Date
शनि, बैशाख १९, २०८३
Sat, May 2, 2026
Saturday, May 2, 2026
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
  • लग - इन
  • दर्ता गर्नुहोस्
Nepal Readers
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
Nepal Readers
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्

कोरोनाभाइरस: कहिले रोकिन्छ? सामान्य अवस्था कहिले हुन्छ?

पत्रपत्रिकाबाट पत्रपत्रिकाबाट
चैत्र ८, २०७६
- समाचार, स्वास्थ्य /शिक्षा
A A
0
This photo taken on February 20, 2020 shows doctors looking at a lung CT image at a hospital in Yunmeng county, Xiaogan city, in China's central Hubei province. - China on February 21 touted a big drop in new cases of the coronavirus as a sign it has contained the epidemic, but fears grew abroad after two former passengers of a quarantined cruise ship died in Japan and a cluster of infections increased in South Korea. (Photo by STR / AFP) / China OUT

This photo taken on February 20, 2020 shows doctors looking at a lung CT image at a hospital in Yunmeng county, Xiaogan city, in China's central Hubei province. - China on February 21 touted a big drop in new cases of the coronavirus as a sign it has contained the epidemic, but fears grew abroad after two former passengers of a quarantined cruise ship died in Japan and a cluster of infections increased in South Korea. (Photo by STR / AFP) / China OUT

  •  shares
  • Facebook
  • Twitter
  • WhatsApp
  • Gmail
  • Viber
  • Messenger

    विश्वका प्रमुख स्थलहरू खाली छन्।विद्यालय बन्द गरिनुका साथै यात्रामा लगाइएको प्रतिबन्ध अनि ठूलो सङ्ख्यामा जम्मा हुन नपाइने सहितका अन्य प्रतिबन्धात्मक व्यवस्थाका कारण निकै व्यस्त रहने स्थानहरू सुनसान देखिन थालेका छन्।

    यो कोरोनाभाइरसका कारण उत्पन्न हुने रोगप्रति लक्षित एक विशेष किसिमको अभूतपूर्व प्रतिक्रिया हो।तर संसारभर २,७५,००० भन्दा बढी मानिसलाई सङ्क्रमण गरेको प्रकोपको अन्त्य कहिले हुन्छ? हामी सामान्य जीवनमा कहिलेसम्म फर्कन सक्छौँ? ब्रिटिश प्रधानमन्त्री बोरिस जोनसनले ब्रिटेनले कोरोनाभाइरसको प्रभावलाई आगामी १२ हप्ताभित्र ‘बदल्न सक्ने’ विश्वास व्यक्त गरेका छन्। तर आगामी तीन महिनामा सङ्क्रमणको सङ्ख्यामा कमी आउन थाले पनि हामी त्यसको अन्त्यभन्दा निकै टाढा हुने छौँ।यसको प्रभाव अन्त्य हुन निकै लामो समय लाग्न सक्छ। सम्भवतः वर्षौँ लाग्न सक्छ।

    हाल अपनाइएको प्रतिबन्धहरूको रणनीति दिगो हुन नसक्ने स्पष्ट छ र यसले निम्त्याउने सामाजिक र आर्थिक क्षति डरलाग्दो हुनेछ।अहिलेको आवश्यकता भनेको ‘निकासको रणनीति हो’ जसबाट प्रतिबन्धात्मक व्यवस्थाहरू हटाउन र जनजीवन सामान्य बनाउन सकिन्छ। तर कोरोनाभाइरस हराउने छैन।प्रतिबन्ध हटाइए सङ्क्रमणको सङ्ख्या बढ्ने छ।

    ‘निकासको योजना के हो र हामी कसरी यसबाट बाहिर निस्कन सक्छौँ भन्ने विषय ठूलो समस्या हो,’ युनिभर्सिटी अफ एडिनबरा सरुवा रोग विषयका प्राध्यापक मार्क वुलहाउसले बताए।’यो विषयमा यूकेमा मात्र होइन। कुनै पनि देशसँग योजना छैन।’यो निकै ठूलो वैज्ञानिक र सामाजिक चुनौती हो।

    यो परिस्थितिबाट बाहिर निस्कने तीनवटा तरिका छन्

    -खोप‍,
    -धेरै मानिसहरूमा रोगप्रतिरोधी क्षमताको विकास, वा
    -व्यवहार र समाजको स्थायी परिवर्तन
    यी सबै तरिकाहरूले भाइरसको फैलिने गति कम गर्नेछन्।

