Date
शुक्र, बैशाख १८, २०८३
Fri, May 1, 2026
Friday, May 1, 2026
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
  • लग - इन
  • दर्ता गर्नुहोस्
Nepal Readers
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
Nepal Readers
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्

भौतिकवादमा स्टेफेन हकिङको योगदान

उनले गार्जियन भन्ने पत्रिकालाई अन्तर्वार्ता दिँदै भनेका थिए, “स्वर्ग वा पुनर्जीवन हुँदैन । यस्ता भावहरु अँध्यारोबाट डराएका मान्छेका लागि बनाइएका काल्पनिक कथा मात्र हुन् ।”

nepal_readers nepal_readers
माघ १०, २०७८
- यो हप्ता, समाचार
A A
0
  •  shares
  • Facebook
  • Twitter
  • WhatsApp
  • Gmail
  • Viber
  • Messenger

    गुणराज लोहनी-  बेलायतका सैद्धान्तिक भौतिकशास्त्री, ब्रह्माण्डशास्त्री, लेखक र क्याम्ब्रिज विश्वविद्यालयका ब्रह्माण्ड विज्ञान सैद्धान्तिक केन्द्रका निर्देशक रहेका स्टेफेन हकिङको जन्म बेलायतको अक्सफोर्डमा ८ जनवरी १९४२ मा भएको थियो । दोस्रो विश्वयुद्धले विश्वलाई लपेटिरहेको बेला जन्मेका स्टेफेन हकिङ बिसौं र एक्काइसौं शताब्दीका अब्बल दर्जाका वैज्ञानिक थिए। उनी २२ वर्षको पुग्दै गर्दा अमियोट्रोफिक ल्याटरल स्क्लेरोसिस भन्ने नशा सम्बन्धी मोटोर न्युरोन जस्तो कहिल्यै निको नहुने पीडित थिए । यस रोगले गर्दा उनलाई पक्षघात लाग्यो। उनीलाई डक्टरहरुले केवल दुई वर्ष मात्र बाँच्ने समय तोकेको थियो। तर उनी ५४ वर्ष बढी बाँचेका थिए । उनको मृत्यु १४, मार्च २०१८ मा भएको थियो।

    एकजना कम्प्युटरविज्ञ वाल्टर बोल्टोजले उनका लागि भनेर आँखा र औँलाको सहायताले चल्ने कम्प्युटर बनाइदिएका थिए। उनले मोटोराइज्ड ह्विल चेयरमा जडान गरिएको कम्प्युटरका सहायताले ब्रह्माण्डको यात्रा गरेका थिए। स्टेफेन हकिङ केवल वैज्ञानिक मात्र थिएनन् ,भौतिकवादी पनि थिए । उनी ७५  वर्ष  बाँचे पनि उनका पछिल्ला असक्त ४४ वर्षमा अद्भूत खोज गरेर मानव जीवनलाई नयाँ विचार र समाधानहरु दिएका छन्। मानव खोजमा सबैभन्दा बढी रहस्यमय रहेको ब्रह्माण्डका बारेमा उनले धेरै नयाँ खोजहरु गरेका छन्। भौतिक विज्ञानमा मात्र नभएर भौतिकवादको खोजमा पनि उनको निकै ठूलो योगदान रहेको छ।

    स्टेफेन हकिङद्वारा लिखित र सन् १९८८मा पहिलो पटक प्रकाशित पुस्तक “समयको संक्षिप्त इतिहास”मा भौतिकशास्त्रका धेरै सिद्धान्तहरुका बारेमा उल्लेख गरिएको छ। त्यसमध्ये भौतिकशास्त्रको इतिहास, गुरुत्व, ब्रह्माण्डमा प्रकाश कसरी चल्छ, दिक-काल, प्रारम्भिक कण, कृष्ण विवर, महाविष्फोट र समयको यात्राका बारेमा यस किताबले बोलेको छ। यो किताबमा, हकिङले भौतिकशास्त्रका बारेमा बोलेका छन्। उनले दर्शनशास्त्रीहरु एरिस्टोटल र टोलेमीका विचारका बारेमा पनि बोलेका छन्। यो किताब ऐतिहासिक भौतिकवादमा आधारित छ। एकातिर यसमा भौतिकशास्त्रका खोजको चरणबद्ध र संगतीपूर्ण प्रस्तुति छ भने अर्कोतिर तथ्यहरुलाई भौतिकवादमा आधारित संश्लेषण गरिएको छ। त्यसैले हकिङका खोज र अन्वेषणको गहिरो अध्ययन गर्न जरुरी छ।

    हकिङको खोज

    १. दिक र काल (Time and Space)

