Date
सोम, माघ २६, २०८२
Mon, February 9, 2026
Monday, February 9, 2026
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
  • लग - इन
  • दर्ता गर्नुहोस्
Nepal Readers
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
Nepal Readers
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्

चीनले लिम्पियाधुरा, लिपुलेकलाई भारतको स्वीकार गरेको छैन : प्रधानमन्त्री ओली

पत्रपत्रिकाबाट पत्रपत्रिकाबाट
जेष्ठ ६, २०७७
- यो हप्ता, समाचार
A A
0
  •  shares
  • Facebook
  • Twitter
  • WhatsApp
  • Gmail
  • Viber
  • Messenger

    प्रधानमन्त्री केपी शर्मा ओलीले भारतले अतिक्रण गरेको नेपाली भूमिबारे चीन सरकारसँग पनि कुटनीतिक तवरमा वार्ता भइरहेको जानकारी दिएका छन्।मंगलबार संसदमा नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ दिने क्रममा ओलीले चीनले नेपाली भूमि भारतको भनी स्वीकार नगरेको दाबी गरे।

    सन् २०१५ मा भारत र चीनबीच लिपुलेक हुँदै व्यापारिक मार्ग खोल्ने सहमति गरेपछि तत्काल सरकारले कुटनीतिक नोटमार्फत असहमति जाहेर गरेको अवस्थामा अहिले पनि चीनसँग वार्ता भइरहेको ओलीले संसदलाई जानकारी गराए।

    विपक्ष नेपाली कांग्रेसका सांसदहरुले नेपालको भूमि अतिक्रमण गर्न चीनको समेत सहभागीता रहेको बताउँदै उसँग भइरहेको कुटनीतिक प्रयासबारे जिज्ञासा राखेका थिए।जवाफमा ओलीले भने, ‘चीनसँग पनि कुटनीतिक रुपमा कुरा भइरहेको छ। चीनले परम्परागत तीर्थ यात्रा र ट्रेड रुटका सम्बन्धमा मात्र कुरा गरेको हो, भनेको छ। उसले सम्झौता सीमासँग सम्बन्ध छैन। ट्रान्जिक्सनसँग सरोकार छैन, भनेको छ। हाम्रो असन्तुष्टिबारे चीनले भारतसँग पनि कुरा गरेको छ।’

    विषय ओझेल नपर्ने

    ओलीले सोमबार सरकारले लिम्पियाधुरा, लिपुलेक कालापानीसहितको भूभाग समेटेर नेपालको नक्सा जारी गरेको संसदलाई जानकारी दिँदै अतिक्रमित भूभाग सरकारले फिर्ता लिएरै छाड्ने प्रतिवद्धता जनाएका छन्।

    नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ दिने क्रममा प्रधानमन्त्री ओलीले भने, ‘विवादास्पद भनिए पनि त्यो भूभाग नेपालको हो । हामी कुटनीतिक तवरबाट फिर्ता लिएर छोड्छौँ।’ उक्त विषय अब ओझेलमा नपर्ने र सरकारले निष्कर्षमा पुर्याएर छाड्ने उनले उल्लेख गरे।

    ‘अब कालापानी वा लिम्पियाधुराको विषय अझेल पर्दैन। अब फिर्ता लिएर छाड्छौँ। हामीलाई कोही रिसाउँछ कि भन्ने डर छैन, किनकी त्यो हाम्रो भूमि हो। कूटनीतिक तवरणले कुरा गरेर फिर्ता ल्याइनेछ, ओलीले भने।

    सोमबार मन्त्रिपरिषदले स्वीकृत गरेको लिम्पियाधुरासहित नेपालको नक्सा।

    उनले मन्त्री परिषद्ले स्वीकृत गरेको नक्सा आजभोलि नै सार्वजनिक हुने समेत जानकारी दिए। प्रधानमन्त्री ओलीले भारतले अतिक्रमण गरेको भूमि फिर्ता ल्याउन सजिलो नभएको आफूले राम्रोसँग बुझेर विषयलाई अघि बढाएको दाबी गरे।

