रोबर्ट रेख:हाम्रो “यस प्रणालीले वास्तवमा हाम्रा तत्कालका आवश्यकतालाई पुरा गर्न सक्दैन र गरेको पनि छैन  … यो भताङ्गभुतुङ्ग भइसकेको छ। यस कुरालाई स्वीकार गरौं।” राष्ट्रिय एलर्जी र संक्रामक रोग संस्थाका निर्देशक तथा ट्रम्प प्रशासनले कोरोनाभाइरसको बारेमा सत्य बताउनसक्ने भनी पत्याइएका एक मात्र अधिकारी डा. एन्थोनी फौसीले गत बिहीबार बताए।

जब हामी यसमा लागि नै सक्यौ भने कुनै आधारभूत कुरालाई स्वीकार गरौं। आधाउधि प्रतिस्पर्धी राष्ट्रपति मातहत पनि ब्यवस्था असफल हुनेछ। चाडै सबैलाई ज्ञात हुने सानो गन्हाउने गोप्य कुरा भनेको संयुक्त राज्य अमेरिकामा वास्तविक जनस्वास्थ्य प्रणाली नै छैन।

हाउस डेमोक्र्याटले शुक्रबार ढिलोगरी बनिबनाउ तदर्थ प्रतिक्रिया दियो र व्हाइट हाउसले केहि सहयोग गर्न सक्दछ, यद्यपि यो पनि कञ्जुस्याइँपूर्ण छ, जस्को म वर्णन गर्छु।

अमेरिकामा कोरोनाभाइरसको प्रकोपलाई पहिलो पटक चीनको वुहानमा संक्रमणको शुरुवाती बृद्धिमा देखाइएको जस्तै उदासीनता प्रदर्शन गरियो। जब चीनले संक्रमण र प्रसार रोक्न व्यापक उपायहरू अपनाउन शुरु गर्‍यो तब अमेरिका झल्यास्स भयो तब उसले चाल पायो उसँग यस महामारीको सामना गर्नसक्ने सार्वजनिक क्षमता नै छैन।

हामी कहाँ सार्वजनिक स्वास्थ्य प्रणालीको सट्टा, भाग्यशाली व्यक्तिले बेहोर्नसक्ने नाफामुखी निजी प्रणाली छ र पूर्णरोजगार व्यक्तिका भाग्यमा एक सामाजिक बीमा प्रणाली छ।

दुबै प्रणालीहरूले सकेसम्म समग्रमा सार्वजनिक आवश्यकताहरूलाई भन्दा व्यक्तिको आवश्यकतालाई सम्वोधन गर्दछन्। अमेरिकामा, “सार्वजनिक” शब्द – सार्वजनिक स्वास्थ्य, सार्वजनिक शिक्षा वा जनकल्याणमा अर्थ भनेको व्यक्ति–व्यक्तिको व्यक्तिगत आवश्यकताको कूल योग हो, साझा सेवा वा वस्तु होइन।

यसलाई अमेरिकाको वित्तीय प्रणालीसँग तुलना गर्नुहोस्। संघीय रिजर्वले समग्रततमा स्वास्थ्यको वित्तीय बजार सँगै आफ्नो चिन्ता गर्दछ। पछिल्लो हप्ता फेडले कारोबार गर्न कठिनाइहरूको थोरै संकेतमा बैंकहरूलाई १.५ ट्रिलियन  डलर उपलब्ध गरायो। कसैले पनि आँखा झिम्क्याएन।

जब सम्पूर्ण राष्ट्रको स्वास्थ्यको कुरा आउँछ त्यसबेला यस्तो पैसा उपलब्ध हुँदैन। सार्वजनिक स्वास्थ्यको रेखदेख र व्यवस्थापन गर्ने जिम्मेवारी लिने कुनै संस्थानहरू छैनन् जसले वित्तीय विनास भन्दा मानवजातिको विनास रोक्न सकोस्। जब कि फेडले आर्थिक जगतमा आइपर्ने विनासलाई रोक्न एक भिमकाय चेकबाट ह्वीप जारी गर्न सक्छ।

कोभिड–१९ भाइरसको परीक्षणको मापदण्ड तयार भई स्वीकृत गरिएको भए पनि करोडौं अमेरिकीहरूलाई नि:शुल्क सेवा दिने कुनै पनि संस्था तयार गरिएका छैनन्। काउन्टी र शहरका स्वास्थ्य अधिकारीहरूको नेशनल एसोसिएसनका अनुसार सन् २००८ यता स्थानीय र राज्य स्वास्थ्य विभागहरूका एक चौथाई जनशक्ति गुमाएका कारण ती नरकङ्काल भएका छन्।

