Date
सोम, माघ २६, २०८२
Mon, February 9, 2026
Monday, February 9, 2026
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
  • लग - इन
  • दर्ता गर्नुहोस्
Nepal Readers
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
Nepal Readers
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्

क्लारा जेटकिनको भाषण : तपाईंहरूका श्रीमान र छोराहरू खै?

हुनेखाने वर्गको धन तथा शक्तिको लागि जनमहायज्ञ (Hecatomb) को बलि चढाउने पुँजीवाद – मूर्दावाद! युद्ध मूर्दावाद ! समाजवादतर्फ अघि बढौँ। 

nepal_readers nepal_readers
फाल्गुन २४, २०७८
- यो हप्ता, समाचार
A A
0
  •  shares
  • Facebook
  • Twitter
  • WhatsApp
  • Gmail
  • Viber
  • Messenger

    तपाईंहरूका श्रीमानहरू खै? तपाईंहरूका छोराहरू खै ?

    विगत आठ महिनादेखि उनीहरू युद्धमोर्चामा छन् । उनीहरू आफ्नो जागिर र घरबाट खेदिएका छन् । किशोरहरू, आफ्ना बुबा आमाका भरोसा तथा आशाका केन्द्रहरू, अधिवैंसे मानिसहरू, कपाल पाकेकाहरूम् परिवारको पालनपोशण गर्नेहरू, ती सबै सैनिक बर्दी पहिरेर सुरुङहरूमा नीरस जीवन बिताइरहेका छन् र कडा परिश्रमद्धारा निर्मित हरेक वस्तुलाई ध्वंश गर्ने आदेश पालन गर्न विवश छन् ।

    लाखौं लाख मानिसहरू, आम चिहानमा निदाइरहेका छन्, सयौं-हजारौं मानिसहरू सैनिक अस्पतालमा हात खुट्टा भाँचिएर या शरीर अङ्ग्भङ्ग् भएर, अन्धा भएर, क्षतविक्षत मव्तिष्क तथा महामारीबाट आक्रान्त या श्क्तिहीन अवस्थामा लडिरहेका छन्। आगो लागि डढेका गाउँ तथा शहरहरू, भत्केका पुलहरू, उजाडिएका वनजंगल तथा बरबाद भएका खेतहरू तिनीहरूको कामको निशानी हुन् ।

    सर्वहारा महिलाहरू हो ! कसैले तपाईंलाई भनेको होला कि तपाईंका श्रीमान् तथा छोराहरू आफ्ना कमजोर श्रीमती र बच्चाहरूको रक्षा गर्न र घरपरिवारको पहरेदारी गर्न लडाईँमा गएका हुन् भनेर। तर वास्तविकता के हो त? अहिले दूर्वल महिलाहरूको काँधले दुई गुणा बोझ खेप्नु परेको छ । संरक्षणको गुञ्जाइस नभएका तपाईंहरू दुःखमय कठीन जीवन भेगिरहनु भएकोछ । तपाईंका बच्चाहरू भोकभोकै जाडोले कठ्याङ्ग्रिएका छन् । तपाईंहरूको टाउको ओत्ने छानालाई भत्काइदिने धम्की डिइएको छ । तपाईंहरूको चुलो चीसो र खाली छ ।

    कसैले तपाईंलाई भाइभतिजा तथा उच-नीचबीच भाइचारा, धनी र गरिबबीचको संघर्षको अन्त्य हुनेबारे भनेका होलन् । ठीक छ । संघर्षको अन्त्य भन्नुको अर्थ त उद्य्मीले तपाईंहरूको ज्याला घटाएको, व्यापारी तथा अविवेकी सट्टेवाजले मूल्य बढाएको तथा जमिन्दारले तपाईंलाई बेदखल गर्ने धम्की दिएकोलाई पो बुझाउने रहेछ । राज्यले तपाईंलाई कङ्गाली बनाउँछ भने बुर्जुवा कल्याण अधिकारीहरूले तपाईंलाई असाध्यै थोरै खोले (soup) को भाग लगाएर कञ्जुस बन्न जोड दिन्छन्। तपाईंलाई यस्तो भयंकर युद्धको पीडा भोगाउने युद्धको उद्देश्य के हो त ? तपाईंलाई भनेका होलान्-पितृभूमिको भलाइ र रक्शाको लागि हो भनेर । पितृभूमिको रक्शा केलाई भनिन्छ ?

