Date
बिहि, बैशाख ३, २०८३
Thu, April 16, 2026
Thursday, April 16, 2026
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
  • लग - इन
  • दर्ता गर्नुहोस्
Nepal Readers
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
Nepal Readers
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्

कोभीड-१९ः महामारी इटालीमा के कारणले व्यापक भयो?

पत्रपत्रिकाबाट पत्रपत्रिकाबाट
फाल्गुन २२, २०७६
- मुख्य समाचार, यो हप्ता, समाचार, स्वास्थ्य /शिक्षा
A A
0
  •  shares
  • Facebook
  • Twitter
  • WhatsApp
  • Gmail
  • Viber
  • Messenger

    सम्पादकीय टिप्पणी: यस लेखमा इटालीमा गरिएको अन्तर्राष्ट्रिय हवाइ यातायात आशिंक बन्दले कोभिड–१९ को रोकथाममा सहयोग गर्न नसकेको एक अनुभव छ। यसमा इटाली कहाँनेर चुक्यो सो बारे प्रष्ट गर्न खोजिएको छ। यो नेपालका मामलामा पनि प्राशङ्गिक हुनसक्ने ठानिएकाले प्रस्तुत छ।

    जनवरी ३१ मा इटाली सरकारले कोभिड–१९ महामारीका कारण देखाएर चीनबाट आउने सबै प्रत्यक्ष उडानहरू स्थगित गर्ने घोषणा गर्‍यो, त्यसबेला इटालीमा कोरोनाभाइरसका दुई मात्र बिमारीहरू देखा परेका थिए। चीनसँग प्रत्यक्ष उडान बन्द गरेको एक महिना पछि, कोभिड- १९ का विमारीहरुको संख्यामा नाटकीय रूपमा बृद्धि भएको छ, यसरी ३ मार्चसम्म इटालीमा २,०३० भन्दा बढी विरामीहरु दर्ता भइसकेका छन्।

    वास्तवमा इटालीमा महामारी व्यापक के कारणले भयो? किन एशिया महादेश भन्दा बाहिर इटालीमा सबैभन्दा बढी प्रसारण भयो?

    शेन्जेन सम्झौताको एक हस्ताक्षरकर्ता भएकाले, इटालीबाट अधिकांश युरोपियन देशहरूमा निर्वाध अवतजावत हुन सक्छ। जब कोभिड–१९ महामारी इटालीमा भित्रिएको आशंका चल्यो, त्यसपछि जनवरी ३१ देखि इटालीले चीनबाट हुने सिधा हवाइसेवामा प्रतिबन्ध लगायो। यसले घर फर्कन चाहने हजारौं इटाली र चिनियाँ यात्रीहरुलाई गम्भीर समस्या र चिन्ता बन्यो तर सो प्रतिबन्ध तर्कसंगत र सोचविचारयुक्त विकल्प हुन सकेन।

    त्यसमाथि, इटालीले चीनका उडानहरूलाई बन्द गरेपनि, चीनबाट आउने यात्रुहरु अझै पनि तेस्रो गन्तव्यहरूबाट आउने गरिरहेका नै छन्। चीनबाट आएको उडान वा चीनबाट आएका व्यक्तिहरूलाई आउन नदिएर होइन समस्यालाई नियन्त्रणमा लिन शेन्जेन क्षेत्रका सबै देशहरूले अन्तर्राष्ट्रिय विमानस्थलहरूमा वचावटका उपायहरु संयुक्तरूपमा अपनाउनु पर्थ्यो। तर चीनले भने प्रभावकारीरुपमा वचावटका उपायहरु अपनाइरहेको थियो र छ पनि।

    यसका साथसाथै, इटलीमा अनुहारमा मास्क लगाउनु सामान्य बानी मानिदैन। रुघाखोकी लाग्दा वा सामान्य विरामी पर्दा पनि मास्क लगाउने चलन छैन। यदि कुनै व्यक्तिले अनुहारमा मास्क लगाएर सडकमा निस्केको छ भने ऊ क्यान्सर वा अन्य गम्भीर स्वास्थ्य समस्या भएको व्यक्ति मानिन्छ। तर, धेरै एशियाली समाजहरूमा मास्क लगाउनु सामान्य हो, तर इटालीमा यो दुर्लभ छ।

