्दी तथा पूर्वराष्ट्रपति कार्लोस मेसालाई केही मतको अन्तरले पराजित गरेको घोषणा भयो । यस परिणामबाट असन्तुष्ट पक्षले केही सातादेखि देशभरका विद्यालय र व्यावसायलाई प्रभावित पारे ।

    प्रदर्शनकारीहरुले मोरालेसले देशको लोकतन्त्रलाई कमजोर बनाएको आरोप लगाए । अर्कातर्फ मोरालेसका समर्थकको ठूलो संख्या पनि सडकमा उत्रियो र देशका नेताहरुको पक्षमा नारा लगाए । अमेरिकी निर्वाचन मनिटर(ओएएस)ले २० अक्टोबरमा भएको चुनावलाई लिएर आइतबार जारी गरेको एक रिपोर्टमा अनियमितताहरु भएको बताएको छ । उक्त रिपोर्टअनुसार, १०।४ प्रतिशत मतान्तरमा मोरालेसले ४६.९५ लगभग ४७ प्रतिशत र उनका प्रतिद्वन्दीले ३६.६ मत ल्याएका थिए । यसपछि बोलिभियाका विपक्षी दलले चुनावमा धाँधली भएको दाबी गरेका छन् भने यस रिपोर्टले त्यस्तै निष्कर्ष निकाल्यो । त्यसैले, ओएएसले नयाँ राष्ट्रपति चुनाव गर्नुपर्ने बताएको छ । यता विपक्षी नेतृ तथा सिनेटकी उपप्रमुख रहेकी ५२ वर्षीया जिनाइन अनेजले बुधबार आफूलाई देशको अन्तरिम राष्ट्रपति घोषणा गरेकी छिन् ।

    त्यसैगरी, अमेरिकाले अजेजको पक्षमा समर्थन जनाएको छ । ‘संयुक्त राज्य अमेरिकाले बोलिभियाको संविधानको माध्यमबाट र अन्तर–अमेरिकी डेमोक्र्याटिक चार्टरको सिद्धान्तहरुका अनुसार, यस लोकतान्त्रिक संक्रमणको अवस्थामा रहेको आफ्नो राष्ट्रको नेतृत्व गर्नका लागि राज्यको अन्तरिम राष्ट्रपतिको रुपमा बोलिभियाली सिनेटर जिनाइन अनेजलाई समर्थन गर्छ’, अमेरिकी विदेशमन्त्री माइक पोम्पियोले एक वक्तव्यमा भनेका छन् । अमेरिकाको यस समर्थनपछि बोलिभियामा पनि भेनेजुएलामा जस्तै अमेरिकाले राजनीतिक हस्तक्षेप गरेको विश्लेषकको भनाई छ । पूर्वराष्ट्रपति मोरालेसले मेक्सिकोबाट बिहीबार एक ट्विटमा अमेरिकाको यस निर्णयको निन्दा गर्दै यसलाई भेनेजुएलाका स्व–घोषित अन्तरिम राष्ट्रपति जुआन गुआइदोको देशको मान्यतासँग तुलना गरेका छन् । यसका साथै उनले यस कदमलाई अमेरिकाले बोलिभिया विरुद्ध राजनीतिक र आर्थिक षड्यन्त्र रचेको बताएका छन्।

    के भन्छन् विश्लेषकहरु ?

    सन् २००६ मा इभो मोरालेस सरकारमा आएपछि तेल, ग्यास उत्पादक कम्पनी लगायत माइनिङ, विद्युत टेलिफोन र रेल वे सेवालाई राष्ट्रियकरण गरे । मोरालेसले एकताका बोलिभियाली जनताको लोकप्रियताको स्वाद राम्रोसँग चाखेका छन् । सन् २००६ देखि २०१९ सम्म करिब १३ वर्षको आफ्नो शासनकालमा उनले बोलिभियाको आर्थिक विकासका लागि फलदायी रहे । ल्याटिन अमेरिकाको सबैभन्दा गरिब देश बोलिभियामा लगातार विकासको श्रेय मोरालेसलाई नै दिन्छ । तर, राष्ट्रपति पदको सीमामा एक जनमत संग्रहको परिणामलाई अस्विकार गर्दा र चौथो कार्यकालका लागि जोड दिँदा वामपन्थी राष्ट्रपतिले आफ्नै समर्थकहरुबीच महत्वपूर्ण लोकप्रियता गुमाएको विश्लेषकहरु बताउँछन् ।