    हकिङले सूर्यको वरिपरि घुम्ने ग्रहहरुको चाल र गुरुत्वले कसरी काम गर्छ भन्ने व्याख्या दिक र कालमा गरेका छन्। यसका साथै उनले पूर्णतया स्थिर र पूर्णतया अवस्थितिको बारेमा पनि उल्लेख गरेका छन्। उनका अनुसार यो समयको अवधिमा भरपर्ने विचार भनेका छन्। यसका बारेमा न्युटनको गुरुत्वका नियमहरु सही छैनन्। वस्तु तीव्र गतिमा भएका बेलामा पूर्णतया स्थिर भन्ने विचारले काम गर्दैन भन्ने उनको भनाइ छ।

    स्टेफेन हकिङ प्रकाशका बारेमा पनि बोलेका छन्। घटनालाई प्रकाशको शंकु (cones) द्वारा व्याख्या गर्न सकिन्छ। प्रकाशको शंकुको माथिल्लो भागले घटनाको कताबाट प्रकाशले यात्रा गर्नेछ भन्ने कुरा बताउँछ। तल्लो तहले कताबाट प्रकाश आएको थियो भन्ने कुरा बताउँछ। प्रकाश शंकुको बिचको भाग घटना मानिन्छ। प्रकाश शंकु बाहेक, हकिङले प्रकाश कसरी बाङ्गिन सक्छ भन्ने पनि बोलेका छन्। जब प्रकाश ठूलो पिण्ड भएर जान्छ। प्रकाशले बिस्तारै पिण्डतिर आफ्नो दिशा मोड्छ।

    हकिङले आइन्स्टाइनको सापेक्षताको सिद्धान्तको समयको बारेमा पनि बोलेका छन्। आइन्स्टाइनको सिद्धान्तको एउटा अनुमानमा समय कुनै ठूलो पिण्डको नजिकबाट जाँदैछ भन्ने जनाउँछ। हकिङले आफ्नो विचारलाई व्याख्या गर्न फरक ठाउँमा रहेका २ जना जुम्ल्याहलाई प्रयोग गरेका थिए। यदि ती २ जना मध्ये एकजनालाई पहाडमा बस्न पठाइयो र अर्कोलाई समुद्र नजिक बस्न पठाइयो भने ती दुई जना जुम्ल्याहामध्ये पहाड पठाइएको समुद्रमा पठाइएको भन्दा अलि बढी बुढो हुन्थ्यो।

    २. ब्रह्माण्डको विस्तार (The Expanding Universe)

    हकिङले ब्रह्माण्डको विस्तार भइरहेको बताएका छन्। यसको व्याख्या गर्न उनले डोप्लरको शिफ्टको सहायता लिएका छन्। डोप्लरको शिफ्टका अनुसार कुनै वस्तु नजिक वा टाढा जाँदा दुईवटा कुरा हुन्छ। कुनै वस्तु टाढा जाँदा रातोमा परिणत (Red Shifting) हुन्छ र नजिक आउँदा नीलोमा परिणत (Blue Shifting) हुन्छ।

    यो हामीतिर आएको प्रकाशको तरङ्ग लम्बाइ बढ्दा र आवृत्ति घट्दा हुने गर्छ, जुन देखिने प्रकाश रातो/इन्फ्रा रेड विद्युत चुम्बकीय वर्णपटमा गएर अन्त हुन्छ। रातो शिफ्ट ब्रह्माण्डको विस्तार हुँदा प्रकाशको तरङ्ग लम्बाइ बढ्दा जोडिन्छ भन्ने विश्वास गरिन्छ, ग्रहरुहरु र आकाश गंगाहरु हामीबाट टाढिँदा यदि धेरैजसो तन्कियो भने, जुन डोप्लरको प्रभावसँग सुहाउँदो हुन्छ, ध्वनि तरङ्गसँग सम्मिलित हुन्छ। नीलो शिफ्ट त्यसबेला हुन्छ, जब कुनै वस्तु हामीतिर आउँछ, रातो शिफ्टको ठिक उल्टो हुन्छ। जहाँ तरङ्ग लम्बाई घट्छ र आवृत्ति बढ्छ। यस समयमा प्रकाश वर्णपटको नीलो शिफ्टमा अन्त हुन्छ। इड्विन हब्बल नामका एक जना वैज्ञानिकले राता ताराहरु हामीबाट टाढा गइराखेका छन् भन्ने पत्ता लगाएका थिए। हकिङले डोप्लरको शिफ्टले ब्रह्माण्ड ठूलो भइराखेको भन्ने व्याख्याको प्रयोग गरे। ब्रह्माण्डको सुरूवात महाविस्फोट भएको मानिन्छ।

