Date
सोम, माघ २६, २०८२
Mon, February 9, 2026
Monday, February 9, 2026
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
  • लग - इन
  • दर्ता गर्नुहोस्
Nepal Readers
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
Nepal Readers
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्

कोभिड-१९ले गोप्यता भङ्ग गर्‍यो – अमेरिकामा सार्वजनिक स्वास्थ्य प्रणाली छैन

पत्रपत्रिकाबाट पत्रपत्रिकाबाट
चैत्र ६, २०७६
- समाचार, स्वास्थ्य /शिक्षा
A A
0
  •  shares
  • Facebook
  • Twitter
  • WhatsApp
  • Gmail
  • Viber
  • Messenger

    रोबर्ट रेख:हाम्रो “यस प्रणालीले वास्तवमा हाम्रा तत्कालका आवश्यकतालाई पुरा गर्न सक्दैन र गरेको पनि छैन  … यो भताङ्गभुतुङ्ग भइसकेको छ। यस कुरालाई स्वीकार गरौं।” राष्ट्रिय एलर्जी र संक्रामक रोग संस्थाका निर्देशक तथा ट्रम्प प्रशासनले कोरोनाभाइरसको बारेमा सत्य बताउनसक्ने भनी पत्याइएका एक मात्र अधिकारी डा. एन्थोनी फौसीले गत बिहीबार बताए।

    जब हामी यसमा लागि नै सक्यौ भने कुनै आधारभूत कुरालाई स्वीकार गरौं। आधाउधि प्रतिस्पर्धी राष्ट्रपति मातहत पनि ब्यवस्था असफल हुनेछ। चाडै सबैलाई ज्ञात हुने सानो गन्हाउने गोप्य कुरा भनेको संयुक्त राज्य अमेरिकामा वास्तविक जनस्वास्थ्य प्रणाली नै छैन।

    हाउस डेमोक्र्याटले शुक्रबार ढिलोगरी बनिबनाउ तदर्थ प्रतिक्रिया दियो र व्हाइट हाउसले केहि सहयोग गर्न सक्दछ, यद्यपि यो पनि कञ्जुस्याइँपूर्ण छ, जस्को म वर्णन गर्छु।

    अमेरिकामा कोरोनाभाइरसको प्रकोपलाई पहिलो पटक चीनको वुहानमा संक्रमणको शुरुवाती बृद्धिमा देखाइएको जस्तै उदासीनता प्रदर्शन गरियो। जब चीनले संक्रमण र प्रसार रोक्न व्यापक उपायहरू अपनाउन शुरु गर्‍यो तब अमेरिका झल्यास्स भयो तब उसले चाल पायो उसँग यस महामारीको सामना गर्नसक्ने सार्वजनिक क्षमता नै छैन।

    हामी कहाँ सार्वजनिक स्वास्थ्य प्रणालीको सट्टा, भाग्यशाली व्यक्तिले बेहोर्नसक्ने नाफामुखी निजी प्रणाली छ र पूर्णरोजगार व्यक्तिका भाग्यमा एक सामाजिक बीमा प्रणाली छ।

    दुबै प्रणालीहरूले सकेसम्म समग्रमा सार्वजनिक आवश्यकताहरूलाई भन्दा व्यक्तिको आवश्यकतालाई सम्वोधन गर्दछन्। अमेरिकामा, “सार्वजनिक” शब्द – सार्वजनिक स्वास्थ्य, सार्वजनिक शिक्षा वा जनकल्याणमा अर्थ भनेको व्यक्ति–व्यक्तिको व्यक्तिगत आवश्यकताको कूल योग हो, साझा सेवा वा वस्तु होइन।

    यसलाई अमेरिकाको वित्तीय प्रणालीसँग तुलना गर्नुहोस्। संघीय रिजर्वले समग्रततमा स्वास्थ्यको वित्तीय बजार सँगै आफ्नो चिन्ता गर्दछ। पछिल्लो हप्ता फेडले कारोबार गर्न कठिनाइहरूको थोरै संकेतमा बैंकहरूलाई १.५ ट्रिलियन  डलर उपलब्ध गरायो। कसैले पनि आँखा झिम्क्याएन।

    जब सम्पूर्ण राष्ट्रको स्वास्थ्यको कुरा आउँछ त्यसबेला यस्तो पैसा उपलब्ध हुँदैन। सार्वजनिक स्वास्थ्यको रेखदेख र व्यवस्थापन गर्ने जिम्मेवारी लिने कुनै संस्थानहरू छैनन् जसले वित्तीय विनास भन्दा मानवजातिको विनास रोक्न सकोस्। जब कि फेडले आर्थिक जगतमा आइपर्ने विनासलाई रोक्न एक भिमकाय चेकबाट ह्वीप जारी गर्न सक्छ।