    ससंसदमा ओलीले भने, ‘यो काम सजिलो छैन, तर हामी फिर्ता ल्याउँछौं। भारत वार्तामा नबस्ने भन्ने लाग्दैन। वार्ता गर्छौ, तथ्य प्रमाणका आधारमा सुल्झाउँछौं। आर्थिक, सामाजिक, साँस्कृतिक पक्षबाट दुई देशको मित्रता जोडिएको छ। यसलाई ओझेल पर्न दिन हुँदैन। एक अर्काको सार्वभौमसत्ताको सम्मान गर्नुपर्छ।’

    उनले भारतको राष्ट्रिय चिन्हमै सत्यको पक्षमा लाग्ने उल्लेख भएकाले भारतले लिम्पियाधुरा नेपालको हो भन्ने सत्य स्वीकार गर्ने विश्वास व्यक्त गरे।

    आत्मविश्वासका साथ संसदमा प्रस्तुत भएका ओलीले भने, ‘भारतको राष्ट्रिय चिन्हको मुनि लेखिएको छ, सत्यमेव जयते। म भारतलाई सोध्ने छु तपाईं सत्यमेव जयते को पक्षमा कि सिंह मेव जयते?’ उनले यो विगतका गल्ती सच्याएर अघि बढ्ने उपयुक्त अवसर समेत भएको उल्लेख गरे।

    ओलीले भने, ‘विगतमा गरेका गल्ती सच्याउनुपर्छ। लडाईंका बेला निर्धारण भएको भूमी यति बेला थिचोमिचो हुन सक्दैन। पारस्परिक लाभका आधारमा टुंग्याउनुपर्छ। हामी मित्रभावका साथ भन्छौं हाम्रो जमिन फिर्ता गर्नुहोस्।’

    संविधान संशोधन प्रस्ताव छिट्टै

    प्रधानमन्त्री ओलीले सोमबार जारी गरेको नक्साअनुसार नेपालको निशान छाप परिमार्जन गर्न छिट्टै संविधान संशोधन प्रस्ताव सरकारले संसदमा दर्ता गर्ने जानकारी दिए।


    संविधानको अनुसूची–३ मा रहेको नेपालको निशासन छाप।

    उनले संविधानको अनुसूचि–३ मा भएको गतल नेपालको नक्सालाई परिमार्जन गर्न संशोधन प्रस्ताव आउने उल्लेख गरे। ‘ संविधान संशोधन प्रस्ताव छिट्टै आउँछ। अनुसूची ३ को संशोधन हुन्छ। लोगो संशोधन हुन्छ। संविधानले पनि चिन्ने गरी नक्सा संशोधन हुन्छ।’

    अरु विषयमा भने आवश्यकता र औचित्यका आधारमा संविधानमा संशोधन हुने उल्लेख गरे।

    ओलीले भने, ‘अरु विषयमा छलफल गर्न सकिन्छ। यो विषय तत्कालिक महत्वको विषय हो। संशोधन प्रस्ताव संसदमा आउनेछ। त्यसपछि दुविधारहित ढंगले जाने हाम्रो बाटो पूरा हुन्छ। त्यो संशोधन पारित गरेका दिन राष्ट्रियताको पक्षमा देशमा दीपावली हुनेछ।’ – देशसञ्चार

    •  shares
    • Facebook
    • Twitter
    • WhatsApp
    • Gmail
    • Viber
    • Messenger
      पत्रपत्रिकाबाट

      पत्रपत्रिकाबाट

      Related Posts

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      तीर्थ कोइराला
      साउन ४, २०८२

      विश्वमा देहव्यापारको शुरुवात इसा पूर्व २४ सय वर्ष अगाडि भएको इतिहासमा उल्लेख गरिए पनि जब समाजमा परिवार र विवाहको प्रारम्भ...