    ३. अनिश्चयको सिद्धान्त (The Uncertainty Principle)

    अनिश्चयको सिद्धान्तले एउटा कणको एकैसाथ गति र अवस्था पत्ता लगाउन सकिदैन भन्दछ। कण कहाँ छ भनेर कणमा प्रकाश चम्किएसँगै थाहा हुन्छ। जब तीव्र गतिको आवृत्ति प्रकाशमा प्रयोग हुन्छ, प्रकाशले कणको अवस्था लगभग थाहा पाउँछ। तर कणको गतिका बारेमा अनभिज्ञ भइदिन्छ।

    विद्युत चुम्बकीय वर्णपट : यदि कम आवृत्तिको प्रकाशलाई प्रयोग गरिन्छ भने प्रकाशले कणको गति ठिकसँग पत्ता लगाउँदछ। तर कणको अवस्थाका बारेमा अनभिज्ञ रहन्छ। अनिश्चयको सिद्धान्तले निश्चिततालाई असत्य सावित गर्‍यो। अथवा भविष्यमा केही चीजका बारेमा गरिएको अनुमानलाई असत्य सावित गरिदिएको हुन्थ्यो।

    यो पुस्तकमा प्रकाशले कस्तो व्यवहार गर्छ भन्ने पनि राखिएको छ। कुनै सिद्धान्तहरुले प्रकाशले कणहरु जस्तै काम गर्छन् भनेको थियो। वास्तवमा तरङ्ग जस्तो गर्छ। एउटा सिद्धान्तले प्लाङ्कको क्वान्टम कल्पना जस्तो भनेको छ। अर्को भिन्न सिद्धान्तले प्रकाश तरङ्गले कणहरु जस्तो गर्छ, यसलाई हाइजेनबर्ग अनिश्चयको सिद्धान्त भनिन्छ।

    ४. प्रारम्भिक कणहरु र बलहरुको प्रकृति (Elementary Particles and Forces of Nature)

    क्वार्कहरु हामीले देख्ने प्रत्येक चीजको सबैभन्दा सानो भाग हुन्। क्वार्कहरु विभिन्न स्वाद भएका ६ किसिमका हुन्छन्। यिनीहरु हुन्ः अप क्वार्क, डाउन क्वार्क, स्ट्रेन्ज क्वार्क, चाम्र्ड क्वार्क, बटम क्वार्क र टप क्वार्क। क्वार्कका रातो, हरिया र नीलो गरी ३ किसिमको रङ्गका हुन्छन्। एन्टी क्वार्क पनि हुन्छन्। तिनीहरु नियमित क्वार्कका विपरित हुन्छन्। जम्माजम्मी १८ नियमित र १८ वटा विभिन्न एन्टी क्वार्क हरेका हुन्छन्। क्वार्कहरु “वस्तुको निर्माण ब्लकहरु”को रुपमा चिनिन्छ। किनभने तिनीहरु ब्रह्मण्डमा भएका चीज निर्माणका सबैभन्दा साना वस्तु हुन्।

    सबै प्रारम्भिक कणहरु (उदाहरणका लागि क्वार्कहरु) को फन्को (spin) हुन्छ। यही फन्कोले एउटा कणलाई विभिन्न दिशामा कस्ता देखिन्छन् भन्ने देखाउँछ। उदाहरणका लागि एउटा ० फन्को सबै दिशाबाट एकै किसिमको देखिन्छ। १ फन्को भएको एउटा कण जबसम्म ३६० डिग्रीमा पूर्णरुपले घुम्दैन, तबसम्म विभिन्न दिशामा फरक देखिन्छ। हकिङको उदाहरणमा एउटा कणको फन्को एउटा बाँण हो। २ फन्को भएको कणलाई उस्तै देखिनका लागि आधा फन्को (१८० डिग्री) लगाउनु पर्ने हुन्छ । किताबमा डबल-हेडेड बाँण उदाहरण दिइएको छ। ब्रह्माण्डमा विभिन्न समूहका कणहरु छन्। १/२ फन्को भएका कणहरु, र ०, १ अथवा २ फन्को भएका कणहरु हुन्। यी सबै कणहरुले पाउलको एक्सक्लुजन सिद्धान्तलाई पछ्याउँछन् । पाउलको एक्सक्लुजन सिद्धान्तले कणहरु एकै ठाउँमा हुन सक्दैन वा उही गतिमा हुन सक्दैन भन्दछ। यदि पाउलको एक्सक्लुन सिद्धान्त अस्तित्वमा रहँदैन्थ्यो भने ब्रह्माण्डका प्रत्येक बस्तु एकै रुपको लेदो झोल जस्तै देखिने थिए।