    बोलिभियाली राजनीतिक विश्लेषक फ्रान्क्लिन परेजा बताउँछन्, ‘मोरालेस सुरुमा आँधीको सामना गर्ने शैलीमा देखिए पनि उनको आफ्नै पार्टीका सदस्यहरुले राजिनामा दिएपछि मोरालेसको सरकार नै संकटमा पर्यो’, परेजा बताउँछन्, ‘सकड, सशस्त्र बल, अन्तराष्ट्रिय समुदायले उनलाई बिना विकल्प छोडिदिए र अन्तत उनलाई राजिनामा दिन बाध्य पारियो ।’ यसका बाबजुद पनि मोरालेस एक बलियो पार्टीका साथमा शक्तिशाली छन्, जुन पार्टीले एक तिहाईभन्दा बढी जनसंख्याको समर्थन हासिल गरेको छ । तर, यो एक बलियो नेताका लागि एक महत्वपूर्ण पतन हो, जसले कुनै समय ७० प्रतिशत जनताको समर्थन हासिल गरेका थियो।

    त्यस्तै, ल्याटिनन्यूजका सम्पादक गुन्थर बाउमगार्टन भन्छन्, ‘मोरालेस ‘पिंक टाइड’को अन्तिम प्रतिष्ठित व्यक्ति थिए ।’ उनले अर्जेन्टिनामा राष्ट्रपति अबलेर्टो फर्नान्डेजको दोश्रो पुस्ताको पिंक टाइडको रुपमा विजयको उदाहरण दिँदै भने, ‘बाम अझै मरेको छैन ।’ पूर्वराष्ट्रपति मोरालेसले आइतबार नयाँ चुनावको घोषणा गरे लगत्तै पदबाट राजिनामा दिनुमा खाली सेनाको दबाब मात्रै नभएर अन्य थुप्रै कारक तत्वहरु हुनसक्ने बोलिभियाली एक शोधकर्ता तथा विश्लेषक क्याथरिन लेडेबुर बताउँछन् । ‘नयाँ चुनाव गर्न उहाँ सहमत हुनुहुन्थ्यो । उहाँले चुनावी प्रक्रियालाई निष्पक्ष बनाउने बाटो खोज्न विपक्षी र कंग्रेसका सदस्यलाई बारम्बार वार्ताका लागि आह्वान गर्नुभयो । तर विपक्षीहरुले कुनै प्रकारको छलफल वा वार्ताको पहललाई अस्विकार गरे, यसले पनि मोरालेसलाई राजिनामा दिन दबाब दियो’, उनी बताउँछिन् । अमेरिकी रिपोर्टले मोरालेसले सन् २०२० को २१ जनावरीसम्ममा आफ्नो निर्वाचित जनादेशलाई समाप्त गर्नुपर्ने र बोलिभियाको संविधानको सम्मान गर्नुपर्ने जनाएको छ । तर विपक्षी शक्तिहरुले यसो नगरेको क्याथरिन बताउँछिन् । ‘संसदहरुको घर जलाइयो, मन्त्री तथा सांसदहरुको परिवारका सदस्यमाथि हमला, बर्खास्ती, लुटपाट, धम्की आदि गतिविधिले एक नयाँ चुनाव वा लोकतन्त्रको माग गरिरहेको थिएन, तर अस्थिरतामा थियो’, क्याथरिन बताउँछिन्, ‘जति–जति घटनाहरु दैनिक बढिरहे र हिंसा बढ्ने संकेत देखियो, विभिन्न संघ–संगठनसँग अनुरोध र परामर्श गरेपछि मोरालेसले यो विकल्प रोज्नुभयो, उहाँले हिंसालाई रोक्न राजिनामा दिनुपर्यो।’

    के भन्छन् अन्तर्राष्ट्रिय समुदाय?

