नेकपाको पार्टीभित्र चर्केको विवादले प्रतिपक्ष शक्तिहरू उत्साहित भएका हुनसक्छन् । प्रतिपक्षहरूले पनि यसमा खेलिरहेका पनि हुनसक्छन् । कम्युनिष्ट पार्टीमा विवाद बढ्दा पार्टी अलोकप्रिय हुन्छ । र, सुतीसुती अन्य पार्टीको जनमत बढ्ने सम्भावना रहन्छ । तर ख्याल राख्नुपर्ने कुरा यो छ कि पार्टी एकता गर्दाखेरि पार्टी नेतृत्वले सामान्यभन्दा सामान्य बहस पनि पार्टींको कुनै पनि पक्तिसँग गर्न आवश्यक ठानेनन् । दुई पार्टी एक बनाएपछि पार्टीलाई सिद्धान्त र व्यवहारका आधारमा कसरी लैजाने भन्नेबारे सामान्य बहस गर्न पनि आवश्यक ठानिएन । यसकारण अहिलेको पार्टी विवाद देखेर ‘अहो पार्टीमा त महासंग्राम नै हुनेभयो’ भनेर आत्तिनु आवश्यक छैन । पार्टीभित्रको यो विवाद अत्यन्त स्वभाविक हो । यो विवाद कुनै न कुनै समय, कहिँ न कतै आउनु त छँदै थियो ।
भिडियो –
कहाँबाट यो विवादको सुरू भयो भन्ने विषय हामीले बुझ्नुपर्छ । व्यवहारको विषयलाई लिएर विवाद सुरु भयो । आम मान्छेहरूले पनि यो विवाद सिद्धान्तको जगमा भएको विवाद हो भनेर पत्याएका छैनन् । र, नेतृत्व स्वयंले पनि यो विवाद केको जगमा भएको हो भनेर पहिल्याउन सकेका छैनन् । तर, मूल रूपमा व्यवहारकै कारण अहिले समस्याहरू बाहिर प्रकट भएका हुन् । र, तर त्यो चाहिँ विचारकै जगमा हुने हो । किनकि सिद्धान्त र व्यवहारको सम्बन्ध नङ र मासुको जस्तै हुन्छ । कतिपय व्यवहारहरू सिद्धान्तको जगबाट निकालिन्छन् । कतिपय व्यवहारहरू पहिले प्रकट हुन्छन् र पछि त्यसलाई सिद्धान्तकृत गरिन्छन् ।
तर ख्याल राख्नुपर्ने कुरा यो छ कि पार्टी एकता गर्दाखेरि पार्टी नेतृत्वले सामान्यभन्दा सामान्य बहस पनि पार्टींको कुनै पनि पक्तिसँग गर्न आवश्यक ठानेनन् । दुई पार्टी एक बनाएपछि पार्टीलाई सिद्धान्त र व्यवहारका आधारमा कसरी लैजाने भन्नेबारे सामान्य बहस गर्न पनि आवश्यक ठानिएन । यसकारण अहिलेको पार्टी विवाद देखेर ‘अहो पार्टीमा त महासंग्राम नै हुनेभयो’ भनेर आत्तिनु आवश्यक छैन ।
कम्तिमा पनि हामी वामपन्थीहरूले यसलाई यसरी संस्लेष्ण गर्नुपर्छ कि यो अन्तत: विचारकै बहस हो । कम्युनिष्ट पार्टीमा सैद्धान्तिक विचार र संगठनात्मक विचारको बहस हुन्छ । हामीले लेनिनवादी संगठनवादी सिद्धान्त पनि पढेका छौं । कतिपय दृष्टिकोणसम्बन्धी बहसचाहिँ आचरण र व्यवहारसम्बन्धी हो । यो पनि विचारसँगै सम्बन्धित छ । किनभने एउटा विचारको जगमा व्यक्तिका आचरण र संस्कृततिहरू जन्मन्छन् । त्यसकारण अहिलेको विवादलाई केवल व्यक्तित्वको कोरा टकराव मान्न मिल्दैन । यसको धरातल र जग के हो भनेर पक्कै बुझ्नुपर्छ । व्यवहारको धरातलबाटै यो बहस र विवाद सुरू भएको हो ।