    इटालीका कोभीड–१९ का धेरै विरामीहरु यस्ता छन् ती व्यक्तिहरू कहिल्यै चीनमा आएका थिएनन् वा चीनियासँग सम्पर्क राखेका थिएनन्। यसको मतलव उत्तरी इटालीमा कोभिड–१९ का विरामी पहिचान गरिनु धेरै हप्ता अघि नै थिए र ती व्यक्तिहरु आफूलाई सामान्य रुघामर्गी लागेको भनेर ढुक्क थिए।

    यी दुई कारणहरू नै हुन् जसले गर्दा एसिया बाहिर इटाली सबैभन्दा बढी प्रभावित देश बन्न गयो। हालको चरणमा, यदि इटालियन राजनीतिज्ञहरूले कोभिड–१९ को व्यापक प्रसारलाई रोक्न तत्काल कदम चालेनन् भने इटाली, र यूरोपभरि र यसका वरपर समस्याले विकराल रुप लिनेछ। केही इटाली नागरिकहरुले इटालीमा रहेका विदेशी चिनियाँ समुदायलाई शारीरिक र मौखिक दुर्व्यवहार गर्न र पीडा दिन पनि थालेका छन् जस्तो बेलायतमा भइसकेकोछ।

    धेरै दिन अगाडि इटालीको उत्तरपश्चिम क्षेत्रको भेनेटोका गभर्नर लुका जाइयाले भने – कोभिड १९ चिनियाँहरुबाट भएको हो किनभने उनीहरूकहाँ फोहोरी आनीबानी र जिउँदै मूसा खाने सांस्कृतिक प्रचलनहरू छन्। त्यस्ता भ्रामक र जातीवादी कथनहरूले सबै चिनियाँ मानिसहरूलाई अपमान गर्दछन् र यो विषय क्षमायोग्य होइन।

    अब इटालीका साथै अन्य राष्ट्रहरूमा पनि सामूहिक सार्वजनिक सुरक्षा र सामाजिक शान्तिसुव्यवस्था कायम गरिनु आवश्यक छ। एक भूमण्डलीकृत संसारमा, हामी वैश्विक रोगहरूसँग लड्ने उपायको रूपमा प्रत्यक्ष उडानहरूलाई स्थगित गर्नेबारे सोच्न सक्दैनौं। अब इटाली र अन्य राष्ट्रहरुले यस अदृश्य दुश्मनसँग लड्न प्रभावकारी र सुव्यवस्थित नीतिहरू कार्यान्वयन गर्नु पर्दछ। यस्तो आपतकालिन अवस्थामा चीनको जस्तो एकताको भावनाबाट सबै कुरा सिकेर नीतिहरु लागू गरिनु पर्दछ।

    हामी इटाली र अरु राष्ट्रहरुले इमान्दार भई भनौं – चिनियाँहरुलाई चिनियाँ भएको कारण उनीहरुसंग भेदभाव गरिने छैन। आउनुहोस् चीन ! इटाली आउनुहोस् 中国加油!意大利加油!

    साभारः अलेक्स चानद्वारा लिखित मार्च ३, २०२० मा सिजिटिएनमा प्रसारित।

    •  shares
    • Facebook
    • Twitter
    • WhatsApp
    • Gmail
    • Viber
    • Messenger
      पत्रपत्रिकाबाट

      पत्रपत्रिकाबाट

      Related Posts

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      तीर्थ कोइराला
      साउन ४, २०८२

      विश्वमा देहव्यापारको शुरुवात इसा पूर्व २४ सय वर्ष अगाडि भएको इतिहासमा उल्लेख गरिए पनि जब समाजमा परिवार र विवाहको प्रारम्भ...