अमेरिकामा स्वास्थ्य उपचारसेवा मुख्यरूपमा नाफा कमाउने निजी कर्पोरेसनहरूद्वारा वितरित हुने गर्छ। जसलाई वित्तीय संस्था जस्तो आपतकालिन अवस्थामा तयारीका लागि कुनै प्रवन्ध र स्रोतसाधन जगेडामा राखी राख्नु आवश्यकता पर्दैन। यसैको परिणाम, भेन्टिलेटरहरू सास फेर्न असमर्थ कोरोनाभाइरस पीडितहरूको अनुमानित संख्यालाई सेवा दिने गरी जगेडामा छैनन्। यिनीहरुसँग भएका ४५,००० आइसियू बेडहरु अनुमानित संख्या २ करोड ९० लाखका लागि ज्यादै नै कम हुनेछन्।

फेडले वित्तीय संकटहरूलाई क्वारेन्टीन गर्न बैंकहरू बन्द गर्न सक्दछ, तर संयुक्त राज्य अमेरिकाले कार्यस्थलहरू बन्द गर्न सक्दैन किनकि राष्ट्रको सामाजिक बीमा प्रणाली नै काममा जाने व्यक्तिहरूमा निर्भर गर्दछ।

प्रति घण्टा १०.४९ डलर भन्दा कम आय भएका श्रमिकहरू लगायत करीव ३० प्रतिशत अमेरिकी श्रमिकहरूले आफ्ना रोजगारदाताहरूबाट बिरामी बिदा लिदैनन्। बहुसंख्यक स्वरोजगार श्रमिकहरूले बिरामी बिदा लिन सक्दैनन्। हाउस डेमोक्र्याट र ह्वाइट हाउस बीच भएको शुक्रवारको सम्झौताको धेरै असर हुने छैन किनकि यसले ठूला रोजगारदाताहरूलाई छुटको अधिकार दिन्छ भने सानालाई माफी प्रदान गर्दछ।

धेरै बेरोजगार अमेरिकीहरू बेरोजगारी बीमाको लागि योग्य हुँदैनन् किनकि उनीहरूले स्थिर काममा लामो समयसम्म काम गरेनन्, र तदर्थ त्यो शुक्रबारे सम्झौताले खासै परिवर्तन ल्याउदैन। यसैबीच, ३ करोड भन्दा बढी अमेरिकीहरूको स्वास्थ्य बीमा छैन। मेडिकेड, फूड स्ट्याम्पहरू र अन्य सार्वजनिक सहयोग पाउने योग्यता अहिले आएर काम पाउने वा सक्रियतापूर्वक खोजी गर्ने कुरासँग जोडिएको छ।

सार्वजनिक विद्यालयहरू बन्द गर्न गाह्रो छ किनकि प्रायजसो काम गर्ने अभिभावकहरूले बच्चाको हेरचाह गर्न सक्दैनन्। धेरै गरीब बालबच्चाहरूको एक छाक भोजन स्कूलको खाजा नै हुने गर्छ। लस एन्जलसमा, करीव ८० प्रतिशत विद्यार्थीहरू नि: शुल्क वा कम दाममा लन्च पाइरहेका हुन्छन्, र शैक्षिक वर्षमा कुनै न कुनै बेला करीव २०,००० घरबारविहीन हुन्छन्।

संक्षेपमा, संयुक्त राज्य अमेरिकामा कुनै सार्वजनिक स्वास्थ्य प्रणाली छैन। राष्ट्र रक्षा गर्ने बाहेक,संसारको सबैभन्दा धनी राष्ट्रको समग्रमा जनसमुदायको रक्षा गर्ने क्षमता छैन। हाउस डेमोक्र्याट र व्हाइट हाउस शुक्रबारमा आयोजित हुने तदर्थ उपचारहरू नहुनु भन्दा कानो मामा निको जस्तै हो, तर तर तिनीहरूले यस्तो रिक्तता अलिकति पूरा गर्न सक्दैनन्।

साभारः न्युजवीक अमेरिकाबाट प्रसारित अनलाइनमा १७ मार्च २०२० बाट। रोबर्ट रेखको आलेख।

रोबर्ट रेखः  न्यूज वीक कोलमनिस्ट र सार्वजनिक नीतिका चान्सलर्स प्राध्यापक, यूनिभर्सिटी अफ क्यालिफोर्निया बर्कले।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया