Date
बुध, माघ २८, २०८२
Wed, February 11, 2026
Wednesday, February 11, 2026
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
  • लग - इन
  • दर्ता गर्नुहोस्
Nepal Readers
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
Nepal Readers
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्

जातिवादबिरोधी दुई क्रान्तिकारी : बुद्ध र पेरियार

सर्वसाधारणले बुझ्ने भाषा (पाली भाषामा) मा बुद्धले आफ्ना सरल बिचारहरू लिएर जनमानसमा गए। भिक्षु–संघको स्थापना गरे। त्यस्ता संघहरू समाजका सबै बर्गका मानिसहरूका लागि खुला थिए। जातमा आधारित भेदभावलाई बुद्ध बौद्विक, सामाजिक एवम् नैतिक मूल्यको प्रमुख बाधक ठान्दथे।

प्रशान्त ‘पुष्प’ रिजाल प्रशान्त ‘पुष्प’ रिजाल
कार्तिक ११, २०७८
- यो हप्ता, समाचार
A A
0
  •  shares
  • Facebook
  • Twitter
  • WhatsApp
  • Gmail
  • Viber
  • Messenger

    रामास्वामी पेरियार र गौतम वुद्धका बीच करिब साढे पच्चीस सय बर्षको फरक रहेको छ। बुद्धको जन्मको समयमा बैदिक कर्मकाण्ड र धार्मिक आडम्बर चरम उत्कर्षमा थियो। यज्ञ, पुजापाठ, आदिको नाममा राजाको भक्तीभाव गाउने चलन थियो। कर्मकाण्डलाई इन्कार गरे ‘श्राप’को धम्कि दिइन्थ्यो। यस लोक र परलोकमा सङ्कट आउने भन्दै अत्याइन्थ्यो। मनोबान्छित समिधा प्राप्तिपश्चात राजाहरूका प्रत्येक कुकर्मलाई सुकर्म घोषणा गर्ने, त्यसपश्चात् यज्ञ र हवनका नाममा हजाराँै पशुको बली दिने कुरा उतिखेरका ब्राम्हण र पुरोहितहरूका लागि सामान्य कर्म थियो।

    आतङ्क यो हदसम्म थियो कि ब्राम्हण वर्गद्वारा धर्मको नाममा जुनसुकै राजालाई जस्तोसुकै कुकर्मका लागि बिबस पारिन्थ्यो। वर्ण व्यवस्था र धर्माडम्बरको समर्थनमा कैयाँै शास्त्रहरूको रचना.गरिन्थ्यो। त्यस्ता शास्त्रहरुको अध्ययनको अनुमति ब्राम्हणबाहेक अरुलाई थिएन। यज्ञका नाममा दिइने पशुबली, ईश्वर, परलोक र आत्माका नाममा प्रश्न उठाउने र बहस गर्नेहरूलाई राज्यसत्ता र साँस्कृतिक आधिपत्यको बलमा समाजमा तिरस्कृत गरिन्थ्यो। आफ्नो वर्गको पक्षपोषणका लागि ब्राह्मणहरू शास्त्रहरू लेख्ने गर्थे।

    यसको बावजुद उनीहरूलाई राज्यसत्ताको समर्थन र संरक्षण प्राप्त थियो। त्यस्तो अवस्थामा पनि ब्राम्हण–शोषण र ईश्वर सत्ताको विपक्षमा आजिवक र लोकायत आदि भौतिकबादी चिन्तकहरू उभिएका थिए। उनीहरूको सम्बन्ध समाजका श्रमजिबि बर्गसँग थियो।
    युवा अवस्थामा राज्यसत्ता र परिवारको मोह त्यागेर तत्वज्ञानको खोजिमा निस्किए गौतम बुद्ध। राजकुलमा जन्म लिएकै कारण तत्कालिन् राज्य व्यवस्थामा उनको विशेष सम्मान थियो।

    बुद्वत्व प्राप्त गरेपश्चात् उनी जब धर्म देशाना (धर्म प्रचार)मा निस्किए, तब उनले मगध, उज्जैन, बैशालीलगायत सबै राज्यहरुमा त्यहाँका ब्यापारीबर्गहरूबाट समर्थन एवम सहयोग प्राप्त गरे। तत्कालिन राजाहरूले बुद्वलाई समर्थन गर्नुको अर्को कारण के पनि थियो भने राजाहरू ब्राम्हणहरूद्वारा चलाइएका यज्ञहरूमा हुने राज्यकोषको दुरूप्रयोगबाट आजित थिए। बुद्धले यज्ञ र हवनको बिरोध गरी ब्यवहारिक र नैतिक आचरणमा जोड दिए। उनले बेदलाई निरपेक्ष सत्य मान्न इन्कार गरे।