    संयुक्त राज्य अमेरिकाले इभो मोरालेसको राजिनामा र अन्तरिम राष्ट्रपतिलाई समर्थन गरेको छ। १४ वर्षपछि मोरालेसको राजिनामाले लोकतन्त्रको रक्षा र बोलिभियाली जनताको आवाज सुन्ने बाटो खोल्ने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बताएका छन्। बालिभियाको वामपन्थी सहयोगी राष्ट्र मेक्सिकोले यस घटनालाई ‘सत्ताच्यूत’को संज्ञा दिनका साथै मोरालेसलाई शरण दिएको छ। अन्य वामपन्थि सरकारहरु, निकारागुआ र भेनेजुएलाले पनि मोरालेसको समर्थन जनाएका छन्। यसबीच अर्जेन्टिना, पेरु र अन्य दक्षिण अमेरिकी देशहरुले भने मोरालेसको सत्तामा शान्तिपूर्ण फिर्ताको अपिल गरेका छन्।

    बोलिभियामा इभो मोरालेसको योगदान र उपलब्धिहरु

    राष्ट्रपति विरुद्ध सामाजिक सञ्जालमा विपक्षीको नेतृत्वमा झुटो समाचारको अभियान चलिरहेको छ । जसले स्थितिलाई अझ खराब बनायो वा मोरालेसको उपलब्धिहरुलाई गलत तरिकाले प्रस्तुत गर्ने प्रयास भइरहेको छ । निश्चित रुपले लामो कार्यकालमा मोरालेसले थुप्रै गल्ती पनि गरे, तर गरिब र सामाजिक सुरुक्षा कार्यक्रम जस्ता महत्वपूर्ण उपलब्धिहरु पनि हाँसिल गरे । पूर्वराष्ट्रपति मोरालेसले आर्थिक हित, निजी आर्थिक हितहरु तथा सान्टा क्रुज संगठनको एक महत्वपूर्ण सम्झौता गरे । इभो मोरालेसले एक पटक भनेका छन्,–‘मेरा लागि बामपन्थि हुनु भनेको असमानताको बिरुद्धमा लडनु हो। म अझैपनि विश्वस्त छु, स्वतन्त्रताकालागि हामी सबै लडदैछौ । तर, स्वतन्त्रताको आधारभूमी चै समानता र न्याय हो ।’ भन्ने उनको भनाइबाट उनका केहि आर्थिक दृष्टिकोण भने प्रस्ट देखिन्छ ।

    सन् २००६ जनावरी २२ तारीखमा इभो मोरालेस राष्ट्रपति हुँदा बोलिभियाको साक्षरता अत्यन्त कम केवल १३ प्रतिशत मात्र थियो । देशको कुल जनसंख्याको ६०.६ प्रतिशत जनसंख्या गरिबीको रेखामुनी थियो । र, निरपेक्ष गरिबीको रेखामुनी ३८ प्रतिशत जनसंख्या रहेको थियो । ग्रामिण क्षेत्रका केवल २५ प्रतिशत घरमा मात्र विद्युत सेवा पुगेको थियो । देशमा बेरोजगारीको दर उच्च थियो । मोरालेस सरकारमा आएपछि तेल, ग्यास उत्पादक कम्पनी लगायत माइनिङ, विद्युत, टेलिफोन र रेल वे सेवालाइ राष्ट्रियकरण गरे। राज्यले प्राकृतिक स्रोत तथा साधन, यातायात सेवा, बितरण र बजारमा नियन्त्रण कायम गर्यो । अमेरिकी सम्राज्यबादको पिछलग्गु सरकारमा रहँदा र नीजिक्षेत्रले सञ्चालन गर्दा ग्याँस उद्योगले केवल ०.६ बिलियन अमेरिकी डलर राजश्व बुझाउँथ्यो भने राष्ट्रियकरण गरेर सरकारले चलाउदा उक्त राजश्व बढेर सन् २०१४ मा ४.५ बिलियन अमेरिकी डलर पुग्यो । बितेका पछिल्ला दश वर्षमा राष्ट्रियकरणबाट मात्र इभो मोरालेसले राष्ट्रिय ढुकुटीमा ३१.५ बिलियन अमेरिकी डलर जम्मा गराए।