    खोप बन्न कम्तीमा एक वर्ष लाग्छ
    खोपले मानिसको रोग प्रतिरोध गर्ने क्षमता बढाउँछ जसले गर्दा उनीहरू बिरामी हुने जोखिम कम हुन्छ।करिब ६० प्रतिशत मानिसहरूलाई नयाँ कोरोनाभाइरस प्रतिरोध गर्न सक्ने बनाइयो भने उक्त भाइरस फैलिन सक्दैन।

    अमेरिकामा एक व्यक्तिलाई यसै हप्ता पहिलो पटक खोप परीक्षण गरिएको छ।खोपका बारेमा अभूतपूर्व गृहकार्य भइरहेको छ तर यो सफल हुन्छ भन्ने निश्चित छैन।सबैभन्दा सहज अनुमान सबै कुरा सफल र सहज भए पनि खोप बन्न अझै १२ देखि १८ महिना लाग्छ भन्ने हो।

    प्राकृतिक रोग प्रतिरोधी क्षमता : कम्तीमा दुई वर्ष
    धेरै देशहरूको अल्पकालीन योजना रोग सर्न सकेसम्म कम गर्ने र अस्पतालका शैयाहरू खाली राख्ने हो।सङ्क्रमण कम भएपछि प्रतिबन्धात्मक व्यवस्थाहरू खुकुलो पार्न सकिन्छ।तर कहिले सङ्क्रमण घट्छ भन्न सकिन्न।

    यूकेका प्रमुख वैज्ञानिक सल्लाहकार सर प्याट्रिक भाल्लेन्स भन्छन्स् ‘स्पष्ट समयरेखा कोर्न सकिने अवस्था छैन।’ तर यसको सङ्क्रमण बढ्दै जाँदा मानिसहरूको शरीरमा यसलाई प्रतिरोध गर्ने क्षमता पनि बढ्दै जान सक्छ। तर त्यसका लागि वर्षौँ लाग्न सक्छ।

    प्राध्यापक नील फर्गुसन भन्छन् ‘हामी यसको सङ्क्रमणलाई थोरै मानिसमा मात्र सीमित गर्ने कुरा गरिरहेका छौँ।”त्यसका लागि हामीले दुई वर्षसम्म यस्तै अवस्था भोग्यौँ भने धेरै मानिसहरूमा रोग प्रतिरोधि क्षमता विस्तार हुनसक्छ किनभने त्यतिबेलासम्म जनसङ्ख्याको ठूलो समुदायलाई सङ्क्रमण भइसकेको हुनेछ।’

    वैकल्पिक व्यवस्था – कहिले भन्ने टुङ्गो छैन
    ‘अर्को विकल्प भनेको हाम्रो व्यवहारमा स्थायी परिवर्तन हो जसले सङ्क्रमण सर्ने दर कम गर्न सहयोग गर्छ,’ प्राध्यापक वुलहाउसले बताए।जसमा हाल कायम गरिएका कतिपय उपाय कायम राख्ने, व्यापक रूपमा परीक्षण गर्ने वा आइसोलेसन अर्थात् एक्ल्याएर राख्ने उपाय हुन सक्छ। कोभिड-१९ को सफल उपचार गर्न सक्ने औषधि विकास भए अन्य रणनीतिमा सहयोगी भूमिका निर्वाह गर्न सक्छ।

    त्यसलाई सङ्क्रमणको लक्षण देखा पर्नासाथ प्रयोग गर्न सकिने बताइएको छ। अरूलाई त्यो नसरोस् भनेर गरिने ‘ट्रान्समिसन कन्ट्रोल’ अर्थात् सर्न नियन्त्रण गर्ने प्रक्रियामा त्यसले सघाउ पुर्‍याउन सक्ने बताइएको छ।यसले प्रतिबन्धात्मक उपाय नगरी थप घटनाहरूसँग जुझ्न सहयोग गर्छ।

    तर कोभिड-१९ को औषधि बनेर परीक्षण भई प्रयोगमा आउन पनि उत्तिकै समय लाग्छ। यूकेका प्रमुख स्वास्थ्य सल्लाहकार प्राध्यापक क्रिस ह्वीटी भन्छन्स् ‘दीर्घकालीन समाधान भनेको खोप नै हो र आशा गरौँ त्यो सकेसम्म छिटो उपलब्ध हुनेछ।’बीबीसी

    •  shares
    • Facebook
    • Twitter
    • WhatsApp
    • Gmail
    • Viber
    • Messenger
      पत्रपत्रिकाबाट

      पत्रपत्रिकाबाट

      Related Posts

      मिटरब्याजको आडमा बलात्कार गर्ने सुर्जमानलाई १० वर्ष कैद, पीडितलाई ५ लाख क्षतिपुर्ति तिर्नुपर्ने

      नेपाल रिडर्स
      असार ३, २०८१

      मिटरब्याजको आडमा शरिर बन्धक बनाएर यौन शोषण गर्ने सुर्जमान मालिलाई ललितपुर जिल्ला अदालतले १० वर्ष कैद सजाय सुनाएको छ। मिटरब्याजी...