    ०, १ र २ फन्को भएका कणहरु एकातिरबाट अर्कोतिर चल्छन्। ती कणका केही उदाहरणहरुमा प्रभावकारी गुरुत्वाणु (कणको गुरुत्व) र प्रभावकारी फोटोनहरु हुन्। प्रभावकारी गुरुत्वाणुको २ फन्को हुन्छ र तिनीहरुले गुरुत्व वलको प्रतिनिधित्व गर्दछन्। यसको मतलब जब गुरुत्वको दुईवटा असर हुन्छन्, गुरुत्वाणुहरु चल्छन्। प्रभावी फोटोनहरुको एउटा १ फन्को छ र यसले विद्युत चुम्बकीय बलको प्रतिनिधित्व गर्दछ (अथवा परमाणुलाई अड्याइ राख्दछ।)

    गुरुत्व र विद्युत चुम्बकीय बलहरु बाहेक, त्यहाँ कमजोर र बलिया आणविक बलहरु पनि हुन्छन्। कमजोर आणविक बलहरु रेडियोधर्मिताका कारण भएका बल हुन्, अथवा जब पदार्थले उर्जा उत्सर्जन हुन्छ तब हुने हो। कमजोर आणविक बलहरु एउटा १/२ फन्को भएका कणहरुमा काम गर्दछ। बलियो आणविक बलहरु ती बल हुन्, जसले क्वार्कहरुलाई न्युट्रोन र प्रोटोनमा सँगसँगै राख्छ, र प्रोटोन र न्यट्रोनहरुलाई परमाणुमा सँगसँगै राख्दछ। बलियो आणविक बल बोकिराख्ने कणलाई ग्लुअन भनिन्छ। १ फन्को भएको कण नै ग्लुअन हो। न्युट्रोन र प्रोटोनबाट क्वार्कलाई ग्लुअनले अड्याइ राख्छ। तैपनि ३ वटा रंग भएका क्वार्कहरुलाई मात्र ग्लुअनले अड्याउँछ। यसले रंग नभएको उत्पादन बन्द हुन पुग्छ। यसलाई एकान्तवास (confinement) भनिन्छ।

    केही वैज्ञानिकहरुले विद्युत चुम्बकीय वल, कमजोर आणविक बल र बलियो आणविक बललाई समायोजन गर्ने सिद्धान्त बनाउने कोशिस गरेका थिए। यसलाई बृहत एकीकृत सिद्धान्त (Grand Unified Theory-GUT) भनिन्छ। यो सिद्धान्तले यी बलहरुलाई एउटा ठूलो एकीकृत बाटो वा सिद्धान्तमा व्याख्या गर्ने कोशिस गर्दछ।

    ५. कृष्ण विवर (Black Holes)

    ताराहरु एउटा सानो बिन्दूमा गएर लोप हुनेलाई कृष्ण विवर (Black Holes) हुन्। त्यसको सानो बिन्दूलाई एउटा सिङ्गुलारिटी भनिन्छ। सिङ्गुलारिटी एउटा यस्तो दिक-कालको बिन्दू हो जुन उच्च वेगमा घुम्छ। त्यसकारणले कृष्ण विवरहरुको समय हुँदैन। कृष्ण विवरहरुले वस्तुहरुलाई उनीहरुको केन्द्रतिर सोस्छन्। किनभने कृष्ण विवरको गुरुत्व धेरै बलियो हुन्छ। त्यसले प्रकाश र तारा जस्ता चीजहरुलाई पनि सोस्न सक्छ। केवल धेरै ठूला ताराहरु जसलाई ‘सुपर जायन्ट्स भनिन्छ, कृष्ण विवर हुनका लागि हुनुपर्छ। सूर्यभन्दा डेढ गुना ठूलो पिण्ड भएका ताराहरु मात्र कृष्ण विवर बन्न सक्छन्। यो संख्यालाई चन्द्रशेखर सीमा (Chandrasekhar Limit) भनिन्छ। चन्द्रशेखर सीमाभन्दा कम पिण्ड भएका तारा, कृष्ण विवरमा परिणत हुने छैन। सट्टामा, यो एउटा फरक परिणत, एक किसिमको सानो तारा बन्ने छ। कृष्ण विवर बन्ने सिमानालाई ‘इभेन्ट होराइजन’ भनिन्छ। यदि कुनै चीज ‘इभेन्ट होराइजन’मा रहेका छन् भने, तिनीहरु कहिल्यै पनि कृष्ण विवरबाट बाहिर निस्कँदैनन्।