    सन् २००६ देखि २०१० को बिचमा उत्पादन क्षेत्रमा ४ लाख ८५ हजार नयाँ रोजगारी सृजना गरियो । सन् २०१३ सम्म आइपुग्दा राज्य नियन्त्रित अर्थतन्त्रको हिस्सा ३५ प्रतिशत पुग्यो । सन् २००५ मा बोलिभियाको कुल ग्राहास्थ उत्पादन पीपीपी मा ३८.१ बिलियन अमेरिकी डलर थियो भने सन् २०१८ मा आइपुग्दा ८९.३५ डलर पुगेको छ। सोहि अवधिमा प्रतिव्यक्ति आय ४ हजार १ सय ८० डलरबाट बढेर ७ हजार ९ सय ४३ अमेरिकी डलर पुगेको छ। इभो मोरालेसको कार्यकालमा औसत आर्थिक बृद्धिदर ४.९ प्रतिशत रहेको छ । विश्व बैंकका अनुसार, बोलिभियमा गरिब र धनी बिचको असमानता तिब्ररुपमा घटिरहेको छ । असमानता ०।६० बाट घटेर सन् २०१४ मै ०.४७ मा आइपुग्यो। इभो मोरालेसकै छोटो कार्यकालमा सन् २००६ देखि २०१८ को अवधिमा बोलिभियन नागरिकको प्रतिव्यक्ति आम्दामी दोब्बरले बढयो । विश्लेषक क्याथरिनका अनुसार, यहाँ ध्यान दिनुपर्ने महत्वपूर्ण कुरा के छ भने मोरालेसले आफ्नो सम्झौताहरुको पालना गरिरहेका थिए, तर, विपक्षिहरु वार्ताका लागि लगातार अस्विकार गरिरहेका थिए, उनीहरुले अन्तराष्ट्रिय संगठनहरुको आवाजलाई खारेज गरे, बोलिभियाको संविधान र कानुनहरुलाई अस्विकार र उल्लंघन गरे। यतिमात्रै होइन, यहाँ एकातिर एक यस्तो समूह छ, जो एक निर्वाचित राष्ट्रपतिमाथि हिंस्रक र उथल–पुथललाई उत्तेजित पार्न संलग्न छन्, र अर्कातिर एक यस्ता राष्ट्रपति जो आधुनिक बोलिभियाको इतिहासमा सबैभन्दा लोकप्रिय राष्ट्रपति हुन्।

    अब के हुन्छ?

    आइतबार राति मोरालेसले राजिनामा दिएपछि उनका विपक्षीहरुले खुशीयाली मनाएका छन् भने मंगलबार अबेर राति सिनेटर अनेज राजधानी ला पाज पुगेर आफूलाई अन्तरिम राष्ट्रपति घोषणा गरिन् । बोलिभियाको कानुनअनुसार, उनले अन्तरिम राष्ट्रपतिको रुपमा शासन चलाउन ९० दिनभित्रमा चुनाव गराउन पाउँछिन् । यद्यपि, राष्ट्रपति पदमा उनको आगमनले मोरालेसको राजनीतिक समर्थकबाट तत्कालका लागि चुनौतीहरु सामना गर्नुपर्ने हुन्छ । मोरालेसको पार्टीद्वारा विधायक सत्रको बहिस्कार गरिएको छ। ‘जुनसुकै परिणाममा पनि वैधताको समस्या आउनसक्छ’, अक्सफोर्ड विश्वविद्यालयका शोधकर्ता जोन क्र्याबट्री बताउँछन्। समाचार दैनिक

    •  shares
    • Facebook
    • Twitter
    • WhatsApp
    • Gmail
    • Viber
    • Messenger
      पत्रपत्रिकाबाट

      पत्रपत्रिकाबाट

      Related Posts

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      तीर्थ कोइराला
      साउन ४, २०८२

      विश्वमा देहव्यापारको शुरुवात इसा पूर्व २४ सय वर्ष अगाडि भएको इतिहासमा उल्लेख गरिए पनि जब समाजमा परिवार र विवाहको प्रारम्भ...