    तत्कालिन समाजमा ईश्वर, आत्मा र स्वर्गलगायतका बिषयमा बृहत्तर बहस चलिरहेको थियो। दर्शनका यिनै गहन विषयमा शताब्दियाँैदेखी मूलतः दुई धारमा बहस चलिरहेको थियो। एउटा पक्ष ईश्वर–आत्माको सत्तालाई निरपेक्ष रूपमा हेर्थ्यो र अकाट्य सत्य मान्दथ्यो। यो वर्ग मुलभुत रूपमा आदर्शबादी सत्ताको अस्तित्व र औचित्यको बहसभन्दा तिनको स्वरूप र बिस्तारमा केन्द्रित थियो। दोस्रो धार बुद्धिसङ्गत निर्णयमा बिस्वास राख्थ्यो। सो बर्ग अस्तित्व र औचित्यसहित दर्शनका मूल बिषयका हरेक पक्षमा बिमर्श गर्थ्यो। बुद्वले दुबै फरक विचारबीचको मध्यम (सम्यक) मार्ग अपनाए। आत्मा–परमात्मा, लोक–परलोक, पाप–पुण्यजस्ता बेतुकका बिषयहरुको बहसका साटो व्यक्तीगत एवम् सामाजिक मूल्य र मान्यतालाई आफ्नो धर्मदर्शनको केन्द्र बनाए, जुन तत्कालिन समाजमा लोपोन्मोख थियो।

    बुद्वको समयमा ‘वर्ण’ रूपान्तरित भएर ‘जाति’ भइसकेको थियो। जन्मको आधारमा भेदभाव गरिने तत्कालिन सामाजिक व्यवस्थालाई बुद्धले अनैतिक, अनुचित एवम् जीवनको.उच्चतम् लक्ष्यप्राप्तिको बाधक ठहर गरे। ब्राह्मण तथा अभिजात बर्गले मात्र बोल्ने र बुझ्ने सँस्कृत भाषाको सटट त्यस समयको सर्वसाधारणबीच लोकप्रिय भाषा पालीमा उनले धर्मोपदेश दिए। जातीय अभिमानको अग्निकुण्डमा जलेको तत्कालिन ब्राह्मण समाज राज्यसत्ताको आश्रय र पोषणमा थियो। बाँकी समाजप्रति उनीहरूको सम्बन्ध दान लिने र दानको बदलामा उल्टै जातीय अहङकारयुक्त बहिस्करण गर्नेमा सिमित थियो।

    तर सर्वसाधारणले बुझ्ने भाषा (पाली भाषामा) मा बुद्धले आफ्ना सरल बिचारहरू लिएर जनमानसमा गए। भिक्षु–संघको स्थापना गरे। त्यस्ता संघहरू समाजका सबै बर्गका मानिसहरूका लागि खुला थिए। जातमा आधारित भेदभावलाई बुद्ध बौद्विक, सामाजिक एवम् नैतिक मूल्यको प्रमुख बाधक ठान्दथे। बुद्ध भन्थे, ‘जो व्यक्ति जातिबाद, गोत्रवाद र अभिमानबादमा बाँधिएका हुन्छन्, तिनीहरू अनुपम बिद्या–चरण सम्पदाबाट टाढा रहन्छन। जातिवाद, गोत्रवाद, अभिमानबाद त्यागेर मात्र बिद्या–चरण सम्पदा प्राप्त गर्न सकिन्छ।’

    बेद, आत्मा र इश्वरीय सत्तालाई इन्कार गरेकै कारण बौद्ध दर्शनलाई नास्तिक दर्शन सरह पनि मान्ने गरिन्छ। यद्दपी बौद्व दर्शन आजिवक र चार्वाकसरह चरम भौतिकबादी भने थिएन। बुद्ध दर्शनलाई आदर्शन्मोख–व्यवहारबादी दर्शन मान्न सकिन्छ। तत्कालिन् आर्यसमाजमा बुद्ध–उपदेशको प्रभावले आम मानिसमा बैदिक कर्मकान्डप्रति क्रमिक रूपमा विस्वास घट्दै गयो। यज्ञ र दानको नाममा ऋषिहरूको माग र धम्किबाट आजित शासकबर्गहरू पनि क्रमिक रूपमा जैन र बुद्व धर्ममा जोडिन थाले।