मैले ओली र प्रचण्ड दुबैको प्रतिवेदन पढें । मैले प्रतिवेदनमाथि टिप्पणी गर्दा सम्भवतः दुबै नेतृत्वलाई सो कुरो मन नपर्ला । ओलीमाथि धेरै प्रश्न होलान् तर एउटा प्रश्न त प्रचण्डलाई पनि छ –तपाईंले जतिपनि प्रश्नहरू कमरेड ओलीलाई गर्नुभएको छ, ती प्रश्नहरू तपाईंप्रति पनि तेर्सन्छन् । तेर्सिएका छन् । सरकारलाई सरकारले मात्रै संचालन गर्ने कि पार्टीले गर्ने, यी विषय त विगतमा पनि उठेका प्रश्न हुन् । अर्को कुरा, हामीले हिजो घोषणापत्रमा उल्लेख गरेका के–के गर्यौं, केके गरेनौं । त्यो प्रश्नको जवाफ जनताले त खोज्छन् ।
एउटा विचारको जगमा व्यक्तिका आचरण र संस्कृततिहरू जन्मन्छन् । त्यसकारण अहिलेको विवादलाई केवल व्यक्तित्वको कोरा टकराव मान्न मिल्दैन। यसको धरातल र जग के हो भनेर पक्कै बुझ्नुपर्छ। व्यवहारको धरातलबाटै यो बहस र विवाद सुरू भएको हो। मैले ओली र प्रचण्ड दुबैको प्रतिवेदन पढें ।मैले प्रतिवेदनमाथि टिप्पणी गर्दा सम्भवतः दुबै नेतृत्वलाई सो कुरो मन नपर्ला। ओलीमाथि धेरै प्रश्न होलान् तर एउटा प्रश्न त प्रचण्डलाई पनि छ –तपाईंले जतिपनि प्रश्नहरू कमरेड ओलीलाई गर्नुभएको छ, ती प्रश्नहरू तपाईंप्रति पनि तेर्सन्छन्। तेर्सिएका छन्।
समाजको पूरानो विचारलाई हटाउन नयाँ क्रान्तिकारी विचार अघि आउँछ । र, विचारको अवधारणाको आफ्नो धरातल हुन्छ । वुर्जुवा धरातल होस् या मार्क्सवादी धरातल, त्यही धरातलमा टेकेर संगठनले नारा र एजेण्डा बनाउँछ । आन्दोलनका कार्यक्रम जनतासमक्ष ल्याउँछ । र, क्रान्तिमार्फत जनताको सहयोग पाएर बलात् सरकार प्राप्त गर्छ या चुनावमार्फत वैधानिक रूपमा सत्ता प्राप्ति गर्छ।
तर शक्ति र सत्ता प्राप्त गर्दैमा पार्टीका एजेण्डाहरू स्थापित हुन्नन् । आधारभुत वर्गको हित र सुधारका लागि हिजो घोषणापत्रमा उल्लेख गरेझैं उसले व्यापक काम गरेपछि उ लोकप्रिय सरकारका रूपमा स्थापित हुन्छ । उसले काम गरेको ठहर्छ । र, यो निरन्तर चलिरहने प्रक्रिया हो । सुधार र परिवर्तनका काम कहिल्यै रोकिने कुरो होइन । ढुंगामुढा, हतियार प्रहार र विस्फोटमात्रै आन्दोलन होइनन् । जनताको मत जितेर चुनावमार्फत सत्ता प्राप्त गर्ने कुरा पनि आन्दालेलनकै रूप हो।
