Date
मङ्ल, माघ २७, २०८२
Tue, February 10, 2026
Tuesday, February 10, 2026
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
  • लग - इन
  • दर्ता गर्नुहोस्
Nepal Readers
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
Nepal Readers
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्

ओली र प्रचण्ड दुबै सच्चिनुपर्छ

अञ्जना विशंखे अञ्जना विशंखे
मंसिर १८, २०७७
- यो हप्ता, समाचार
A A
0
  •  shares
  • Facebook
  • Twitter
  • WhatsApp
  • Gmail
  • Viber
  • Messenger

    नेकपाको पार्टीभित्र चर्केको विवादले प्रतिपक्ष शक्तिहरू उत्साहित भएका हुनसक्छन् । प्रतिपक्षहरूले पनि यसमा खेलिरहेका पनि हुनसक्छन् । कम्युनिष्ट पार्टीमा विवाद बढ्दा पार्टी अलोकप्रिय हुन्छ । र, सुतीसुती अन्य पार्टीको जनमत बढ्ने सम्भावना रहन्छ । तर ख्याल राख्नुपर्ने कुरा यो छ कि पार्टी एकता गर्दाखेरि पार्टी नेतृत्वले सामान्यभन्दा सामान्य बहस पनि पार्टींको कुनै पनि पक्तिसँग गर्न आवश्यक ठानेनन् । दुई पार्टी एक बनाएपछि पार्टीलाई सिद्धान्त र व्यवहारका आधारमा कसरी लैजाने भन्नेबारे सामान्य बहस गर्न पनि आवश्यक ठानिएन । यसकारण अहिलेको पार्टी विवाद देखेर ‘अहो पार्टीमा त महासंग्राम नै हुनेभयो’ भनेर आत्तिनु आवश्यक छैन । पार्टीभित्रको यो विवाद अत्यन्त स्वभाविक हो । यो विवाद कुनै न कुनै समय, कहिँ न कतै आउनु त छँदै थियो ।

    भिडियो –

    कहाँबाट यो विवादको सुरू भयो भन्ने विषय हामीले बुझ्नुपर्छ । व्यवहारको विषयलाई लिएर विवाद सुरु भयो । आम मान्छेहरूले पनि यो विवाद सिद्धान्तको जगमा भएको विवाद हो भनेर पत्याएका छैनन् । र, नेतृत्व स्वयंले पनि यो विवाद केको जगमा भएको हो भनेर पहिल्याउन सकेका छैनन् । तर, मूल रूपमा व्यवहारकै कारण अहिले समस्याहरू बाहिर प्रकट भएका हुन् । र, तर त्यो चाहिँ विचारकै जगमा हुने हो । किनकि सिद्धान्त र व्यवहारको सम्बन्ध नङ र मासुको जस्तै हुन्छ । कतिपय व्यवहारहरू सिद्धान्तको जगबाट निकालिन्छन् । कतिपय व्यवहारहरू पहिले प्रकट हुन्छन् र पछि त्यसलाई सिद्धान्तकृत गरिन्छन् ।

    तर ख्याल राख्नुपर्ने कुरा यो छ कि पार्टी एकता गर्दाखेरि पार्टी नेतृत्वले सामान्यभन्दा सामान्य बहस पनि पार्टींको कुनै पनि पक्तिसँग गर्न आवश्यक ठानेनन् । दुई पार्टी एक बनाएपछि पार्टीलाई सिद्धान्त र व्यवहारका आधारमा कसरी लैजाने भन्नेबारे सामान्य बहस गर्न पनि आवश्यक ठानिएन । यसकारण अहिलेको पार्टी विवाद देखेर ‘अहो पार्टीमा त महासंग्राम नै हुनेभयो’ भनेर आत्तिनु आवश्यक छैन ।