    यसले युद्धद्धारा मारिएका, लङ्गडा, बेरोजगार, माग्ने तथा टुहुरा बनाइएका दशौं लाखको भलाइ भन्ने बुझाउँदैन र ? पितृभूमिको भलाइमा कसले खतरा पुर्याउँछ ? सीमा पारी खडा भएका बर्दीधारी मानिसहरू जसले तपाईंका आफ्ना मानिसहरूले चाहेजस्तो युद्ध कत्ति चोहेका थिएनन्, जसलाई थाहा छैन किन आफैले आफ्ना दाजुभाइहरूको हत्या गर्नु परेको छ ? अहँ, होइन । विशाल जनसमुदायले भोग्नु परेको कठिनाइबाट फाइदा उठाउन खोज्नेहरू तथा दमनमाथि आफ्नो प्रभुत्व कायम गर्न खोज्नेहरूबाट पितृभूमिलाई खतरा पुगेको छ। यो युद्धबाट कसले फाइदा उठाउँछ? हरेक देशका केवल सानो अल्पसंख्यकले।

    राइफल र तोपहरू, कवचहरू, पनडुब्बी, युद्धपोत उत्पादन गर्नेहरू, जहाज कम्पनीका मालिकहरू एवं सैनिक आवश्यकता सामग्री आपुर्ति गर्ने ढुवानीकर्ताहरूले फाइदा उठाउँछन् । उनीहरूलाई फाइदा पुर्याउने स्वार्थमा जनताबीच आपसमा यसरी युद्ध भड्काउने घृणास्पद काम हुँदैछ । यो युद्ध केवल पुँजीपतिहरूका लागि मात्र फाइदाजनक छ । जसले ती वस्तुहरूको उत्पादन गर्र्यो तिनैले त्यसलाई उपभोग गर्न नपाएपछि ती केही नभएको बुङ्गा तथा शोषित समुदायको श्रमको संग्रह होइन र ? ती वस्तु किन्न उनीहरू अत्यन्तै गरिब छन् । श्रमिकको पसिनाले यी वस्तुहरूको निर्माण गर्र्यो तथा तिनै श्रमिकको रगतले यी वस्तुको लागि नयोँ विदेशी बजार निर्माण गर्नुपर्ने थियो । पुँजीपतिहरूले जहाँ प्राकृतिक सम्पदाहरू लुट्न तथा अत्यन्तै सस्तो श्रमशक्टिको शोषण गर्न चाहन्छन् त्यहाँ उपनिवेशहरू जितेको नौटंकी गरिन्छ।

    पितृभूमिको सुरक्षा होइन कि बरू यिनै कुराहरूको बृद्धि गर्नु युद्धको उद्देश्य हो । पुँजीवादी व्यवस्था यही चाहन्छ र मानिसले मानिसको शोषण र उत्पीडन नगरी त्यो व्यवस्था टिक्नै सक्दैन्। यो युद्धबाट मजदुरहरूलाई कुनै फाइदा छैन, बरू उनीहरूले आफ्नो सर्वश्व तथा सबैभन्दा प्यारो वस्तु समेत गुमाउनु पर्न अवस्थामा आइपुगेका छन्।

    श्रमिकका श्रीमतीहरू, महिला मजदुरहरू हो ! द्वन्द्वरत देशका पुरुषहरूको मुखमा ताल्चा लगाइएको छ। युद्धले तिनको बुद्धि भुटिदिएको छ । तिनको इच्छालाई स्तम्भित तुल्याइएको छ र तिनको अन्तरहृदयलाई कुरुप् पारिएको छ। तर तपाईं महिलाहरूले मोर्चामा रहेका आफ्ना प्रियजनहरूको चिन्ताले ग्रस्त हुँदाहुँदै अझ ठगिनु र कष्ट् समेत सहनु परेको छ भने आफ्नो शान्तिको चाहना तथा युद्ध विरोधी भावना व्यक्त गर्न के पर्खिरहनु भएको छ ?