    फलस्वरूप : बैदिक धर्म केही शताब्दीका लागि कमजोर भयो। सम्राट अशोकको मृत्युपश्चात मौर्य वशंको अवसानसँगै वैदिक धर्म (अहिले हिन्दू भनिने धर्म)ले पुनः जागृत हुने अवसर प्राप्त गर्रयो। यही समयमा आम मानिसलाई आर्कषित गर्न अनेकन् पुराण र स्मृतिहरूका रचना पनि गरिए। राजनैतिक उतार–चढावका बावजुद हिन्दूधर्म अझ मजबुद बन्दै गयो।

    पेरियार

    अब चर्चा गरौँ, भारतीय क्रान्तिकारी–समतावादी योद्धा रामास्वामी पेरियारको। पेरियारको समय सम्ममा जातिबादले दक्षिण एसियाली समाजमा बिकृत रूप धारण गरिसकेको थियो। ‘शुद्र’हरूलाई सार्वजनिक स्थलमा छिर्न दिइन्नथ्यो। आफ्नो स्पर्शमात्र होइन, छायाँ पनि तथाकथित उच्च जातिको मान्छेको शरीरमा नपरोस् भनेर जोग्गिएर हिँड्नुपर्थ्यो ‘शुद्र’हरूले। मठ–मन्दिर र शिक्षालयहरूमा शुद्र पूर्ण रूपमा निषेधित थिए। एक प्रकारले तत्कालिन् धार्मिक समाजको एउटा ठूलो हिस्सा अन्धकारमा जिउन बाध्य थियो।

    पेरियारले बाल्यअवस्थाबाटै जातीय छुवाछुतको अनुभव प्राप्त गरेका थिए। उमेर बढेसँगै उनले क्रमिक रूपमा बहिस्करणका कारणहरू बुझ्दै गए। लामो समयको सामाजिक र राजनीतिक बहिस्करणका कारण आम रूपमा दलितहरू सम्पन्न हुँदैनन् तर अपवादका रूपमा पेरियारको जन्म सम्पन्न परिवारमा भएको थियो। उनका पिता व्यवसायी थिए। तसर्थ, औपचारिक शिक्षालाई बिचैमा छोडि उनी पिताकै कर्ममा जोडिए। सम्पन्न परिवार भएकाले, ब्राम्हण, पुरोहित र पण्डितहरू अक्सर उनको घरमा दान–धर्मको सन्दर्भमा आइपुग्थे। त्यसो हुँदा युवा अवस्थासम्म उनमा ईश्वरप्रति अनुराग थियो। सन् १९२५ मा उनी सन्यासीका रूपमा बनारसको भ्रमणमा निस्किए। यो भ्रमणले पेरियारको जीवनमा ठूलो परिवर्तन ल्याइदियो।

    जातीय छुवाछुतबारे उनी बाल्यवस्थामै परिचित थिए। बनारसको भ्रमण गरीरहँदा पेरियारले ब्राह्मणबादी जातीय अहङकार र छुवाछुतको प्रत्यक्ष सामना गरे। तिनै घट्नाहरूको प्रभावस्वरूप एक अलग तर्कबादी पेरियारको जन्म भयो। अब पेरियार ज्ञान–बिज्ञानको कुरा गर्थे। व्यक्तिगत स्वतन्त्रता, समानता, लोकतान्त्रिक मूल्य एवम् मान्यतामा बिस्वास गर्थे। आस्थाका नाममा कुनै पनि कुरा मान्न उनी अस्वीकार गर्थे। हर स्थापित ‘सत्य’मा सन्देह राख्ने, त्यसलाई तथ्य र तर्कको कसौटीमा मुल्याङ्कन गरेर मात्र ब्यवहारमा उतार्ने प्रयास गर्थे।