    कम्तिमा पनि हामी वामपन्थीहरूले यसलाई यसरी संस्लेष्ण गर्नुपर्छ कि यो अन्तत: विचारकै बहस हो । कम्युनिष्ट पार्टीमा सैद्धान्तिक विचार र संगठनात्मक विचारको बहस हुन्छ । हामीले लेनिनवादी संगठनवादी सिद्धान्त पनि पढेका छौं । कतिपय दृष्टिकोणसम्बन्धी बहसचाहिँ आचरण र व्यवहारसम्बन्धी हो । यो पनि विचारसँगै सम्बन्धित छ । किनभने एउटा विचारको जगमा व्यक्तिका आचरण र संस्कृततिहरू जन्मन्छन् । त्यसकारण अहिलेको विवादलाई केवल व्यक्तित्वको कोरा टकराव मान्न मिल्दैन । यसको धरातल र जग के हो भनेर पक्कै बुझ्नुपर्छ । व्यवहारको धरातलबाटै यो बहस र विवाद सुरू भएको हो ।

    मैले ओली र प्रचण्ड दुबैको प्रतिवेदन पढें । मैले प्रतिवेदनमाथि टिप्पणी गर्दा सम्भवतः दुबै नेतृत्वलाई सो कुरो मन नपर्ला । ओलीमाथि धेरै प्रश्न होलान् तर एउटा प्रश्न त प्रचण्डलाई पनि छ –तपाईंले जतिपनि प्रश्नहरू कमरेड ओलीलाई गर्नुभएको छ, ती प्रश्नहरू तपाईंप्रति पनि तेर्सन्छन् । तेर्सिएका छन् । सरकारलाई सरकारले मात्रै संचालन गर्ने कि पार्टीले गर्ने, यी विषय त विगतमा पनि उठेका प्रश्न हुन् । अर्को कुरा, हामीले हिजो घोषणापत्रमा उल्लेख गरेका के–के गर्‍यौं, केके गरेनौं । त्यो प्रश्नको जवाफ जनताले त खोज्छन् ।

    एउटा विचारको जगमा व्यक्तिका आचरण र संस्कृततिहरू जन्मन्छन् । त्यसकारण अहिलेको विवादलाई केवल व्यक्तित्वको कोरा टकराव मान्न मिल्दैन। यसको धरातल र जग के हो भनेर पक्कै बुझ्नुपर्छ। व्यवहारको धरातलबाटै यो बहस र विवाद सुरू भएको हो। मैले ओली र प्रचण्ड दुबैको प्रतिवेदन पढें ।मैले प्रतिवेदनमाथि टिप्पणी गर्दा सम्भवतः दुबै नेतृत्वलाई सो कुरो मन नपर्ला। ओलीमाथि धेरै प्रश्न होलान् तर एउटा प्रश्न त प्रचण्डलाई पनि छ –तपाईंले जतिपनि प्रश्नहरू कमरेड ओलीलाई गर्नुभएको छ, ती प्रश्नहरू तपाईंप्रति पनि तेर्सन्छन्। तेर्सिएका छन्।

    समाजको पूरानो विचारलाई हटाउन नयाँ क्रान्तिकारी विचार अघि आउँछ । र, विचारको अवधारणाको आफ्नो धरातल हुन्छ । वुर्जुवा धरातल होस् या मार्क्सवादी धरातल, त्यही धरातलमा टेकेर संगठनले नारा र एजेण्डा बनाउँछ । आन्दोलनका कार्यक्रम जनतासमक्ष ल्याउँछ । र, क्रान्तिमार्फत जनताको सहयोग पाएर बलात् सरकार प्राप्त गर्छ या चुनावमार्फत वैधानिक रूपमा सत्ता प्राप्ति गर्छ।

    तर शक्ति र सत्ता प्राप्त गर्दैमा पार्टीका एजेण्डाहरू स्थापित हुन्नन् । आधारभुत वर्गको हित र सुधारका लागि हिजो घोषणापत्रमा उल्लेख गरेझैं उसले व्यापक काम गरेपछि उ लोकप्रिय सरकारका रूपमा स्थापित हुन्छ । उसले काम गरेको ठहर्छ । र, यो निरन्तर चलिरहने प्रक्रिया हो । सुधार र परिवर्तनका काम कहिल्यै रोकिने कुरो होइन । ढुंगामुढा, हतियार प्रहार र विस्फोटमात्रै आन्दोलन होइनन् । जनताको मत जितेर चुनावमार्फत सत्ता प्राप्त गर्ने कुरा पनि आन्दालेलनकै रूप हो।