    कृष्ण विवरलाई विभिन्न आकारहरु हुन्छन्। केही कृष्ण विवरहरु पूर्ण गोलाकार–बल (भकुण्डो) जस्ता छन्। अरु बिचमा उज्यालो छन्। परिक्रमा नगर्ने कृष्ण विवरहरु गोलाकार हुनेछन्। कृष्ण विवरहरुले परिक्रम गर्दा मध्य भागमा चम्किन्छन्। कृष्ण विवरहरुलाई पत्ता लगाउन अप्ठ्यारो छ किनभने तिनीहरुले बाहिर प्रकाश फाल्दैनन्। जब तिनीहरुले अरु ताराहरु सोस्छन्, त्यसबेलामा मात्र तिनीहरुलाई पत्ता लगाउन सकिन्छ। जब कृष्ण विवरहरुले अरु ताराहरुलाई सोस्छन्, तब कृष्ण विवरले एक्स-रे बाहिर फाल्छ। त्यसलाई टेलिस्कोपद्वारा मात्र देख्न सकिन्छ। हकिङले उनको यो विचार अर्का वैज्ञानिक किप थोर्नसँग भन्छन् । हकिङले कृष्ण विवरहरु जीवित थिएनन् भने। उनले कृष्ण विवरमाथिको आफ्नो काम बेकारमा नजाओस् भन्ने शर्त चाहेका थिए।

    हकिङले कृष्ण विवरका इभेन्ट होराइजनले केवल ठूलो बनाउनेछ, सानो होइन भन्ने कुरालाई महसुस गरेका थिए। जब कुनै चीज कृष्ण विवरमाथि खस्छ, तब कृष्ण विवरको इभेन्ट होराइजनको क्षेत्र ठूलो भइराख्छ। उनले जब दुईवटा कृष्ण विवरहरु जोडिन्छन्, ती दुईवटा कृष्ण विवर वा तिनीहरुको आकारको भन्दा ठूलो आकारमा तिनीहरुको इभेन्ट होराइजन हुन्छ भन्ने पनि महसुस गरेका थिए। यसको मतलव कृष्ण विवरका इभेन्ट होराइजनहरु कहिल्यै पनि साना हुदैनन्।

    विक्रम (क्रम बिग्रिएको), जसलाई उत्क्रम-माप पनि भनिन्छ, कृष्ण विवरसँग सम्बन्धित छन्। उत्क्रमसँग विज्ञानका नियमहरुले काम गर्नुपर्दछ। यो नियमलाई थर्मोडाइनामिक्सको दोस्रो नियम भनिन्छ र यसले भन्छ कि उत्क्रम एउटा एकान्तबास प्रणाली (उदाहरणका लागि ब्रह्माण्ड) मा बढ्ने छ। कृष्ण विवरको इभेन्ट होराइजनको आकार र त्यसको उत्क्रमको मात्राको बिचको सम्बन्धका बारेमा एक जना विद्यार्थी ज्याकोब बेकेन्स्टेनले पहिलो पटक सोचेका थिए। हकिङको कृष्ण विवरले विकिरण उत्सर्जन गर्छ भन्ने हिसाबमा प्रमाणित गरेका थिए। यो अचम्मको थियो किनभने कृष्ण विवरको इभेन्ट होराइजनबाट केही पनि फुत्किन सक्दैन भन्ने यसअघि नै भनिएको थियो।

    यो समस्याको समाधान जब “प्रभावकारी कणहरु” को बारेमा विचार गरिएको थियो, निस्किएको थियो। एउटा कण कृष्ण विवरमा खसेको हुन्थ्यो भने अर्को फुत्किएको हुन्थ्यो। यसले कृष्ण विवरले कणहरु उत्सर्जन गरेको जस्तो हुने थियो। सुरुमा यो विचार अद्भूत जस्तो थियो। तर धेरैपछि मात्र मान्छेहरुले यसलाई बिस्तारै स्वीकार गरेका थिए।

    ६. ब्रह्माण्डको उत्पत्ति र निर्धारण (The Origin and Fate of the Universe)

    धेरै वैज्ञानिकहरुले ब्रह्माण्डको सुरुवात एउटा विस्फोटन, जसलाई महाविस्फोट भनिन्छ, त्यसबाट भएको विश्वास गर्दछन्। यो मोडेललाई ‘गरम महाविस्फोट (hot big bang model)’ भनिएको छ। जब ब्रह्माण्ड ठूलो हुन थाल्छ, यसभित्रका चीजहरु पनि चिसा हुन थाल्छन्। जब ब्रह्माण्डको सुरूवात भएको थियो, यो अनन्त तातो थियो। ब्रह्माण्डको तापक्रम चिसो हुन थालेपछि ब्रह्माण्ड भित्र संकुचन (ठोस हुन थाल्नु) सुरु भएको थियो।