      जेष्ठ वामहरुको पोखरा भेलाबारे रामबहादुर भण्डारीको अनुभूति

      जेष्ठ वामहरुको पोखरा भेलाबारे रामबहादुर भण्डारीको अनुभूति

      रामबहादुर भण्डारी 'आर. बी'
      पुस १, २०८१

      संसारमा जेष्ठ तथा वामहरुको बारेमा अलगै धारणाहरु भएतापनि हाम्रो देशमा बोलिचाली र कतिपय कानूनी रुपमा समेत उमेरले ७० पुगेका र...

      घुस नखाने पार्टी समाजवादको सर्त

      घुस नखाने पार्टी समाजवादको सर्त

      घनश्याम भूसाल
      साउन ८, २०८१

      डा. बाबुराम भट्टराईबारे लेखिएको पुस्तक 'बाबुराम : अ भिजीनरी रेबेल' सबै पढिसक्दा पुस्तकको शिर्षकले न्याय पाउन सकेन जस्तो लाग्छ ।...

      चीनले सिलिकन भ्यालीलाई कसरी प्रयोग गरिरहेको छ

      चीनले सिलिकन भ्यालीलाई कसरी प्रयोग गरिरहेको छ

      जेकोब ड्रेयर
      असार २७, २०८१

      १६ औं शताब्दीसम्म, चीन दुनियाको प्रविधिजगतमा सबैभन्दा बढी विकसित थियो। जुनबेला यूरोपमा कुलीन वर्गको शासन थियो, त्यसबेला चीनका प्रबुद्ध वर्गले...

      प्यालेष्टाइन–इजरायल द्वन्द्वको वास्तविकता

      प्यालेष्टाइन–इजरायल द्वन्द्वको वास्तविकता

      रामराज रेग्मी
      असार १२, २०८१

      यही वर्ष २०२४ को गत ७ अक्टोवरमा प्यालेष्टाइनी लडाकू समुह हमासले इजरायलमा गरेको सशस्त्र हमलामा परी १० जना नेपाली विद्यार्थीको...

      मिटरब्याजको आडमा बलात्कार गर्ने सुर्जमानलाई १० वर्ष कैद, पीडितलाई ५ लाख क्षतिपुर्ति तिर्नुपर्ने

      नेपाल रिडर्स
      असार ३, २०८१

      मिटरब्याजको आडमा शरिर बन्धक बनाएर यौन शोषण गर्ने सुर्जमान मालिलाई ललितपुर जिल्ला अदालतले १० वर्ष कैद सजाय सुनाएको छ। मिटरब्याजी...

      Leave a Reply Cancel reply

      Your email address will not be published. Required fields are marked *

      सिफारिस

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?
      विचार

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?

      प्रा. चैतन्य मिश्र
      मंसिर ६, २०८०

      थप पढ्नुहोस्Details
      महङ्गीबारे रहस्यमय मौनता
      समाज

      महङ्गीबारे रहस्यमय मौनता

      नरेश ज्ञवाली
      कार्तिक १४, २०८०

      थप पढ्नुहोस्Details
      भारतीय समाजको नाजीकरण भइसक्यो!
      विचार

      भारतीय समाजको नाजीकरण भइसक्यो!

      अरुन्धती रोय
      कार्तिक ११, २०८०

      थप पढ्नुहोस्Details
      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!
      विचार

      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!

      नालेदी पान्दोर
      कार्तिक १०, २०८०

      थप पढ्नुहोस्Details

      सामाजिक सञ्जालमा पुग्नुहोस्

      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • हाम्रो बारे

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.

      Welcome Back!

      गुगल मार्फत साइन इन गर्नुहोस्
      Sign In with Linked In
      वा

      Login to your account below

      Forgotten Password? Sign Up

      Create New Account!

      गुगल मार्फत साइन अप गर्नुहोस्
      Sign Up with Linked In
      वा

      Fill the forms bellow to register

      All fields are required. Log In

      Retrieve your password

      Please enter your username or email address to reset your password.

      Log In

      Add New Playlist

      नतिजा छैन
      सबै नतिजा हेर्नुहोस्
      • राजनीति
      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • मल्टिमिडिया
      • ब्लग

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.