अमेरिकाको डेमोक्रेटिक पार्टीले कमला हैरिसलाई उपराष्ट्रपतिको उम्मेद्वार घोषित गरेर एक तीरबाट कैयन शिकार गरेको छ। यदि उनले जीतिन् भने उनी अमेरिकाको प्रथम महिला उप-राष्ट्रपति बन्नेछिन्। डेमोक्रेटिक पार्टीका राष्ट्रपति पदका उम्मेदवार बाइडन जो दुई पटक उप-राष्ट्रपति नै भइसकेका थिए। यदि उनी राष्ट्रपतिमा विजयी बने भने उनी अर्को पटक राष्ट्रपतिको चुनावमा उठ्नेछैनन्, किनकि उनी ७७ वर्षका भइसके। उनको यस उमेरले यसले कता कता के देखाउँछ भने कमला हैरिस २०२४ मा नै अमेरिकाको राष्ट्रपति हुन सक्छिन्। उनको उमेर ५५ वर्षको मात्रै छ।
कमला हाल अमेरिकी सीनेट (राज्यसभा) की सदस्य छिन्। उनले यो पद चुनाव नै लडेर जितेकी हुन्। यस भन्दा अघि उनी क्यालिफोर्नियाकी एटर्नी जनरल भइसकेकी हुन्। उनकी आमा श्यामला गोपालन भारतको तमिलनाडु की थिइन् र बाबु डोनाल्ड हैरिस जमैकाका। यसको मतलव आमा तर्फबाट भारतीय मूल र बाबुतर्फबाट दक्षीण अमेरिकी तथा अफ्रिकी मूल कीसमेत। उनीलाई अमेरिकामा अश्वेत नै मानिइन्छ। उनी वास्तवमा न त काली हुन्, न त गोरी नै। भनौ न गहुँगोरी। अब यस्तो हुनसक्छ कि गहुँगोरो रंग अमेरिकाको शीर चढेर बोल्नेछ।
उन्ले जर्ज फ्लाइड हत्याकाण्डविरुद्ध चर्को आवाज उठाइन् जसले गर्दा अमेरिकीको मनमा एक साहसी महिलाका रुपमा चर्चित छिन्। उन्ले डेमोक्रेटिक पार्टीको राष्ट्रपति पदको उम्मेदवार बन्न समेत प्रयत्न गरेकी थिइन्। यसका लागि उनले बाइडनको विरोध गर्नमा कुनै हिचकिचावट नै गरिनन्। बाइडनको प्रतिद्वंद्वी भएर पनि उनलाई बाइडनले आफ्नै पक्षको उप-राष्ट्रपतिका लागि उम्मेदवार बनाएका छन्। वाइडनले उनलाई उम्मेद्वार बनाउन हिसावकिताव गरेका होलान्। किनकि उनले प्रवासी भारतीयमात्रै को लगभग १८ लाख, दक्षीण अमेरिकी र अफ्रिकी मूल लगायतका मतदाताहरुलाई आकर्षण गर्नेछिन्। यी बाहेक कमलाका अन्य मतदाताहरु पनि छन्।
केही वर्षअघिसम्म डेमोक्रेटिक पार्टी अमेरिकामा रहेका भारतीयहरु माझ लोकप्रिय छ भनिइन्थ्यो। हाल यिनीहरुको झुकाव डोनाल्ड ट्रंप तिर बढेको छ भनिदैंछ। तर कमला हैरिसलाई उपराष्ट्रपति उम्मेद्वार खडा गरेपछि यी मतदाताहरु बाइडन तर्फ मोडिन सक्ने आशा गरिएको छ।
कमला हैरिस उम्मेद्वार बनेपछि भारतमा चर्चाको एक विषय बनेको छ। उनको रवैया भारतप्रति रचनात्मक नै होला तर उनी कश्मीर र नागरिकता संशोधन क़ानून जस्ता मुद्दाहरुमा भारतसँग स्पष्ट असहमति राख्छिन्। जुन कुरा हालको सत्तारुढ भारतीय जनता पार्टीका लागि अप्रिय हुनसक्छ।
उनी स्पष्टवादी र निडर महिला हुन्। उनको दृढ़ आत्म-विश्वासले गर्दा नै उनलाई यतिसम्मको उचाइमा ल्याइपुर्याएको छ। अमेरिकामा उनको विजयमा साम्राज्यवादी संरचना र गतिविधिमा कुनै फेरबदल त नआउने निश्चित नै छ। तथापी कमलाको आगमनले अस्वेत तथा भारतीयहरुमा नयाँ चेतना संचार हुनेछ नै गोरा जातिमा पनि सहिष्णुभाव जागृत हुन सक्नेछ। त्यहाँका अश्वेत र गहुँगोराहरुले आशा गर्ने यतिमात्र हो।