    तपाईंहरू के कुरामा हिच्किचाइरहनु भएको छ ? अहिलेसम्म त तपाईंहरू आफ्ना प्रियजनहरूका लागि धैर्य बन्नुभयो। अब भने तपाईंहरूले आफ्ना पति र छोराहरूको लागि केही गर्नैपर्छ। हत्या अति नै भो! यो भनाइ धेरैको मुखबाट् निस्किएको छ, लाखौंलाख महिलाहरूले यो कुरा उठाएका छन्। ती सुरुङ्गहरूमा यो प्रतिध्वनित भाइरहेको छ, जहाँ जनताका छोराहरूको विवेक यो हत्याविरुद्ध उत्तेजित भएको छ।

    जनताका महिला श्रमिकहरू ! यी कठिन दिनहरूमा, जर्मनी, बेलायत, फ्रान्स तथा रुस्का समाजवादी महिलाहरू एकत्रित भएका छन् । तपाईंका कठिनाइ र पीडाहरूबाट तिनको हृदय विचलित भएको छ। उनीहरूले तपाईंहरूलाई आफ्नै र आफ्ना प्रियजनहरूको लागि शान्तिको काम गर्न अनुरोध गरिरहनु भएको छ। जसरी उनिहरूको सोंच लडाइंका मैदानहरू नघ्दै आपसमा मिलेको छ, त्यसरी नै सबै देशबाट तपाईंहरू पनि शान्ति ! शान्ति ! को आवाज उठाउन एकत्रित हुनुपर्छ ।

    विश्वयुद्धले तपाईंहरूबाट असाध्यै ठूलो बलिदानको माग गरेको छ। तपाईंले दुःखकष्ट सहेर हुर्काउनु भएका छोराहरू, कठीन संघर्षहरूमा तपाईंलाई साथ दिएका श्रीमान्हरू तपाईंहरूबाट खोसिएका छन्। यि बलिदानको तुलनामा अन्य सबै बलिदानहरू तुच्छ र निरर्थक देखिन्छ । सम्पूर्ण मानव जातिले तपाईं द्वन्द्वरत देशका सर्वहारा महिलाहरूतिर आशाको नजरले हेरिरहेका छन्। तपाईंहरूलाई वीराङ्गना र मुक्तिदाता बन्ने सौभाग्य प्राप्त भएको छ।

    एउटै इच्छा, एउटै कर्ममा जुट्नुहोस्। तपाईंहरूका श्रीमान् र चोराहरूले अहिलेसम्म भन्न नसकेका कुरालाई लाखौंलाख स्वरहरूमा एकैचोटि भन्नुहोस्। सबै देशका श्रमिक जनताहरू भाइभाइ हुन्। ऐक्यबद्ध जनताको शक्तिले मात्र हत्यालाई रोक्न सक्छ! समाजवादले मात्र मानवजातिको भावी शान्ति सुनिश्चित गराउन सक्छ। हुनेखाने वर्गको धन तथा शक्तिको लागि जनमहायज्ञ (Hecatomb) को बलि चढाउने पुँजीवाद – मूर्दावाद! युद्ध मूर्दावाद ! समाजवादतर्फ अघि बढौँ।

    (क्लारा जेटकिनले प्रथम विश्वयुद्धताक त्यसविरुद्ध दिएको भाषणको अनुवाद।) 

    स्रोतः www.marxists.org/janabato.com

    •  shares
    • Facebook
    • Twitter
    • WhatsApp
    • Gmail
    • Viber
    • Messenger
      nepal_readers

      nepal_readers

      नेपाल रिडर्स सार्वजनिक नीतिहरु र मुद्दाहरुबारे निरन्तर छलफल–विचार विमर्श गर्ने विद्युतीय मञ्च हो।

      Related Posts

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      तीर्थ कोइराला
      साउन ४, २०८२

      विश्वमा देहव्यापारको शुरुवात इसा पूर्व २४ सय वर्ष अगाडि भएको इतिहासमा उल्लेख गरिए पनि जब समाजमा परिवार र विवाहको प्रारम्भ...