    कोभिड–१९ भाइरसको परीक्षणको मापदण्ड तयार भई स्वीकृत गरिएको भए पनि करोडौं अमेरिकीहरूलाई नि:शुल्क सेवा दिने कुनै पनि संस्था तयार गरिएका छैनन्। काउन्टी र शहरका स्वास्थ्य अधिकारीहरूको नेशनल एसोसिएसनका अनुसार सन् २००८ यता स्थानीय र राज्य स्वास्थ्य विभागहरूका एक चौथाई जनशक्ति गुमाएका कारण ती नरकङ्काल भएका छन्।

    अमेरिकामा स्वास्थ्य उपचारसेवा मुख्यरूपमा नाफा कमाउने निजी कर्पोरेसनहरूद्वारा वितरित हुने गर्छ। जसलाई वित्तीय संस्था जस्तो आपतकालिन अवस्थामा तयारीका लागि कुनै प्रवन्ध र स्रोतसाधन जगेडामा राखी राख्नु आवश्यकता पर्दैन। यसैको परिणाम, भेन्टिलेटरहरू सास फेर्न असमर्थ कोरोनाभाइरस पीडितहरूको अनुमानित संख्यालाई सेवा दिने गरी जगेडामा छैनन्। यिनीहरुसँग भएका ४५,००० आइसियू बेडहरु अनुमानित संख्या २ करोड ९० लाखका लागि ज्यादै नै कम हुनेछन्।

    फेडले वित्तीय संकटहरूलाई क्वारेन्टीन गर्न बैंकहरू बन्द गर्न सक्दछ, तर संयुक्त राज्य अमेरिकाले कार्यस्थलहरू बन्द गर्न सक्दैन किनकि राष्ट्रको सामाजिक बीमा प्रणाली नै काममा जाने व्यक्तिहरूमा निर्भर गर्दछ।

    प्रति घण्टा १०.४९ डलर भन्दा कम आय भएका श्रमिकहरू लगायत करीव ३० प्रतिशत अमेरिकी श्रमिकहरूले आफ्ना रोजगारदाताहरूबाट बिरामी बिदा लिदैनन्। बहुसंख्यक स्वरोजगार श्रमिकहरूले बिरामी बिदा लिन सक्दैनन्। हाउस डेमोक्र्याट र ह्वाइट हाउस बीच भएको शुक्रवारको सम्झौताको धेरै असर हुने छैन किनकि यसले ठूला रोजगारदाताहरूलाई छुटको अधिकार दिन्छ भने सानालाई माफी प्रदान गर्दछ।

    धेरै बेरोजगार अमेरिकीहरू बेरोजगारी बीमाको लागि योग्य हुँदैनन् किनकि उनीहरूले स्थिर काममा लामो समयसम्म काम गरेनन्, र तदर्थ त्यो शुक्रबारे सम्झौताले खासै परिवर्तन ल्याउदैन। यसैबीच, ३ करोड भन्दा बढी अमेरिकीहरूको स्वास्थ्य बीमा छैन। मेडिकेड, फूड स्ट्याम्पहरू र अन्य सार्वजनिक सहयोग पाउने योग्यता अहिले आएर काम पाउने वा सक्रियतापूर्वक खोजी गर्ने कुरासँग जोडिएको छ।

    सार्वजनिक विद्यालयहरू बन्द गर्न गाह्रो छ किनकि प्रायजसो काम गर्ने अभिभावकहरूले बच्चाको हेरचाह गर्न सक्दैनन्। धेरै गरीब बालबच्चाहरूको एक छाक भोजन स्कूलको खाजा नै हुने गर्छ। लस एन्जलसमा, करीव ८० प्रतिशत विद्यार्थीहरू नि: शुल्क वा कम दाममा लन्च पाइरहेका हुन्छन्, र शैक्षिक वर्षमा कुनै न कुनै बेला करीव २०,००० घरबारविहीन हुन्छन्।

    संक्षेपमा, संयुक्त राज्य अमेरिकामा कुनै सार्वजनिक स्वास्थ्य प्रणाली छैन। राष्ट्र रक्षा गर्ने बाहेक,संसारको सबैभन्दा धनी राष्ट्रको समग्रमा जनसमुदायको रक्षा गर्ने क्षमता छैन। हाउस डेमोक्र्याट र व्हाइट हाउस शुक्रबारमा आयोजित हुने तदर्थ उपचारहरू नहुनु भन्दा कानो मामा निको जस्तै हो, तर तर तिनीहरूले यस्तो रिक्तता अलिकति पूरा गर्न सक्दैनन्।

    साभारः न्युजवीक अमेरिकाबाट प्रसारित अनलाइनमा १७ मार्च २०२० बाट। रोबर्ट रेखको आलेख।

    रोबर्ट रेखः  न्यूज वीक कोलमनिस्ट र सार्वजनिक नीतिका चान्सलर्स प्राध्यापक, यूनिभर्सिटी अफ क्यालिफोर्निया बर्कले।

     

    •  shares
    • Facebook
    • Twitter
    • WhatsApp
    • Gmail
    • Viber
    • Messenger
      पत्रपत्रिकाबाट

      पत्रपत्रिकाबाट

      Related Posts

      मिटरब्याजको आडमा बलात्कार गर्ने सुर्जमानलाई १० वर्ष कैद, पीडितलाई ५ लाख क्षतिपुर्ति तिर्नुपर्ने

      नेपाल रिडर्स
      असार ३, २०८१

      मिटरब्याजको आडमा शरिर बन्धक बनाएर यौन शोषण गर्ने सुर्जमान मालिलाई ललितपुर जिल्ला अदालतले १० वर्ष कैद सजाय सुनाएको छ। मिटरब्याजी...