    अहिले प्रधानमन्त्री वा पार्टी नेतृत्वले सबैसँग उत्तरदायी हुनुपर्दैन । जनतासमक्ष हिजो गरेका बाचाहरू कति पूरा भए या भएनन् भन्नेबारे जनतालाई जवाफ दिए पुग्छ । र, पार्टीभित्र सरकारमा नगएका टिम वा अर्न्तसंघर्ष गर्नेहरूले सरकारलाई गर्ने भनेको कामचाहिँ निरन्तर खबरदारी हो । किनभने पार्टीको सरकार भए पनि पार्टीका केही व्यक्तिमात्र सरकारमा जाने हो । सिंगो पार्टीले सरकार हाँक्ने कुरा त व्यवहारिक रूपमा सम्भव हुन्न । पार्टीका वैधानिक निर्णयलाई मान्दै, हिजो संयुक्त घोषणामा उल्लेख गरेको कुरा कार्यान्वयनतर्फ सरकार लाग्ने हो ।

    भ्रष्टाचारमा स्थानीय सरकारहरू चुर्लुम्म डुबेको कुरा सर्वत्र आइराखेको छ । यसर्थ, गाउँ कमिटी र वडा अध्यक्षहरूले पनि आफूलाई फेर्नुपर्छ । माथि ठोकेर मात्र पुग्नेवाल छैन । पार्टीका सबै संरचनाहरूलाई उत्तरदायी बनाउनुपर्छ ।

    ओली र प्रचण्ड दुबैले मूल रूपमा व्यवहारकै प्रश्न बढी उठाउनु भएको छ । यसलाई सैद्धान्तिकृत गर्न सकिएला तर व्यवहारबाटै उठेका प्रश्नहरू उल्लेख छन् उहाँहरू दुबै जनाले लेख्नुभएको प्रतिवेदनमा । अहिलेको समस्याको हल एक व्यक्ति सच्चिएर मात्र हुन्न । दुबै जनाले आफूमा भएका व्यवहारिक समस्याका विषयलाई दुबैले सच्याउनुपर्छ । तर प्रधानमन्त्रीसँग बढी शक्ति र जिम्मेवारी भएका कारण अहिलेलाई मूल रूपमा उहाँले आफूलाई सच्याउनुपर्छ । तर पार्टीको नेतृत्वमा स्वयं प्रचण्ड भएका कारण उहाँले पनि आफूलाई सच्याउनुपर्छ । लचक भएर अघि बढ्नुपर्छ । सुधारको नेतृत्व फस्टपर्सनहरूबाट नै हुनुपर्छ ।

    उसो त गाउँपालिकाका पार्टी कमिटी अध्यक्ष, गाउँपालिका प्रमुख, नगरपालिका कमिटी अध्यक्ष र नगरपालिकाका प्रमखुहरुका उत्तिकै महत्वपूर्ण जिम्मेवारी छन् । तिनले पार्टी र सरकार चलाएका छन् । वडा कमिटी अध्यक्ष र वडा अध्यक्षहरूका हातमा पार्टी र स्थानीय सत्ता छ । उनीहरूले पनि आफूलाई फेर्नुपर्छ । आत्ममूल्यांकन गर्नुपर्छ । किनभने भ्रष्टाचारमा स्थानीय सरकारहरू चुर्लुम्म डुबेको कुरा सर्वत्र आइराखेको छ । यसर्थ, गाउँ कमिटी र वडा अध्यक्षहरूले पनि आफूलाई फेर्नुपर्छ । माथि ठोकेर मात्र पुग्नेवाल छैन । पार्टीका सबै संरचनाहरूलाई उत्तरदायी बनाउनुपर्छ ।

    माओले आफ्नो टुप्पीमा आफैं आगो सल्काएर रुपान्तरण खोज्नुपर्छ भनेका थिए । हामीले पनि त्यसै गर्नुपर्छ । नेतृत्वले मैले संरक्षण गरेका मान्छे कतै खराब त छैनन् भनेर मूल्यांकन गनुपर्छ ।