    हकिङले ब्रह्माण्ड कसरी बन्न सक्यो होला भन्ने बारेमा पनि बोलेका छन्। उदाहरणका लागि यदि ब्रह्माण्ड छिट्टै बनेर लोप भएको हुने थियो भने त्यहाँ जीवनका लागि प्रशस्त समय हुँदैनथ्यो। अर्को उदाहरणः के ब्रह्माण्ड छिट्टै विस्तार भएको थियो होला ? यदि ब्रह्माण्ड छिट्टै विस्तार भएको थियो भने यो पूर्ण खाली थियो होला। धेरै ब्रह्माण्डहरु भएको भन्नुलाई धेरै विश्वको व्याख्या (many-worlds interpretation) भनिन्छ।

    क्वान्टम यान्त्रिकी र गुरुत्वलाई एकता गर्ने त्यो सिद्धान्तको विचारमा यस च्याप्टरमा प्रशस्त नमूनाहरुमा बहस गरिएको गरिएको छ। प्रत्येक कणहरुको धेरै इतिहासहरु हुन्छन्। यो विचारलाई फेइनम्यानको इतिहासमाथिको सिद्धान्तहरुको योगका रुपमा चिनिन्छ। क्वान्टम यान्त्रिकी र गुरुत्वलाई एकीकृत गर्ने सिद्धान्तका रुपमा फेइनम्यानको सिद्धान्त हुनुपर्दछ। कणले एउटा विन्दूबाट प्रवेश गर्ने अवसर पाउनका लागि प्रत्येक कणका तरङ्गहरुलाई जोड गर्न आवश्यक हुन्छ। यी तरङ्गहरु काल्पनिक समय (Imaginary Time) मा हुन्छन्। काल्पनिक संख्याहरु, जब तिनीहरुलाई गुणन गरिन्छ, परिणाम ऋणात्मक संख्यामा आउँछ । उदाहरणका लागि 2i X 2i = -4

    कति भौतिकवाद संगत?

    स्टेफेन हकिङले समयको संक्षिप्त इतिहास (A Brief History of Time), बृहत योजना (The Grand Design), कृष्ण विवर र समय भडकाव (Black Holes and Time Warps), बोक्राभित्र ब्रह्माण्डहरु (The Universe in a Nutshell), दिग्गजहरुको काँधमा (On the Shoulders Of Giants) भौतिक शास्त्रमा आधारित किताबहरु लेखेका थिए भने उनले खोज गरेको कृष्ण विवरमा आधारित रहेको बाल उपन्यास उनी र उनकी छोरी लुई हकिङ मिलेर जर्जको ब्रह्माण्ड यात्रा (George’s Secret Key to the Universe) लेखेका थिए।

    सन् २०११ मा उनले “दर्शन मर्‍यो” भनेका थिए। उनले दार्शनिकहरुले विज्ञानको आधुनिक विकासलाई आत्मासात नगरेको, वैज्ञानिकहरु राम्रो ज्ञानको खोज र आविस्कारको प्रकाश बाहक भएकोप्रति विश्वास व्यक्त गरेका थिए। उनले दार्शनिक समस्याहरुलाई मुख्यरुपमा नयाँ वैज्ञानिक सिद्धान्तहरुबाट जसले हामीलाई हाम्रो स्थान र ब्रह्माण्डका बारेमा नयाँ र एकदमै फरक चित्रतिर डोर्‍याउने विज्ञानद्वारा उत्तर दिन सकिन्छ भनेका थिए ।

    धर्मप्रति उनको धारणा भौतिकवादी थियो। उनकै भनाइमा उनी सामान्य चेतनामा धार्मिक होइनन् र ब्रह्माण्ड विज्ञानको नियमहरुले शासित वा नियन्त्रित छ भन्नेमा विश्वास राख्दछन्। “धर्म प्राधिकारमा आधारित छ भने विज्ञान अवलोकन र कारणमा आधारित र विज्ञानले जित्ने छ किनभने विज्ञानले काम गर्छ” भन्ने उनको भनाइ थियो। उनले गार्जियन भन्ने पत्रिकालाई अन्तर्वार्ता दिँदै भनेका थिए, “स्वर्ग वा पुनर्जीवन हुँदैन। यस्ता भावहरु अँध्यारोबाट डराएका मान्छेका लागि बनाइएका काल्पनिक कथा मात्र हुन्।”