अहिले प्रधानमन्त्री वा पार्टी नेतृत्वले सबैसँग उत्तरदायी हुनुपर्दैन । जनतासमक्ष हिजो गरेका बाचाहरू कति पूरा भए या भएनन् भन्नेबारे जनतालाई जवाफ दिए पुग्छ । र, पार्टीभित्र सरकारमा नगएका टिम वा अर्न्तसंघर्ष गर्नेहरूले सरकारलाई गर्ने भनेको कामचाहिँ निरन्तर खबरदारी हो । किनभने पार्टीको सरकार भए पनि पार्टीका केही व्यक्तिमात्र सरकारमा जाने हो । सिंगो पार्टीले सरकार हाँक्ने कुरा त व्यवहारिक रूपमा सम्भव हुन्न । पार्टीका वैधानिक निर्णयलाई मान्दै, हिजो संयुक्त घोषणामा उल्लेख गरेको कुरा कार्यान्वयनतर्फ सरकार लाग्ने हो ।
भ्रष्टाचारमा स्थानीय सरकारहरू चुर्लुम्म डुबेको कुरा सर्वत्र आइराखेको छ । यसर्थ, गाउँ कमिटी र वडा अध्यक्षहरूले पनि आफूलाई फेर्नुपर्छ । माथि ठोकेर मात्र पुग्नेवाल छैन । पार्टीका सबै संरचनाहरूलाई उत्तरदायी बनाउनुपर्छ ।
ओली र प्रचण्ड दुबैले मूल रूपमा व्यवहारकै प्रश्न बढी उठाउनु भएको छ । यसलाई सैद्धान्तिकृत गर्न सकिएला तर व्यवहारबाटै उठेका प्रश्नहरू उल्लेख छन् उहाँहरू दुबै जनाले लेख्नुभएको प्रतिवेदनमा । अहिलेको समस्याको हल एक व्यक्ति सच्चिएर मात्र हुन्न । दुबै जनाले आफूमा भएका व्यवहारिक समस्याका विषयलाई दुबैले सच्याउनुपर्छ । तर प्रधानमन्त्रीसँग बढी शक्ति र जिम्मेवारी भएका कारण अहिलेलाई मूल रूपमा उहाँले आफूलाई सच्याउनुपर्छ । तर पार्टीको नेतृत्वमा स्वयं प्रचण्ड भएका कारण उहाँले पनि आफूलाई सच्याउनुपर्छ । लचक भएर अघि बढ्नुपर्छ । सुधारको नेतृत्व फस्टपर्सनहरूबाट नै हुनुपर्छ ।
उसो त गाउँपालिकाका पार्टी कमिटी अध्यक्ष, गाउँपालिका प्रमुख, नगरपालिका कमिटी अध्यक्ष र नगरपालिकाका प्रमखुहरुका उत्तिकै महत्वपूर्ण जिम्मेवारी छन् । तिनले पार्टी र सरकार चलाएका छन् । वडा कमिटी अध्यक्ष र वडा अध्यक्षहरूका हातमा पार्टी र स्थानीय सत्ता छ । उनीहरूले पनि आफूलाई फेर्नुपर्छ । आत्ममूल्यांकन गर्नुपर्छ । किनभने भ्रष्टाचारमा स्थानीय सरकारहरू चुर्लुम्म डुबेको कुरा सर्वत्र आइराखेको छ । यसर्थ, गाउँ कमिटी र वडा अध्यक्षहरूले पनि आफूलाई फेर्नुपर्छ । माथि ठोकेर मात्र पुग्नेवाल छैन । पार्टीका सबै संरचनाहरूलाई उत्तरदायी बनाउनुपर्छ ।
माओले आफ्नो टुप्पीमा आफैं आगो सल्काएर रुपान्तरण खोज्नुपर्छ भनेका थिए । हामीले पनि त्यसै गर्नुपर्छ । नेतृत्वले मैले संरक्षण गरेका मान्छे कतै खराब त छैनन् भनेर मूल्यांकन गनुपर्छ ।