    तीन तहका सरकारहरूले कसरी काम गरिराखेका छन् भन्नेबारे पनि बहस हुनुपर्छ अब । मेयरदेखि वडाअध्यक्षसम्मले आफूलाई रूपान्तरण गर्नुपर्छ । बहस यसरी सुरु गरौं । हामीले रूपान्तरण गर्नुपरेको पार्टीलाई हो । व्यक्तिको विरोध होइन, प्रवृत्तिको विरोध हो । प्रधानमन्त्रीदेखि मन्त्री, मुख्यमन्त्रीदेखि वडाअध्यक्षसम्मका सांस्कृतिक, नैतिक र आर्थिक विचलनसम्ममा बहस आवश्यक छ । त्यसो गर्दा कुनै एक पक्षका वा गुटका पर्दैनन् । सबै पक्षका पर्छन् । माओले आफ्नो टुप्पीमा आफैं आगो सल्काएर रुपान्तरण खोज्नुपर्छ भनेका थिए । हामीले पनि त्यसै गर्नुपर्छ । नेतृत्वले मैले संरक्षण गरेका मान्छे कतै खराब त छैनन् भनेर मूल्यांकन गनुपर्छ ।

     म आफ्नो सचेत प्रयत्नले के भन्दैछु भने पार्टी फुटाउने दिशामा मेरो सानोभन्दा सानो पनि अभिव्यक्ति हुनेछैन । र, अहिलेसम्म नेताहरूले दुर्घटनातर्फ लैजाँदैनन् पार्टीलाई भन्ने मलाई विश्वास छ । पार्टी एकता गरेर गल्ती गरिएछ भन्ने ठाउँमा म छैन । कुण्ठा, उन्माद, आग्रह, पूर्वाग्रह र दम्भ नराखी अब वैचारिक छलफल चलाऔं ।

    हामी बिग्रनेका पनि तहहरू होलान् । हामी सुधार्नै नसक्नेगरी बिग्रिएका छौं भने बेग्लै कुरा हो । नेताहरूले एकता गर्नुभएको छ र सँगै अगाडि जान सक्ने भएरै एकता गरिएको होला । यसर्थ, यदि एकिकृत भएर अघि बढ्ने हो भने उहाँहरूले आफूलाई रूपान्तरण गर्नैपर्छ । नत्र भने त कोर्स अघि बढ्छ नै । विज्ञान भनेकै त्यही हो । विज्ञानको आफ्नो गती हुन्छ, जुनसुकै विषयले आफ्नो कोर्स लिन्छ । अघि बढ्छ । क्रियाको प्रतिक्रिया हुन्छ । र, त्यसबाट एउटा रसायन जन्मन्छ । होइन, हामी रूपान्तरण चाहँदैनौं र सक्दैनौं भने दुर्घटनामा जान्छौं ।

    तर, म आफ्नो सचेत प्रयत्नले के भन्दैछु भने पार्टी फुटाउने दिशामा मेरो सानोभन्दा सानो पनि अभिव्यक्ति हुनेछैन । र, अहिलेसम्म नेताहरूले दुर्घटनातर्फ लैजाँदैनन् पार्टीलाई भन्ने मलाई विश्वास छ । पार्टी एकता गरेर गल्ती गरिएछ भन्ने ठाउँमा म छैन । कुण्ठा, उन्माद, आग्रह, पूर्वाग्रह र दम्भ नराखी अब वैचारिक छलफल चलाऔं । समाजवाद उन्मुख संविधान हामीले नै बनाएको हो र त्यसलाई कार्यान्यन गर्ने हो भने एकता, संघर्ष, रुपान्तरणमार्फत अघि बढ्ने हो । कम्युनिष्ट पार्टीका लागि यो नौलो अभ्यास होइन । बिना रूपान्तरणको एकताको पक्षमा हामी पक्ष हुन सक्दैनौं । यो अन्तरसंघर्षले पार्टीलाई सकारात्मक रूपान्तरणको दिशामा लैजान्छ भन्ने ठानेको छु ।

    भिडियो –

    (नेकपा केन्द्रीय सदस्य तथा प्रतिनीधि सभा सांसद विशंखेसँग नेपाल रिडर्सले गरेको कुराकानीमा आधारित।)

    •  shares
    • Facebook
    • Twitter
    • WhatsApp
    • Gmail
    • Viber
    • Messenger
      अञ्जना विशंखे

      अञ्जना विशंखे

      Related Posts

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      तीर्थ कोइराला
      साउन ४, २०८२

      विश्वमा देहव्यापारको शुरुवात इसा पूर्व २४ सय वर्ष अगाडि भएको इतिहासमा उल्लेख गरिए पनि जब समाजमा परिवार र विवाहको प्रारम्भ...