      सेप्टेम्बर ११ को ५० वर्षः सल्भाडोर अलेन्देको बाटो पच्छ्याइरहेको ल्याटिन अमेरिका

      ‘शान्तिपूर्ण बाटो’को चिली-शिक्षा

      सङ्गीत
      जेष्ठ २४, २०८१

      के त्यो सुन्दर संसार नष्ट भइसक्यो ? जसको तिमीले गरेका थियौ शिलान्यास ! होइन, मेरो चेतनले भन्छ– होइन, हुनै सक्दैन...

      हल्ला गरेझैं नराम्रो छैन सार्वजनिक स्वास्थ्य सेवा – डा. सन्तोष पौडेल

      हल्ला गरेझैं नराम्रो छैन सार्वजनिक स्वास्थ्य सेवा – डा. सन्तोष पौडेल

      नेपाल रिडर्स
      फाल्गुन २५, २०८०

      वीर अस्पताल नेपालको सबैभन्दा पुरानो ऐतिहासिक अस्पताल हो। यो अस्पताल वि.सं. १९४७ साउन १२ गते वीर शम्शेरको पहलमा स्थापित भएको...

      ०३६ सालको विद्यार्थी आन्दोलनका नेता दामोदर उपाध्यायको निधन

      ०३६ सालको विद्यार्थी आन्दोलनका नेता दामोदर उपाध्यायको निधन

      नेपाल रिडर्स
      माघ १०, २०८०

      नेपालको वामपन्थी विद्यार्थी आन्दोलनको अनेरास्ववियू (एकताको पाँचौ) धाराका एकजना संस्थापक तथा ०३६ को विद्यार्थी आन्दोलनलाई सञ्चालन गर्न बनाएको केन्द्रीय संघर्ष...

      रवि मिश्रको एकल कार्टुन प्रदर्शनी सुरु

      रवि मिश्रको एकल कार्टुन प्रदर्शनी सुरु

      नेपाल रिडर्स
      माघ ४, २०८०

      कार्टुनिष्ट रवि मिश्रको एकल कार्टुन प्रदर्शनी सुरु भएको छ। नयाँ बानेश्वरको एनबी सेन्टर स्थित उमोजा कफिमा मिश्रका कार्टुन प्रदर्शनीमा राखिएकाछन्।...

      काफ्लेगाउँको स्वास्थ्य प्रणाली बर्बादीको कथा

      काफ्लेगाउँको स्वास्थ्य प्रणाली बर्बादीको कथा

      कोमल भट्टराई
      माघ ३, २०८०

      कथाराम्भ केही दशकअघि त्यहाँ हजुरआमा थिए, आमा–काकी–फुपू थिए, दिदिबहिनी–दाइभाइ थिए। सिकर्मी र डकर्मीका सिप भएका तामाङ् थिए। गडीको डाँडामुनि दाहाल...

      सिफारिस

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?
      विचार

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?

      प्रा. चैतन्य मिश्र
      मंसिर ६, २०८०

      थप पढ्नुहोस्Details
      महङ्गीबारे रहस्यमय मौनता
      समाज

      महङ्गीबारे रहस्यमय मौनता

      नरेश ज्ञवाली
      कार्तिक १४, २०८०

      थप पढ्नुहोस्Details
      भारतीय समाजको नाजीकरण भइसक्यो!
      विचार

      भारतीय समाजको नाजीकरण भइसक्यो!

      अरुन्धती रोय
      कार्तिक ११, २०८०

      थप पढ्नुहोस्Details
      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!
      विचार

      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!

      नालेदी पान्दोर
      कार्तिक १०, २०८०

      थप पढ्नुहोस्Details

      सामाजिक सञ्जालमा पुग्नुहोस्

      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • हाम्रो बारे

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.

      Welcome Back!

      गुगल मार्फत साइन इन गर्नुहोस्
      Sign In with Linked In
      वा

      Login to your account below

      Forgotten Password? Sign Up

      Create New Account!

      गुगल मार्फत साइन अप गर्नुहोस्
      Sign Up with Linked In
      वा

      Fill the forms bellow to register

      All fields are required. Log In

      Retrieve your password

      Please enter your username or email address to reset your password.

      Log In

      Add New Playlist

      नतिजा छैन
      सबै नतिजा हेर्नुहोस्
      • राजनीति
      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • मल्टिमिडिया
      • ब्लग

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.