यसै महिना मार्चमा आयोजित गरिनु पर्ने कोरोनाभाइरस सम्मेलन व्यापक आक्रामक भएको कोरोनाभाइरस संक्रमणका कारण रद्द हुने भएको छ।
न्यु योर्कमा शुक्रबार हुने भनिएको “डूइंग बिजनस अण्डर कोरोनाभाइरस” विषयक सम्मेलन उक्त घातक भाइरसको विस्तारको कारण परराष्ट्र सम्बन्धी काउन्सिल (सीएफआर) द्वारा रद्द गरियो।
सोही काउन्सीलले केही व्यक्तिगत सम्मेलनहरू रद्द पनि गर्यो जुन मार्च ११ देखि अप्रिलसम्म हुनुपर्ने थियो, जसमा न्यु योर्क र वाशिंगटनका गोलमेचहरू र संयुक्त राज्य अमेरिका नजिकैका राष्ट्रिय कार्यक्रमहरू समावेश थिए।
रिपोर्टका अनुसार, यसैका ससाना स्थगित भएका ससाना वैठकहरुका लामो सूची नै छ, साथै अन्तर्राष्ट्रिय निडोभाइरस सिम्पोजियमको आधिकारिक बैठक पनि २०२१ का लागि सारियो।
निडोभाइरस सिम्पोजियम प्रत्येक तीन बर्षमा मात्र एक पटक हुन्छ। आगामी सिम्पोजियम नेदरल्याण्ड्समा यही मइ १० देखि १४ सम्म आयोजना भइरहेको थियो। यस बर्षको भेलामा कोरोनाभाइरसको बारेमा जानकारी आदानप्दान गर्ने र समाधानको दिशामा काम गर्ने थियो।
तर त्यो पनि रद्द गरिएको छ किनकी उपस्थित हुने मानिसहरूले दर्ता नै गरेनन्।
स्रोतः घाना न्यूजमा पावागा ब्लेसद्वारा लिखित ११ मार्चमा प्रसारित।