Date
बिहि, मंसिर २५, २०८२
Thu, December 11, 2025
Thursday, December 11, 2025
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
  • लग - इन
  • दर्ता गर्नुहोस्
Nepal Readers
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
Nepal Readers
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्

कोरोनाभाइरस: इटलीका सबै क्षेत्रमा सङ्क्रमण, ६ करोड मानिसलाई घरमै बस्न निर्देशन

nepal_readers nepal_readers
फाल्गुन २७, २०७६
- मुख्य समाचार, स्वास्थ्य /शिक्षा
A A
0
  •  shares
  • Facebook
  • Twitter
  • WhatsApp
  • Gmail
  • Viber
  • Messenger

    कोरोनाभाइरस सङ्क्रमण नियन्त्रण गर्न इटलीले देशभरि आपत्कालीन उपायहरू विस्तार गरेको छ।

    सरकारले देशव्यापी रूपमा सार्वजनिक भेलामा प्रतिबन्ध लगाएको छ भने हिँडडुल गर्न कडाइ गरेको छ।

    इटलीका प्रधानमन्त्री जुजेप्पे कोन्टेले आफ्ना नागरिकहरूलाई घरभित्रै बस्न र अत्यावश्यक यात्रा गर्नुपरे अनुमति लिन आग्रह गरेका छन्।

    सोमवार इटलीमा कोरोनाभाइरसबाट ज्यान गुमाउनेको सङ्ख्या ३६६ बाट बढेर ४६३ पुगेको छ। इटलीमा चीनपछि सर्वाधिक मानिस सङ्क्रमित भएका छन्।

    आधिकारिक तथ्याङ्कअनुसार आइतवार सङ्क्रमित मानिसको सङ्ख्या पनि २४ प्रतिशतले बढेको छ।

    कोरोनाभाइरसको त्रासबीच विश्वका प्रमुख बजारमा हलचल
    विश्व शेअर बजार सन् २००८ को आर्थिक मन्दी यता सबैभन्दा खराब
    इटलीका २० वटै क्षेत्रमा कोरोनाभाइरसको सङ्क्रमण पुष्टि भएको छ।

    प्रधानमन्त्रीले के भने?
    प्रधानमन्त्रीले अत्यधिक जोखिममा रहेका मानिसको सुरक्षाको निम्ति उक्त कदम उठाइएको बताए।

    आफ्नो टेलिभिजन सम्बोधनमा उनले भने, “अब हामीसँग धेरै समय छैन।”

    प्रधानमन्त्री कोन्टेले इटलीको प्रचलन परिवर्तन हुनुपर्ने उल्लेख गर्दै सबै मानिस घरभित्रै रहनु नै उत्तम विकल्प भएको बताए।

    सङ्क्रमण र मृत्यु हुनेको सङ्ख्या निकै बढिरहेको बताउँदै उनले भने, “हामीले इटलीको राम्रोको निम्ति केही न केही दिनैपर्छ। अब हामीले त्यो गर्नुछ। आपसी सहयोग गर्‍यौँ र अपनाइएका थप उपायहरू पालना गर्‍यौँ भने हामी त्यसमा सक्षम हुनेछौँ।”

    त्यसैले आफूले आफ्ना सबै नागरिकको स्वास्थ्यको सुरक्षा गर्न थप कडा कदम चालेको उनको भनाइ थियो।

    इटलीको जेलमा दङ्गा फैलिँदा कम्तीमा ६ जनाको मृत्यु
    इटलीमा यात्रा प्रतिबन्धका बीच पनि मृतकको सङ्ख्यामा ठूलो वृद्धि
    प्रधानमन्त्रीले देशव्यापी रूपमा फुटबल लगायतका सबै खेल स्थगित गरिएको जानकारी दिए। विद्यालय र विश्वविद्यालयहरू एप्रिल ३ तारिख सम्मका निम्ति बन्द गरिएका छन्।

    यसअघि एउटा समाचारपत्रलाई दिएको अन्तर्वार्तामा प्रधानमन्त्री कोन्टेले भनेका थिए, “मैले विन्स्टन चर्चिलको पुरानो भनाइ सम्झिरहेको छु: यो हाम्रो सबैभन्दा अँध्यारो क्षण हो तर हामी सफल हुनेछौँ।”

    सरकारी प्रतिबन्धलाई प्रधानमन्त्रीले ‘म घरभित्रै बस्छु’ भन्ने अभियानको रूपमा प्रस्तुत गरेका छन्।

    साभारः बिबिसि नेपालीबाट मार्च १०, २०२० मा प्रसारित।

    •  shares
    • Facebook
    • Twitter
    • WhatsApp
    • Gmail
    • Viber
    • Messenger
      nepal_readers

      nepal_readers

      नेपाल रिडर्स सार्वजनिक नीतिहरु र मुद्दाहरुबारे निरन्तर छलफल–विचार विमर्श गर्ने विद्युतीय मञ्च हो।

      Related Posts

      हल्ला गरेझैं नराम्रो छैन सार्वजनिक स्वास्थ्य सेवा – डा. सन्तोष पौडेल

      हल्ला गरेझैं नराम्रो छैन सार्वजनिक स्वास्थ्य सेवा – डा. सन्तोष पौडेल

      नेपाल रिडर्स
      फाल्गुन २५, २०८०

      वीर अस्पताल नेपालको सबैभन्दा पुरानो ऐतिहासिक अस्पताल हो। यो अस्पताल वि.सं. १९४७ साउन १२ गते वीर शम्शेरको पहलमा स्थापित भएको...