    अमेरिकाको डिस्कभरी च्यानललाई अन्तर्वार्ता दिँदै उनले “हामी धर्मप्रति स्वतन्त्र छौँ। तर मेरो सामान्य व्याख्यामा भगवान छैन भन्ने हो” भनी घोषणा गरेका थिए। “ब्रह्माण्ड कसैले बनाएको होइन र हाम्रो भाग्यमाथि कसैले निर्देशन गर्दैन। यसले मलाई अगाध महसुसतिर डोर्‍याउँछ। सायद त्यहाँ स्वर्ग छैन, पुनर्जन्म पनि छैन। हाम्रो यो एउटा जीवन बह्माण्डको बृहत योजनाबाट स्वीकार्य भएको हो। यसका लागि म आभारी छु।”

    सन् २०१४ को सेप्टेम्बरमा उनी स्टारमस उत्सवमा इआई मुण्डोलाई किनोटको सहायताबाट बोल्दै अन्तर्वार्ता दिँदै गर्दा आफूलाई नास्तिक घोषणा गरेका थिए। उनले “विज्ञानलाई बुझ्नुभन्दा पहिला भगवानले ब्रह्माण्ड बनाएको भनी विश्वास गर्नु स्वभाविक नै हो” भनी टिप्पणी गरेका थिए, “तर अहिले विज्ञानले धेरै नै विश्वसनीय व्याख्याहरु दिइसकेको छ”, भनेका थिए।

    निष्कर्ष

    जुलाई १८८७ मा अल्बर्ट ए. मिकेल्शन र इवार्ड डब्ल्यु. मोर्लेले इथरमाथि गरिएको परीक्षण असाध्यै प्रख्यात तर असफल भएको थियो। यो परीक्षणले भगवान नरहेको पुष्टि गरेको थियो। “भगवान छैन” भनेर परीक्षणद्वारा पुष्टि गरेका अधिकांश वैज्ञानिकहरुले नै भगवानप्रति आस्था राख्दै आएका छन्। तर स्टेफेन हकिङ भगवानप्रति विश्वास त गरेनन् नै, उनले आफ्ना चर्चित प्रवचनहरुमा भगवान नभएको तथ्यहरु पेश गरेका थिए। त्यसैले स्टफेन हकिङ आदर्शवादी नभएर भौतिकवादी थिए भन्ने पुष्टि हुन्छ।

    उनका समयको संक्षिप्त इतिहासदेखि बृहत योजनासम्म पढ्दा उनका खोज र आविस्कारहरु ऐतिहासिकतामा तथ्यहरु खोजिएको छ र निष्कर्ष चाहिँ भौतिकवादमा आधारित रहेर गरिएको छ। यसको पुष्टि एरिस्टोटलका खोजहरुबाट सुरु गरेर आफ्नो आविस्कारहरुमा अन्त गरेका छन्, मूलरुपमा दिक-काल, कणहरुको गति र अवस्था, ब्रह्माण्डको विस्तार यसैमा आधारित छन्। त्यसैले स्टेफेन हकिङ ऐतिहासिक भौतिकवादी हुन्।

    हकिङको सबैभन्दा ठूलो योगदान भनेको उनको खोज हो। उनले रहस्यमय रहेको ब्रह्माण्डको उत्पत्ति, बनावट र विकासका बारेमा धेरै नै खोज गरेका छन्। हकिङले सबैभन्दा साना कणहरुमा रहेका क्वार्कभित्र रहेका अझ सुक्ष्म वस्तुको बनावट, अवस्था र गतिका बारेमा खोज गरेका छन्। उनले विद्युत चुम्बकीय बल, कमजोर आणविक बल र बलियो आणविक बललाई समायोजन गर्ने सिद्धान्त बृहत एकीकृत सिद्धान्त (Grand Unified Theory-GUT) को खोज गरे। जसरी विगतका सबैजसो प्राकृतिक विज्ञानका सिद्धान्तहरु समाज विज्ञानमा पनि लागू भएका छन्, जसरी यो सिद्धान्तले भौतिक विज्ञानमा नयाँ-नयाँ खोजमा योगदान गरेको छ। समाजविज्ञानमा यसको निकै महत्त्व रहेको छ। यसले मार्क्सवादको संघटक अंगमध्ये दर्शनलाई समृद्ध गर्न निकै सहयोग पुर्‍याउँछ। यस विषयमा यस लेखमा उल्लेख गर्न सकिएको छैन। तर हकिङका खोजहरुलाई मार्क्सवादी दृष्टिकोणबाट अध्ययन गर्न जरुरी छ।

    (लेखक पूर्वशिक्षक तथा वामपन्थी नेता हुन।) – लेफ्टरिभ्युअनलाइन

    •  shares
    • Facebook
    • Twitter
    • WhatsApp
    • Gmail
    • Viber
    • Messenger
      nepal_readers

      nepal_readers

      नेपाल रिडर्स सार्वजनिक नीतिहरु र मुद्दाहरुबारे निरन्तर छलफल–विचार विमर्श गर्ने विद्युतीय मञ्च हो।

      Related Posts

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      तीर्थ कोइराला
      साउन ४, २०८२

      विश्वमा देहव्यापारको शुरुवात इसा पूर्व २४ सय वर्ष अगाडि भएको इतिहासमा उल्लेख गरिए पनि जब समाजमा परिवार र विवाहको प्रारम्भ...