      सेप्टेम्बर ११ को ५० वर्षः सल्भाडोर अलेन्देको बाटो पच्छ्याइरहेको ल्याटिन अमेरिका

      ‘शान्तिपूर्ण बाटो’को चिली-शिक्षा

      सङ्गीत
      जेष्ठ २४, २०८१

      के त्यो सुन्दर संसार नष्ट भइसक्यो ? जसको तिमीले गरेका थियौ शिलान्यास ! होइन, मेरो चेतनले भन्छ– होइन, हुनै सक्दैन...

      हल्ला गरेझैं नराम्रो छैन सार्वजनिक स्वास्थ्य सेवा – डा. सन्तोष पौडेल

      हल्ला गरेझैं नराम्रो छैन सार्वजनिक स्वास्थ्य सेवा – डा. सन्तोष पौडेल

      नेपाल रिडर्स
      फाल्गुन २५, २०८०

      वीर अस्पताल नेपालको सबैभन्दा पुरानो ऐतिहासिक अस्पताल हो। यो अस्पताल वि.सं. १९४७ साउन १२ गते वीर शम्शेरको पहलमा स्थापित भएको...

      ०३६ सालको विद्यार्थी आन्दोलनका नेता दामोदर उपाध्यायको निधन

      ०३६ सालको विद्यार्थी आन्दोलनका नेता दामोदर उपाध्यायको निधन

      नेपाल रिडर्स
      माघ १०, २०८०

      नेपालको वामपन्थी विद्यार्थी आन्दोलनको अनेरास्ववियू (एकताको पाँचौ) धाराका एकजना संस्थापक तथा ०३६ को विद्यार्थी आन्दोलनलाई सञ्चालन गर्न बनाएको केन्द्रीय संघर्ष...

      रवि मिश्रको एकल कार्टुन प्रदर्शनी सुरु

      रवि मिश्रको एकल कार्टुन प्रदर्शनी सुरु

      नेपाल रिडर्स
      माघ ४, २०८०

      कार्टुनिष्ट रवि मिश्रको एकल कार्टुन प्रदर्शनी सुरु भएको छ। नयाँ बानेश्वरको एनबी सेन्टर स्थित उमोजा कफिमा मिश्रका कार्टुन प्रदर्शनीमा राखिएकाछन्।...

      काफ्लेगाउँको स्वास्थ्य प्रणाली बर्बादीको कथा

      काफ्लेगाउँको स्वास्थ्य प्रणाली बर्बादीको कथा

      कोमल भट्टराई
      माघ ३, २०८०

      कथाराम्भ केही दशकअघि त्यहाँ हजुरआमा थिए, आमा–काकी–फुपू थिए, दिदिबहिनी–दाइभाइ थिए। सिकर्मी र डकर्मीका सिप भएका तामाङ् थिए। गडीको डाँडामुनि दाहाल...

      सिफारिस

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?
      विचार

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?

      प्रा. चैतन्य मिश्र
      मंसिर ६, २०८०

      थप पढ्नुहोस्Details
      महङ्गीबारे रहस्यमय मौनता
      समाज

      महङ्गीबारे रहस्यमय मौनता

      नरेश ज्ञवाली
      कार्तिक १४, २०८०

      थप पढ्नुहोस्Details
      भारतीय समाजको नाजीकरण भइसक्यो!
      विचार

      भारतीय समाजको नाजीकरण भइसक्यो!

      अरुन्धती रोय
      कार्तिक ११, २०८०

      थप पढ्नुहोस्Details
      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!
      विचार

      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!

      नालेदी पान्दोर
      कार्तिक १०, २०८०

      थप पढ्नुहोस्Details

      सामाजिक सञ्जालमा पुग्नुहोस्

      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • हाम्रो बारे

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.

      Welcome Back!

      गुगल मार्फत साइन इन गर्नुहोस्
      Sign In with Linked In
      वा

      Login to your account below

      Forgotten Password? Sign Up

      Create New Account!

      गुगल मार्फत साइन अप गर्नुहोस्
      Sign Up with Linked In
      वा

      Fill the forms bellow to register

      All fields are required. Log In

      Retrieve your password

      Please enter your username or email address to reset your password.

      Log In

      Add New Playlist

      नतिजा छैन
      सबै नतिजा हेर्नुहोस्
      • राजनीति
      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • मल्टिमिडिया
      • ब्लग

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.