    पेरियारले आत्मा, परमात्मा र ईस्वरको अस्तित्वलाई बिना तर्क अस्वीकार गरेनन्, बरु हरेक विषयमा तर्क र बुद्धी प्रयोग गरेर जाँच्न भने। बुद्ध हमेशा पेरियारको प्रेरणाका स्रोत रहे। आर्यसमाजमा बुद्ध पहिलो व्यक्ती थिए, जसले ब्यक्तिगत बैचारिक स्वतन्त्रताको वकालत गरेका थिए। धर्म–दर्शन र जातिका बारेमा पेरियारले दिएका उपदेशमा उनले हमेशा तर्क र सत्यको कसौटीमा समाजिक मूल्य र मान्यतालाई तौलन प्रेरित गरे। सबै मिथ(पुराना र अवास्तविक कथा)हरू समाजमा अभिजात बर्गद्वारा आफ्नो बर्गहितको अभिप्रायले थोपारीएको जंजीर मात्र हो भन्ने कुरा उनले तार्किक ढङ्गबाट सिद्ध गर्ने प्रयास गरे। सहअस्तित्व, समानता, सहयोग, सद्वभाव र निस्पृह जिबन ब्यतित गर्ने मनुष्यलाई मिथको कुनै जरुरत छैन भन्थे उनी। उनले बुद्धको औपचारिक नाम त लिएनन् तर उनका विचार हमेशा बुद्वको समिप रहन्थे।

    ‘आफ्नो उज्यालो स्वयम् बन’ भन्ने बुद्ध बचनजस्तै पेरियार पनि भन्ने गर्थे, ‘म जे भन्छु, त्यो मेरो निजि विचार हो। मैलेजस्तै तपाईँले पनि गर्नै पर्छ भन्ने छैन तर तपाईँ विचार गर्नुहोस्, पहिले सोच्नुहोस्, सम्झनुहोस् अनि निर्णय गर्नुहोस्। बुद्व र पेरियारको मिलन बिन्दुको अर्को सुत्र जातीय भेदभावप्रतिको दृष्टिकोण हो। जातिवादको उत्भव र बिकासन्मोख काल थियो बुद्धको भने पेरियारको काल जातिबादले मानव मूल्य नष्ट भइसकेको तथा विकृत धार्मिक एवम् उच्चजातीय अहङकारबादको रजगजको समय थियो। बुद्वको समय मुलत ः कर्मकाण्ड एवम् यज्ञको नाममा गरिने शोषणको थियो। अतः बुद्धको केन्द्रीय विचार नै धर्मदर्शनलाई स्वर्गीय नेपथ्यबाट जनमानसमा साक्षात्कार गराउनु थियो। पेरियारकालिन समाज भने त्योभन्दा केही फरक थियो।

    पेरियारको समयमा आर्य–सँस्कृतिलाई मजबुत पार्नका लागि पौराणिक ग्रन्थहरू रचना भइसकेका थिए। मूलभुत रूपमा देब–दानब, सुर–असुर, राक्षस–देबसम्बन्धी अनेकाँै काव्य, कथा र पुराणहरूको समाजमा गहिरो प्रभाव थियो, जसले समाजमा अभिजात वर्गले साँस्कृतिक आधिपत्य निर्माण गरेको थियो। द्रविड सँस्कृतिलाई मृत अवस्थामा पुर्रयाइएको थियो।

    बुद्ध र पेरियार दुबैका शत्रु जातिबाद नै थियो। तर पेरियारले जातिवादको आलोचनामात्रै गरेनन्, बरु आर्यहरूद्वारा स्थापित सांस्कृतिक आधिपत्यलाई चुनौति दिँदै द्रबिडियन सँस्कृतिको वकालत गरे। पेरियारले तर्कसङ्गत रूपमा पुराण लगायतका देवकथाहरू मौर्य वंशपश्चात्मात्र लेखिएका काल्पनिक कथा हुन् भन्ने पुष्टि गरिदिए। पेरियारले प्रत्येक देवकथाहरू, त्यहाँ रहेका जातीय छुवाछुत र दबाइएका द्रबिड नायकहरूको इतिहासको पुर्नलेखन गर्ने प्रयास गरे। ‘सच्ची रामायण’ रामायण त्यसै मध्ये एक थियो, जसको आज सम्म कसैले तार्किक खण्डन गरेका छैनन्।

    •  shares
    • Facebook
    • Twitter
    • WhatsApp
    • Gmail
    • Viber
    • Messenger
      प्रशान्त ‘पुष्प’ रिजाल

      प्रशान्त ‘पुष्प’ रिजाल

      Related Posts

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      तीर्थ कोइराला
      साउन ४, २०८२

      विश्वमा देहव्यापारको शुरुवात इसा पूर्व २४ सय वर्ष अगाडि भएको इतिहासमा उल्लेख गरिए पनि जब समाजमा परिवार र विवाहको प्रारम्भ...