      जेष्ठ वामहरुको पोखरा भेलाबारे रामबहादुर भण्डारीको अनुभूति

      जेष्ठ वामहरुको पोखरा भेलाबारे रामबहादुर भण्डारीको अनुभूति

      रामबहादुर भण्डारी 'आर. बी'
      पुस १, २०८१

      संसारमा जेष्ठ तथा वामहरुको बारेमा अलगै धारणाहरु भएतापनि हाम्रो देशमा बोलिचाली र कतिपय कानूनी रुपमा समेत उमेरले ७० पुगेका र...

      घुस नखाने पार्टी समाजवादको सर्त

      घुस नखाने पार्टी समाजवादको सर्त

      घनश्याम भूसाल
      साउन ८, २०८१

      डा. बाबुराम भट्टराईबारे लेखिएको पुस्तक 'बाबुराम : अ भिजीनरी रेबेल' सबै पढिसक्दा पुस्तकको शिर्षकले न्याय पाउन सकेन जस्तो लाग्छ ।...

      चीनले सिलिकन भ्यालीलाई कसरी प्रयोग गरिरहेको छ

      चीनले सिलिकन भ्यालीलाई कसरी प्रयोग गरिरहेको छ

      जेकोब ड्रेयर
      असार २७, २०८१

      १६ औं शताब्दीसम्म, चीन दुनियाको प्रविधिजगतमा सबैभन्दा बढी विकसित थियो। जुनबेला यूरोपमा कुलीन वर्गको शासन थियो, त्यसबेला चीनका प्रबुद्ध वर्गले...

      प्यालेष्टाइन–इजरायल द्वन्द्वको वास्तविकता

      प्यालेष्टाइन–इजरायल द्वन्द्वको वास्तविकता

      रामराज रेग्मी
      असार १२, २०८१

      यही वर्ष २०२४ को गत ७ अक्टोवरमा प्यालेष्टाइनी लडाकू समुह हमासले इजरायलमा गरेको सशस्त्र हमलामा परी १० जना नेपाली विद्यार्थीको...

      मिटरब्याजको आडमा बलात्कार गर्ने सुर्जमानलाई १० वर्ष कैद, पीडितलाई ५ लाख क्षतिपुर्ति तिर्नुपर्ने

      नेपाल रिडर्स
      असार ३, २०८१

      मिटरब्याजको आडमा शरिर बन्धक बनाएर यौन शोषण गर्ने सुर्जमान मालिलाई ललितपुर जिल्ला अदालतले १० वर्ष कैद सजाय सुनाएको छ। मिटरब्याजी...

      Leave a Reply Cancel reply

      Your email address will not be published. Required fields are marked *

      सिफारिस

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?
      विचार

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?

      प्रा. चैतन्य मिश्र
      मंसिर ६, २०८०

      थप पढ्नुहोस्Details
      महङ्गीबारे रहस्यमय मौनता
      समाज

      महङ्गीबारे रहस्यमय मौनता

      नरेश ज्ञवाली
      कार्तिक १४, २०८०

      थप पढ्नुहोस्Details
      भारतीय समाजको नाजीकरण भइसक्यो!
      विचार

      भारतीय समाजको नाजीकरण भइसक्यो!

      अरुन्धती रोय
      कार्तिक ११, २०८०

      थप पढ्नुहोस्Details
      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!
      विचार

      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!

      नालेदी पान्दोर
      कार्तिक १०, २०८०

      थप पढ्नुहोस्Details

      सामाजिक सञ्जालमा पुग्नुहोस्

      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • हाम्रो बारे

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.

      Welcome Back!

      गुगल मार्फत साइन इन गर्नुहोस्
      Sign In with Linked In
      वा

      Login to your account below

      Forgotten Password? Sign Up

      Create New Account!

      गुगल मार्फत साइन अप गर्नुहोस्
      Sign Up with Linked In
      वा

      Fill the forms bellow to register

      All fields are required. Log In

      Retrieve your password

      Please enter your username or email address to reset your password.

      Log In

      Add New Playlist

      नतिजा छैन
      सबै नतिजा हेर्नुहोस्
      • राजनीति
      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • मल्टिमिडिया
      • ब्लग

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.