      जेष्ठ वामहरुको पोखरा भेलाबारे रामबहादुर भण्डारीको अनुभूति

      जेष्ठ वामहरुको पोखरा भेलाबारे रामबहादुर भण्डारीको अनुभूति

      रामबहादुर भण्डारी 'आर. बी'
      पुस १, २०८१

      संसारमा जेष्ठ तथा वामहरुको बारेमा अलगै धारणाहरु भएतापनि हाम्रो देशमा बोलिचाली र कतिपय कानूनी रुपमा समेत उमेरले ७० पुगेका र...

      घुस नखाने पार्टी समाजवादको सर्त

      घुस नखाने पार्टी समाजवादको सर्त

      घनश्याम भूसाल
      साउन ८, २०८१

      डा. बाबुराम भट्टराईबारे लेखिएको पुस्तक 'बाबुराम : अ भिजीनरी रेबेल' सबै पढिसक्दा पुस्तकको शिर्षकले न्याय पाउन सकेन जस्तो लाग्छ ।...

      चीनले सिलिकन भ्यालीलाई कसरी प्रयोग गरिरहेको छ

      चीनले सिलिकन भ्यालीलाई कसरी प्रयोग गरिरहेको छ

      जेकोब ड्रेयर
      असार २७, २०८१

      १६ औं शताब्दीसम्म, चीन दुनियाको प्रविधिजगतमा सबैभन्दा बढी विकसित थियो। जुनबेला यूरोपमा कुलीन वर्गको शासन थियो, त्यसबेला चीनका प्रबुद्ध वर्गले...

      प्यालेष्टाइन–इजरायल द्वन्द्वको वास्तविकता

      प्यालेष्टाइन–इजरायल द्वन्द्वको वास्तविकता

      रामराज रेग्मी
      असार १२, २०८१

      यही वर्ष २०२४ को गत ७ अक्टोवरमा प्यालेष्टाइनी लडाकू समुह हमासले इजरायलमा गरेको सशस्त्र हमलामा परी १० जना नेपाली विद्यार्थीको...

      मिटरब्याजको आडमा बलात्कार गर्ने सुर्जमानलाई १० वर्ष कैद, पीडितलाई ५ लाख क्षतिपुर्ति तिर्नुपर्ने

      नेपाल रिडर्स
      असार ३, २०८१

      मिटरब्याजको आडमा शरिर बन्धक बनाएर यौन शोषण गर्ने सुर्जमान मालिलाई ललितपुर जिल्ला अदालतले १० वर्ष कैद सजाय सुनाएको छ। मिटरब्याजी...

      सिफारिस

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?
      विचार

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?

      प्रा. चैतन्य मिश्र
      मंसिर ६, २०८०

      थप पढ्नुहोस्Details
      महङ्गीबारे रहस्यमय मौनता
      समाज

      महङ्गीबारे रहस्यमय मौनता

      नरेश ज्ञवाली
      कार्तिक १४, २०८०

      थप पढ्नुहोस्Details
      भारतीय समाजको नाजीकरण भइसक्यो!
      विचार

      भारतीय समाजको नाजीकरण भइसक्यो!

      अरुन्धती रोय
      कार्तिक ११, २०८०

      थप पढ्नुहोस्Details
      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!
      विचार

      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!

      नालेदी पान्दोर
      कार्तिक १०, २०८०

      थप पढ्नुहोस्Details

      सामाजिक सञ्जालमा पुग्नुहोस्

      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • हाम्रो बारे

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.

      Welcome Back!

      गुगल मार्फत साइन इन गर्नुहोस्
      Sign In with Linked In
      वा

      Login to your account below

      Forgotten Password? Sign Up

      Create New Account!

      गुगल मार्फत साइन अप गर्नुहोस्
      Sign Up with Linked In
      वा

      Fill the forms bellow to register

      All fields are required. Log In

      Retrieve your password

      Please enter your username or email address to reset your password.

      Log In

      Add New Playlist

      नतिजा छैन
      सबै नतिजा हेर्नुहोस्
      • राजनीति
      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • मल्टिमिडिया
      • ब्लग

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.