      जेष्ठ वामहरुको पोखरा भेलाबारे रामबहादुर भण्डारीको अनुभूति

      जेष्ठ वामहरुको पोखरा भेलाबारे रामबहादुर भण्डारीको अनुभूति

      रामबहादुर भण्डारी 'आर. बी'
      पुस १, २०८१

      संसारमा जेष्ठ तथा वामहरुको बारेमा अलगै धारणाहरु भएतापनि हाम्रो देशमा बोलिचाली र कतिपय कानूनी रुपमा समेत उमेरले ७० पुगेका र...

      घुस नखाने पार्टी समाजवादको सर्त

      घुस नखाने पार्टी समाजवादको सर्त

      घनश्याम भूसाल
      साउन ८, २०८१

      डा. बाबुराम भट्टराईबारे लेखिएको पुस्तक 'बाबुराम : अ भिजीनरी रेबेल' सबै पढिसक्दा पुस्तकको शिर्षकले न्याय पाउन सकेन जस्तो लाग्छ ।...

      चीनले सिलिकन भ्यालीलाई कसरी प्रयोग गरिरहेको छ

      चीनले सिलिकन भ्यालीलाई कसरी प्रयोग गरिरहेको छ

      जेकोब ड्रेयर
      असार २७, २०८१

      १६ औं शताब्दीसम्म, चीन दुनियाको प्रविधिजगतमा सबैभन्दा बढी विकसित थियो। जुनबेला यूरोपमा कुलीन वर्गको शासन थियो, त्यसबेला चीनका प्रबुद्ध वर्गले...

      प्यालेष्टाइन–इजरायल द्वन्द्वको वास्तविकता

      प्यालेष्टाइन–इजरायल द्वन्द्वको वास्तविकता

      रामराज रेग्मी
      असार १२, २०८१

      यही वर्ष २०२४ को गत ७ अक्टोवरमा प्यालेष्टाइनी लडाकू समुह हमासले इजरायलमा गरेको सशस्त्र हमलामा परी १० जना नेपाली विद्यार्थीको...

      मिटरब्याजको आडमा बलात्कार गर्ने सुर्जमानलाई १० वर्ष कैद, पीडितलाई ५ लाख क्षतिपुर्ति तिर्नुपर्ने

      नेपाल रिडर्स
      असार ३, २०८१

      मिटरब्याजको आडमा शरिर बन्धक बनाएर यौन शोषण गर्ने सुर्जमान मालिलाई ललितपुर जिल्ला अदालतले १० वर्ष कैद सजाय सुनाएको छ। मिटरब्याजी...

      Leave a Reply Cancel reply

      Your email address will not be published. Required fields are marked *

      सिफारिस

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?
      विचार

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?

      प्रा. चैतन्य मिश्र
      मंसिर ६, २०८०

      थप पढ्नुहोस्Details
      महङ्गीबारे रहस्यमय मौनता
      समाज

      महङ्गीबारे रहस्यमय मौनता

      नरेश ज्ञवाली
      कार्तिक १४, २०८०

      थप पढ्नुहोस्Details
      भारतीय समाजको नाजीकरण भइसक्यो!
      विचार

      भारतीय समाजको नाजीकरण भइसक्यो!

      अरुन्धती रोय
      कार्तिक ११, २०८०

      थप पढ्नुहोस्Details
      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!
      विचार

      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!

      नालेदी पान्दोर
      कार्तिक १०, २०८०

      थप पढ्नुहोस्Details

      सामाजिक सञ्जालमा पुग्नुहोस्

      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • हाम्रो बारे

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.

      Welcome Back!

      गुगल मार्फत साइन इन गर्नुहोस्
      Sign In with Linked In
      वा

      Login to your account below

      Forgotten Password? Sign Up

      Create New Account!

      गुगल मार्फत साइन अप गर्नुहोस्
      Sign Up with Linked In
      वा

      Fill the forms bellow to register

      All fields are required. Log In

      Retrieve your password

      Please enter your username or email address to reset your password.

      Log In

      Add New Playlist

      नतिजा छैन
      सबै नतिजा हेर्नुहोस्
      • राजनीति
      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • मल्टिमिडिया
      • ब्लग

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.