तीन तहका सरकारहरूले कसरी काम गरिराखेका छन् भन्नेबारे पनि बहस हुनुपर्छ अब । मेयरदेखि वडाअध्यक्षसम्मले आफूलाई रूपान्तरण गर्नुपर्छ । बहस यसरी सुरु गरौं । हामीले रूपान्तरण गर्नुपरेको पार्टीलाई हो । व्यक्तिको विरोध होइन, प्रवृत्तिको विरोध हो । प्रधानमन्त्रीदेखि मन्त्री, मुख्यमन्त्रीदेखि वडाअध्यक्षसम्मका सांस्कृतिक, नैतिक र आर्थिक विचलनसम्ममा बहस आवश्यक छ । त्यसो गर्दा कुनै एक पक्षका वा गुटका पर्दैनन् । सबै पक्षका पर्छन् । माओले आफ्नो टुप्पीमा आफैं आगो सल्काएर रुपान्तरण खोज्नुपर्छ भनेका थिए । हामीले पनि त्यसै गर्नुपर्छ । नेतृत्वले मैले संरक्षण गरेका मान्छे कतै खराब त छैनन् भनेर मूल्यांकन गनुपर्छ ।
म आफ्नो सचेत प्रयत्नले के भन्दैछु भने पार्टी फुटाउने दिशामा मेरो सानोभन्दा सानो पनि अभिव्यक्ति हुनेछैन । र, अहिलेसम्म नेताहरूले दुर्घटनातर्फ लैजाँदैनन् पार्टीलाई भन्ने मलाई विश्वास छ । पार्टी एकता गरेर गल्ती गरिएछ भन्ने ठाउँमा म छैन । कुण्ठा, उन्माद, आग्रह, पूर्वाग्रह र दम्भ नराखी अब वैचारिक छलफल चलाऔं ।
हामी बिग्रनेका पनि तहहरू होलान् । हामी सुधार्नै नसक्नेगरी बिग्रिएका छौं भने बेग्लै कुरा हो । नेताहरूले एकता गर्नुभएको छ र सँगै अगाडि जान सक्ने भएरै एकता गरिएको होला । यसर्थ, यदि एकिकृत भएर अघि बढ्ने हो भने उहाँहरूले आफूलाई रूपान्तरण गर्नैपर्छ । नत्र भने त कोर्स अघि बढ्छ नै । विज्ञान भनेकै त्यही हो । विज्ञानको आफ्नो गती हुन्छ, जुनसुकै विषयले आफ्नो कोर्स लिन्छ । अघि बढ्छ । क्रियाको प्रतिक्रिया हुन्छ । र, त्यसबाट एउटा रसायन जन्मन्छ । होइन, हामी रूपान्तरण चाहँदैनौं र सक्दैनौं भने दुर्घटनामा जान्छौं ।
तर, म आफ्नो सचेत प्रयत्नले के भन्दैछु भने पार्टी फुटाउने दिशामा मेरो सानोभन्दा सानो पनि अभिव्यक्ति हुनेछैन । र, अहिलेसम्म नेताहरूले दुर्घटनातर्फ लैजाँदैनन् पार्टीलाई भन्ने मलाई विश्वास छ । पार्टी एकता गरेर गल्ती गरिएछ भन्ने ठाउँमा म छैन । कुण्ठा, उन्माद, आग्रह, पूर्वाग्रह र दम्भ नराखी अब वैचारिक छलफल चलाऔं । समाजवाद उन्मुख संविधान हामीले नै बनाएको हो र त्यसलाई कार्यान्यन गर्ने हो भने एकता, संघर्ष, रुपान्तरणमार्फत अघि बढ्ने हो । कम्युनिष्ट पार्टीका लागि यो नौलो अभ्यास होइन । बिना रूपान्तरणको एकताको पक्षमा हामी पक्ष हुन सक्दैनौं । यो अन्तरसंघर्षले पार्टीलाई सकारात्मक रूपान्तरणको दिशामा लैजान्छ भन्ने ठानेको छु ।
भिडियो –
(नेकपा केन्द्रीय सदस्य तथा प्रतिनीधि सभा सांसद विशंखेसँग नेपाल रिडर्सले गरेको कुराकानीमा आधारित।)