      जेष्ठ वामहरुको पोखरा भेलाबारे रामबहादुर भण्डारीको अनुभूति

      जेष्ठ वामहरुको पोखरा भेलाबारे रामबहादुर भण्डारीको अनुभूति

      रामबहादुर भण्डारी 'आर. बी'
      पुस १, २०८१

      संसारमा जेष्ठ तथा वामहरुको बारेमा अलगै धारणाहरु भएतापनि हाम्रो देशमा बोलिचाली र कतिपय कानूनी रुपमा समेत उमेरले ७० पुगेका र...

      घुस नखाने पार्टी समाजवादको सर्त

      घुस नखाने पार्टी समाजवादको सर्त

      घनश्याम भूसाल
      साउन ८, २०८१

      डा. बाबुराम भट्टराईबारे लेखिएको पुस्तक 'बाबुराम : अ भिजीनरी रेबेल' सबै पढिसक्दा पुस्तकको शिर्षकले न्याय पाउन सकेन जस्तो लाग्छ ।...

      चीनले सिलिकन भ्यालीलाई कसरी प्रयोग गरिरहेको छ

      चीनले सिलिकन भ्यालीलाई कसरी प्रयोग गरिरहेको छ

      जेकोब ड्रेयर
      असार २७, २०८१

      १६ औं शताब्दीसम्म, चीन दुनियाको प्रविधिजगतमा सबैभन्दा बढी विकसित थियो। जुनबेला यूरोपमा कुलीन वर्गको शासन थियो, त्यसबेला चीनका प्रबुद्ध वर्गले...

      प्यालेष्टाइन–इजरायल द्वन्द्वको वास्तविकता

      प्यालेष्टाइन–इजरायल द्वन्द्वको वास्तविकता

      रामराज रेग्मी
      असार १२, २०८१

      यही वर्ष २०२४ को गत ७ अक्टोवरमा प्यालेष्टाइनी लडाकू समुह हमासले इजरायलमा गरेको सशस्त्र हमलामा परी १० जना नेपाली विद्यार्थीको...

      मिटरब्याजको आडमा बलात्कार गर्ने सुर्जमानलाई १० वर्ष कैद, पीडितलाई ५ लाख क्षतिपुर्ति तिर्नुपर्ने

      नेपाल रिडर्स
      असार ३, २०८१

      मिटरब्याजको आडमा शरिर बन्धक बनाएर यौन शोषण गर्ने सुर्जमान मालिलाई ललितपुर जिल्ला अदालतले १० वर्ष कैद सजाय सुनाएको छ। मिटरब्याजी...

      सिफारिस

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?
      विचार

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?

      प्रा. चैतन्य मिश्र
      मंसिर ६, २०८०

      थप पढ्नुहोस्Details
      महङ्गीबारे रहस्यमय मौनता
      समाज

      महङ्गीबारे रहस्यमय मौनता

      नरेश ज्ञवाली
      कार्तिक १४, २०८०

      थप पढ्नुहोस्Details
      भारतीय समाजको नाजीकरण भइसक्यो!
      विचार

      भारतीय समाजको नाजीकरण भइसक्यो!

      अरुन्धती रोय
      कार्तिक ११, २०८०

      थप पढ्नुहोस्Details
      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!
      विचार

      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!

      नालेदी पान्दोर
      कार्तिक १०, २०८०

      थप पढ्नुहोस्Details

      सामाजिक सञ्जालमा पुग्नुहोस्

      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • हाम्रो बारे

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.

      Welcome Back!

      गुगल मार्फत साइन इन गर्नुहोस्
      Sign In with Linked In
      वा

      Login to your account below

      Forgotten Password? Sign Up

      Create New Account!

      गुगल मार्फत साइन अप गर्नुहोस्
      Sign Up with Linked In
      वा

      Fill the forms bellow to register

      All fields are required. Log In

      Retrieve your password

      Please enter your username or email address to reset your password.

      Log In

      Add New Playlist

      नतिजा छैन
      सबै नतिजा हेर्नुहोस्
      • राजनीति
      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • मल्टिमिडिया
      • ब्लग

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.