      जेष्ठ वामहरुको पोखरा भेलाबारे रामबहादुर भण्डारीको अनुभूति

      जेष्ठ वामहरुको पोखरा भेलाबारे रामबहादुर भण्डारीको अनुभूति

      रामबहादुर भण्डारी 'आर. बी'
      पुस १, २०८१

      संसारमा जेष्ठ तथा वामहरुको बारेमा अलगै धारणाहरु भएतापनि हाम्रो देशमा बोलिचाली र कतिपय कानूनी रुपमा समेत उमेरले ७० पुगेका र...

      घुस नखाने पार्टी समाजवादको सर्त

      घुस नखाने पार्टी समाजवादको सर्त

      घनश्याम भूसाल
      साउन ८, २०८१

      डा. बाबुराम भट्टराईबारे लेखिएको पुस्तक 'बाबुराम : अ भिजीनरी रेबेल' सबै पढिसक्दा पुस्तकको शिर्षकले न्याय पाउन सकेन जस्तो लाग्छ ।...

      चीनले सिलिकन भ्यालीलाई कसरी प्रयोग गरिरहेको छ

      चीनले सिलिकन भ्यालीलाई कसरी प्रयोग गरिरहेको छ

      जेकोब ड्रेयर
      असार २७, २०८१

      १६ औं शताब्दीसम्म, चीन दुनियाको प्रविधिजगतमा सबैभन्दा बढी विकसित थियो। जुनबेला यूरोपमा कुलीन वर्गको शासन थियो, त्यसबेला चीनका प्रबुद्ध वर्गले...

      प्यालेष्टाइन–इजरायल द्वन्द्वको वास्तविकता

      प्यालेष्टाइन–इजरायल द्वन्द्वको वास्तविकता

      रामराज रेग्मी
      असार १२, २०८१

      यही वर्ष २०२४ को गत ७ अक्टोवरमा प्यालेष्टाइनी लडाकू समुह हमासले इजरायलमा गरेको सशस्त्र हमलामा परी १० जना नेपाली विद्यार्थीको...

      मिटरब्याजको आडमा बलात्कार गर्ने सुर्जमानलाई १० वर्ष कैद, पीडितलाई ५ लाख क्षतिपुर्ति तिर्नुपर्ने

      नेपाल रिडर्स
      असार ३, २०८१

      मिटरब्याजको आडमा शरिर बन्धक बनाएर यौन शोषण गर्ने सुर्जमान मालिलाई ललितपुर जिल्ला अदालतले १० वर्ष कैद सजाय सुनाएको छ। मिटरब्याजी...

      Leave a Reply Cancel reply

      Your email address will not be published. Required fields are marked *

      सिफारिस

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?
      विचार

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?

      प्रा. चैतन्य मिश्र
      मंसिर ६, २०८०

      थप पढ्नुहोस्Details
      महङ्गीबारे रहस्यमय मौनता
      समाज

      महङ्गीबारे रहस्यमय मौनता

      नरेश ज्ञवाली
      कार्तिक १४, २०८०

      थप पढ्नुहोस्Details
      भारतीय समाजको नाजीकरण भइसक्यो!
      विचार

      भारतीय समाजको नाजीकरण भइसक्यो!

      अरुन्धती रोय
      कार्तिक ११, २०८०

      थप पढ्नुहोस्Details
      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!
      विचार

      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!

      नालेदी पान्दोर
      कार्तिक १०, २०८०

      थप पढ्नुहोस्Details

      सामाजिक सञ्जालमा पुग्नुहोस्

      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • हाम्रो बारे

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.

      Welcome Back!

      गुगल मार्फत साइन इन गर्नुहोस्
      Sign In with Linked In
      वा

      Login to your account below

      Forgotten Password? Sign Up

      Create New Account!

      गुगल मार्फत साइन अप गर्नुहोस्
      Sign Up with Linked In
      वा

      Fill the forms bellow to register

      All fields are required. Log In

      Retrieve your password

      Please enter your username or email address to reset your password.

      Log In

      Add New Playlist

      नतिजा छैन
      सबै नतिजा हेर्नुहोस्
      • राजनीति
      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • मल्टिमिडिया
      • ब्लग

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.