      जेष्ठ वामहरुको पोखरा भेलाबारे रामबहादुर भण्डारीको अनुभूति

      जेष्ठ वामहरुको पोखरा भेलाबारे रामबहादुर भण्डारीको अनुभूति

      रामबहादुर भण्डारी 'आर. बी'
      पुस १, २०८१

      संसारमा जेष्ठ तथा वामहरुको बारेमा अलगै धारणाहरु भएतापनि हाम्रो देशमा बोलिचाली र कतिपय कानूनी रुपमा समेत उमेरले ७० पुगेका र...

      घुस नखाने पार्टी समाजवादको सर्त

      घुस नखाने पार्टी समाजवादको सर्त

      घनश्याम भूसाल
      साउन ८, २०८१

      डा. बाबुराम भट्टराईबारे लेखिएको पुस्तक 'बाबुराम : अ भिजीनरी रेबेल' सबै पढिसक्दा पुस्तकको शिर्षकले न्याय पाउन सकेन जस्तो लाग्छ ।...

      चीनले सिलिकन भ्यालीलाई कसरी प्रयोग गरिरहेको छ

      चीनले सिलिकन भ्यालीलाई कसरी प्रयोग गरिरहेको छ

      जेकोब ड्रेयर
      असार २७, २०८१

      १६ औं शताब्दीसम्म, चीन दुनियाको प्रविधिजगतमा सबैभन्दा बढी विकसित थियो। जुनबेला यूरोपमा कुलीन वर्गको शासन थियो, त्यसबेला चीनका प्रबुद्ध वर्गले...

      प्यालेष्टाइन–इजरायल द्वन्द्वको वास्तविकता

      प्यालेष्टाइन–इजरायल द्वन्द्वको वास्तविकता

      रामराज रेग्मी
      असार १२, २०८१

      यही वर्ष २०२४ को गत ७ अक्टोवरमा प्यालेष्टाइनी लडाकू समुह हमासले इजरायलमा गरेको सशस्त्र हमलामा परी १० जना नेपाली विद्यार्थीको...

      मिटरब्याजको आडमा बलात्कार गर्ने सुर्जमानलाई १० वर्ष कैद, पीडितलाई ५ लाख क्षतिपुर्ति तिर्नुपर्ने

      नेपाल रिडर्स
      असार ३, २०८१

      मिटरब्याजको आडमा शरिर बन्धक बनाएर यौन शोषण गर्ने सुर्जमान मालिलाई ललितपुर जिल्ला अदालतले १० वर्ष कैद सजाय सुनाएको छ। मिटरब्याजी...

      सिफारिस

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?
      विचार

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?

      प्रा. चैतन्य मिश्र
      मंसिर ६, २०८०

      थप पढ्नुहोस्Details
      महङ्गीबारे रहस्यमय मौनता
      समाज

      महङ्गीबारे रहस्यमय मौनता

      नरेश ज्ञवाली
      कार्तिक १४, २०८०

      थप पढ्नुहोस्Details
      भारतीय समाजको नाजीकरण भइसक्यो!
      विचार

      भारतीय समाजको नाजीकरण भइसक्यो!

      अरुन्धती रोय
      कार्तिक ११, २०८०

      थप पढ्नुहोस्Details
      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!
      विचार

      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!

      नालेदी पान्दोर
      कार्तिक १०, २०८०

      थप पढ्नुहोस्Details

      सामाजिक सञ्जालमा पुग्नुहोस्

      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • हाम्रो बारे

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.

      Welcome Back!

      गुगल मार्फत साइन इन गर्नुहोस्
      Sign In with Linked In
      वा

      Login to your account below

      Forgotten Password? Sign Up

      Create New Account!

      गुगल मार्फत साइन अप गर्नुहोस्
      Sign Up with Linked In
      वा

      Fill the forms bellow to register

      All fields are required. Log In

      Retrieve your password

      Please enter your username or email address to reset your password.

      Log In

      Add New Playlist

      नतिजा छैन
      सबै नतिजा हेर्नुहोस्
      • राजनीति
      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • मल्टिमिडिया
      • ब्लग

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.