      काफ्लेगाउँको स्वास्थ्य प्रणाली बर्बादीको कथा

      काफ्लेगाउँको स्वास्थ्य प्रणाली बर्बादीको कथा

      कोमल भट्टराई
      माघ ३, २०८०

      कथाराम्भ केही दशकअघि त्यहाँ हजुरआमा थिए, आमा–काकी–फुपू थिए, दिदिबहिनी–दाइभाइ थिए। सिकर्मी र डकर्मीका सिप भएका तामाङ् थिए। गडीको डाँडामुनि दाहाल...

      दवाब समूह र लाचार सरकार

      दवाब समूह र लाचार सरकार

      मेनुका बस्नेत
      अशोज ४, २०८०

      निजी विद्यालयहरूलाई केही वर्षभित्रै गुठीमा परिणत गरी गैरनाफामूलक बनाउने आफैले यसअघि गरेको निर्णयमा सरकार लचक भएपछि राज्यको नीति निर्माणमा स्वार्थ...

      गैरप्राविधिक विषय अध्ययन गर्ने सक्षम हुँदैनन् भन्ने कथन पूर्वाग्रही छ

      गैरप्राविधिक विषय अध्ययन गर्ने सक्षम हुँदैनन् भन्ने कथन पूर्वाग्रही छ

      डा. अर्जुन कार्की
      चैत्र १४, २०७९

      विश्व श्रम बजारमा स्थापित हुने खालका विद्यार्थी उत्पादन गर्न हाम्रा विश्वविद्यालयहरू कमजोर देखिएका छन्। यसलाई गोलमटोल रुपमा पनि नबुझौं, यसभित्र...

      नेपालमा विदेशी विद्यार्थी भित्र्याउन सक्ने क्षमता नबनाई विदेश जानेलाई रोक्न सकिँदैन

      नेपालमा विदेशी विद्यार्थी भित्र्याउन सक्ने क्षमता नबनाई विदेश जानेलाई रोक्न सकिँदैन

      विष्णु कार्की
      माघ २, २०७९

      अहिलको प्रतिस्पर्धात्मक समय र प्रविधिको युग सापेक्ष बनाउन हाम्रो शिक्षा प्रणालीमा ठूलो सुधारको आवश्यकता धेरैले महशुस गरेको कुरा हो। सामाजिक...

      विश्वासको मत लिनुअघि संसदमा प्रधानमन्त्री प्रचण्डको सम्बोधन

      विश्वासको मत लिनुअघि संसदमा प्रधानमन्त्री प्रचण्डको सम्बोधन

      nepal_readers
      पुस २६, २०७९

      प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपालको इतिहासमै सबैभन्दा बढी विश्वासको मत पाएका छन् । संविधानको धारा ७६ को उपधारा २...

      सिफारिस

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?
      विचार

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?

      प्रा. चैतन्य मिश्र
      मंसिर ६, २०८०

      थप पढ्नुहोस्Details
      महङ्गीबारे रहस्यमय मौनता
      समाज

      महङ्गीबारे रहस्यमय मौनता

      नरेश ज्ञवाली
      कार्तिक १४, २०८०

      थप पढ्नुहोस्Details
      भारतीय समाजको नाजीकरण भइसक्यो!
      विचार

      भारतीय समाजको नाजीकरण भइसक्यो!

      अरुन्धती रोय
      कार्तिक ११, २०८०

      थप पढ्नुहोस्Details
      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!
      विचार

      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!

      नालेदी पान्दोर
      कार्तिक १०, २०८०

      थप पढ्नुहोस्Details

      सामाजिक सञ्जालमा पुग्नुहोस्

      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • हाम्रो बारे

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.

      Welcome Back!

      गुगल मार्फत साइन इन गर्नुहोस्
      Sign In with Linked In
      वा

      Login to your account below

      Forgotten Password? Sign Up

      Create New Account!

      गुगल मार्फत साइन अप गर्नुहोस्
      Sign Up with Linked In
      वा

      Fill the forms bellow to register

      All fields are required. Log In

      Retrieve your password

      Please enter your username or email address to reset your password.

      Log In

      Add New Playlist

      नतिजा छैन
      सबै नतिजा हेर्नुहोस्
      • राजनीति
      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • मल्टिमिडिया
      • ब्लग

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.